पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । उक्त खेल आइतबार दिउँसो १ बजे हुने खेल संयोजक र्यामोस गुरुङले जानकारी दिए । गुरुङका अनुसार आज (शनिबार) भएको पहिलो सेमिफाइनल खेलमा मेजर एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै एनके एफसी फाइनलमा प्रवेश गरेको हो । गोलरहित खेलको निर्धारित समय सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । यस्तै दोस्रो सेमिफाइनल खेलमा न्यूरोड एफसीले आयोजक गण्डकी स्पोर्टस् क्लबविरुद्ध १–० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्दै फाइनलमा एनके एफसीसँगको भेट पक्का गर्याे । न्यूरोडको जीतमा बिकी कुँवरले दोस्रो हाफमा गोल गरे । सोही गोल नै फाइनल यात्राको निर्णायक गोल बन्यो । प्रतियोगिताको फाइनल खेल हुनुपूर्व एन्फा कास्कीको महिला टिम र पृथ्वीनारायण क्याम्पसको महिला टिमबीच मैत्रीपूर्ण खेल हुने प्रतियोगिता संयोजक दीपक मुल्मीले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमलाई नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । यस्तै विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए । प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमीले उपाधि हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा एलिट भलिबलले बौद्ध सृजना युवा क्लब घलेललाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको एलिटले २० हजार र उपविजेता भएको बौद्ध सृजनाले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिला भलिबलमा १० टिमको सहभागिता रहेको थियो । २९ गतेसम्म सञ्चालन हुने मेलामा पुरुष भलिबलतर्फ २४ समूहको सहभागिता रहेको छ । आज भएको पुरुष तर्फको खेलमा घाचोक टुसे, घलेल, फेरी भेटौला,नयाँपुल साखु र डाँडागाउँले पहिलो चरणमा खेलमा विजयी भएका छन् । खुला क्लबस्तरीय पुरुष भलिबलतर्फको विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो हुने टिमले ६० हजार रुपैयाँ र सेमिफाइनल पुग्ने दुई टिमले १०÷१० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । पुरुषतर्फको खेल तालिका बुधबार नै सार्वजनिक गर्ने आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताका विजेतालाई नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट खेलाडी, सर्भर, स्पाइकर, डिफेन्डर, सेटर र ब्लकरले ट्रफी प्राप्त गर्नेछन् । यसैगरी, माछापुच्छ्रे गाउँपालिकाका स्थानीयका लागि मात्र आयोजना गरिएको सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउने छन् । नृत्य प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क निःशुल्क गरिएको छ । मेलाका अवसरमा अन्य विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरु पनि आयोजना गरिएका छन् । स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी तथा विविध सांस्कृतिक कार्यक्रम, छेलो प्रतियोगिता, रसाकस्सी, म्युजिकल चेयर, बेलुन फुटाई र भाले निकाल्ने प्रतियोगिता हुने आयोजकले बताए । ल्वाङ्ग गाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ । यहाँ एकै दिन करिब ६ सय जना पर्यटकलाई राख्न सक्ने क्षमताका होटल तथा होमस्टेहरु सञ्चालनमा रहेका छन् ।
पोखरा: गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटरफाइनलका खेल सकिएका छन् । मालेपाटन खेलमैदानमा आज (शुक्रबार) भएको पहिलो खेलमा आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सलाई ३–० को गोल अन्तरले पराजित गर्याे । आयोजकको जीतमा गणेश कुँवर, अमृत आलेमगर र बासु जिसीले समान १/१ गोलको योगदान दिए । त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकतामाथी एनके एफसीले ३–० गोल अन्तरले सहज जीत निकाल्यो । एनकेको जीतमा मनिष थापाले २ गोल गरे भने कन्या गुरुङले १ गोलको योगदान दिए । तेस्रो खेलमा एट टु नाइनलाई पोखरा १५ ले २–० गोलले पराजित गर्दै पोखरा १४ क्वाटरफाइनलमा प्रवेश गर्याे । पोखरा १५ को जीतमा अशोक लामा र रोशन सुनारले समान १/१ गोल गरे । यस्तै चौथों खेलमा पोखरा लायन्सले टिचर्स एफसीविरुद्ध ५–२ गोल अन्तरले सहज जीत निकाल्यो । पोखरा लायन्सको जीतमा दिपेन शाही, विष्णु केसी, रोशन सुहाङ, विष्णु लामिछाने र विजय गुरुङले समान १/१ गोल गरे भने, टिर्स एफसीको तर्फबाट डिटी मगर र भरत अधिकारीले समान १/१ गोल गरे । यसैगरी आज भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा हेमजा एफसीविरुद्ध कस्केरी भेट्रान्सले २–१ गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । कस्केरीको जीतमा अन्तिम गुरुङ र लक्ष्मण महतले १/१ गोल गरे भने हेमजाको तर्फबाट मिलन गुरुङले सान्त्वना १ गोल फर्काए । अब शनिबार क्वाटरफाइनलका ४ खेल हुने र्यामोस गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । उनका अनुसार विधागत तर्फ सर्वाेत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए ।
पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज (बिहीबार) देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्धि गर्ने उद्देश्यसहित फुटबल प्रतियोगिता सुरु भएको हो । आगामी चैत्र २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा सम्पदा अंकित स्पोट्स क्लबले आयोजक टिम ‘बि’ लाई ४–१ गोल अन्तरले पराजित गर्याे । सम्पदाको जीतमा बेद बहादुर थापाले २ गोलको योगदान दिए । यस्तै सुबिन श्रेष्ठ र नारायण गुरुङले समान १/१ गोलको योगदान दिए भने, आयोजकका तर्फबाट अर्जुन गुरुङले सान्त्वना १ गोल फर्काए । यस्तै दोस्रो खेलमा मेजर एफसीले घारीपाटन भेट्रान्सलाई २–० गोल अन्तरले हराउँदै मेजर एफसी दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक दीपक मुल्मीले जानकारी दिए । उनका अनुसार आज भएको अन्तिम खेलमा न्यूरोड एफसीले एलसी ब्रदर्शमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । अब शुक्रबार पहिलो चरणकै खेल हुने संयोजक मुल्मीले बताए । मुल्मीका अनुसार शुक्रबार आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सबीच हुनेछ । त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकता र एनके एफसी भिड्नेछन् । तेस्रो खेलमा एट टु नाइन र पोखरा १५ भिड्नेछन् । चौथों खेलमा टिचर एफसी र पोखरा लायन भिड्नेछन् भने अन्तिम खेलमा हेमजा एफसी र कस्केरी भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने र्यामोस गुरुङले जानकारी दिए । उनका अनुसार विधागत तर्फ सर्वाेत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए । प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । मनोनयनमा पर्ने खेलाडीहरुमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई/आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा रहेकी छिन् । वर्षभरीको प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले बताए । यसको विजेता अनलाइन भोटिङ मार्फत घोषणा गरिनेछ । जसका लागि खल्ती एप मार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउनेछन् । जसको सबैभन्दा बढी भोट आउँछ उ विजेता हुनेछ । मनोनयनमा परेका खेलाडीहरूका लागि सोमबारबाट भोटिङ सुरु भएको छ । आफूलाई मन परेको खेलाडीलाई खल्ती एप मार्फत भोटिङ गर्न सकिने छ भने, आज सोमबारबाट शुरु भएको भोटिङ बैशाख १७ गते राती १२ बजे सम्म खुल्ला रहने छ । अवार्ड कार्यक्रम आगामी बैशाख १८ गते पोखरामा हुनेछ । सो अवसरमा बोल्दै पिपल्स च्वाइस अवार्डका प्रायोजक गुरुङ गहना घरका प्रालिका सञ्चालक सीमा गुरुङले खेलाडीलाई प्रोत्साहन प्रदान गर्ने गरी आयोजना गरेको पोखरा स्पोर्टस अवार्डमा गुरुङ गहना घर जोडिन पाउँदा खुसी लागेको बताइन् । गुरुङले आफूले खेलाडीहरूको प्रोत्साहनका लागि आगामी दिनमा समेत नेपाल खेलकुद पत्रकार मञ्चसँग मिलेर साथ र सहयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाइन् । यो विधाको विजेतालई टीभीएस एनट्रक स्कुटर प्रदान गरिनेछ । त्यस्तै आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेशका इन्चार्ज एण्डिज बस्नेतले मनोनयनमा परेका खेलाडीहरूलाई खल्ती एप मार्फत भोटिङका लागि आजैदेखि भोटिङ खुल्ला गरिएको बताए । खेलकुदको क्षेत्रमा प्रदेशमै ठूलो कार्यक्रम आयोजना गर्ने नेपाल खेलकुद पत्रकार मञ्च सँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको उनको भनाइ रहेको थियो । मञ्चका महासचिव परशुराम शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य विनय थापाले पनि बोलेका थिए । पोखरा स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार, वर्ष उत्कृष्ट खेल सङ्घसंस्था अवार्ड गरी आठ विद्यामा अवार्ड प्रदान गरिदैछ । उक्त अवार्ड खेलाडी सम्मानमा गण्डकीकै ठूलो इभेन्ट हो । अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका, गुरुङ गहना घर प्रालि, आइएमई खल्ती लिमिटेड लगायतको सहयोग रहनेछ । अवार्ड सफल पार्न विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको मञ्चले जनाएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । मेलाको मुख्य आकर्षणका रुपमा खुला क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र माछापुच्छ्रे गाउँपालिकास्तरीय सामूहिक नृत्य प्रतियोगिता रहेका छन् । खुला क्लबस्तरीय पुरुष भलिबलतर्फको विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो हुने टिमले ६० हजार रुपैयाँ र सेमिफाइनल पुग्ने दुई टिमले १०÷१० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । पुरुषतर्फको खेल तालिका बुधबार नै सार्वजनिक गर्ने आयोजकले जनाएको छ । महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ र दोस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । महिला भलिबलमा १० टिमको सहभागिता रहेको छ । भलिबल प्रतियोगिताका विजेतालाई नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट खेलाडी, सर्भर, स्पाइकर, डिफेन्डर, सेटर र ब्लकरले ट्रफी प्राप्त गर्नेछन् । यसैगरी, माछापुच्छ्रे गाउँपालिकाका स्थानीयका लागि मात्र आयोजना गरिएको सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउने छन् । नृत्य प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क निःशुल्क गरिएको छ । मेलाका अवसरमा अन्य विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरु पनि आयोजना गरिएका छन् । स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी तथा विविध सांस्कृतिक कार्यक्रम, छेलो प्रतियोगिता, रसाकस्सी, म्युजिकल चेयर, बेलुन फुटाई र भाले निकाल्ने प्रतियोगिता हुने आयोजकले बताए । ल्वाङ्ग गाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ । यहाँ एकै दिन करिब ६ सय जना पर्यटकलाई राख्न सक्ने क्षमताका होटल तथा होमस्टेहरु सञ्चालनमा रहेका छन् ।
पाेखरा: माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकालिले जितेको छ । प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका तनहुँलाई हराउँदै बौदीकालीले उपाधि जितेको हो । उपाधि जितेको बौदीकालिले नगद रु २ लाख ट्रफी र मेडल प्राप्त ग¥यो । भने, उपविजेता बनेको शुक्लागण्डकीले नगद रु १ लाख ट्रफी र मेडल हात पार्याे । सेमिफाइनलमा स्थान बनाएका अन्नपूर्ण र बिरुवा गाउँपालिकालाई नगद रु २५÷२५ हजार प्रदान गरिएको खेल संयोजक लेखनाथ लम्सालले जानकारी दिए । उनका अनुसार पुरुषतर्फ बौदीकालीका हिमाल सुनारी उत्कृष्ट खेलाडी, शुक्लागण्डकीका इश्वर सुंवार उत्कृष्ट स्पाइकर, बौदीका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, शुक्लाका अशोक मल्ल उत्कृष्ट सेटर, बौदीकालिका अशोक श्रेष्ठ उत्कृष्ट सर्भर, शुक्लाका मदन ठकुरी बेस्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षक बौदीका जितबहादुर थापा घोषित भए । उनीहरूलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएको थियो । यस्तै महिलातर्फ उपाधि एलिट भलिबल एकेडेमीले जित्यो । विजेता एलिटले नगद रु ६० हजार साथमा ट्रफी र मेडल प्राप्त ग¥यो । त्यसैगरी उपविजेता बनेको शान्ता भलिबल टे«निङ सेन्टरले नगद रु ३० हजार साथमा ट्रफी, मेडल प्राप्त ग¥यो । सेमिफाइनलमा पराजित भएको टिम बागलुङ र बागलुङ जौमिनीले नगद रु १५÷१५ हजार प्राप्त गर्याे । विधागततर्फ एलिटकी जेनीसा विक उत्कृष्ट खेलाडी, शान्ताकी साजना नेपाली उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर सलिना गुरुङ र एलिटकी रोस्मिना गुरुङ उत्कृष्ट सेटर, रिक्जना भोटे उत्कृष्ट सर्भर र शान्ताकी पृथ्वी धा उत्कृष्ट डिफेन्डर साथै एलिटकी मलिन रोका उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएको थियो । छोलो तर्फ अशोक पुन प्रथम, सरोज मगर द्धितिय पारमान गुरुङ तृतीय र दीपक हर्मेल सान्त्वना भए । छोलो मा प्रथमले नगद रु १० हजार , द्धितियले नगद रु ५ हजार , तृतीयले नगद रु २ हजार र सान्त्वनाले नगद रु १ प्राप्त गरे । प्रतियोगिता चैत्र ११ गते देखि १४ गते सम्म चलेको थियो ।
पोखरा: माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रेको केन्द्र–४,लाहाचोकमा बुधवार देखि चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ । उद्घाटनको पहिलो खेल शुक्लागण्डकी नगरपालिका तनहुँ र माछापुच्छ्रे गाउँपालिका निलो बिच भएको खेलमा निरन्तर तिन सेटले पछि पर्दै सुक्ला गण्डकीले विजय सुरुवात गरेको छ । आयोजकको खेल तालिका अनुसार दोस्रो खेल अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका वडा न।२३ बिच थियो तर आयोजकले तोकेको निर्धारित समयमा वडा २३ उपस्थित हुन नसक्दा अन्नपूर्ण गाउँपालिकालाई आयोजकले आगामी यात्राका लागि विजय घोषण ग¥यो । महिला तर्फ पहिलो खेलमा आयोजक माछापुच्छ्रे निलो लाई एलिट भलिबल एकेडेमी,नदीपुर पोखराले सोझो ३ सेट जित्दै पछि पार्न सफल भयो । दोस्रो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले माछापुच्छ्रे« रातोलाई सोझो ३ सेट जित्दै पछि पार्दै आगामी यात्रा तय ग¥यो । कार्यक्रमलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले “खेलसँगै पर्यटन प्रवर्द्धन र पर्यटनसँगै संस्कार–संस्कृतिको जगेर्ना गर्न सकिने बताए । खेल अनुशासनको प्रतीक भएको उल्लेख गर्दे अनुशासनसहित खेल प्रस्तुत गर्दै उपाधि हात पार्न सहभागी सबै टिमलाई शुभकामना दिए । उपाध्यक्ष सीता अधिकारीले गाउँपालिकाले खेलकुदलाई महत्त्वपूर्ण प्राथमिकतामा राख्दै विभिन्न समयमा पालिकाभित्र विभिन्न विधाका प्रतियोगिता सम्पन्न गर्दै आएको बताइन। खेल अनुशासन र भाइचाराको महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै खेलकुदले समाजमा एकता र सद्भाव बढाउने विश्वास व्यक्त गरिन । कार्यक्रममा वडा-४ का वडा अध्यक्ष मधुसूदन अधिकारीले पालिकाले खेलकुदका माध्यम बाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न वडामा खेलकुद प्रतियोगिता सञ्चालन गरेको स्मरण गर्दै चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता लाहाचोक गाउँमा सञ्चालन गर्ने पाउँदा पर्यटन प्रवर्द्धन थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै सम्पूर्णमा हार्दिकता साथ स्वागत व्यक्त गरे । माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा न ४ का अध्यक्ष मधुसूदन अधिकारीले गरेका थिए भने सञ्चालन खेलकुद विकास समिति सदस्य सचिव हुम व। गुरुङले गरेका हुन । मा छापुच्छ्रे गाउँपालिका वडा-४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा चैत्र ११ देखि १४ गते सम्म प्रतियोगिता चल्नेछ । प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख र ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु २५/२५ हजार रहेको छ । महिला तर्फ प्रथम पुरस्कार ६० हजार ,द्धितिय पुरस्कार ३० हजार ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५/१५ हजार रहेको छ । त्यसै गरी पुरुष छेलो तर्फ प्रथम पुरस्कार नगद रु १० हजार ,द्धितिय पुरस्कार नगद रु ५ हजार, तृतीयलाई नगद रु २ हजार र सान्त्वनालाई नगद रु १ हजार रहेको छ । पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा यही चैत ११ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले खेलकुदको विकाससँगै गाउँपालिकाभित्रको पर्यटन प्रवद्र्धनका लागि अध्यक्ष कप आयोजना गरिएको बताए । उनका अनुसार पुरुषतर्फ १६ र महिलातर्फ ८ गरी २४ समूहको टिम दर्ता भएको छ । प्रतियोगितामा पुरुषतर्फ विजेता बन्ने टिमले नगद रु २ लाख र उपविजेतलो नगद रु १ लाख र ट्रफि मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सेमिफाइनल प्रवेश गर्ने अन्य दुई टिमलाई नगद रु २५/२५ हजार प्रदान गरिने छ । यसैगरी महिलातर्फ विजेताले नगद रु ६० हजार र उपविजेताले नगद रु ३० हजार, ट्रफि र मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सेमिफाइनल प्रवेश गर्ने अन्य दुई टिमलाई नगद रु १५/१५ हजार प्रदान गरिने छ । यस्तै पुरुष तथा महिला भलिबलमा विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयीमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार स्वरुप प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

