भारतले साफ यु १९ महिला फुटबल च्याम्पियन्ससिपको उपाधि जितेको छ। भारतसँग ४-० ले पराजित भएपछि बंगलादेशले उपाधि रक्षा गर्न सकेन । पोखरा रगंशालामा आज भएको फाइनलमा बंगलादेशलाई हराएपछि भारत तेस्रो पटक यु १९ च्याम्पियनस बनेको हो। भारतले यसअघि सन् २०२२ र २०२४ मा यो उपाधि जितेको थियो। समूह चरणमा बंगलादेशले भारतले २-०, नेपाल ४-० र भुटान १२-० ले हराएको थियो। ५ पटकको च्याम्पियन बंगलादेशले फाइनल भने समूह चरणको प्रदर्शनलाई दोहोराउन सकेन । बंगलादेश यसअघि २०१८,२०२१,२०२३,२०२४ र २०२५ मा च्याम्पियन बनेको थियो। २०२४ मा बंगलादेशमा भएको फाइनलमा दुई टोलीबीच विवाद भएपछि साफले दुबै टोलीलाई विजेता घोषणा गर्दै संयुक्त रुपमा उपाधि दिएको थियो। आज एकपक्षिय खेलको पहिलो हाफमा १-० ले अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्यो। ४२ औँ मिनेटमा जुलान नोङमाइथेमको गोलमा भारतले अग्रता बनायो। ६३ औँ मिनेटमा एलिजावेथ लार्काको गोलमा भारतले अग्रता दोब्बर पार्यो। त्यसको पाँच मिनेटमा नै पर्ल फर्नान्डेजको गोलमा भारतले आरामदायी अग्रता बनायो। ८३ औँ मिनेटमा अंविता रघुरमनको गोल थपेपछि भारतले सहजै खेल जित्यो । च्याम्पियनसिपमा बंगलादेश अपराजित रहँदै फाइनल खलेको थियो। बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा रहेर फाइनल खेलेका हुन्। ४ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा घरेलु टोली नेपाल तेस्रो र भुटान चौथो स्थान भएको छ ।
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (शनिबार) ८ खेल सकिएका छन् । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा पहिलो चरणका ८ खेल सकिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले बताए । उनका अनुसार शनिबार भएको पहिलो खेलमा एन्जो ग्रुपले टुंडिखेललाई २–० गोल अन्तरले पराजित गर्याे । यस्तै दोस्रो खेलमा राइजिङ नेपाललाई रामघाटले ठमेल २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा सुदिन गुरुङले २ गोल गरे भने, राइजिङ नेपालका लागि सन्तोष मगरले सान्त्वना १ गोल फर्काए । तेस्रो खेल लिभिक एफसीको अनुपस्थितीमा वाकओभरमार्फत तालपारी विजयी बन्यो । बेस्ट ब्वाइज क्लब र भिमकाली क्लबबीच भएको चौथों खेल गोलरहित भएपछि पेनाल्टीमा बेस्ट ब्वाइज क्लबले ४–३ गोल अन्तरले जीत निकाल्यो ।\ पाँचौ खेलमा स्याङ्जा युथ क्लबले फूलबारी क्लबलाई २–० को गोल अन्तरले पराजित गर्याे । स्याङ्जाको जीतमा समिर पुरीले २ गोल गरे । छैटौं खेलमा एसटिबिएस एफसीलाई लभ्ली ब्वाइजले ४–२ गोल अन्तरले पराजित गर्याे । लभ्ली ब्याइजको जीतमा स्वचन थापा, सविन थापा, अन्जन थापा र रोहित नेपालीले समान १र१ गोल गरे । भने, एसटिबिएसका लागि विवेक गुरुङले २ गोल गरे । यस्तै आयोजक बिटी टिम बि र कल्याण बेसी लमजुङबीच भएको सातौ खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा आयोजकले ३–२ गोल अनतरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक निकेश गुरुङले जानकारी दिए । उनका अनुसार शनिबारको अन्तिम खेलमा फायर पिज्जाले भाइब्रेन्टलाई ४–१ को फराकिलो गोल अन्तरले हरायो । फायर पिज्जाको जीतमा मनिस ठकुरीले ह्याट्रिक र सुवास गुरुङले १ गोल गरे । भने, भाइब्रेन्टका लागि खगेन्द्र पुनले समान्त्वना १ गोल गरे । आइतबार पनि बिहान ८ बजेबाटै पहिलो चरणकै खेल हुने क्लबका सल्लाहकार विनिता गुरुङले जानकारी दिइन् । उनका अनुसार आइतबार पहिलो खेल सम्झना क्लब नयाँगल्ली र दीप युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए । सापकोटाका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको हो । यसअघि आयोजक प्रतिभा माविसँगै छोरेपाटन मावि र बाल मन्दिर मावि प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनल खेलहरु शनिबार हुनेछन् । सेमीफाइनलको पहिलो खेलमा मदरल्याण्डबिरुद्द छोरेपाटन मावि तथा दोस्रो खेलमा बाल मन्दिर माविबिरुद्द आयोजक प्रतिभा मावि प्रतिष्पर्धामा उत्रिनेछन् । प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा मदरल्याण्ड सेकेण्डरीले गुरुकुल विद्या सदनलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा सुनिश्चित गर्यो । टस जितेर गुरुकुलले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मदरल्याण्डले १९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रनको योगफल तयार गर्यो । मदरल्याण्डका लागि शुभम गिरीले ४४ बलमा ३७ रन, अनुराग भण्डारीले १६ बलमा २६ रन र भुवनबहादुर भण्डारीले १४ बलमा १४ रनको योगदान दिए । मदरल्याण्डलाई विशाल लक्ष्य बनाउनबाट रोक्ने क्रममा गुरुकुलका सुदीप सुनारले ४ ओभरमा २ मेडन फाल्दै ३ रन खर्चेर ३ विकेट तथा एलन भट्टले ४ ओभरमा १ मेडन फाल्दै ३६ रन खर्चेर ३ विकेट र युवराज घर्ती मगरले २.५ ओभरमा १४ खर्चेर २ विकेट लिए । १२२ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको गुरुकुलले ११.१ ओभरमा सबै विकेट गुमाएर ५७ रनमा सिमित भयो । गुरुकुलका लागि विवेक बानियाले २० बलमा २८ रन र देवेन्द्र खड्काले ८ बलमा ६ रन बनाउनुबाहेक अन्यको व्याट चलेन । गुरुकुललाई सस्तैमा समेट्न मदरल्याण्डका विलोभ मल्लले ४ ओभरमा केवल १० रन खर्चेर ६ विकेट तथा गौरव, सद्रिस र रमेशले थप १÷१ विकेट लिए । खेलमा मदरल्याण्डका ६ विकेटधारी विलोभ मल्ल प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै, शुक्रबार भएको अर्को खेलमा टप्स माविले कुमुदिनी होम्स माविलाई ४ विकेटले पराजित गर्दै सान्त्वना जित हात पार्यो । सेमीफाइनल पुग्ने बाटो बन्द भएर सान्त्वना जितका लागि मात्र भएको प्रतिष्पर्धामा कुमुदिनी होम्सले टस जितेर पहिले व्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाएर १२५ रनको योगफल तयार गर्यो । चुनौतिपूर्ण रन बनाउने क्रममा कुमुदिनीका मोहम्मद अलीले ४३ बलमा ३७ रन, लोचन राजवंशीले २० बलमा २० रन र लकी गुप्ताले १० बलमा ११ रनको योगदान दिए । कुमुदिनीलाई दवाबमा राख्न टप्सका जेसिस शाहले ३.५ ओभरमा २१ रन खर्चेर ४ विकेट, अनुज शर्माले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट र सौरभ तिमिल्सिनाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । १२६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको टप्स माविले १७.१ ओभरमै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । लक्ष्य भेट्टाउने क्रममा टप्सका संयोग तिवारीले १९ बलमा २० रन, अनुज शर्माले ९ बलमै १३ रन र सौरभ तिमिल्सिनाले २३ बलमा १४ रनको योगदान दिए । टप्सको व्याटिङ अर्डर ध्वस्त बनाउने क्रममा कुमुदिनीका लकी गुप्ताले ४ ओभरमा २२ रन खर्चेर २ विकेट, विद्वान देवकोटाले ४ ओभरमा २५ खर्चेर २ विकेट नै लिए । सो खेलमा टप्सका अनुज शर्मा प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ ।
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (शुक्रबार) लामालाई सम्मान अर्पण गरेको हो । राष्ट्रका लागि फुटसलमार्फत योगदान दिएको भन्दै सम्मान गरिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनका अनुसार राष्ट्रिय फुटसल खेलाडी लामा बिटी कपमा ठमेल एफसीबाट खेल्दैछन् । ‘राष्ट्रिय स्तरका खेलाडी विरेन स्मृति बिटी कपमा खेल्न आउन् भन्ने नै हाम्रो पनि उद्देश्य हो, क्लबका अध्यक्ष गुरुङले भने, ‘यसले हाम्रो प्रतियोगिताको गरिमा पनि बढाएको छ ।’ शुक्रबार पहिलो चरणका ८ खेल आज (शुक्रबार) भएको पहिलो खेलमा मार्सल ह्वाइटले बेलिज् एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । ह्वाइटको जीतमा नवीन पुन मगर र आकाश पुर्जामगरले समान १/१ गोल गरे । यस्तै दोस्रो खेलमा ठमेल एफसीले गलेश्वर एफसीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार ठमेलको जीतमा मनिष मगर, कुन्सान श्रेष्ठ, मिग्मार तामाङ, श्री माम्बा र विकेश शामहीले समान १/१ गोलको योगदान दिए । यसैगरी तेस्रो खेलमा गोल्डेन नाइटको अनुपस्थितीमा वाकओभरमार्फत नवश्री विजयी बन्यो । चौथों खेलमा बाँनिया ब्रदर्शले युनाइटेड ब्लुलाई ३–० गोल अन्तरले पराजित गर्याे । बाँनिया ब्रदर्शको जीतमा सुशान्त थापा, बादल रानाभाट र अनुप बञ्जराले समान १/१ गोल गरे । पाँचौ खेलमा डेभिजफल्स क्लबले रेवल्स एफसीलाई ४–० को फराकिलो गोल अन्तरले हरायो । डेभिजफल्सको जीतमा रविन्द्र केसीले २ गोलको योगदान दिए भने, संगम गुरुङ र सञ्जु मगरले समान १/१ गोल गरे । छैटौं खेलमा माइलस्टोन स्कुकरमाथी एनए एफसीले १–० को गोलन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । एनएको जीतमा सन्तोष चौधरीले निर्णायक गोल गरे । यस्तै सातौ खेलमा लेकसाइड एफसीलाई दिप युनाइटेडले २–० गोल अन्तरले पराजित गर्याे । दिपको जीतमा लोकेन छन्त्याल र शोभित भण्डारीले समान १/१ गोल गरे । यसैगरी अन्तिम खेलमा कस्केरीको अनुपस्थितीमा वाकओभरमार्फत एट टु नाइन एफसी विजयी बन्दै दोस्रो चरणमा प्रवेश गर्याे । शनिबार पनि पहिलो चरणकै बाँकी खेल सञ्चालन हुने क्लबका निवर्तमान अध्यक्ष असिम थापाले जानकारी दिए । उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल युवा क्लबका स्वर्गीय सल्लाहकार विरेन गुरुङको स्मृतिमा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले गरे । सो अवसरमा बोल्दै एसपी कार्कीले फुटबलको क्षेत्रमा बिटी क्लबको योगदान अतुलनीय रहेको धारणा राखे । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिटी ह्वाइटले मेरो नेपाल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै आयोजक दोस्रो चरणमा प्रवेश गर्याे । बिटी ह्वाइट र मेरो नेपाल क्लबबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । यस्तै दोस्रो खेलमा पाटन एफसीलाई भाइब्रेन्ट एफसीले २–० को गोलले पराजित गर्याे । भाइब्रेन्टको जीतमा अजय गुरुङ र एलिया गुरुङले समान १/१ गोलको योगदान दिए । प्रतियोगिताको पहिलो चरणका बाँकी खेलहरु शुक्रबार बिहान ८ बजेबाट सञ्चालन हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कुल ४६ टिमले प्रतिस्पर्धा गर्दैछन् । उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग प्रतियोगिता शुरु भएको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन आयोजक प्रतिभा मावि र बाल मन्दिर माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभाले वाराही र बाल मन्दिरले ग्लोबल कलेजियटलाई पराजित गर्दै बिजयी सुखद शुरुवात गरेका हुन् । प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा आयोजक प्रतिभा माविले वाराही माविलाई ३ विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ रोजेको वाराहीले निर्धारित १७.१ ओभरमा सबै विकेट गुमाएर १२६ रन बनाएको थियो । वाराहीका लागि अभिषेक अधिकारीले ३७ बलमा ४२ रन, ब्रिजेश भट्टराईले २५ बलमा २० रन र कुशल पौडेलले ८ बलमा १५ रन बनाए । १२७ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको प्रतिभाले १८.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । प्रतिभाको जितमा सहबुदिन अन्सारीले ४० बलमा ४३ रन, मिसन विकले २८ बलमा १४ रन र साहिल खानले १३ बलमा १२ रनको योगदान दिए । प्रतिभालाई दवाबमा राख्ने क्रममा वाराहीका ब्रिजेश भट्टराईले ४ ओभरमा १८ रन खर्चे भने समीर विकले ४ ओभरमा २० रन खर्चेर २ विकेट हत्याए । सो खेलमा बिजयी प्रतिभाका खेलाडी सबुदिन अन्सारी प्लेयर अफ दी म्याच बने । आईतबार नै भएको दोस्रो खेलमा बाल मन्दिर माविले ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको ग्लोबल कलेजियटले कमजोर प्रदर्शन गर्दै १५.१ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्रै बनाउन सक्यो । ग्लोबलका लागि विमोचन सापकोटाले ३४ बलमा ४० रन र अपिल पौडेलले १७ बलमा १८ रन बनाउनुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । ग्लोबललाई सस्तैमा समेट्न बाल मन्दिरका सुमन अधिकारीले ३.१ ओभरमा ९ विकेट दिएर ह्याट्रिक विकेटसहित ५ विकेट लिए । सुवास पठायतले ३ ओभरमा ८ रन खर्चेर ३ विकेट हत्याए । ७२ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको बाल मन्दिरले केवल १२.१ ऋोभरमा ४ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । बाल मन्दिरका लागि सुरज अधिकारीले २६ बलमा १९, श्रीनिवास कठायतले २६ बलमा १७ रन र सुवास कठायतले १५ बलमा १६ रनको योगदान दिए । बाल मन्दिरलाई दवाबमा राख्न ग्लोबल कलेजियटका सौगात आचार्यले १ ओभरमा ४ रन खर्चेर २ विकेट तथा आयुष्मान गौतमले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए पनि जितका लागि पर्याप्त भएन । सो खेलमा बिजयी बाल मन्दिरका ह्याट्रिक विकेटसहित ५ विकेट लिएका सुमन अधिकारी प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिता क्रिकेटको विकास, खेलाडीको प्रतिभा उजागर गर्न तथा क्रिकेटको जग बलियो बनाउने उद्देश्यले गरिएको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । त्यस्तै, विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले शैक्षिक सान बनेको प्रतिभा माविले शिक्षासँगै खेलकुद र पर्यटनको विकासमा योगदान गर्न प्रतियोगिता आयोजना गरेको बताए । प्रमुख अतिथि पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले प्रतिभाले प्रतियोगितामार्फत खेलकुदको क्षेत्रमा योगदान गरेको भन्दै धन्यवाद दिए । प्रतियोगिताको बिजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, उपबिजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले जानकारी दिए ।
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । पोखरा पर्यटन वर्ष २०२५–२६ लाई प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक पोखरा रंगशालामा अस्थायी फ्लडलाइट जडान गरी खेल सञ्चालन गरिने क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । उनका अनुसार पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म चल्नेछ । सो प्रतियोगितामा आहा रारा गोल्डकपका सहभागी टोली नेपाल पुलिस क्लब, चर्च ब्वाइ युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, नेपाल एपिएफ कलब, प्लानिङ ब्वाइज युनाइटेड, जाउलाखेल युथ क्लब, थन्डरवोल्ड नर्थ युनाईटड, सिक्किम (भारत), मछिन्द्र फुटबल क्लब, गोर्खा इन्टरनेसनल फुटबल क्लब, हङकङ, आभा फुटबल क्लब, उज्वेकिस्तान, सहारा क्लब पोखरा, भारतीय अर्को क्लब (नाम तय हुन बाँकी)गरी कुल १२ टोलीको सहभागिता रहने छ । सो प्रतियोगिताको उपाधि राशी नगद रु १४ लाख १ हजार निर्धारण गरिएको क्लबका सदस्य सचिव गंगाराज पौडेलले जानकारी दिए । उनका अनुसार उपविजेता टोलीले नगद रु ७ लाख १ हजारप्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अस्ट्रेलियाको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।
पोखरा: प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ । कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै सांग्रिलाले उपाधि चुमेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थि क्रिकेट मैदानमा भएको खेलमा १६९ रनको विजयी लक्ष्य पाएको कास्की ३४.३ ओभरमा १२० रन बनाउँदै अलआउट हुन पुग्यो । कास्कीका लागि रोहित चन्दले ४१ रनको योगदान दिए । यस्तै विश्वास पराजुलीले २३ रन जोडे । सांग्रिलाका लागि सिव्रिन श्रेष्ठले ३ विकेट लिए । विपिन खत्री र राज परियारले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सांग्रिला ४३ ओभरमा १६८ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि विपिन खत्रीले सर्वाधिक ६४ रनको योगदान दिए । यस्तै कुशल नेपालले २० तथा राजु खनालले १८ रनको योगदान दिए । कास्कीका लागि अदित्य थापा र विश्वास पराजुलीले समान ३–३ विकेट लिए भने अनुप पौडेलले २ विकेट लिए । माघ २ देखी सुरु प्रतियोगितामा कुल १० क्लबको सहभागिता थियो । प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् । समूह ए बाट सांग्रिला र समूह बि बाट कास्की विजेता बन्दै फाइनलमा प्रवेश गरेको थियो ।
पोखरा: गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हा । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो । उपाधीसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो । फाइनलमा पराजित भएको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको पर्वत जिल्ला भलिबल संघले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो । तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरे । सर्भर अद्नान खान, लिविरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्टु, प्रशिक्षक रमेश केसी विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार १११ रुपैयाँ हात पारे । महिलातर्फको उपाधि भने न्यू डायमण्ड स्पोट्स क्लबले जितेको थियो । जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्याण्ड क्विन्स तेस्रो बने । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

