१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदक सहित कालिका माविले जित्यो
पाेखरा | पुस ११, २०८२
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो ।
द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत र ८ काश्य गरेर कुल १४ पदक हात पारेको छ ।
समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए। प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको थियो ।
कबड्डीतर्फ छात्रामा रामेश्वरी माविलाई स्वर्ण, शहीद स्मृति आवासीय माविलाई रजत र प्रतिभा मावि तथा कालिका माविलाई काश्य पदक हात पर्यो ।
छात्रतर्फ कालिका माविलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गौरी शङ्कर मावि तथा भवानी कालिका माविलाई काश्य पदक प्राप्त भयो । कबड्डीमा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुने दुवै टिमले १२ हजार–१२ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारे ।
भलिबल छात्रा तर्फ शान्ता माविलाई स्वर्ण, कालिका माविलाई रजत र टप्स बोडिङ स्कुललाई काश्य पदक प्राप्त भयो । छात्र तर्फ पोखरा युनाइटेड एकेडेमीलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गुरुकुल विद्यासदनलाई काश्य पदक हात पर्यो । भलिबलमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ सहित पदक र प्रमाणपत्र प्राप्त गरे ।
एथलेक्टिस छात्रतर्फ कालिका मावि प्रथम भयो, कास्की मोडर्नाइज्ड एकेडेमी द्वितीय र हार्वड एकेडेमी तृतीय भए । छात्रा तर्फ छोरेपाटन मावि प्रथम, सगरमाथा मावि द्वितीय र फिस्टेल एकेडेमी तृतीय भए । एथलेटिक्स तर्फ ८४ विद्यालयका ६ सय ६५ छात्र छात्रा सहभागी भएका थिए ।
कराते तर्फ ४१ विद्यालयका छात्र तर्फ ६० र छात्रा तर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेको उनले जनाए । यो विधा मार्फत १२ स्वर्ण, १२ रजत र २४ काश्य गरेर कुल ४८ पदक वितरण गरिएको उनले खुलाए ।
मार्चपास तर्फ रत्न ज्योति मावि प्रथम भयो । कान्तिपुर एकेडेमी द्वितीय, हार्वड स्कुल तृतीय र युनिभर्स बोडिङ स्कुल सान्त्वना भए । मार्च पासमा ४० विद्यालयले सहभागिता जनाएका थिए । मार्चपासमा प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रकाशकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार, शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, शिक्षा अधिकृत सोमनाथ भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ । ...
काठमाडौं: सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज (शुक्रबार) एकै दिन प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। उनको सचिवालयका अनुसार मन्त्र...
मुस्ताङ: कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० प...

