२१ औँ असारे रोपाइँ महोत्सव लेखनाथमा हुने
पाेखरा | असार ११, २०८३
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।
पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्रवद्र्धन, परम्परागत खेती प्रणालीको संरक्षण गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिने परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
उनका अनुसार विगत दुई दशकदेखि निरन्तर आयोजना हुँदै आएको असारे रोपाइँ महोत्सव पोखराको मौलिक संस्कृति, कृषि परम्परा र पर्यटनलाई एकै थलोमा जोड्ने महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ ।
बढ्दो शहरीकरणका कारण ओझेलमा पर्दै गएको धान खेती र असारे संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष पहारीले बताए ।
महोत्सवमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली परम्परागत कृषि प्रणालीको प्रत्यक्ष अनुभव गराइनेछ। साथै कृषकलाई आफ्नो पेशाप्रति गौरव बढाउन, खेतीयोग्य जमिन संरक्षण गर्न तथा लेकनाथ क्षेत्रका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा योगदान पुग्ने आयोजकको अपेक्षा छ ।
कार्यक्रममा विविन्न कलाकारको प्रस्तुती
कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहने उनले बताए ।
कलाकारहरूमा राजु परियार, शिवहरी ढुङ्गाना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जिसी रहेका छन् ।
महोत्सवको मुख्य आकर्षणका रूपमा हल गोरु दौड, अँसारे भाका सहितको रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, स्वदेशी तथा विदेशी महिला–पुरुषका लागि हिलो दौड, पत्रकार हिलो दौड, रस्साकस्सी प्रतियोगिता तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रम समावेश गरिएको परिषद्का महासचिव तथा कार्यक्रम संयोजक जीवनराज सापकोटाले जानकारी दिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

