काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीमा दुर्घटना, चालकसहित ८ जना घाइते

पाेखरा | जेठ १७, २०८१

काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीमा दुर्घटना, चालकसहित ८ जना घाइते

पोखरा:    काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीको लेवाडेमा दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् । 


काठमाडौंबाट बेनी जाँदै गरेको बा ५ ख २८५ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा आज बिहान अन्दाजी ३:४० बजेको समयमा दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका हुन् । 


बस दुर्घटना हुँदा बसमा सवार १३ जना यात्रु मध्ये ७ जना यात्रु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

 

घाइते ७ जनाको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 


बस दुर्घटना हुँदा बसका चालक पर्वतको जलजला गाउँपालिका–८ बस्ने ३६वर्षीय बलबहादुर फगामीमगर, म्याग्दीको मालिका गाउँपालिका घर भएका ३९ वर्षीय टकबहादुर कामीघाइते भएका छन् । 

 

यस्तै मंगला गाउँपालिका घर भएका ४५ वर्षीय प्रेम पुन, ५७ वर्षीय तिलक शर्मा, म्याग्दी घरका रञ्जना हमाल, मालिका दर्बाङ घर भएका १५ वर्षीय सबिता हमाल, ५७ वर्षीय हरी केसी म्याग्दीको मालिका गाउँपालिका–६दर्वाङ बस्ने १७ वर्षीय भिमसेन अधिकारी घाइते भएका छन् । 
    

लेखनाथ:     पोखराको विजयपुरवारीको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ ।   यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर लेखनाथ क्षेत्रमा तालका कारण नभइ यहाँका पाइने माछाका परि...

थप पढ्नुहोस्

गलकोट:   राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ ।   बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि क...

थप पढ्नुहोस्

लमजुङ:   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्धन सरकारको प्राथमिकतामा सुशासन र अर्थतन्त्र सुधार रहेको बताउनुभएको छ ।   ...

थप पढ्नुहोस्