पोखरा १५ मा खेलकुद महोत्सव सकियाे, फुटबलमा सानीमजुवा च्याम्पियन
पाेखरा | माघ १०, २०८२
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ ।
वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन जागृति आमा समूह च्याम्पियन बनेको छ ।
बन विज्ञान क्याम्पसको खेल मैदानमा वडावासीको उत्साहजनक सहभागिताका बिच भएको आजको फाइनल खेलमा सानिमजुवा र दिव्यज्योती युवा क्लब बिच रोचक प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउट बाट गरिएको थियो । पेनाल्टीमा सानिमजुवा ३–२ ले विजयी बन्यो । भने, महिला भलिबलमा जन जागृति आमा समूहले एकता आमा समूहलाई पराजित ग¥यो ।
समापन कार्यक्रममा १७ खेल विधाका विजेता, उपविजेता, तेस्रो तथा वेस्ट प्लेयरहरूलाई नगद पुरस्कारसहित, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि उपमेयर मञ्जु देवी गुरुङले वडा नं १५ ले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताइन्। उनले खेलकुदको माध्यमबाट समाजमा भएको विकृति विसङ्गतिलाई हटाउनुपर्छ र यहाँ भएका विभिन्न संघ संस्थासँग हातेमालो गरी खेलको माध्यमबाट समृद्धिको बाटोतर्फ लाग्नुपर्छ भनेर वडाले विगतका वर्षहरूबाट खेलकुद महोत्सवलाई निरन्तरता दिएको बताइन् ।
खेल महोत्सवमा महिला दिदी बहिनीहरुको उल्लेख्य सहभागिता रहेको भन्दै हिजोका दिनमा घरायसी काम काजमा सीमित रहने र चुल्हो चौकोसमा रमाउने महिला आज यसरी खेलकुदमा रमाइरहनु अत्यन्त सकारात्मक रहेको बताउँदै वडा नं १५ ले वडावासीको क्षमता विकास गर्दै सामाजिक रूपान्तरण गर्ने जस्तो अत्यन्त सम्मानजनक काम गरेकोमा आफू र महानगरको तर्फबाट धन्यवाद व्यक्त गरिन् ।
वन विज्ञान क्याम्पस प्रमुख नारायण प्रसाद शर्माले खेलकुद कार्यक्रमले शरीरलाई बलियो मात्र बनाउने नभई मनलाई दरिलो बनाउनुका साथै साथी समूह र समुदाय बिचमा बन्धुत्वको भावनाको विकास गराएको प्रतिक्रिया दिए। उनले पोखरा महानगर भित्र वडा नं १५ सामुदायिक कार्यमा उत्कृष्ट वडा रहेको भन्दै वन विज्ञान अध्यन संस्थान यहाँका विद्यार्थी भाइ बैनीको शैक्षिक कार्यकमका लागि सहकार्य गर्न तयार रहेको पनि बताए ।
यस्तै, वडा अध्यक्ष तोरण बानियाँले खेलकुदप्रति वडावासी नागरिकले देखाएको उत्साह, माया र सहयोगले नै चौथो संस्करण पनि सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताए । उनले खेलकुदको माध्यमबाट नागरिकको सर्वाङ्गीण विकास गर्न र खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धा मात्र नभई शारीरिक मानसिक र स्वास्थ्य सुधार सँगसँगै समाजलाई रूपान्तरण गर्न सकिने भन्दै यस्ता खेल कार्यक्रम निरन्तर चलिरहनुपर्ने धारणा व्यक्त गरे। बानियाँले स्थानीय खेलकुद परम्परालाई जीवित राख्नु पर्ने र खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादन भएका वस्तुलाई व्यवस्थित र प्रोत्साहित गर्दै आर्थिक गतिविधिको सृजना गरी राष्ट्रिय गौरवको अनुभूति गराउने अपेक्षा लिएको बताए ।
खेल महोत्सवको पाँचै दिन हरियो खर्क अस्पताल (आइएनएफ) ले निशुल्क स्वास्थ्य शिविरलाई राखी सुगर परीक्षण र प्रेसर चेकजाँचको व्यवस्था मिलाइएको थियो ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

