स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि सञ्चालित मेलामा भलिबलतर्फ शनिबार प्रिक्वाटरका सबै खेल सकिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार (भोलि) आइतबार क्वाटरफाइनलसँगै बाँकी सबै चरणका खेल सम्पन्न गर्ने तयारी छ । उनले क्वाटरफाइनलको पहिलो खेल ओरस्टे र लामागाउँबीच बिहान ७ बजे सञ्चालन हुने बताए । यस्तै दोस्रो खेलमा कोल्मा र कालीकोट ८ बजे प्रतिस्पर्धा गर्नेछन् । तेस्रो खेलमा भने सालडाँडा जामुने र भोर्ले भिड्ने अध्यक्ष रानामगरले जानकारी दिए । उनका अनुसार क्वाटरफाइनलको अन्तिम खेलमा गैया र गहते टिम ‘बि’ बीच प्रतिस्पर्धा हुनेछ । बाहुले आफुलाई बाईमा पार्न सफल बन्दै अघिल्लो चरणमा प्रवेश गरिसकेको छ । आज (शनिबार) दोस्रो चरया र प्रिक्वाटरफाइनलका गरी ९ वटा खेल सम्पन्न भएका थिए । भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पोखरामा क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप आयोजना हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता बैशाख ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट सघले जनाएको छ । प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । प्रतियोगितामा ३ टीमसहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा फिस्टेल अप्मस्ट, ईस्लामिया कंकरस र पोखरा फिनिक्स गरेर तीन टीमले सहभागिता जनाउने अध्यक्ष पुनले बताए । तीन वटै टिमले छुट्टाछुट्टै टिमसँग २÷२ वटा खेल खेल्ने जनाइएको छ । उनका अनुसार गत हप्तामात्र सम्पन्न अन्तर विद्यालय पोखरा महानगरपालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट ३६ जना खेलाडी छनौट गरिएको थियो । सो प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई विभाजन गरेर ३ टीम बनाई सुपर कप आयोजना गर्न लागिएको उनको भनाई छ । सुपर कप च्याम्पीयनसीपबाट उत्कृष्ट १४ जना खेलाडी छनौट गरेर पोखरा महानगरपालिकाको टिम निर्माण गरिने अध्यक्ष पुनले जानकारी दिए । सो टिमले केहि समयपछि हुने देशका ६ वटा महानगरपालिकाबीच हुने प्रतियोगितामा सहभागिता जनाउने उनले बताए । ‘यो छनौट प्रतियोगिता हो, प्रतियोगितामा खेलाडीले देखाएको पर्फमेन्सका आधारमा महानगरपालिकाको टिमका लागि खेलाडी छनौट गर्छौं’–उनले भने । यसैबीच, प्रतियोगिताका लागि तीन वटै टिमलाई आयोजकले जर्सी हस्तान्तरण गरेको छ । तीन वटै टिमका टिम क्याप्टेनलाई पोखरा महानगरपालिका क्रिकेट संघको तर्फबाट क्रिकेट एशोसियसन नेपाल क्यान तथा आईसिसीका क्रिकेट अम्पायर मोहम्मद सफिक (समीर खान)ले जर्सी हस्तान्तरण गरेका हुन् । जर्सी हस्तान्तरण लगत्तै उनले सुपर कप वुमन्स च्याम्पीयनसीपको ट्रफीपनि सार्वजनिक गरेका थिए । सो अवसरमा अन्र्तराष्ट्रिय क्रिकेट अम्पायर खानलाई पोखरा महानगरपालिका क्रिकेट संघले कदर पत्रद्वारा सम्मान गरेको थियो । प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी प्रदान गरिने पोखरा महानगरपालिका क्रिकेट संघका सचिव कपिलदेव गौतमले जानकारी दिए । प्रतियोगितामा प्लेयर अफ दी सिरिज र हरेक दिनको प्लेयर अफ दी म्याचलाई पनि ट्रफी प्रदान गरिने उनले बताए ।
पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् । दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको उपाधि जित्दा साराले गल्र्स यु–१४ र यु–१२ दुवै इभेण्टमा प्रथम स्थान हाँसिल गरिन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा असव सम्राट हाडालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै दर्शिलले सिंगलतर्फको उपाधि जितेको हुन् । दर्सिलले ब्वाइज डबल्सतर्फ पनि उपाधि जित्न सफल भए । सिर्जन भट्टराईसँगको पार्टनरसिपमा दर्सिल जोडीले फाइनल खेलमा प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६–० ,५–७ र १०–४ ले पराजित गर्दै उपाधिमा कब्जा गरेको हो । साराले १४ वर्ष मुनि गल्र्स सिंगलमा आर्य पौडेलसँगको अन्तिम भेटमा ६–१, ६–४ को नतिजा निकालिन । उनले १२ वर्ष मुनिको सिंगल फाइनलमा स्वरा थापालाई ६–२, ६–३ ले पराजित गर्दै दोहोरो जित निकालेकी हुन् । १४ वर्ष मुनिको ब्वाइज सिंगलतर्फ साङ्गे रोकायाले आसव सम्राट हाडालाई ६–४, ३–६ र १४–१२ ले पराजित गर्दै प्रथम हुन सफल भए । १२ वर्षमुनीको ब्वाइइज सिङ्गलमा आरित मल्लले आर्यस राज पौडेललाई प्रतिस्पर्धात्मक खेलमा ३–६,७,–६ र १०–४ ले पराजित गर्दै प्रथम स्थान हासिल गरे । १६ वर्ष सिंगलतर्फ बिजेताले नगद १५ हजार तथा उप–विजेताले नगद ७ हजार ५ सय सहित मेडल प्राप्त गरे । त्यस्तै, १४ वर्ष सिंगलतर्फ बिजेताले नगद १० हजार तथा उप–विजेताले नगद ५ सहित मेडल प्राप्त गरे । १२ वर्ष सिंगलतर्फ बिजेताले नगद ८ हजार तथा उप–विजेताले नगद ४ सहित मेडल प्राप्त गरेका छन् । ८, ९ र १० वर्ष मुनि ब्वाइज तथा गल्र्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गरे । विजयी खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार मोहनबहादुर शाही, उहाँका नाती भिग्नजीत, नातिनी मनुश्री, प्रतियोगिता संयोजक लोक गुरुङ्ग लगायतले नगदसहित मेडल, प्रमाण–पत्रले पुरस्कृत गरे । आयोजक संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा संघका सचिव भिष्मराज पौडेल र टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले पनि बोलेका थिए ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा शनिबारदेखि दोस्रो चरणका खेल हुने भएको छ । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि सञ्चालित भेलामा भलिबल प्रतियोगितातर्फ दोस्रो चरणका ७ खेल हुने क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार आज काल्खु खेल मैदानमा पहिलो खेल बिहान ८ बजे आयोजक ‘बि’ र गहते ‘बि’ टिमबीच हुनेछ । यस्तै दोस्रो खेलमा आयोजक टिम ‘ए’ र लामागाँउ भिड्नेछन् । तेस्रो खेल ओरस्टे र शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ बीच हुनेछ । चौथो खेलमा गहते टिम ‘ए’ र कोल्मा भिड्नेछन् । पाँचौ खेलमा छेक्मा र सालडाँडा जामुने भिड्ने क्लबका प्रमुख सल्लाहकार जीवन थापामगरले बताए । उनका अनुसार छैटौं खेलमा कालीकोट र बाङ्गेस्वाराबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी शनिबारको अन्तिम खेल भुस्नापुर र भोर्लेबीच हुनेछ । बाँकी खाङ्ग्राङ र गैयाबीचको खेल र बराहडाँडा र बाहुबीचको खेल आइतबार हुने थापामगरले बताए । उनका अनुसार भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले दश लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । १८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए । बसन्तले १७ बलमा ३ छक्का प्रहार गरेभने, नारायणले १० बलमा १ छक्का प्रहार गरे । किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै आउट भए । उनले २६बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सुजन थपलिया ३५ रनमा अउट भए । उनले २१ बलमा ६छक्का प्रहार गरे । दिपक डुम्रे २६रनमा अउट भए । उनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर साकिव हुकले २४ रन बनाए । उनले १५ बलमा ५ चौका प्रहार गरे । अर्जुन कुमाल शुन्यमै पेभिलियन फर्किए । काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिदाँ मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट हुन पुग्यो । अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याचआउट हुन पुगे । उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै पृथु बास्कोटाले अर्धशतकीय पारि खेल्दै आउट भए । उनले २९ बलमा ७ चौका र २ छक्काको मद्धतमा अर्धशतक बनाए । सिवम तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । रित गौतम ४, दिपेन्द्र रावत ४, सुशान्त सिंह थापा ६, राजेन्द्र बम १, दिनेश बोहोरा ८, सूर्य तामाङ ३ र युनिश विक्रम सिंह ठकुरी १ रनमा आउट भए । गण्डकीका लागि अमृत गुरुङ र कृष्ढा पौडेलले समान ३–३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुना प्लेयरअफ दी म्याच घोषित भए । यस्तै काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे । गत वर्षको उपाधि भने मधेस प्रदेशले जितेको थियो ।
पोखरा: केपी ओली कप राष्ट्रिय टि-२० पुरूष क्रिकेटको फाइनल खेल सिइसी काठमाडौं र गण्डकी हिरोज् बीच भोलि ५ गते (शुक्रबार) हुँदैछ । ‘‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सो प्रतियोगिता गत चैत्र २३ गतेबाट पोखरा रंगशालामा सुरू भएको हो । फाइनल खेलसँगै समापन कार्यक्रमको प्रमुख आतिथ्यताका लागि प्रतिनिधि सभाका सम्माननिय सभामुख देवराज घिमिरे पोखरा आउने तय भएको एकेडेमीका सचिब कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन् । ‘ 'भब्य कार्यक्रमकाबीच फाइनल खेलसंगै समापन कार्यक्रम तय गरेका छौं । पोखरेली सम्पूर्णलाई फाइनल खेल अवलोकन गरी खेलाडीहरुको उत्साह भर्न सबैलाई निमन्त्रणा गर्दछौं”, उनले भने–“प्रतिनिधि सभाका सभामुखज्यू खेलाडीहरुको हौसला बढाउन पोखरा आउने कार्यक्रम तय भएको छ । उहाँको आगमनले यहाँको क्रिकेट र खेल विकासमा समेत कोशे ढुङ्गा सावित हुनेछ ।” पोखरालाई क्रिकेटको हव बनाउन पनि यो प्रतियोगिताको महत्व रहेको जनाउँदै उनले यसका लागि सबैको साथ र सहयोगको आवश्यक रहेको औंल्याए । वर्षिक रुपमा तय भएको उक्त प्रतियोगिता यो वर्ष दोस्रो संस्करणसमेत हो । प्रतियोगितामा सातै प्रदेशका २–२ गरी १४ तथा २ क्लब गरी १६ टिमको सहभागिता रहेको थियो । बिहान १० बाज बाट सुरू हुने फाइनल खेलको बिजेता टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु ५ लाखका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने एकेडेमी गण्डकी प्रदेश अध्यक्ष गिरमान गुरूङले जानकारी दिएका छन् । त्यस्तै म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले जनही नगद रु १०–१० हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । पोखरामै भएको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।
पोखरा: आरुषी तुलाचन र गृष्मा गुरुङ्ग पोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गतर यु–१६ गल्र्स सिंगलको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको सेमिफाइनलमा आरुषीले सरिशा शेरचनलाई ६–४, ३–६ र ६–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाइन् । अर्को सेमिफाइनलमा गृष्माले आइसा मेक्लागनलाई ६–३, ६–३ ले पराजित गर्दै फाइनलमा आरुषीसंगको भेट पक्का गरिन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा यु–१६ ब्वाइज सिंगलतर्फ दर्शिल श्रेष्ठले सूर्यान्स श्रेष्ठलाई ६–२, ६–० ले, आसब सम्राट हाडाले सन्दिप विकलाई ६–२, ६–४ ले तथा सञ्जय रोकायाले प्रफुल्ल श्रेष्ठलाई ६–३, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् । यु–१४ ब्वाइज सिंगलमा आसब सम्राट हाडाले सुरेन्द्र विकलाई ६–०, ६–१ ले तथा सञ्जय रोकायाले अभिषेक विकलाई ६–०, ६–० ले पराजित गर्दै सेमिफाइनलमा पुगे । यो पनि पढ्नुहोस पोखरामा चौंथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु यु–१२ ब्वाइज तर्फको क्वाटरफाइलन खेलमा आर्यस राज पौडेलले अभिषेक बयलकोटीलाई ६–०, ६–० ले, बिदान्त चालिसेले नितेस थापालाई ६–०, ६–० ले, आरित मल्लले अनमोल नेपालीलाई ६–१, ६–० ले तथा ओम्युग थापाले सहान्स बस्न्यातलाई ७–५, ६–७ र ६–० को कठिन सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरे । सोही उमेर समुहको गल्सतर्फ सारा पन्तले कुशुम श्रेष्ठलाई ६–०, ६–० ले, थैया श्रेष्ठले ताभिसी ग्लोभान्नीलाई ६–२, ६–२ ले, इरा खत्रीले नाइरा घलेलाई तथा स्वारा थापाले आर्या पौडेललाई ६–२, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । यु–१० ब्वाइज सिंगलमा कायन चालिसेले मार्कब पोखरेललाई ६–४, ६–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित पारे । यु–९ ब्वाइज सिंगलफर्त जिवास भट्टराईले सोनम टी घलेलाई ५–४, ४–१ ले पराजित गर्दै सेमिफाइल प्रवेश गर्न सफल भए । दोश्रो दिनका बाँकि खेलहरु वर्षातका कारण स्थगित हुन पुगेको टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा ‘ऐतिहासिक काल्खु मेला’ जारी छ । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि सञ्चालनमा आज पुरुष भलिबल प्रतियोगितातर्फ पहिलो चरणकै २ खेल सम्पन्न भएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार आज (बिहीबार) भएको पहिलो खेलमा लामागाउँले कौढुंगालाई २–० को सोझो सेटमा पराजित गर्याे । पहिलो सेट २५–२० र दोस्रो सेट २५–१७ ले लामागाउँले जित हात पार्याे । यसैगरी दोस्रो खेलमा ओरस्टेले काल्खु पोखरा सम्पर्क मञ्चलाई २–० को सोझो सेटमा हरायो । ओरस्टेले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२३ ले जित निकाल्दै ओरस्टे अघिल्लो चरणमा प्रवेश गर्याे । बाँकी खेलहरु प्रतिकुल मौसमका कारण स्थगित भएको क्लबका अध्यक्ष रानामगरले बताए । उनका अनुसार भोलि (शुक्रबार) पनि पहिलो चरणकै खेल हुनेछ । यो पनि पढ्नुहोस काल्खु मेलामा साँस्कृतिक कार्यक्रम, मंगलबारदेखि भलिबल हुने ऐतिहासिक काल्खु मेला: खुल्ला नृत्य प्रतियोगितामा अनुस्कालाई उपाधि भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । यसअघि मेलामा स्थानीय कला, संस्कृति प्रदर्शनी प्रतियोगिता, कुर्ची दौड तथा खुला नृत्य प्रतियोगिता सम्पन्न भइसकेका छन् । भने, विभिन्न ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरुले सांगीतिक प्रस्तुती दिएका थिए ।
पोखरा: कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटनका दिन विभिन्न उमेर समूहका खेलहरू सम्पन्न भएका छन् । सम्पन्न खेलहरूमा १४ वर्ष मुनि ब्वाइज सिंगलमा आर्यस राज पौडेलले शरण विकलाई ६–०, ६–० ले, स्पन्दन उदासले आरित मल्ललाई ६–०, ६–० ले, सुरेन्द्र विकले दर्शन अधिकारीलाई ६–३, ६–१ ले, अभिषेक बिकले संगम मगरलाई ७–६, ६–४ ले, सुर्यान्स श्रेष्ठले सुमित विकलाई ७–६,६–४ ले पराजित गरे । त्यसैगरी १० वर्ष मुनिको गल्र्स सिङ्गलतर्फ निमित कुँवरले सहारा कायस्थलाई ६–४ ६–१ ले, ताभिसी रानाले अनन्या गुरुङलाई ६–१, ६–० ले पराजित गरिन् । १० वर्ष मुनिकै ब्वाइज सिंगलतर्फ मार्कब पोखरेलले आयोग्य राईलाई ६–१,६–० ले, कायन चालिसेले आयन पन्तलाई ६–१, ६–० ले, साविक पोखरेलले जीवास भट्टराईलाई प्रतिस्पर्धात्मक खेलमा ५–७, ६–३ र १०–४ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए । यु–१२ गल्सतर्फ थेया श्रेष्ठले जीवाश्री भट्टराईलाई ६–०, ६–० ले तथा कुसुम श्रेष्ठले सुप्रिया बिकलाई ४–६, ६–१ र ६–४ ले, इरा खत्रीले बुन्नी एस मेक्लागनलाई ६–३,६–१ ले तथा नायरा घलेले इनुला परियारलाई ६–०,६–० ले, आर्या पौडेलले रुविना श्रेष्ठलाई ६–०,६–० ले पराजित गरिन् । यु–९ ब्वाईज सिंगलमा जिवास भट्टराईले अनन्त पाण्डेलाई ४–०,४–० ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । कायन चालिसेले आयन चालिसेलाई ४–१ ,४–१ ले पराजित गरे । १२ वर्षमुनिकै ब्वाइज सिंगलमा साहन्स के बस्नेतले इवान भट्टराईद्वारा वाक ओभर पाए । अनमोल नेपालीले दक्ष गुरुङलाई ६–०,६–४ ( रिटायर्ड हर्ट ) पराजित गरे । त्यसैगरि अभिषेक बयलकोटीले साबिक पोखरेललाई ६–०,६–१ ले, नितेस थापाले मार्कब पोखरेललाई ६–४,७–५ ले पराजित गरे । ब्वाइज डबल्सतर्फ प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीले अभिषेक बयलकोटी र अनमोल नेपालीलाई ६–०,६–३ ले सुर्यान्स श्रेष्ठ र सन्दिप विकको जोडीले संगम मगर र अभिषेक विकको जोडीलाई ६–१,७–५ ले पराजित गरे । यु–१४ गल्सतर्फ ज्योभिना केसीले रुविना श्रेष्ठलाई ६–०,६–३ ले पराजित गर्दै पहिलो चरण पार गरिन् । आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तिलक क्षेत्री, सचिव अन्जु केसी, प्रदेश टेनिस संघ गण्डकीका अध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक लोक गुरुङ लगायतको सहभागिता रहेको थियो । सचिव भिष्मराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा आसन ग्रहण तथा मन्तव्य समेत नराख्दा कार्यक्रम केहि पृथक बनेको थियो ।