पोखरा:  पोखरामा भोलिदेखि छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपक...

पोखरा:  पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधिको लागि बोहोराफाँट समाज जापान गलकोट र एनवाईसी गलकोट भिड्ने भएका छन् ।  पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको कोर्ट (छन्त्याल समाज)मा आज (शनिबार) पुरुषतर्फ भएको सेमिफाइनल खेलमा बोहोराफाँट समाज जापान र नरेठाँटी युवा क्लब विजयी हुँदै उपाधिका लागि भिड्ने पक्का भएको हो ।  शनिबार भएको पहिलो सेमिफाइनलमा बोहोराफाँट समाज जापान गलकोटले एपिएफ पोखरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  बोहोराफाँट गलकोटले एपिएफ पोखरालाई २५–२०, २५–२० र २६–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनलमा नरेठाटी युवा क्लब गलकोटले ठकुरी समाज तनहुँलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  गलकोटले तनहुँलाई २५–२२, २५–१८ र २५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । लिगचरणको आठौ खेलमा  बोहोराफाँटले पोखरा युनाइटेडलाई ३–० को सेटमा पराजित गरेको थियो । लिगचरणको नवौं खेलमा नरेठाँटी युवा क्लबले एपिएफ पोखरालाई ३–२ को सेटमा पराजित गरेको थियो ।  बोहोराफाँट समाज जापान समूह ‘ए’को विजेता र ठकुरी समाज तनहुँ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थियो । भने, नरेठाँटी युवा क्लब समूह ‘बी’ को विजेता र एपिएफ पोखरा उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थियो ।  पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौ वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता मंसिर ९ गतेदेखि पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा सञ्चालन भइरहेको छ ।  आइतबार हुने फाइनल खेलमा पुरुषतर्फ बोहोराफाँट समाज जापान र नरेठाँटी युवा क्लब भिड्ने छन्  । भने, महिलातर्फ सेकुवा हाउस बागलुङ र लालीगुराँस लामाचौर उपाधिका लागि भिड्ने प्रतियोगिता संयोजक मनोज खड्काले बताए ।  पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका एपिएफ र ठकुरी समाजले नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् ।  यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा  उत्कृष्ट खेलाडी,  स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।  २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।   

पोखरा:   पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ भएको लिगचरणको ७ खेल सम्पन्न हुँदा सेमिफाइनलमा प्रवेश गर्ने तीन टोलीको टुङ्गो लागेको छ ।  ७ समूहको सहभागिता रहेको पुरुषतर्फको खेल रोमाञ्चक बन्दा सेमिफाइनलको समिकरण भने पूरा भएको छैन ।  पोल ‘ए’ मा रहेको बोहोराफाट समाज जापान ६ अङ्कसहित शिर्ष स्थानमा रहँदै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।  पोल ‘ए’ मा नै रहेको ठकुरी समाज ५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । एक खेल खेल्न बाँकी रहेको पोखरा युनाइटेडको ३ अङ्क छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र भने अङ्कविहिन हुदै प्रतियोगिताबाट बाहिरिएको छ । बोहोराफाटले एक खेल खेल्न बाँकी छ ।  पोल ‘बी’ मा रहेका एपिएफ पोखरा र एनवाईसी गलकोट बागलुङ समान ६÷६ अङ्कसहित सेमिफाइनलमा स्थान पक्का गरेपनि समूह विजेता र समूह उपविजेता लागि भएको खेल लाइट प्रोस्टेटका कारण खेल स्थगित भयो ।  आज भएको लिगचरणको पाचौं खेलमा पोखरा युनाइटेडले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पोखरा युनाइटेडले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५–२३,२५–१८ र २५–१५ ले पराजित ग¥यो ।  छैठौं खेलमा बोहोराफाट समाज जापानले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  बोहोराफाटले पोखरालाई २५–१८, २५–१६र २५–२३ ले पराजित ग¥यो । आज नै भएको लिगचरणको तेस्रो खेलमा ठकुरी समाज तनहुँले पोखरा युनाइटेडलाई ३–२ को सेटमा पराजित ग¥यो ।  सातौ खेलमा ठकुरी समाजले पहिलो सेट २५–२३ ले जितेपनि दोस्रो सेट २३–२५ र तेस्रो सेट २२–२५ ले गुमायो । चौथो सेट २५–२० ले उत्कृष्ट पूनरागमन गरेको ठकुरी समाजले पाँचौ तथा निर्णायक सेट २२–२० ले जित्यो । पराजित भएको पोखरा युनाइटेडले ठकुरी समाजबाट एक अङ्क खोज्न भने सफल भयो ।   आज नै भएको लिगचरणको आठौ खेल एपिएफ पोखरा र एनवाईसी गलकोट बागलुङ बीचको खेल भने, लाइट प्रोस्टेटका कारण स्थगित भएको छ । दुवै टिमले २÷२ सेट आफ्नो पक्षमा पारेपछि खेल लाइट प्रोस्टेटका कारण स्थगित भएको हो ।  पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवांै वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता मंसिर ९ गतेदेखि पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा सञ्चालन भइरहेको छ ।  पुरुषतर्फको खेल लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए ।  खेल लिगकम नकआउटको आधारमा सञ्चालन भएकाले पहिलो सेमिफाइनलमा पोल ‘ए’को विजेताले पोल ‘बी’को उपविजेता र  दोस्रो सेमिफाइनलमा पोल ‘बी’को विजेताले पोल ‘ए’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।  उनका अनुसार महिलातर्फ भने सेकुवा हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनल प्रवेश गरी सकेका छन् ।   पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए ।  यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा  उत्कृष्ट खेलाडी,  स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।  २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ७ समूहको सहभागिता रहेको संयोजक खड्काले बताए ।  पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सुरु भएको प्रतियोगिता १४ गतेसम्म सञ्चालन हुनेछ ।   

पोखरा:  पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ ।  पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा आज भएको पुरुषतर्फको पहिलो खेलमा ठकुरी समाज तनहुँले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  ठकुरी समाजले पोखरा भलिबल प्रशिक्षणलाई २५–१७, २५–२२ र २५–२२ ले पराजित ग¥यो । दोस्रो खेलमा एपिएफ पोखराले गुराँसे भुमे युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले गुराँसे भुमेलाई २५–१५, २५–१४ र २५–१८ ले पराजित ग¥यो ।  तेस्रो खेलमा बोहोराफाट समाज जापानले ठकुरी समाज तनहुँलाई ३–१ को सेटमा पराजित ग¥यो । बोहोराफाटले पहिलो सेट २५–१८, दोस्रो सेट २६–२४ ले जितेपनि तेस्रो सेट २३–२५ ले ठकुरी समाजलाई सुम्पियो । चौथो सेटमा उत्कृष्ट पूनरागम गर्दै बोहोराफाटले २५–१७ को जित निकाल्यो ।  आज नै भएको चौथो खेलमा एनवाइसी नरेठाटी गलकोटले गुराँसे भुमे युवा क्लबलाई ३–० को सेटमा पराजित ग¥यो । एनवाइसीले गुराँसे भुमेलाई २५–१६, २५–१७ र २५–१८ ले पराजित ग¥यो ।  पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ ७ समूहको सहभागिता रहेको छ ।  पुरुषतर्फको खेल लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए ।  पोल ‘ए’ तर्फ बोहोराफाट समाज जापान र ठकुरी समाजको समान ३÷३ अङ्क रहेको छ । ठकुरी समाजले आफ्नो पहिलो खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गरेपनि दोस्रो खेलमा बोहोराफाटसँग पराजित भएको थियो । पोल ‘ए’ तर्फ नै रहेको पोखरा भलिबल प्रशिक्षण केन्द्रले कुनै अङ्क जोड्न सकेको छैन । पोखरा युनाइटेड स्कुलले खेल खेल्न बाँकी रहेको छ । पोल ‘ए’तर्फ ४ टिम रहेका छन् ।  यस्तै पोल ‘बी’तर्फ एपिएफ पोखरा र एनवाइसी नरेठाटी गलकोटको समान ३÷३ अङ्क रहेको छ । भने, गुराँसे भुमे युवा क्लब भने लिगचरणका दुवै खेलमा पराजित भएपनि प्रतियोगिताबाट बाहिरिएको छ ।  पोल ‘बी’ तर्फ तीन टिम रहेका छन् ।    खेल लिगकम नकआउटको आधारमा सञ्चालन भएकाले पहिलो सेमिफाइनलमा पोल ‘ए’को विजेताले पोल ‘बी’को उपविजेता र  दोस्रो सेमिफाइनलमा पोल ‘बी’को विजेताले पोल ‘ए’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।  उनका अनुसार महिलातर्फ भने सेकुवा हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनल प्रवेश गरी सकेका छन् ।   पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए ।  यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा  उत्कृष्ट खेलाडी,  स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।  २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ७ समूहको सहभागिता रहेको संयोजक खड्काले बताए ।  पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ ।   

पोखरा:  पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनलमा प्रवेश गरेका छन् ।  पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा लालीगुराँस लामाचौरले वालिङ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।  लालीगुराँस लामाचौरले वालिङ भलिबल क्लबलाई २५–११, २५–१८ र २५–१६ को सेटमा पराजित गरेको हो ।  यस्तै महिलातर्फको दोस्रो सेमिफाइनलमा झिर हाउस बागलुङले शान्ता माविलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।  झिर हाउस बागलुङले शान्ता माविलाई २५–१२, २५–१७ र २५–१६को सेटमा पराजित गर्दै उपाधिका लागि लालीगुराँस लामाचौरसँगको भेट पक्का गरेको हो ।  पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ भने लिगचरणको खेल सुरु भएको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए ।  पुरुषतर्फ भएको लिगचरणको पहिलो खेल ठकुरी समाज तनहुँ र पोखरा भलिबल प्रशिक्षण केन्द्र बीच भएको खेल भने लाइट प्रोटेस्टका कारण स्थगित भएको छ । दुवै टिमले २÷२ सेट आफ्नो पक्षमा पारेपछि खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको प्रतियोगिता संयोजक मनोज खड्काले बताए । उक्त खेल भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ ।  पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए ।  यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा  उत्कृष्ट खेलाडी,  स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।  २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ७ समूहको सहभागिता रहेको संयोजक खड्काले बताए ।  पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ ।   

काठमाडौं:  भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ भने नेपालले पहिलो खेलमा इंल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। समूह ‘सी’मा रहेको नेपालले इंल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।  नेपालको पहिलो खेल इंल्यान्डसँग फेब्रुअरी ८ मा हुनेछ। त्यसपछि दोस्रो खेलमा फेब्रुअरी १२ मा इटालीसँग र तेस्रो खेलमा फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग खेल्नेछ।  लिग चरणको अन्तिम अर्थात चौथो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल फेब्रुअरी १७ मा हुनेछ। नेपालका चारै खेल मुम्बईमा हुनेछन्।  विश्वकपको पहिलो खेलमा फेब्रुअरी ७ मा पाकिस्तान र नेदरल्यान्ड प्रतिस्पर्धा हुनेछ। यो खेल कोलोम्बोमा हुनेछ।     

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको मिति तय भएको छ ।  आगामी माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने क्लबले सोमबार पत्रकार सम्मेलनमा जनायो । यो संस्करण आहा रारा पोखरा गोल्ड कपको रजतजयन्ती संस्करण हो । क्लब अध्यक्ष केशवबहादुर थापाले अखिल नेपाल फुटबल संघबाट उक्त समय तालिका प्राप्त भएको जानकारी गराउँदै सोहीअनुसार तयारी सुरु भएको जानकारी दिए ।  प्रतियोगितामा केही विदेशी टोलीले पनि भाग लिने भए पनि टुंगो नलागिसकेको बताए । सहारा क्लब पोखराले २०५८ सालबाट पोखरा रंगशालामा निरन्तर रुपमा संचालन गर्दै आएको राष्ट्रिय–अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप नेपालका कुनै पनि फुटबल प्रतियोगितामा निरन्तर हुने एकमात्र प्रतियोगिता हो । आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको संरक्षक पोखरा महानगर पालिका, विशेष सहयोग राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, सहउपप्रायोजक पोखरा महानगरपालिका वडा नम्बर ९ रहेका छन् । कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आहा रारा पोखरा गोल्डकपले फुटबलको विकाससँगै पोखराको चिनारी फैलाउन मद्दत पुगेको बताए । मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले सहारा क्लबसँग सधैँ सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए । सहारा च्यारिटी डिनर नाइटबाट साढे १७ लाख बचत सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ सहारा क्लब पोखराले आयोजना गरेको सहारा च्यारिटी डिनर नाइट–२०८२ को आयव्यय सार्वजनिक गरिएको छ । यसपालि नियमित देउसीभैलो कार्यक्रम स्थगित गरी क्लबले पहिलोपल्ट उक्त कार्यक्रम गरेको थियो । कात्तिक १४ गते पोखरामा सम्पन्न सहारा च्यारिटी डिनर नाइट कार्यक्रम भने अभूतपूर्व सफल बनेको छ । जसबाट १७ लाख ४१ हजार ६२६ बचत (केही उठ्न बाँकीसमेत) भएको क्लबले पत्रकार सम्मेलनबीच सार्वजनिक गरेको हो । कार्यक्रममा २४ लाख १९ हजार १७७ आम्दानी भएकामा खर्च कटाई सो रकम बचत भएको क्लब महासचिव गंगाराम पौडेलले बताए । आम्दानीतर्फ टिकटबाट १० लाख ८७ हजार, नगद सहयोग १० लाख ८९ हजार र उठ्न बाँकी २ लाख ४२ हजार छ । खर्चतर्फ सबैभन्दा बढी खाजा–खानामा ५ लाख ८३ हजार खर्च भएको उल्लेख छ । फोटो तथा भिडियोग्राफीमा ४० हजार, कलाकार प्रोत्साहन ३५ हजार, यातायातमा १० हजार, मञ्च डेकोरेसनमा ८ हजार ७ सय खर्च भएको छ । क्लबले २५ हजारभन्दा बढी सहयोग गर्ने दाताको नामसमेत सार्वजनिक गरेको छ । तीमध्ये हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसीबाट १ लाख ५१ हजार, निर्देशक प्रकाश केसीबाट १ लाख २५ हजार, सहारा युकेबाट १ लाख सहयोग प्राप्त भएको छ ।

पोखरा:  पोखरामा मंगलबारदेखि क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौं वार्षिकोत्सवको अवसरमा मंसिर ९ देखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । उक्त प्रतियोगिता पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा सञ्चालन हुनेछ ।  प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ८ समूहको सहभागिता रहेको प्रतियोगिता संयोजक मनोज खड्काले बताए ।  पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए ।  यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा  उत्कृष्ट खेलाडी,  स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।  २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । 

पोखरा:   दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ ।  सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको लागि दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा भेट्टाएको हो । काठमान्डुका लागि बेन चार्ल्सवर्थ ४६ रन बनाए भने आकाश त्रिपाठीले ३९ रन जोडे ।  जनकपुरका लागि किशोर महतो, अनिल शाह, ललितनारायण राजवंशी, रुपेश सिंह र सञ्जय कृष्णमूर्तिले एकएक विकेट लिए ।  पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा छ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाए । यस्तै,  मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए। लाहिरु मिलन्था सात रनमा आउट भए ।  काठमान्डु गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक÷एक विकेट लिए ।  एनपिएलको दोस्रो दिन दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् । 

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग  (एनपिएल)  क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ ।   फ्रेन्चाइज प्रतियोगिताका रुपमा व्यावसायिक प्रतिष्ठानहरुका साथै निजी क्षेत्रबाट करोडौं लगानी गरिएको एनपिएल क्रिकेटको पहिलो संस्करणको सफलतापछि हिमालय महोत्सवका रुपमा दोस्रो प्रतियोगिताको सुरुआत आज सोमबारदेखि हुँदैछ ।    नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने २४ दिनको उक्त प्रतियोगिताको उद्घाटन खेलको सबै टिकट तत्कालै बिक्री हुनु एनपिएल क्रिकेटप्रति अत्यधिक दर्शकको अपार मोहका साथै प्रतियोगिताको अपार प्रतीक्षाको सङ्केत मान्न सकिन्छ ।    यस प्रतियोगितामा गत वर्षको विजेता जनकपुर बोल्डसका साथै उपबिजेता बनेको सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स तथा कर्णाली याक्ससमेत गरी आठवटा टिमको सहभागिता रहेको छ ।   यी सबै टिमका लागि निजी क्षेत्रले उत्साहका साथ ठूलो लगानी गरेको छ । प्रतियोगिता ‘राउण्ड रोबिन’को आधारमा सञ्चालन हुनेछ भने त्यसपछि हुने ‘प्ले अफ’ खेलहरुले प्रतियोगिताको नतिजा निर्धारण गर्नेछ ।   यसपटक एनपिएल क्रिकेटका मार्की खेलाडीहरुमा जनकपुर बोल्डसका आशिफ शेख, सुदूरपश्चिम रोयल्सका दिपेन्द्रसिंह ऐरी, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, चितवन राईनोजका कुशल मल्ल, बिराटनगर किङ्सका सन्दिप लामिछाने, लुम्बिनी लायन्सका रोहित पौडेल र कर्णाली याक्सका सोमपाल कामी रहेका छन् ।   मार्की खेलाडीहरुले जनही २० लाख रुपैयाँको दरले पारिश्रमिक प्रदान गरिंदैछ । टिममा परेका अन्य खेलाडीहरुलाई रु एक लाखदेखि १५ लाखसम्म पारिश्रमिक प्रदान गरिनेछ ।