पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय फुटबलको उपाधि हात पारेको छ । बुधवार सम्पन्न विद्यालयस्तरीय फुटबलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट सेकेण्डरी बोर्डिङ स्कुललाई ३–१ को गोल अन्तरले पराजित गर्दै विद्यालय स्तरीय फुटबलको उपाधि हात पारेको हो । त्यसैगरी टोल तथा क्लबस्तरीय फुटबलमा स्यानी मजुवा टोल बिकास संस्था बसुन्धरा मार्ग दिब्यज्योती क्लब फाइनलमा प्रवेश गरेका छन । फाइनल खेल महोत्सवको अन्तिम दिन माघ १० गते समापन समारोह अगाडी आयोजना गरिने खेलुकद कार्यक्रमका संयोजक आशीष भण्डारीले जानकारी दिए । विद्यालयस्तरीय यूनी हक्की प्रतियोगितामा सेंट फ्रान्सिसको दबदबा महानगर स्तरको विद्यालयस्तरीय यूनी हक्की प्रतियोगिताअन्तर्गत सम्पन्न सेमिफाइनल, तेस्रो स्थान तथा फाइनल खेलहरूमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । छात्र तथा छात्रा दुवै तर्फ उत्कृष्ट प्रदर्शन गर्दै सेंट फ्रान्सिस विद्यालयले उपाधि जित्न सफल भएको छ । छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा सेंट फ्रान्सिसले कालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा विभूति विद्यालयलाई ४–२ गोलले हराउँदै सुकराज बालभद्र विद्यालय फाइनलमा प्रवेश ग¥यो । छात्रातर्फ तेस्रो स्थानका लागि भएको खेलमा कालिकाले विभूतिमाथि ५–० को फराकिलो जित हात पार्दै तेस्रो स्थान सुरक्षित ग¥यो । फाइनल खेलमा सेंट फ्रान्सिसले सुकराज बालभद्र विद्यालयलाई ५–१ गोलले पराजित गर्दै छात्रातर्फको उपाधि जित्यो । छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा सेंट फ्रान्सिसले एसओएस विद्यालयलाई १८–० को एकतर्फी जित दर्ता गर्दै फाइनलमा स्थान बनायो । दोस्रो सेमिफाइनल खेलमा कालिकाले नेपाल भारत विद्यालयलाई ९–४ गोलले पराजित ग¥यो । छात्रतर्फ तेस्रो स्थानका लागि भएको खेलमा एसओएस विद्यालयले नेपाल भारत विद्यालयलाई ४–२ गोलले हराउँदै तेस्रो स्थान हासिल ग¥यो। फाइनल खेलमा सेंट फ्रान्सिसले कालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै छात्रतर्फ पनि उपाधि आफ्नो पक्षमा पार्न सफल भयो । त्यसैगरी पुरुष सडक दौड प्रतियोगितामा सुनगाभा जाल्पामार्ग टोल बिकास संस्थाका क्या. याम बहादुर राना प्रथम भए । घलेचोकदेखि महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा रानाले ५ मिनेट, ८ सेकेण्ड २५ मिलिसेकेण्डमा पार गरेका थिए । त्यसैगरी दौडमा तल्लो नयाँगाउँ टोल बिकास संस्थाका क्या. ठाकुर बहादुर थापा मगरले निर्धारित दुरी ५ मिनेट १५ सेकेण्ड ४६ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरे । त्यसैगरी निर्धारित दुरी ५ मिनेट १७ सेकेण्ड ७६ मिलिसेकेण्डमा पार गर्दै कोलपाटन टोल बिकास संस्थाका ओम बहादुर खोर्जाले तृतीय स्थान हाँसिल गरे । दौडमा गलेश्वर युवा क्लबका सन्तोष भण्डारी र तल्लो नयाँगाउँ टोल बिकास संस्थाका तिल बहादुर रानाले शान्तवना स्थान हाँसिल गरे । त्यसैगरी महिला तर्फको सडक दौडमा जन जागृती आमा समुहकी पोम कुमारी बुढा प्रथम भए । ट्याक्सी चोकदेखि महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा बुढाले ३ मिनेट ११ सेकेण्ड ८० मिलिसेकेण्डमा पार गर्दै महिला तर्फको दौडको उपाधि हात पारेकी हुन । त्यसैगरी एकता आमा समुहकी मन माया रानाले निर्धारित दुरी ३ मिनेट १२ सेकेण्ड ८३ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरिन । स्यानी मजुवा आमा समुहकी बसन्ती आलेले निर्धारित दुरी ३ मिनेट २० सेकेण्ड ६६ मिलिसेकेण्डमा पार गर्दै तेस्रो स्थान हाँसिल गरिन । संगम टोल महिला समुहकी रुपा बरुवाल र जनजागृती आमा समुहकी मिना कुमारी थापाले शान्तवना स्थान हाँसिल गरिन । त्यसैगरी क्लव तथा टोल बिकास संस्था बीचको भलिवल प्रतियोगितामा चन्द्रसूर्य क्लबले उपाधि हात पारेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोगितामा चन्द्र सूर्यले २५–१८, २५–१६ र २५–१६को सेटले गलेश्वर युवा क्लबलाई पराजित गरेको प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए । त्यसैगरी शहरी स्वास्थ्य केन्द्र पोखरा १५ मा आयोजित क्षयरोग सम्बन्धी ए आई एक्सरे जाँचमा ३ सय ८६ जनाले परीक्षण गरेका छन । जस मध्ये ५ जनामा क्षयरोग पोजेटिभ देखिएको र १६ जना सम्भावितको खकार जाँचको लागि लगिएको स्वास्थ्य केन्द्र प्रमुख सम्झना थापाले जानकारी दिइन । थापाका अनुसार उक्त जाँचमा पोखरा १५, ७ र ९ नम्बरका बासिन्दाहरुको सहभागीता रहेको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन । यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगिता जारी रहेका छन । बुधवार आयोजित डोरी तान प्रतियोगितामा जनजागृति र संगम बीचको खेलमा जनजागृती आमा समुह प्रथम भएका छन । प्रतियोगितामा सानी मजुवा आमा समुह बसुन्धरा मार्ग तृतिय भएका छन । पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा सिंगल पुरुषतर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरिबहादुर आले प्रथम भए । प्रतियोगितामा चन्द्र सूर्य क्लबका तोरण गुरुङ दोश्रो र नागमणी टोलका रिशाल गुरुङ र मितेरी टोल बिकास संस्थाका अमर खड्काले तृतीय स्थान हाँसिल गरे । पुरुष डबल तर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरि बहादुर आले र मन बहादुर सुनारको जोडी प्रथम, ठूलो मजुवा टोल बिकास संस्थाका क्या. कृष्ण बहाुदर गुरुङ र रमेश शाहीको जोडी दोश्रो र चन्द्र सूर्य क्लबका तोरण गुरुङ र रिम बहादुर कार्कीको जोडी र स्यानीपाटन टोल बिकास संस्थाका सुरज केसी र दर्पण श्रेष्ठको जोडी तेस्रो भए । प्रतियोगितामा महिला सिंगल तर्फ मितेरी टोलका चन्दा तामाङ छन्त्याल प्रथम, जनजागृति आमा समुहकी पुनम मल्ल दोस्रो र एकता आमा समुहकी लाली खाँड र प्रतिभाटोल आमा समुहकी लक्ष्मी पुन तेस्रो भए । महिला डबल तर्फ माछापुच्छ«े आमा समुही विमला तामाङ र जी माया रानाको जोडी प्रथम, एकता आमा समुहकी शुसिला पुर्जा र लाली खाँडको जोडी दोश्रो र स्यानीपाटन आमा समुहका बिनीता राना र सिर्जना गुरुङको जोडी र जनजागृती आमा समुहका पुनम मल्ल र टु माया गुरुङको जोडीले तेस्रो स्थान हाँसिल गरेको मितेरी टोल बिकास संस्थाका सचिव तथा ब्याडमिन्टन प्रतियोगिताका संयोजक पूर्ण बहादुर जिसीले जानकारी दिए । त्यसैगरी खेलकुद महोत्सवमा जनजागृति आमा समुह र एकता आमा समुह महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमी फाइनलमा जनजागृति आमा समुहले चेतना महिला कृषक समुहलाई ३–२ को सेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो । त्यसैगरी दोश्रो सेमी फाइनलमा एकता आमा समुहले संगम टोल महिला समुहलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । पुरुष तर्फको भलिबलमा गलेश्वर युवा क्लब फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न पहिलो सेमी फाइनलमा गलेश्वर युवा क्लबले तल्लो नयाँगाउँ टोल बिकास संस्थालाई ३–२ सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । बिहीबार चन्द्रसूर्य क्लब र स्यानी मजुवा टोल बिकास संस्था बीच दोश्रो सेमी फाइनलको खेल हुने छ । विद्यालय स्तरीय फुटवल तर्फ बुधवारको पहिलो खेलमा भ्यूप्वाइन्टले गोल्डेन फ्युचरलाई २–१ गोल अन्तरले पराजित गार्यो । दोश्रो खेलमा सिद्ध माविले रेन्वो एकेडेमीलाई ४–३ गोल अन्तरले पराजित गर्यो । क्लब तथा टोल बिकास संस्था बिचको फुटवलमा स्यानी मजुवा टोल बिकास संस्थाले अलकाटोल बिकास संस्थालाई २–१ गोल अन्तरले पराजित गर्यो । दोश्रो खेलमा दिब्यज्योती युवा क्लबले ठूली मजुवा टोल बिकास संस्थालाई ८–० गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो । महानगर विद्यालयस्तरीय यूनी हक्की प्रतियोगितामा छात्रछात्रा दुवै विद्याका खेलहरू अत्यन्तै रोमाञ्चक बनेका छन् । प्रतियोगिताअन्तर्गत सम्पन्न १० खेलमा फरक–फरक विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका छन । प्रतियोगिता अन्तर्गत छात्र तर्फको पहिलो खेलमा सेन्ट फ्रान्सिसले माउन्ट हेभेनलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत ग¥यो । पुरुषतर्फको दोस्रो खेलमा इमानुएल र नेपाल भारत मैत्री बीच ३–३ को बराबरीपछि पेनाल्टी सुटआउटमा नेपाल भारत मैत्रीले इमानुएललाई १–० ले पराजित गर्यो । महिला तर्फ सेन्ट फ्रान्सिसले एसओएस माथी ७–० को एकतर्फी जित निकाल्यो । छात्र तर्फको चौथो खेलमा खेलमा एसओएसले जनकीलाई २–० ले पराजित ग¥यो । छात्रा तफएको पाँचौ खेलमा खेलमा विभूति र सिद्धबीच २–२ को बराबरी भएपछि पेनाल्टीमा विभूति १–० ले विजयी बन्यो । छात्र तर्फको छैठौं खेलमा कालिकाले भ्यु पोइन्टलाई ६–२ ले हरायो । छात्रा तर्फको सातौं खेलमा पनि कालिकाले आफ्नो दबदबा कायम राख्दै थ्री एन्जेल मिशन स्कुललाई ३–० ले पराजित ग¥यो । पुरुषतर्फको खेलमा सुक्रराज वलभद्र र सेन्ट फ्रान्सिसबीच ४–४ को बराबरीपछि पेनाल्टीमा सेन्ट फ्रान्सिस १–० ले विजयी बन्यो । नवौँ खेलमा छात्रा तर्फ शुक्रराज बल भद्रले इमानुएललाई ५–० ले हरायो । बुधबारको अन्तिम खेलमा पुरुषतर्फ नेपाल भारत मैत्रीले राम आधारभुतलाई ३–२ ले पराजित गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली उपस्थिति देखाएको प्रतियोगिता संयोजक आशीष भण्डारीले जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै उमेर समुहकालाई समेटेर वडाको खेलकुद गतिविधीलाई समेट्ने गरी वडा खेलकुद महोत्सवको आयोजना गरी खेलकुद महोत्सव आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे । वडा नं १५ संस्कृतिमा धेरै धनी रहेको वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस, ८ दशकको इतिहाँँस बोकेको आइएनएफ हस्पिटल, सिद्ध परोपकार सहितको बैदिक गुरुकुल देखि आधुनिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्था समेत पोखरा १५ मा रहेको र सवैलाई समेटेर वडाले कार्यविधी बनाएर खेलकुदको गतिविधी गराएकोमा वडा अध्यक्षलाई धन्यवाद ब्यक्त गरे । खेलकुदका गतिविधी संगै खेलकुदमा ख्याति कमाएका ब्याक्तित्वहरुलाई समेत सम्मान गरेर स्रहानिय काम गरेको मेयरको भनाइ रहेको थियो । महानगरका ३३ वटै वडामा हरेक वडा एक कार्यक्रम गर्ने उद्देश्य सहित काम गरिरहदा पोखरा १५ ले खेलकुद क्षेत्रलाई समेटेर अगाडी बढेकोमा वडा प्रति आभार ब्यक्त गरे । सो अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको विभिन्न खेलकुदमा सहभागी पाँच जना खेलाडीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बक्सिङका एसियन गेमका चित्र बहादुर गुरुङ, फुटबलका बिजय गुरुङ, करातेका लक्ष्मण कुँवर, र सचिन बि.क. फुटबलका शिव श्रेष्ठ रहेका छन । त्यसैगरी खेल्छ गण्डकी अन्तर्गतको टेनिस खेलका वडा नं १५ मा रहेको अति विपन्न परिवारका ९ जना टेनिस खेलाडीहरुलाई पौष्टिक खाद्यान्न वितरण गरिएको छ । खेलाडीहरु सुमित विश्वकर्मा, आदित्त सुनार, कुस सुनार, लभ सुनार, सुप्रिया सुनार, इनुला परियार, स्वस्तिका विश्वकर्मा, अनमोल सार्की र शरण विश्वकर्मालाई पौष्टिक खाद्यान्न वितरण गरिएको हो । त्यसैगरी महोत्सवको पूर्व सन्ध्यामा वडा कार्यालय परिसरबाट महोत्सव स्थल बन विज्ञान अध्ययन संस्थान सम्म आयोजित झाँकी तथा ¥याली प्रतियोगितामा जनजागृति आमा समुह प्रथम, स्यानी मजुवा बसुन्धरा मार्ग आमा समुह दितिय र ब्रह्मकुमारी इश्वरीय विश्विद्यालय पोखरा १५ तृतीय भए भने सिद्धेश्वर परोपकार गुरुकुल आश्रम र वेलनन एकेडेमीले शान्तवना स्थान हाँसिल गरे । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र शान्तवना स्थान हाँसिल गर्नेले क्रमश नगद ५, ४, ३ र १५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी विद्यालय तर्फ थ्री एन्जल मिसन स्कुल, शिद्ध मावी, टोल बिकास तथा युवा क्लव तर्फ फलेपाटन, अलकापुर टोल बिकास संस्था, युवा क्लब तर्फ गलेश्वर युवा क्लब र दिव्यज्योती क्लब उत्कृष्ट भए । सम्मानित तथा पुरस्कृतहरुलाई पोखरा महानगरका मेयर धनराज आचार्य, वडा अध्यक्ष तोरण बहादुर बानियाँ, वडा सदस्यहरु तथा वडा प्रतिनिधीहरुले पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाबासीलाई खेलकुदको माध्यामबाट आपसी भाइचारा अभिवृद्धि संगै सम्पूर्ण ३३ वटै वडालाई समेट्ने उद्देश्यका साथ खेलकुद महोत्सवको आयोजना गरिएको बताए । वडाभित्र रहेका विभिन्न संघ संस्था आमा समुह, संघ संस्था, समाज, टोल बिकास, विभिन्न विद्यालयको सहभागीताले महोत्सवको उद्घाटन सत्र उल्लासमय बनेको उनको भनाइ रहेको थियो । खेलकुद महोत्सव संगै वडाले स्वास्थ्य शिविरलाई समेत निरन्तरता दिइरहेको र महोत्सव स्थल बनविज्ञान अध्ययन संस्थामा निशुल्क सुगर परीक्षण र प्रेसर चेकजाँचको ब्यवस्था मिलाईएको उनको भनाइ रहेको थियो । त्यसैगरी खेलकुद महोत्सवकै अवसरमा रक्तदान संगै कुष्ट रोगको बारेमा सचेतनामुल कार्यक्रम समेत आयोजना गरिने छ । खेलकुद महोत्सव अन्तर्गत माघ ६ गते देखि महिला पुरुष ब्याटमिन्टन, युनि हक्की, भलिवल, सडक दौड, साइक्लिङ, ह्वीलचियर दौड, बास्केटबल, डोरीतान लगायतका खेलहरु हुने प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए । खेलकुद महोत्सवको उद्घाटन खेल दिपज्याती युवा क्लब र गलेश्वर बीचको खेल निर्धारित समय बराबरीमा सकिएपछि पेनाल्टीमा ४–३ गोल अन्तरले पराजित गर्दै दिपज्योती युवा क्लव अघिल्लो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा अलकापुर टोल बिकास संस्थाले फलेपाटन श्री १५ ४–१ गोल अन्तरले पराजित गर्न सफल भयो । त्यस्तै विद्यालय तर्फको पहिलो खेलमा सिद्ध माविले थ्री एन्जललाई ४–० गोल अन्तरले पराजित गर्यो महोत्सवमा फुटवल तर्फ टोल तथा युवा क्लब तर्फ १० र विद्यालय तर्फ ९ वटा विद्यालयको सहभागीता रहेको छ ।
पोखरा: पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो खेलमा कास्कीले लेखनाथ माथि सानदार जित हासिल गरेको हो । कास्कीको जितमा सोहिल कुँवर र विश्वास पराजुली नायक बने । ३५० रनको विशाल विजयी लक्ष्य पाएको लेखनाथलाई २७.४ ओभरमा अलआउट गर्दै कास्कीले आफ्नो विजयी सुरुवात गरेको हो । लेखनाथले ७६ रन मात्रै जोड्न सफल रह्यो । लेखनाथका लागि प्रताप थापाले १७, देवनारायण यादवले १० तथा साहिल जैसवालले ९ रन बनाए । कास्कीका लागि विश्वास पराजुलीले सर्वाधिक ५ विकेट लिए । उनले ८ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै रोहित चन्द र अर्जुन कुमालले १÷१ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कास्कीले ५० ओभरमा ८ विकेट गुमाउँदै ३४९ रन बनायो । कास्कीका लागि सोहिल कुँवरले शतकीय पारी खेले । उनले ९५ बलमा ११० रन बनाए । सहबुद्धिन अन्सारीले अर्धशतकीय पारी खेले । उनले ३१ बलमा ५० रन बनाए भने रोहित चन्दले पनि अर्धशतक पुरा गरे । उनले २८ बलमा ५० रन बनाए । लेखनाथका लागि सुवाष बास्तोलाले १० ओभरमा ७५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । कृपेश पौडेलले २ तथा सज्जन क्षेत्रीले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच कास्कीका सोहिल कुँवर घोषित भए । जिल्ला स्तरीय प्रतियोगिताबाट विजेता क्लबले प्रदेशस्तरीय एक दिवसीय प्रतियोगितामा कास्की जिल्लाको प्रतिनिधित्व गर्नेछ । जारी प्रतियोगिता प्रधानमन्त्री राष्ट्रिय पुरुष एक दिवसीय प्रतियोगिताको जिल्ला छनोट समेत रहेको छ ।
काठमाडौं: नेपाल आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोटको आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ। १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। थाइल्याण्डका लागि नाथाकान चानथामले अर्धशतक बनाइन् । उनले ३९ बलमा ९ चौका र १ छक्कासहित नटआउट ५७ रन जोडिन् । ननापाटले ३२ रन जोडिन् । नेपालका लागि सरिता रानाले २ विकेट लिइन् । कीर्तिपुरस्थित टियु रंगशालामा थाइल्याण्डले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो। नेपालले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन जोडेको थियो । नेपालका लागि विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । विन्दु रावल र सम्झना खड्काले राम्रो सुरुवात गरेपनि त्यसपछि अन्य ब्याटरले खासै इनिङ सम्हाल सकेनन् । विन्दु र सम्झनाले पहिले विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए। सम्झनाले ११ बल ६ चौकासहित २६ रन बनाइन्। सम्झना र विन्दु रावलले पहिलो विकेट ५२ रनको साझेदारी गरेका थिए। त्यसपछि विन्दु र पूजा महतोले इनिङलाई अघि बढाए। १३।३ ओभर विन्दु आउट भइन् । उनको टि ट्वान्टीमा यो उच्च स्कोर हो । पूजा १७ बलमा १२ रन बनाएर आउट भइन् । कप्तान इन्दु बर्मा ६ रनमा आउट भइन् । रुविना क्षेत्रीले १० बलमा १७ रन जोडिन् । नेपालले अर्को खेल बिहीवार नेदरल्याण्ड्ससँग खेल्नेछ।
पोखरा: पोखरामा भएको मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ । मनोहर क्लबको आयोजनामा पोखरा–१४ मनकामना टोलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गर्दै आयोजक टोलीले उपाधि रक्षा गरेको हो । आयोजक टोलीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।उपाधिसँगै आयोजक टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । उपविजेता बनेको पोखरा युनाइटेडले एक लाख एक हजार १११ रुपैयाँमा चित्त बुझायो । सेमिफाइनलसम्म पुगेका नवज्योति युवा क्लब र पकुवा भलिबल क्लबले जनही २० हजार पाए । प्रतियोगितामा सञ्जुविक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ८ हजार र ट्रफी हात पारे । सन्दीप सुनार स्पाइकर, दीपक थापा डिफेन्डर, अजय सुनार ब्लकर, सञ्जोक परियार सर्भर, लप्सन सुनार उदीयमान र सुमन राना प्रशिक्षक विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ५ हजार पाए । प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका थिए ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु भयो । सो अवसरमा नेता शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपियाँ पनि हस्तान्तरण गर्नु भयो । आगामी विश्वकपमा सुपर आठमा पुगे २० लाख रुपियाँ दिने घोषणा समेत शर्माले गर्नु भयो । डा। शर्माले नेपाली राष्ट्रिय महिला र पुरुष टोलीका खेलाडी र परिवारलाई निःशुल्क उपचार गराउँदै आएको उल्लेख गर्दै यो सम्झौता सकिए पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले नेपाल सरकार समक्ष खेलाडी जीवनबाट अवकाशपछि उनीहरूलाई पेन्सन दिन माग राख्नु भएको छ । चतुरबहादुर चन्दले टेस्ट राष्ट्रसँग खेल्न नपाए पनि लगातार भइरहेको व्यस्तताले नेपाली टोलीको तयारी राम्रो भएको बताउनु भएको छ । उहाँले नेपाली टोली सन्तुलित रहेको उल्लेख गर्दै नेपाली टोली सुपर आठमा पुग्ने आशा व्यक्त गर्नु भएको छ । यसपल्ट नेपाली टोलीले देशलाई गर्व गर्न लायक बनाउने उहाँको विश्वास छ । क्यानका सचिव तथा नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीबाट देशले धेरै आशा राखेको र विश्व क्रिकेटले पनि नियाली रहेको बताउनु भयो । नेपाली क्रिकेट खेलाडी सबैका आदर्श पात्र रहेकाले विश्वकपका खेलले मात्र नभई त्यहाँ खेलाडीले गर्ने सबै गतिविधिले प्रभाव पार्ने भएकाले अनुशासित हुन पारसले सुझाव दिनु भयो । उहाँले विश्वकपपछि पनि एउटा टेस्ट राष्ट्रसँग खेल्नका लागि प्रक्रिया चलिरहेको बताउनु भएको छ। वेस्ट इन्डिजसँगको जितपछि नेपाली टोलीमा उत्साह बढेकाले पनि टेस्ट राष्ट्रसँग शृङ्खला आयोजना गर्न लागिएको उनको भनाइ छ । नतिजा आफू अनुकुल नभए पनि यो विश्वकप एउटा ठुलो अवसर रहेको उहाँको भनाइ छ । पारसकै कप्तानीमा नेपालले पहिलोपल्ट सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । दोस्रो पल्ट विश्वकप खेल्न १० वर्ष लगाएको नेपालले तेस्रो विश्वकप भने लगातार खेल्दैछ । यस विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यस समूहमा इङ्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बङ्गलादेश छन् ।
पोखरा: पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित लेखनाथ रंगशालामा हुने २६ औं संस्करणको आदर्श कपमा ८ टिम भिड्ने भएका छन् । आदर्श युवा क्लबको आयोजना यही पुस ९ देखि १६ गतेसम्म हुने २६ औं संस्करणको आदर्श कपमा दुई विभागीय क्लबसहित ८ टिमको सहभागिता हुने पक्का भएको हो । पोखरामा आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणको पुगेको क्लबका अध्यक्ष पदम गुरुङ बताए । ‘२१ औं संस्करणसम्म जिल्लास्तरीय हुँदै राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्दै अहिले हामी अहिले २६औं संस्करणमा आइपुगेका छौं, अध्यक्ष गुरुङले भने,‘कोभिड लगायत विविध कारणले केही वर्ष प्रतियोगिता हुन नपाएपनि हामीले पुनः प्रतियोगितालाई निरन्तरता दिँदै अहिले पुस ९ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्दै छौं ।’ अध्यक्ष गुरुङका प्रतियोगितामा नेपाल प्रहरी गण्डकी, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालय, आदर्श युवा क्लब, कास्की ११, गन्नी एफसी पर्वत, एन्फा तनहुँ, होराईजन क्लब वालिङ स्याङ्जा, म्याग्दी खेलकुद विकास समितिको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ९ सय ९९ र उपविजेताले ३लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान आफ दि म्याच घोषित खेलाडीले नगद ५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको विधागतर्फ उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स,गोलरक्षक र कोचले जनही १५÷१५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न करिव ६१ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको क्वाटरफाइनल र सेमिफाइनलका लागि १ सय रुपैयाँ र फाइनल खेलका लागि २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा फस्ट च्याईस फुड्स लिमिटेड शुद्धोधन–४ रुपन्देही रहेको छ ।
पोखरा: पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार नवज्योति क्लब र पोखरा युनाइटेड क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । नवज्योति क्लबले एपिएफ पोखरामाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । पहिलो सेट २५–२३ ले जितेको एपिएफ पोखराले दोस्रो सेट २२–२५ ले नवज्योतिलाई सुम्पियो । तेस्रो सेटमा पुनः २५–१८ ले जित निकाल्दा एपिएफ पोखराले चौथो सेट १७–२५ ले नवज्योतिलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १६–१४ को रोमाञ्चक जित निकाल्दै नवज्योतिले सेमिफाइनलको यात्रा तय ग¥यो । शुक्रबार भएको अर्को खेलमा पोखरा भलिबल टे«निङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखरा युनाइटेडले सेमिफाइनलमा स्थान बनायो । युनाइटेडले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले जित दर्ता ग¥यो । मनोहर युवा क्लब ‘ए’ र पकुवा भलिबलले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेका थिए । प्रतियोगिताको पहिलो सेमिफाइनल आयोजक मनोहर क्लब र नवज्योति क्लबबिच भोलि बिहान ८ बजेबाट सुरु हुनेछ । त्यसपछि दोस्रो सेमिफाइनल पोखरा युनाइटेढ र पकुवा भलिबलबिच हुनेछ । फाइनल खेल पनि भोलि नै हुने तालिका छ । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

