फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार मिनेटभित्रै युवा खेलाडी निको ओरेलीले दुईवटा गोल गरे। उनले दुवै गोल हेडमार्फत गरेका थिए। पहिलो गोल ६० औं मिनेटमा भयो भने, त्यसको लगत्तै उनले म्याथ्युज नुनेसको क्रसलाई सदुपयोग गर्दै दोस्रो गोल थपे।   आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले मुख्य गोलकिपर डेभिड रायाको सट्टा केपा आरिजाबालागालाई खेलाउने निर्णय गरेका थिए, जुन निर्णय उनीहरूका लागि महँगो सावित भयो। केपाले रायन चर्कीको एउटा सहज क्रसलाई समात्न नसक्दा ओरेलीले सिटीका लागि पहिलो गोल गर्ने मौका पाएका थिए।   यो जितसँगै पेप ग्वार्डिओला कपको उपाधि पाँच पटक जित्ने इतिहासकै पहिलो प्रशिक्षक बनेका छन्। सिटीले पछिल्लो समय च्याम्पियन्स लिगबाट बाहिरिनु परेको र प्रिमियर लिगमा पनि अंक गुमाउनु परेको पीडालाई यो जितले केही हदसम्म कम गरेको छ।   जसरी अर्टेटाले केपामाथि विश्वास गरेका थिए, ग्वार्डिओलाले पनि सिटीका लागि जेम्स ट्राफोर्डलाई मैदानमा उतारेका थिए। तर, केपाले गल्ती गर्दा ट्राफोर्डले भने सुरुवातमै तीनवटा उत्कृष्ट 'सेभ' गरेर टिमको संकट टारेका थिए।   पहिलो हाफ खासै उत्साहजनक नभए पनि दोस्रो हाफमा सिटीका खेलाडीहरू निकै आक्रामक देखिए। आर्सनलले खेलको अन्तिम समयमा मात्र केही प्रयास गर्‍यो, तर त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो।   आर्सनल सन् २०२० पछि आफ्नो पहिलो ट्रफी जित्ने सपनाबाट फेरि एक पटक टाढिएको छ।   यद्यपि, आर्सनल अझै पनि प्रिमियर लिगको शीर्ष स्थानमा छ र प्रिमियर लिग, च्याम्पियन्स लिग तथा एफए कप जित्ने सम्भावना कायमै छ। तर, यो हारले उनीहरूको मनोबलमा केही असर पार्न सक्ने देखिन्छ।   म्यानचेस्टर सिटीले भने आफू अझै पनि उस्तै शक्तिशाली रहेको प्रमाणित गरिदिएको छ।

पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   नेपाल हवाई खेलकुद संस्था (ना) ले आयोजना गर्दै आएको प्रतियोगिता कोरोना भाइरस महामारीका कारण २० औं संस्करणपछि रोखिएको थियो ।   उक्त च्याम्पियनसिपलाई यही वर्षदेखि पुनः निरन्तरता दिइएको खेल संयोजक सुनिल बहादुर भट्टराईले बताए ।   उनका अनुसार सो च्याम्पियनसिप आगामी चैत ५ देखि ७ गतेसम्म पोखरामा आयोजना हुनेछ ।   प्रतियोगितामा हालसम्म स्वदेशी तथा विदेशी गरी ९० जना प्याराग्लाइडिङ पाइलटहरूले नाम दर्ता गराइएकेको उनले बताए ।   संयोजक सुनिल भट्टराईका अनुसार भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटली र लेबनानका पाइलटहरूले सहभागिताका लागि दर्ता गराएका छन् ।   यसपटक प्रतियोगिता ‘एक्युरेसी’ विधामा सञ्चालन गरिनेछ । प्रतियोगिताको टेकअफ स्थल सराङकोट रहनेछ भने खपौदी क्षेत्रमा ल्याण्डिङ गर्ने तयारी गरिएको छ ।   प्रतियोगितामा एक्युरेसी पुरुष ओभरअलतर्फ विजेताले समान १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै एक्युरेसी महिला ओभरअलतर्फ र टिम ओभरअलतर्फ विजेताले समान ७५ हजार रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।   प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवद्र्धन गर्नुका साथै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाईसमेत टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जितेको छ ।   फाइनल खेलमा म्याग्दीले कपिलवस्तु महिला फुटबल संघलाई १–० गोल अन्तरले पराजित ग¥यो ।   खेल सुरु भएको पहिलो मिनेटमै वर्षा ओलीले गरेको गोल नै निर्णायक बन्यो ।    विजेता टोलीले नगद रु १ लाखसहित शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले रु ५० हजारसहित शिल्ड र प्रमाणपत्र हात पा¥यो। प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका ८ महिला क्लबहरूको सहभागिता रहेको थियो ।   पुरस्कार वितरण कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र अधिकारीले महिला फुटबलको प्रवद्र्धन, नयाँ खेल प्रतिभाको पहिचान र स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तारमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।   महिला खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

पोखरामा सम्पन्न २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लबले जितेको छ ।   पोखरा रंगशालामा आज भएको फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सहारा क्लबले उपाधि जितेको हो ।    यो उपाधिसँगै सहारा क्लब दोस्रो पटक च्याम्पियन बनेको छ । यसअघि सहारा क्लबले २०७० सालमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।    २५ औं संस्करणको उपाधि दिलाउन सहाराका मुकुन्द कुमार निउरेले खेलको २५ औं मिनेटमा र टाय डानियल बडारुले ७३ औं मिनेटमा गोल गरे ।    तर, जावलाखेलले भने पाएको मौका सदुपयोग गर्न नसक्दा उपाधि जित्ने लक्ष्य पुरा गर्न सकेन । जावलाखेल १४ वर्षअघि पनि फाइनलमै स्तब्ध बनेको थियो ।    यसपटकको उपाधि विजेता सहारा क्लबले  नगद  १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।   यस्तै उपविजेता बनेको जावलाखेलले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   प्रतियोगिताबाट उदीयमान खेलाडीको उपाधिसँगै सर्वाेत्कृष्ट खेलाडीका रुपमा सहाका क्लबका मुकुन्द कुमार निउरे नगद २५ हजार रुपैयाँ र टेल्जीको स्कुटरसहित पुरस्कृत बने ।   यस्तै प्रतियोगिताबाट सर्वाधिक गोलकर्ताका रुपमा प्लानिङ ब्वाइजका पापा इबोइकेबे, उत्कृष्ट गोलरक्षकका रुपमा सहारा क्लबका गोलरक्षक टिकेन्द्र थापा, उत्कृष्ट डिफेण्डरका रुपमा सोही टिमकै टाय डानियल बडारु, उत्कृष्ट मिडफिल्डरका जावलाखेलका बोउबाकार सिसोको, उत्कृष्ट स्ट्राइकरका रुपमा सोही टिमका धर्बेन्द्र कुँवर घोषित हुँदै जनही ट्रफिसहित नगद रु २५ हजार प्राप्त गरेका थिए ।     मोफसलकै प्रतिष्ठित आहा! रारा पोखरा गोल्डकपको २५ औं सस्करण गत माघ २७ गतेदेखि पोखरा रंगशालामा सञ्चालनमा रहेको थियो ।   आहा! रारा पोखरा गोल्डकपको उपाधि सबैभन्दा बढि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले जितेको छ । यी दुवै टिमले अहिलेसम्म ६÷६ पटक उपाधि जितेको छ ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्ने भएका छन् ।   उक्त खेल यही शनिबार पोखरा रंगशालामा हुनेछ ।    आज भएको सेमिफाइनल खेलमा पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेल १४ वर्षपछि आहा! रारा पोखरा गोल्डकपको फाइनमा प्रवेश गरेको हो ।   खेलको ५२ औं मिनेटमा जावलाखेलका धर्बेन्द्र कुँवरले क्रस गरेको बल आभा क्लबका डिफेन्डर कुसान गनीजानोभलाई लागेर चाली चुम्यो । सोही गोल नै जावलाखेलका लागि निर्णायक गोल बन्यो ।    निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जावलाखेलका युवराज ढकालले उज्वेकिस्तानका सरदोरबेक फाउलका क्रममा मुक्का प्रहार गरेपछि जावलाखेलका युवराज रातो कार्डको शिकार बने ।   त्यपछि १० खेलाडीमा सीमित बनेको जावलाखेल दबाबमा पर्याे ।   त्यसपछि लगातार मुभ सिर्जना भएपनि गोलमा परिणत गर्न नसक्दा उज्वेकिस्तान सेमिफाइनलबाट बाहिरिन बाध्य बन्यो । उक्त खेलबाट जावलाखेलका जोखिद्जोन राखीमोभ म्यान अफ द म्याच बने ।    अब जावलाखेलले प्रतियोगिताको उपाधिका लागि आयोजक सहारा क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आयोजक सहारा क्लब ९ वर्षपछि फाइनलमा प्रवेश गरेको हो भने, जावलाखेल १४ वर्षपछि उपाधि नजिक पुगेको हो ।   सहारा क्लब २०७३ सालमा मनाङसँग फाइनलमा १–० गोलले स्तब्ध बनेको थियो ।    यस्तै जावलाखेल २०६८ सालमा फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।    प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।  

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज आभा फुटबल क्लब उज्वेकिस्तान र जावलाखेल युथ क्लब भिड्ने भएका छन् ।   पोखरा रंगशालामा दोस्रो सेमिफाइनल खेल अन्तर्गत आज आभा फुटबल क्लब उज्वेकिस्तान र जावलाखेल युथ क्लब भिड्ने भएका हुन् ।   आभा फुटबल क्लबले क्वाटरफाइनलमा प्लानिङ् ब्वाइजलाई १–० गोल अन्तरले पराजित गर्दै आभा क्लबले सेमिफाइनलमा स्थान बनाएको हो ।    यस्तै जावलाखेलले एपिआई पावर चर्च ब्वाइजलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।   बुधबार भएको खेलमा आयोजक सहारा क्लबले मनाङ मस्र्याङ्दी क्लबविरुद्ध पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले जीत निकाल्दै सहारा क्लब फाइनलमा पुगिसकेको छ ।    यो जीतसँगै सहारा क्लब ९ वर्षपछि फाइनलमा पुगेको हो । यसअघि सहारा क्लब २०७३ सालमा मनाङसँग फाइनलमा १–० गोलले स्तब्ध बनेको थियो ।    प्रतियोगिताको फाइनल खेल भने आगामी शनिबार हुने आयोजकले जनाएको छ ।

पोखरा:    ९ वर्षपछि आयोजक सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पेनाल्टी सुटआउटमार्फत ७–६ गोल अन्तरले पराजित गर्दै सहारा क्लब फाइनलमा प्रवेश गरेको हो ।     सहारा क्लब यसअघि २०७३ सालमा फाइनलमा पुगेको थियो । त्यसपछि अहिले लामो समयको अन्तरालपछि सहारा क्लब उपाधि नजिक पुगेको हो  ।   निर्धारित समयमा गोलरहित भएपछि खेलमा बाँकी ३० मिनेट थप गरिएको थियो ।    सो समयमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । सडेन डेथमा सविन खड्काको सुटलाई सहाराका गोलकिपर टिकेन्द्र थापाले सेभ गर्दै सहारा क्लबलाई जीत दिलाए ।    उक्त खेलबाट सहारा क्लबका टाय डानियल बडारु म्यान अफ द म्याच घोषित भए ।   प्रतियोगिताको अर्काे सेमिफाइनल खेल जावलाखेल युथ क्लब र आभा फुटबल क्लब उज्वेकिस्तानबीच बिहीबार हुनेछ ।   आभा फुटबल क्लबले प्लानिङ् ब्वाइजलाई र जावलाखेलले चर्च ब्वाइज युनाइटेडलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।   प्रतियोगिताको फाइनल आगामी शनिबार हुने आयोजकले जनाएको छ ।  

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लब भिड्ने भएका छन् ।   पोखरा रंगशालामा पहिलो सेमिफाइनल खेल अन्तर्गत आज मनाङ मस्र्याङ्दी र सहारा क्लब  भिड्ने भएका हुन् ।   मनाङले पाहुना क्लब थन्डरबोल्ट भारतलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो भने, आयोजक सहारा क्लबले विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।   मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लब आज दिउँसो ३ बजे प्रतिस्पर्धा गर्दैछन् ।    प्रतियोगिताको अर्काे सेमिफाइनल खेलमा जावलाखेल युथ क्लब र आभा फुटबल क्लब उज्वेकिस्तान बिहीबार भिड्नेछन् ।   प्रतियोगिताकाे फाइनल आगामी शनिबार हुने आयोजकले जनाएको छ ।  

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।    पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई  ३–० गोल अन्तरले पराजित गर्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको हो ।   जावलाखेलको जीतमा ४८ औं मिनेटमा धर्वेन्द्र कुँवरले पहिलो गोल गरे । यस्तै खेलको ८८ औं मिनेटमा निकोलस ओडानेले दोस्रो गोल गर्दै अन्तरलाई दोब्बर बनाए । र,  ९० औं मिनेटमा सुजन गुरुङले तेस्रो गोल गर्दै टोलीलाई सेमिफाइनलको यात्रा तय गराए ।   यता चर्च ब्वाइज क्लबले भने जावलाखेलको दबाब मात्रै सहन पर्याे । पाएको मौकालाई सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज क्वाटरफाइनलबाट बाहिरिन बाध्य बन्यो ।    प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबर र थन्डरबोल्ट भारत सोमबार भिड्नेछन् ।    अन्तिम क्वाटरफाइनलमा आभा क्लब उज्वेकिस्तान र फ्रेन्डस् क्लबले मंगलबार प्रतिस्पर्धा गर्नेछन् ।   यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलबाट आयोजक सहारा क्लब नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।