फ्लाई दुबईबाट वैदेशिक रोजगारमा जाने यात्रुको स्वास्थ्य परीक्षण पोखरामै
पाेखरा | कात्तिक १०, २०८३
पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि पोखरामा स्वास्थ्य परीक्षण सेवा सुरु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले आवश्यक कार्यविधि तयार गरी गत कात्तिक १ गतेदेखि नै यो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।
प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. झपिन्द्र पोखरेलका अनुसार मन्त्रालयको प्राप्त पत्र तथा निर्देशनका आधारमा आवश्यक सम्पूर्ण तयारी र व्यवस्थापन मिलाएर तोकिएकै मितिदेखि स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।
मन्त्रालयले पोखराबाट गन्तव्य मुलुकतर्फ जाने नागरिकहरूको स्वास्थ्य परीक्षण स्थानीय तहमै गर्ने गरी व्यवस्था मिलाउन पत्राचार गरेपछि प्रतिष्ठानले तत्काल कार्यविधि निर्माण गरी सेवा कार्यान्वयनमा ल्याएको उनले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेसँगै यस क्षेत्रबाट रोजगारीका लागि विदेशिने युवाहरूलाई सहज बनाउन यो कदम चालिएको हो । यसअघि पोखरा र आसपासका जिल्लाका नागरिकहरू स्वास्थ्य परीक्षण तथा उडानका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता थियो । पोखरामै स्वास्थ्य परीक्षणको व्यवस्था भएपछि वैदेशिक रोजगारीमा जाने युवाहरूको समय, श्रम र अनावश्यक आर्थिक भार बचत भएको छ ।
अस्पतालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका स्वास्थ्य परीक्षणका लागि आवश्यक जनशक्ति र उपकरणको उचित व्यवस्थापन मिलाएको छ ।
कात्तिक १ गतेदेखि सेवा सुरु भइसकेकाले अब फ्लाई दुबईमार्फत यात्रा गर्ने यात्रुहरूले प्रतिष्ठानबाटै सहज रूपमा स्वास्थ्य जाँच गराई यात्रा अनुमति लिन सक्ने वातावरण बनेको निर्देशक डा. पोखरेलले बताए । क्षेत्रीय स्तरमै यो सेवा उपलब्ध भएपछि पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय उडान सेवालाई समेत थप प्रभावकारी बनाउन मद्दत पुगेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

