पोखरा: पोखरामा भएको प्रथम प्राइम ५ ए साइड भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि गौरीघाटले जितेको छ । पोखरा १३ स्थित खेलकुन्जमा डाक्टर दिवसको प्रस्तुतिमा भएको ३५ वर्षमाथिको प्रतियोगिताको फाइनल खेलमा एलजी एसोसिएसनलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै लेकसाइडको गौरी घाटले उपाधिसहित ७७ हजार सात सय ७७ रुपैयाँ हात पारेको छ । यस्तै एलजीले ४४ हजार चार सय ४४ रुपैयाँ प्राप्त ग¥यो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यअघि खेलको तेस्रो मिनेटमा नै लेकसाईड गौरी घाटका लागि किरण गुरुङले अग्रता दिलाएका थिए । राजेश खांडको पासमा किरणले गोल गरे । पहिलो हाफमा १–० ले पछि परेको एलजीले दोस्रो हाफमा बराबरी गोल फर्कायो । दोस्रो हाफको १९ औ मिनेटमा एलजीका मनिष थापाले गोल गरे । दुई दिनसम्म चलेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लेकसाइडका गम्भिर परियार घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक लेकसाइडकै विशाल नेपाली घोषित भए भने सर्वाधिक गोलकर्ता एलजीका मनिष थापा घोषित भए । उनीहरुले समान तीन÷तीन हजार रुपैयाँको साथमा ट्रफी हात पारे । प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सफल भएको र आगामी दिनमा समेत निरन्तरता दिने हौसला मिलेको प्रतियोगिता संयोजक अनुप रानाले बताए ।
पोखरा: सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको हो । प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो । प्रतियोगितामा कम्पाउण्ड मेन एकलतर्फ एपिएफका मीन गौचनले कुल १४० स्कोर ल्याउँदै स्वर्ण जिते । १२९ स्कोरका साथ गण्डकीका सुमन गुरुङले रजत जिते । आर्मीका पवन राईले कास्य पदक हासिल गरे । महिला एकल तर्फ गण्डकीकी मोनिका राना मगरले १३७ स्कोरका साथ स्वर्ण जित्दा उनकी प्रतिस्पर्धी एपिएफकी पार्षदा आचार्यलाई १३६ स्कोरका साथ रजत जितिन् । एपिएफकै निर्मला काङबाङले कास्य हासिल गरिन् । स्ट्याण्डर्ड महिला एकल तर्फ गण्डकी प्रदेश टीम ‘ए’ की रिना गुरुङले गण्डकी ‘ए’ कै स्नेहा केसीलाई ६–० को सेटमा हराउँदै स्वर्ण जितिन् । यस्तै निता केसीले कास्य हासिल गरिन् । पुरुष तर्फ नेपाल पुलिसका निकेश देशारले गण्डकीका मोहन घर्तीलाई ६–२ को सेटमा हराउँदै स्वर्ण जिते । आर्मीका बसन्तराज काफ्लेले कास्य पदक हासिल गरे । स्ट्याण्डर्ड मिक्सतर्फ गण्डकी ‘ए’ ले त्रिभुवन आर्मीलाई ५–१ को सेटमा पराजित गर्दै स्वर्ण पदक जित्यो । नेपाल पुलिसले कास्य पदक हासिल ग¥यो । स्ट्याण्डर्ड पुरुषतर्फ गण्डकी ए ले नेपाल पुलिसलाई ५–३ ले हराउँदै स्वर्ण हासिल गर्दा गण्डकी रजतमा सिमित भयो । एपीएफले कास्य पदक जित्यो । रिकर्भ महिला एकल तर्फ नेपाल पुलिसकी आइसा तामाङले त्रिभुवन आर्मी क्लबकी मित्र राईलाई ६–४ ले हराउँदै स्वर्ण जितिन् । आर्मीकी मन्जु बजगाईले कास्य जितिन् । रिकर्भ पुरुष एकल तर्फ नेपाल पुलिस क्लवका तिलक पुनले स्वर्ण जिते । उनले त्रिभुवन आर्मीको रोशन नगरकोटीलाई ६–२ सेटमा हराएका हुन् । नेपाल पुलिसका पवन सिरीषले कास्य पदक जिते । रिकर्भ मिक्स टीमतर्फ नेपाल पुलिसको तिलक पुन र आइसा तामाङको जोडीले त्रिभुवन आर्मीको रोशन नगरकोटी र मित्र राइको जोडीलाई ५–१ सेटमा हराएर स्वर्ण पदक जिते । गण्डकी ‘ए’ कास्यमा चित्त बुझायो । रिकर्भ पुरुष टीम तर्फ त्रिभुवन आर्मीले गण्डकी ‘ए’ लाई ६–२ को सेटमा हराउदै स्वर्ण जित्दा गण्डकी रजतमै चित्त बुझायो । गण्डकी ‘बी’ ले कास्य पदक हासिल ग¥यो । सो अवसरमा वोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले आर्चरी संघको आयोजनामा पोखरामा पहिलो पटक इन्डोर रुपमा खेल सञ्चालन हुनु पोखराको लागि महत्वपूर्ण रहेको बताए । पोखरामा पहिलो पटक इन्डोर आर्चरी प्रतियोगिता सम्पन्न भइसकेकाले पोखरामा इन्डोर रुपमा समेत राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरणीय काम भएको बताउदै प्रदेश खेलकुद परिषद प्रदेशमा हुने खेलकुद गतिविधीलाई चलायमान गराउन लागिपर्ने बताए । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको सहयोग र नेपाल आर्चरी संघको प्राविधिक सहयोग रहेको थियो ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ मा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवार च्याम्पियन बनेका छन् । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा भएको म्याराथनमा अन्नपूर्ण आधार शिविर (एबिसी) देखि घान्द्रुकसम्मको दुरी ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेका हुन् । सुनुवार च्याम्पियन बन्दै नगद रु १ लाख ५० हजार प्राप्त गरे । यस्तै नेपाली सेनाकै होमलाल श्रेष्ठ द्वित्तिय बने । उनले उक्त दुरी ४ घण्टा ३० मिनेट ४८ सेकेन्डमा पार गरे । भने, दलबहादुर कुँवरले ४ घण्टा ३३ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै तृतीय बने । स्थानीय सचिन गुरुङले ४ घण्टा ३६ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै सान्त्वना स्थान हाँसिल गरे । उनीहरु क्रमश नगद रु १ लाख, ५० हजार र ३० हजारबाट पुरस्कृत बने । यसैगरी महिलातर्फ सुनमाया बुढाले ४ घण्टा ४१ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितिन् । सुनमायाले नगद रु १ लाख ५० हजार प्राप्त गरिन् । राममाया बुढाले ४ घण्टा ५० मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै द्वित्तिय बनिन् । भने, कल्पना बुढाले ५ घण्टा २ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै तृतीय बनिन् । उनीहरु क्रमश नगद रु १ लाख र ७५ हजारबाट पुरस्कृत बनिन् । ‘सबै मौसमका लागि पर्यटन’ भन्ने नाराका साथ समुन्द्री सतहको ४ हजार १ सय ३० मिटर उचाई भएको अन्नपूर्ण आधार शिविरबाट शुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन भएको थियो ।
म्याग्दी — अन्नपूूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार म्याग्दीमा भएको अन्नपूूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुुर्जाले जितेका छन् । चार हजार ९१ मिटर उचाइको अन्नपूूर्ण आधार शिविरदेखि अन्नपूूर्ण–४ नारच्याङ गाउँसम्म मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा दुुई घण्टा ४७ मिनेट ३७ सेकेन्डमा ३६ किलोमिटर दूरी पार गरेर पुुर्जा विजयी भएका हुन् । अन्नपूूर्ण–६ घारका लोकबहादुर बरुवालले दुुई घण्टा ५२ मिनेट ५१ सेकेण्ड र सञ्जयबहादुर बरुवालले तीन घण्टा आठ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो र तेस्रो भएको प्रतियोगिताको व्यस्थापन गरेको भूतपूूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए । अन्नपूूर्ण आधार शिविरबाट आज बिहान ६.३० बजे सुरु भएको प्रतियोगितामा म्याग्दीका ४० जना धावकहरूको सहभागिता थियो । विजयी २४ वर्षीय पुर्जा भारतीय गोर्खा सैनिक र उपविजेता २४ वर्षीय बरुवाल नेपाली सेनाका जवान हुन् । विजेता, उपविजेता र तेस्रो हुनेलाई आज दिउँसो नारच्याङ बेँसीमा आयोजना हुने समारोहमा प्रमाणपत्रको साथमा क्रमश नगद रु ५० हजार, ३० हजार र २० हजार पुुरस्कार प्रदान गरिने अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । अन्नपूूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए । सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज महोत्सव मनाइँदैछ ।
पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कुल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा मदरल्याण्डले त्रिवेणी पब्लिक स्कुलबिरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दै सेमीफाइनलको यात्रा गर्ने पहिलो टिम बनेको हो । यसअघि मदरल्याण्डले आईतबार वाराही माविलाई ९ रनले पराजित गरेको थियो । सोमबारको खेल जितेर मदरल्याण्ड समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । सोमबारको खेलमा त्रिवेणी पव्लिक स्कुलले टस जितेर व्याटिङ रोज्दै १०.४ ओभरमा ९ विकेटको नोक्सानीमा ४८ रन बनाएको थियो । सो स्कुलका क्याप्टेन खुट्टामा चोट लागेर घाईते भएपछि अन्तिम विकेट झर्नुअघि नै रिटायर्ड हर्टहुँदै बाहिरिएका थिए । त्रिवेणीका ऋतिक रोक्काले १५ बलमा १७ रन तथा प्रतीक कँडेलले १९ बलमा १४ रन बनाउनुबाहेक अन्य व्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्रिवेणीलाई झिनो स्कोरमा समेट्ने क्रममा गौरव क्षेत्रीले २ ओभरमा ३ रन दिएर २ विकेट लिँदा दर्शन सुवेदीले १.४ ओभरमा ४ रन खर्चेर २ विकेट हत्याएका थिए । ४९ रनको झिनो लक्ष्य पछ्याएको मदरल्याण्डले ५.१ ओभरमै १ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । मदरल्याण्डका ग्रेस क्षेत्रीले १५ बलमा २० रन तथा दर्शन सुवेदीले ११ बलमा १६ रनको योगदान दिए । त्रिवेणीका रोमन भाटले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिनुबाहेक अन्य बलर विकेट लिन असफल रहे । सो खेलमा मदरल्याण्डका गौरव क्षेत्री प्लेयर अफ दी म्याच घोषित भए । सोमबार नै भएको अर्को जुनियर सिटिजन एकेडेमीले कुमुदिनी होम्सलाई १ सय रनको फराकिलो अन्तरले हरायो । यसअघि आईतबार भएको खेलमा प्रतिभा माविसँगपनि एक सय रनले पराजित कुमुदिनी सोमबारपनि उतिनै रनले जुनियर सिटिजन एकेडेमीसँग हारेपछि समूह बिजेता बनेर सेमीफाइनल प्रवेश गर्ने होडबाट बाहिरिएको छ । सोमबारको खेलमा टस जितेर व्याटिङ रोजेको जुनियर सिटीजन एकेडेमीले वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै २ विकेटको क्षेतीमा १७३ रनको विशाल योगफल तयार ग¥यो । विशाल योगफल तयार गर्नका लागि जुनियर सिटिजन एकेडेमीका सौरभ शर्माले ४५ बलमा ६९ रन, साहिल कुमारले ४२ बलमा ५९ रन तथा अभिषेक विकले ११ बलमा २२ रनको योगदान दिए । १७४ रनको विशाल लक्ष्य पछ्याएको कुमुदिनी होम्स ११.५ ओभरमा पूरै विकेट गुमाएर ७३ रनमा सिमित भएको थियो । कुमुदिनी होम्सका लागि मोहम्मद अलीले १५ बलमा १४ रन तथा सिद्धार्थ रावतले ९ बलमा ११ रन बनाएपनि अन्यले दोहोरो रन जोड्न सकेनन । जुनियर सिटिजनका नविन श्रेष्ठले २.५ ओभरमा १७ रन खर्चेर ४ विकेट तथा दीपेन सुवेदीले २ ओभरमा ७ रन खर्चेर २ विकेट हत्याए । सो खेलमा जुनियर सिटिजन एकेडेमीका नवीन श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलमा न्यूलाईट सेकेण्डरीबिरुद्ध अमरसिंह मावि तथा दोश्रो खेलमा एसओएस हर्मन माईनर सेकेण्डरी स्कुलबिरुद्ध रत्नज्योति सेकेण्डरी स्कुल आमनेसामने हुने संघका अध्यक्ष पुनले जानकारी दिए ।
पोखरा: हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो १६ औं स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा आयोजित सहकारी संचालकस्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सजिलो बचत तथा ऋण सहकारी संस्था च्याम्पियन बनेको छ । एक्स आर्मी फुटसल जोनमा भएको फाइनल खेलमा आयोजक हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थालाई ४–३ गोलको अन्तरले पराजित गर्दै सजिलो सहकारी च्याम्पियन बनेको कार्यक्रम संयोजक श्रीजन श्रेष्ठले बताए । यसअघि सजिलो बचत तथा ऋण सहकारी संस्थाले मानषा बहुउदेश्यीय सहकारीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भने, आयोजक हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले हाम्रो बहुउदेश्यीय सहकारी संस्थालाई हराउँदै फाइनलमा सजिलो सहकारीसँगको भेट पक्का गरेको थियो । सो प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई यही २० गते मुल समारोह कार्यक्रमको दिन पुरस्कार वितरण गरिने संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमिल्सीनो बताए । सो प्रतियोगितामा पोखराका कुल ८ टिमको सहभागिता रहेको सञ्चालक समितिका सचिव मनोज विश्वकर्माले जानकारी दिए । यसअघि फाइनलमा रेफ्रिलाई बल हस्तान्तरण गर्दै संस्थाका पूर्वअध्यक्ष तथा युवा व्यवसायी किसान सुनारले खेलकुदले नागरिकलाई स्वस्थ्य र अनुसाशित हुन प्रेरित गर्ने धारणा राखे । वित्तिय क्षेत्रमा सेवारत सहकारीले स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजना गरेका फुटसलले एक आपसमा भाइचारको सम्बन्ध मजबुद गर्न मद्दत पुग्ने व्यक्त गरेका थिए । २० गते मुल समारोहसहित खुला रक्तदान आयोजना हुने संस्थाको १६ औँ वार्षिककोत्सवको मुल समारोह यही २० गते विविध कार्यक्रमसहित आयोजना हुँदैछ । उक्त दिन संस्थाले खुला रक्तदान, निशुल्क रक्त परिक्षण स्कीन टेष्ट लगायतका कार्यक्रहरु आयोजना गर्ने तयारी रहेको संस्थाका व्यवस्थापक जिबन अधिकारीले जानकारी दिए । उनका अनुसार सो कार्यक्रम पोखरा महानगरपालिका १४ चाउँथेमा आयोजना हुनेछ । कुल ८ करोड शेयर पुँजी रहेको संस्थाले हाल पृथ्वीचोक र चाउँथे गरी एकसाथ २ स्थानबाट आफ्ना सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । संस्थामा हाल १ हजार ३ सय ६४ जना शेयर सदस्य आबद्ध रहेका छन् ।
पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुलले बिजयी शुरुवात गरेको छ । लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा मदरल्याण्डले वाराही माविलाई ९ रनले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । वाराहीले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा आएको मदरल्याण्डले निर्धारित १५ ओभरमा ७ विकेटको नोक्सानीमा ८७ रन बनाएको थियो । मदरल्याण्डका लागि विप्लव मल्लले २८ बलमा ३१ रन, अविक कर्णले १२ बलमा १६ रन तथा किरण पौडेलले १७ बलमा १४ रन बनाए । मदरल्याण्डलाई ठूलो स्कोर बनाउनबाट रोक्ने क्रममा वाराही माविका अभिषेक एडिकेले ३ ओभरमा ५ रन खर्चेर २ विकेट र विजेश भट्टराईले २ ओभरमा ७ रन खर्चेर २ विकेट नै हत्याए । ८८ रनको बिजय लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको वाराही मावि पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ७८ रनमा सिमित भएपछि मदरल्याण्ड बिजयी भएको थियो । वाराही माविका अभिषेक एडिकेले २१ बलमा २२ रन, विजेश भट्टराईले २० बलमा १७ रन तथा सुमन श्रेष्ठले १६ बलमा ११ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । वाराहीलाई सस्तैमा समेट्न मदरल्याण्डका विप्लव मल्लले ३ ओभरमा ४ रन खर्चेर २ विकेट तथा किरण पौडेलले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका थिए । उद्घाटन खेलका प्लेयर अफ दी म्याच मदरल्याण्डका अलराउण्डर विप्लव मल्ल घोषित भए । यसअघि प्रतियोगिताको उद्घाटन पूर्व राष्ट्रिय खेलाडी राजकुमार छन्त्याल, जिल्ला स्तरीय खेलाडी प्रदीप तामाङ, मदरल्याण्डका शिक्षक बिनोद तिमिल्सिना, स्याङ्जाका अफिसियल अम्पायर द्वय प्रदीप गुरुङ र टोपबहादुर राना, क्यानका अफिसियल पिच क्यूरेटर राजन कुँवरले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सो अवसरमा पूर्व राष्ट्रिय खेलाडी राजकुमार छन्त्यालले प्रतियोगिताका अफिसियलहरुलाई एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको तर्फबाट टिसर्ट हस्तान्तरण गरेका थिए । जेठ २४ गतेसम्म हुने च्याम्पीयनसीपमा त्रिवेणी पव्लिक स्कुल, मदरल्याण्ड सेकेण्डेरी स्कुल, वराही मावि, एसओएस, रत्नज्योति सेकेण्डरी स्कुल, डायमण्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि, जुनियर सिटिजन एकेडेमी, कुमुदिनी होम्स, न्यू लाईट सेकेण्डरी स्कुल, सृजना मावि र अमरसिंह मावि सहभागि छन् । देशका विभिन्न पालिकाहरुले आफ्नो क्षेत्रको खेलकुदलाई चलायमान बनाउनका लागि विभिन्न प्रतियोगिताहरु गरिरहँदा पोखरामा भने क्रिकेटका गतिविधिहरु न्युन मात्रामा भएकाले प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले बताए । कुनैपनि खेलको विकासका लागि पहिले त्यसको ग्राउण्ड लेभलबाटै विकास हुन जरुरी छ,उनले भने,‘त्यसैले हामीले ग्राउण्ड लेभल बलियो बनाउन प्रतियोगिता आयोजना गरेका हौं । यसमा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज मुख्य प्रायोजन गरेर सहयोग गरेको छ ।’ प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्लेयर अफ दी सिरिज, बेष्ट ब्याटर र बेष्ट बलरलाई रत्नश्री जिमको तर्फबाट एक महिनाका लागि निःशुल्क जिमको प्याकेज प्रदान गर्ने अध्यक्ष पुनले बताए । त्यस्तै, मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको तर्फबाट छक्का गएको बल एक हातले समात्ने दर्शकलाई प्रत्येक पटक एक हजार रुपैयाँ दिईने एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका विष्णु गौतमले जानकारी दिए ।
पोखरा: हेमजा यूनाइटेडले “युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नारासहित (३५ वर्ष भन्दा माथि) गत १० गतेदेखि आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि वडा १ र वडा १५ भिड्ने भएको छ । बिहीबार वडा २५ र १ बीच भएको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमार्फत वडा १ ले वडा २५ लाई ५–३ को गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यसअघि निर्धारित समयमा उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो । यस्तै दोस्रो सेमिफाइनल खेलमा वडा १५ ले वडा ५ लाई ४–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा वडा १ सँगको भट पक्का गर्याे । अब फाइनल खेल शनिबार दिउँसो १ बजे सञ्चालन हुने खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १ सय ११ र उप–विजेताले नगद रु ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई जनही नगद रु २ हजार साथमा ट्रफिले पुरस्कृत गरिने छ । भने, सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने छ ।
पोखरा: पोखरामा सम्पन्न भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल च्याम्पियन भएको छ । पोखरा रंगशालाको कभर्ड हलमा भएको पुरुषतर्फको फाइनल खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले गण्डकी प्रदेशलाई ३–२ को रोमाञ्चक सेटमा पराजित गर्दै प्रतियोगितामा च्याम्पियन भएको हो । हेल्प नेपालले गण्डकी प्रदेशलाई २०–२५, २५–२७, २५–२२, २५–१४ र पाँचौ तथा निर्णायक सेट १५–८ को जित निकाल्यो । यस्तै महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन भएको छ । पोखरा रंगशालाको कभर्ड हलमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबले टिपटप न्यु डायमण्ड स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । पुलिसले पहिलो सेट २५– २० ले जितेपनि दोस्रो सेट २३–२५ ले गुमायो । दोस्रो सेटमा एक समय १६–२० ले पछि परेपनि उत्कृष्ट पूनरागमन गर्दै २०–२० बराबरी गरेपनि सेट गुमायो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट ३०–२८ ले जित्यो । पुलिसले चौथो सेट २५–१५ को जित निकाल्यो । च्याम्पियन बनेको पुलिसले ८ लाख, उपविजेता डायमण्डले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । न्यु डायमण्ड र पुलिस नेपाल हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । यस्तै महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा एभरेष्ट भलिबल क्लबले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । थाइल्याण्डका तीन खेलाडी सम्मिलित एभरेष्टले एपिएफलाई २५–१८, १०–२५, २५–२३ र २९–२७ को जित निकाल्यो । यस्तै पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पुलिसले आर्मीलाई २७–२५, २५–२०, २३–२५ र २५–१४ ले जित निकाल्यो । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।