पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२

पाेखरा | असार ३१, २०८३

पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

 

भगवती युवा क्लब राखु म्याग्दीको आयोजनामा आगामी साउन २ गतेदेखि पोखरा रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

 

‘सामाजिक चेतना, अनुशासन गतिशीलता, स्वाभिमान र विकास, क्लबको पहिचान’ भन्ने मूल नारासहित स्थापित क्लबले म्याग्दी बाहिर पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

 

सो प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद ४२ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमलाई नगद २२ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित गिफ्ट ह्याम्पर प्रदान गरिने प्रतियोगिता संयोजक सुलभ मल्ले जानकारी दिए ।

 

उनका अनुसार महिलातर्फ विजेता तथा उपविजेता हुने टिमले क्रमश नगद २५ हजार २ सय २२ रुपैयाँ र १५ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।

 

प्रतियोगितामा तनहुँ, कास्की, म्याग्दी, काठमाडौँ र पर्वत लगायतका खेलाडीहरुको सहभागिता छ भने पुरुषतर्फ १५ र महिलातर्फ ५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्