पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको हो । यसअघि सेमिफाइनलमा ग्यालेक्सिले आयोजक पिसिएमलाई ३–२ गोलले तथा फिष्टेल एकेडेमीले शितलादेवीलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । विजेता तथा उप–बिजेता टिमले नगदसहित मेडल पुरस्कार प्राप्त गरे । पोखरा कलेज अफ म्यानेज्मेण्टका प्राचार्य लिना नेगी श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कृत गरिन् । यसअघि कलेजले प्लस टु को परिक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फुटवल, बास्केटबल लगायतका प्रतियोगिताहरु आयोजना गरेको थियो ।
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई २–० गोल अन्तरले पराजित गर्दै प्याराडाइम च्याम्पियन बनेको हो । प्याराडाइमको जीतमा खेमे र मिस्टर फुडीले समान १/१ गोलको योगदान दिए । सो प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीका रुपमा सोही टिमकै विवश पुरस्कृत भए । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा खेमे घोषित भए । प्रतियोगिताबाट विजेता तथा उपविजेता बनेको टोलीले शिल्ड तथा मेडल प्राप्त गरे । हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा आयोजित सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू (कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायी लगायत) आबद्ध ४ वटा टोलीले सहभागिता जनाएका थिए । सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चङ्गा प्रोडक्सनका प्रोग्राम कोर्डिनेटर तथा म्यानेजर सुजल केसीले बताए । चंगा प्रोडक्सन मोफलसलकै लोकप्रिय र चर्चित प्रोडक्सन कम्पनी हो । जसले ‘हावा जस्तै’ लगायतका दर्जनौ सफल म्यूजिक भिडियोहरु उत्पादन गरिसकेको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सविन मेमोरियललाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै मेजर एफसीले नगद रु ९१ हजार, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको सविन मेमोरियलले नगद रु ५१ हजार, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्याे । सो प्रतियोगिताबाट सर्वाेत्कृष्टसँगै सर्वाधिक गोलकर्ताका रुपमा मेजर एफसीका भोला सिलवाल पुरस्कृत बने । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै दिव्यशक्ति गुरुङ घोषित भए । कुल १९ टिमको सहभागिता रहेको प्रतियोगितामा ए डिभिजन फुटबल खेलाडी जिवन गुरुङका धर्मपत्नी सरिता गुरुङको उपचारका लागि आर्थिक सहयोगसमेत संकलन गरिएको प्रतियोगिता संंयोजक दिपक गुरुङ (मेजर) ले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, समाजसेवी तथा पुरस्कारदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्लस फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु भएको हो । सो प्रतियोगिताको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले गरे । सो अवसरमा बोल्दै उनले सो प्रतियोगिताले खेकलुद क्षेत्रलाई चलायमान बनाउन सहयोग पुर्याउने धारणा राखे । उनले विगतका स्तरीय खेलाडीहरुबीचको आपसी भाइचारालाई मजबुद गर्न सो प्रतियोतिाले महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रतियोगिताको उद्घाटन खेलमा हेम्जा युनाइटेमाथी ८–३ गोल अन्तरले सहज जीत निकाल्दै गण्डकी स्पोर्टस् क्लब विजयी बनेको छ । यसजीतसँगै गण्डकी स्पोर्टस क्लब दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक दीपक गुरुङ (मेजर) ले बताए । उनका अनुसार दोस्रो खेलमा एक्टिभ स्क्वार्डले न्यू एयरपोर्टलाई ७–२ गोल अन्तरले पराजित गर्याे । यस्तै तेस्रो खेलमा नरेन एफसी टिम ए ले कस्केरी एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै नरेन एफसी दोस्रो चरणमा प्रवेश गरेको संयोजक गुरुङले बताए । उनका अनुसार आज प्रिक्वाटरफाइनलका सबै खेलहरु सम्पन्न हुनेछन् । कुल १९ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले नगद रु ९१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीलाई नगद रु ५१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए । प्रतियोगितामा विधागततर्फ सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । सोही प्रतियोगितामार्फत ए डिभिजन फुटबल खेलाडी जिवन गुरुङका धर्मपत्नी सरिता गुरुङको उपचारका लागि आर्थिक सहयोगसमेत संकलन गरिएको छ ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटकीय नगरी पोखरालाई खेल पर्यटन (स्पोट्र्स टुरिजम) को माध्यमबाट विश्वसामु चिनाउने उद्देश्यले संघले यो प्रतियोगितालाई निरन्तरता दिइएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । पोखरा रंगशालास्थित टेनिस कोर्टमा वैशाख ५ गतेदेखि ८ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १६ वटा इभेन्टहरू समावेश गरिएको संयोजक लोक बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाइज तथा गल्र्स डबल्स विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशभरबाट ८० भन्दा बढी खेलाडीहरुको सहभागिता रहने संयोजक गुरुङले बताए । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूले आकर्षक गिफ्ट ह्याम्पर, सर्टिफिकेट र मेडल प्राप्त गर्ने संयोजक गुरुङले बताए । प्रतियोगिताले उदीयमान खेलाडीहरूको हौसला बढाउनुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनले बताए । प्रतियोगिताका मुख्य प्रायोजक तथा संरक्षक एवं खेलप्रेमी कुमार श्री मोहन बहादुर शाही रहेका छन् । उनले आफ्ना नाति–नातिनीको सम्मान स्वरूप यो प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएका छन् । कास्की जिल्ला टेनिस संघले लामो समयदेखि पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका टेनिस प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको छ ।
पोखरा । ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा रामघाट च्याम्पियन बनेको छ । पोखरा २९ भण्ढारढिक खेलमैदानमा भएको फाइनल खेलमा मिक्की एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै रामघाट च्याम्पियन बनेको हो । च्याम्पियन बनेको रामघाटले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको मिक्कीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष्य विष्णु पुनले जानकारी दिए । उनका अनुसार कुल १८ टिमले सहभागिता रहेको सो प्रतियोगिताबाट मिक्की एफसीका अमित गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यस्तै अनुशासित टिममा स्याङ्जा युथ क्लब, सर्वाधिक गोलकर्ताका रपमा विपिन फुटबल क्लबका राहुल गुरुङ घोषित भए । यसैगरी राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगितामा हिमाला आमा समुह अर्घौ प्रथम, गण्डकी प्रदेश डोरी तान सङ्घ दोस्रो र लालीगुँरास एजु समुह तेस्रो हुँदै क्रमश ५५ हजार ५ सय ५५ रुपैयाँ, ३३ हजार ३ सय ३३ रुपैयाँ र २२ हजार २ सय २२ रुपैयाँसहित मेडल तथा प्रमाणपत्र पुरस्कार हात पारे । जातीय संघ–संस्थाको झाँकी प्रदर्शनीतर्फ रूपा नेवाःखल प्रथम, पुन मगर समाज ढुङ्गेपाटन दोस्रो र सूर्यमुखी तमु समाज तृतीय भए । उनीहरूलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको अध्यक्ष पुनले बताए । विजेतालाई गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्ण खड्का विखर्ची, क्लब अध्यक्ष विष्णु पुन लगायतले पुरस्कार वितरण गरेका थिए । ‘स्पोट्र्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको थियो । प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स, प्रवद्र्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको थियो । सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू रहेका थिए । हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका थिए । ‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवकासँगै विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ ।
पोखरा । भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् । उक्त फाइनल खेल सोमबार दिउँसो १ बजे हुने आयोजक संस्थाका अध्यक्ष विष्णु पुनले जानकारी दिए । उनका अनुसार आइतबार भएको पहिलो सेमिफाइलन खेलमा स्याङ्जा युवा क्लबमाथी २–० गोल अन्तरले जीत निकाल्दै मिक्की एफसी फाइनलमा प्रवेश गरेको हो । मिक्कीको जीतमा उपेन गुरुङ र आशिक गुरुङले गोल गरे । सो खेलबाट मिक्कीका अमिर गुरुङ म्यान अफ दि म्याच घोषित भए । यसैगरी अर्काे सेमिफाइनल खेलमा रामघाट एफसी ग्रिनले आयोजक सूर्यतारा क्लबमाथी २–१ गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै उपाधि नजिक पुग्यो । रामघाटको जीतमा विशाल बिक र सुशान्त गुरुङले गोल गरे भने सूर्यताराका लागि आकाश थापा मगरले सान्त्वना गोल फर्काए । प्रतियोगिताको विजेता टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महोत्सवमा फुटबलसँगै खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगितासमेत समावेश गरिएका छन् । ‘स्पोट्र्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको छ । प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स, प्रवद्र्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ । सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू रहेका छन् । हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् । ‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवका अलावा विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ । खेल महोत्सव चैत्र ३० गते समापन गरिने प्रचार संयोजक इश्वर अधिकारीले जानकारी दिए ।
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटनस्थित खेलमैदानमा आज (आइतबार) भएको फाइनल खेलमा एनके एफसीमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै न्यूरोड एफसीले उपाधि जितेको हो । न्यूरोडलाई उपाधि दिलाउन विनोद कुँवरले निर्णायक गोल गरे । उनै कुँवर म्यान अफ द म्याच बने । प्रतियोगिताको उपाधिसँगै न्यूरोड क्लबले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको एनकेलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक रेमोस गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताबाट न्यूरोड एफसीका नरेश केसी सर्वाेत्कृष्ट खेलाडीका रुपमा नगद रु ३ हजारसहित पुरस्कृत भए । उत्कृष्ट डिफेण्डरका रुपमा एनकेका कन्यासुब्बा गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै राजकुमार घिसिङ, उत्कृष्ट गोलरक्षकका रुपमा न्यूरोडका विशाल नेपाली, सर्वाधिक गोलकर्ताका रुपमा सोही टिमकै विनोद कुँवर जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत भए । यसैगरी उत्कृष्ट प्रशिक्षकका रुपमा न्यूरोडका शम्भु थापा नगद रु २ हजारसहित पुरस्कृत हुँदा अनुशासित टिमका रुपमा पोखरा लायन्स घोषित भयो । मैत्रीपूर्ण खेलमा स्ववियु पिएन क्याम्पस विजयी प्रतियोगिताको फाइनल अघि आमन्त्रित महिला मैत्रीपूर्ण खेलमा सम्पदा अंकित स्पोर्टस्लाई ४–० गोल अन्तरले हराउँदै स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस विजयी बन्यो । महिलाहरुलाई पनि फुटबलमा आकर्षण बढाउन सकिने लक्ष्यसहित आमन्त्रित मैत्रीपूर्ण फुटबल खेल सञ्चालन गरिएको कार्यक्रम संयोजक दीपक मुल्मीले जानकारी दिए । उनका अनुसार दुवै टिमलाई मायाको चिनोसहित नगद रु ५/५ हजार प्रदान गरिएको उनले बताए । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णु बराल, क्लबका अध्यक्ष, पुरस्कारदाता, क्लबका सल्लाहकार लगायतले पुरस्कार वितरण गरेका थिए । सोहीबीच ५७ वर्षको उमेरसम्म पनि सक्रियताका साथ फुटबल खेल्दै क्लबलाई योगदान पुर्याएको भन्दै पोखरा ५ का कृष्ण कोइरालालाई दोसल्ला तथा सम्मान पत्र अर्पण गरिएको संयोजक मुल्मीले बताए । उनका अनुसार गत २६ गतेदेखि सञ्चालनमा रहेको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन अनुसार पहिलो खेलमा भ्यु पोइन्ट एफ सीललाई आर एस पोखराले पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्याे । सो खेलबाट आर एस पोखराका सदीस कार्की म्यान अफ दि म्याच घोषित भए । यस्तै दोस्रो खेलमा एस एस एप सीको अनुपस्थितिमा वाकओभर मार्फत सूर्य तारा क्लब सी विजयी बन्यो । तेस्रो खेलमा स्याङ्जा एफसीले पेनाल्टी सुटआउट मार्फत काउले एफसीलाई ३–२ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे । चौथो खेलमा विपिन एफसी ए टिमले रामघाट एफ सी सेतोलाई पेनाल्टी सुट आउटमा २–१ अन्तरले पराजित ग¥यो । उक्त खेलमा विपिनका सिदन श्रेष्ठ मेन अफ दि म्याच बने । पाँचौ खेलमा सूर्य तारा क्लब पोखराले नमस्ते पार्टी प्यालेसलाई ३–० गोल अन्तरले पराजित ग¥यो । सो खेलबाट सूर्य ताराका राज कुमार कुँवर मेन अफ दि म्याच घोषित हुँदै पुरस्कृत भए । ् छैटौँ खेलमा रामघाट एफ सी ग्रीनले आर एस पोखरा एफसीलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । उक्त खेलबाट रामघाटका सुशान्त गुरुङ म्यान अफ दि म्याच घोषित भए । आज भएको अन्तिम खेलमा पोखरा २९ लाई स्याङ्जा युथ क्लबले १–० गोल अन्तरले हराउँदै स्याङ्जा दोस्रो चरणमा प्रवेश गरेको प्रचार प्रसार उपसमितका संयोजक इश्वर अधिकारीले जानकारी दिए । उनका अनुसार सो खेलबाट स्याङजाका आइत तामाङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा कुल १८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् । महोत्सवमा फुटबलसँगै खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगितासमेत समावेश गरिएका छन् । महिला डोरी तान प्रतियोगितामा विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २२२ रुपैयाँ हात पार्नेछ । खुल्ला ‘स्लो’ महिला स्कुटर रेसमा पहिलोदेखि चौथो स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ । जातीय संघ–संस्थाको झाँकी प्रदर्शनीतर्फ उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ । ‘स्पोट्र्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको छ । प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स, प्रवद्र्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ । सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू रहेका छन् । हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् । ‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवका अलावा विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ । खेल महोत्सव चैत्र ३० गतेसम्म चल्नेछ ।

