अरण्यज्योति कपः समूह ‘बि’तर्फ साँग्रिला र पल्सर सिइसीको विजयी सुरुवात

पाेखरा | जेठ ४, २०८०

अरण्यज्योति कपः समूह ‘बि’तर्फ साँग्रिला र पल्सर सिइसीको विजयी सुरुवात

पोखरा:     रण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा बिहीबारदेखि ग्रुप ‘बि’तर्फको खेल शुरु भएको छ । बिहीबारको खेलमा साँग्रिला क्रिकेट क्लव र पल्सर सिइसी विजयी भएका छन् ।


पहिलो खेलमा साँग्रिलाले पेलिक्याण्टस् क्रिकेट क्लव, तनहुँलाई १४ रनले पराजित ग¥यो । टस हारेर व्याटिङ गरेको साँग्रिलाले १८.२ ओभरमा पुरा विकेट गुमाएर १ सय २ रन बनायो । साँग्रिलाको तर्फबाट राजु खनालले ३२ तथा विपिन खत्री र शरद भेषावकरले समान १८ रन जोडे । तनहुँको बलिङमा चन्द्रकान्त पौडेलले ४ तथा प्रदीप अर्याल, कमल परियार र इशान पाण्डेले दुई दुई विकेट बाँडे ।


जितका लागि १ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा तनहुँको टोली १९.४ ओभरमा ८८ रनमै खुम्चियो । तनहुँको व्याटिङमा नविन यादवले १९ तथा कृष कार्कीले १५ रन बाहेक अन्य व्याट्स्मायनले दर्शनिय प्रदर्शन गर्न सकेनन् । खेलमा म्यान अफ द म्याच भएका साँग्रिलाका बलर कृष्ण कार्कीले ३ विकेट लिए । त्यस्तै सिब्रिन श्रेष्ठले पनि ३ तथा नारायण जोशिले २, विपिन खत्री र शरद भेषावकरले एक एक विकेट लिए ।


अर्को खेलमा सिइसीले राइजिङ पोखरालाई ६ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको राइजिङ पोखराले १४.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । जसमा सन्दीप खत्रीले २९ तथा अनिल गुरुङ्गले ९ रन हाने । म्यान अफ द म्याच सिइसीका सुवास खत्रीले ४ विकेट लिदै पोखराको व्याटिङ लाइनअप कमजोर पारे । त्यस्तै, अविनास बस्यालले ३ तथा किरण चन्दले २ विकेट लिए ।


६० रनको सानो लक्ष्य पाएको सिइसीले १६ औं ओभरमा ४ विकेट गुमाएर जित हाँसिल ग¥यो । सिइसीका लागि बिराट भण्डारीले अबिजित ३४ रन बनाए । पोखराका बलरहरु धिरज शाही ठकुरीले २ तथा करण केसी र कृष्ण पौडेलले एक एक विकेट लिए । 
 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्