मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल

पाेखरा | चैत २७, २०८२

मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल

पोखरा:    गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटरफाइनलका खेल सकिएका छन् ।
 

मालेपाटन खेलमैदानमा आज (शुक्रबार) भएको पहिलो खेलमा आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सलाई ३–० को गोल अन्तरले पराजित गर्याे ।
 

आयोजकको जीतमा गणेश कुँवर, अमृत आलेमगर र बासु जिसीले समान १/१ गोलको योगदान दिए ।
 

त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकतामाथी एनके एफसीले ३–० गोल अन्तरले सहज जीत निकाल्यो । 

 

एनकेको जीतमा मनिष थापाले २ गोल गरे भने कन्या गुरुङले १ गोलको योगदान दिए ।

 

तेस्रो खेलमा एट टु नाइनलाई पोखरा १५ ले २–० गोलले पराजित गर्दै पोखरा १४ क्वाटरफाइनलमा प्रवेश गर्याे ।

 

पोखरा १५ को जीतमा अशोक लामा र रोशन सुनारले समान १/१ गोल गरे ।
 

यस्तै चौथों खेलमा पोखरा लायन्सले टिचर्स एफसीविरुद्ध ५–२ गोल अन्तरले सहज जीत निकाल्यो ।
 

पोखरा लायन्सको जीतमा दिपेन शाही, विष्णु केसी, रोशन सुहाङ, विष्णु लामिछाने र विजय गुरुङले समान १/१ गोल गरे भने, टिर्स एफसीको तर्फबाट डिटी मगर र भरत अधिकारीले समान १/१ गोल गरे ।
 

यसैगरी आज भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा हेमजा एफसीविरुद्ध कस्केरी भेट्रान्सले २–१ गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।
 

कस्केरीको जीतमा अन्तिम गुरुङ र लक्ष्मण महतले १/१ गोल गरे भने हेमजाको तर्फबाट मिलन गुरुङले सान्त्वना १ गोल फर्काए ।
 

अब शनिबार क्वाटरफाइनलका ४ खेल हुने र्यामोस गुरुङले जानकारी दिए ।
 

उनका अनुसार प्रतियोगिताको विजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
 

उनका अनुसार विधागत तर्फ सर्वाेत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्