काठमाडौं:  एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र  श्रीलङ्काबीच स्पर्धा हुँदैछ ।  उज्वेकिस्तानको  तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुने...

पोखरा:  गण्डकी प्रदेश फुटबल संघको आयोजनामा शनिबारदेखि पोखरामा क्याटगोरी–४ रेफ्री लाइसेन्स कोर्ष सुरु भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को मान्यताप्राप्त गण्डकीका जिल्लाहरुमा फुटबल रेफ्री विकास गर्ने उदेश्यका साथ सनिवारबाट उक्त कोर्ष सुरु भएको हो ।  एन्फाका रेफ्री कमिटी संयोजक तथा रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङले कोर्ष पछि फुटबलको रेफ्री सदस्यको संख्यामा वृद्धि हुने बताए । उनले कोर्षबाट फिफाको १७ वटा नियममा बसेर आधिकारिक फुटबल खेलाउन योग्य हुने र क्याटगोरी ४ पहिलो खुडकिलो रहेको सुनाए ।    ‘रेफ्री परिवारमा अब आउन लाग्नुभएको छ त्यसका लागि स्वागत छ । तपाईहरुले हिजोसम्म तपाईले आफ्नो हिसाबले फुटबल खेलाउनुभयो होला खेल्नुभयो होला तर, आजबाट तपाईहरुले आधिकारिक रेफ्रीका लागि आउँदै हुनुहुन्छ’ उनले भने, ‘रेफ्रीले के गर्नुपर्छ के गर्नुहुन्न भन्ने रेफ्रीका नियमहरु १७ वटा छन त्यो अब जानकारी हुन्छ त्यसैले तपाईहरुले राम्ररी सिक्नुहोस् ।   फुटबल खेलको विकास र विस्तारका लागि रेफ्रीको भूमिका अत्यावश्यक रहेको र त्यसका लागि रेफ्री उत्पादन महत्वपूर्ण कदम रहेको उनको भनाइ छ ।  उनले सात दिनको आधारभूत तालिम पर्याप्त नभएतापनि आधिकारिक तालिम भएकाले दत्तचित्त भएर सिक्न अनुरोध गरे । रेफ्री कोर्षका लागि सबै युवा देखिएको र रेफ्रीका लागि सबैभन्दा महत्वपूर्ण कुरा फिटनेस रहेको सुनाए । रेफ्रीका नियममा पोख्त हुँदैमा रेफ्री बन्न नपाइने र त्यसका लागि फिटनेस नै पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।  गण्डकी प्रदेश फुटबल महासंघका महासचिव विनोद गुरुङले कोर्षका लागि गण्डकी प्रदेशभित्रका २९ जनाको सहभागिता रहेको बताए ।  उनका अनुसार सात दिनको कोर्षमा फिटनेश परीक्षणदेखी प्रयोगात्मक र लिखित परीक्षा हुनेछ । जसमा पास हुनेले एन्फा क्याटगोरी ४ को प्रमाणपत्र प्राप्त गर्नेछन् ।  ‘क्याटगोरी ४ भनेको रेफ्रीका लागि पहिलो लेभल हो यसपछि क्याटगोरी ३, क्याटगारी २, क्याटगोरी १ गर्दै फिफा रेफ्रीसम्म जान्छ यो कोर्ष पास गरेको खण्डमा मात्रै अर्को लेभलमा जान पाउँछ’ उनले भने, ‘क्याटगोरी ३ देखी एकसम्म यहि बाट छानिनेहरु जाने हो त्यहाँ पनि कोर्ष पास गर्नुपर्ने हुन्छ ।’  गत वर्ष समेत क्याटगोरी ४ को कोर्ष गराउँदा ३५ जनाको सहभागिता रहेको थियो । जसमा १६ जनामात्रै पास भएका थिए । अहिले क्याटगोरी ४ पास गर्नेका लागि क्याटगोरी ३ को कोर्ष गराउने लक्ष्य प्रदेशको रहेको उनी सुनाउछन् ।  रेफ्री संयोजक गुरुङसहित रेफ्री प्रशिक्षक विरेन्द्र पाण्डे, सचिन अमात्य र रोजन श्रेष्ठले प्रशिक्षण दिनेछन् । कोर्षका लागि टेक्निकल सहयोग एन्फाले गरेको छ भने गण्डकी प्रदेश सरकार र प्रदेश खेलकुद परिषद गण्डकीको समेत यसमा सहयोग रहेको महासचिव गुरुङले जानकारी दिए ।  

पोखरा:  पोखरा महानगरपालिका वडानम्बर १४ मा सम्पन्न वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका वडानम्बर १६ ले जितेको छ ।  मनोहर युवा क्लबको खेलमैदान मनकामना टोलमा भएको खेलमा वडानम्बर १९ लाइ ३–० को सोझो सेटमा हराउदैँ १६ ले उपाधि जितेको हो ।  जितका लागि वडानम्बर १६ ले २५–१९, २५–२२ र २५–२२ को सोझो सेटमा सहज जित निकाल्यो । उपाधिसगै वडानम्बर १६ ले एक लाख १ हजार ४१४ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता वडानम्बर १९ ले ५५ हजार १४ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । सान्त्वना भएको वडा नम्बर २१ र २३ ले २०/२० हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।    प्रतियोगितामा विधागत तर्फ वडानम्बर १६ का विजय परियार सर्वोत्कृष्ट खेलाडी धोषित भए । उनले नगद ७ हजार १४, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।  यस्तै उत्कृष्ट स्पाइकर नरबहादुर सुनार(जिवन) वडानम्बर १९, उत्कृष्ट लिफ्टर सौरभ गुरुङ वडानम्बर १६, उत्कृष्ट डिफेन्डर बविल गुरुङ वडानम्बर १६ र अनुशासित खेलाडी भुपेन गुरुङ वडानम्बर १९ धोषित भए  । उनीहरुले जनही नगद ५ हजार,ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ टिमको सहभागिता रहेको थियो ।   पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजना खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । 

काठमाडौं:  युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत आफ्नो खेलमा नेपाल नामिबियासँग छ विकेटले पराजित भएकोे छ ।  युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज भएको खेलमा नामिबियाले नेपाललाई छ विकेट हराएको हो ।       नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहने क्रममा वर्षाले केही समय अवरोध भएपछि खेललाई ‘डिएलएस’ विधिबाट १५ ओभरमा झारिएको थियोे । खेललाई १५ ओभरमा झारिएपछि लक्ष्य ७१ रनको बनेको थियो । नामिबियाले १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।       नामिबियाका लागि मेकेलान्ये म्वाटिलेले सर्वाधिक २६ रन बनाइन् । उनले ३५ बलमा तीन चौकाको मद्दतले २६ रन बनाएकी हुन् । यस्तै, जुरिएन डियर्गाड्र्टले ‘नकआउट’ १३ रन बनाइन् । उनले सात बलमा एक चौकासमेत प्रहार गरिन् ।  नामिबियाका लागि एडेल भान जिलले आठ, सुन विटम्यानले सात, यास्मिन खानले छ र विल्का म्वाटिलेले नकआउट पाँच रनको योगदान दिइन् । नामिबियाले अतिरिक्त छ रन प्राप्त गर्‍यो ।       नेपालका लागि कप्तान इन्दु बर्मा, कविता जोशी, पूजा महतो र ईश्वरी विष्टले समान एक÷एक  विकेट हात पारे । त्यसअघि ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।       नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन् । ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७ रन, कविता जोशीले १६, पूजा महतोले १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको थियो ।       नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन÷तीन विकेट हात पारेका थिए । यस्तै, केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लिएकी थिइन् ।       नेपालले आफ्नो दोस्रो खेल आइतबार युगान्डासँग खेल्नेछ । त्यस्तै, फागुन २६ गते हङकङसँग, फागुन २८ गते नामिबियासँग, फागुन २९ गते युगान्डासँग र आगामी चैत १ गते हङकङसँग खेल्नेछ ।

पोखरा:  पोखरामा सम्पन्न भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि समिर सुनचाँदी पसलले जितेको छ ।  चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द नदीपुरको संयोजनमा भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि समिर सुनचाँदी पसलले जितेको हो ।  पोखरा महानगपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा भएको फाइनल खेलमा समिर सुनचाँदी पसलले पर्वतको पकुवालाई ३–१ को सेटमा पराजित गदैै उपाधि जितेको हो ।  समिर सुनचाँदीले पहिलो सेट २५–१९ ले जितेको पनि दोस्रो सेट २८–३० ले गुमाएको थियो । तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले जित्दै समिर सुनचाँदीले पहिलो पार्क पुरुष भलिबलको उपाधि जितेको हो ।  उपाधि जितेको समिर सुनचाँदीले ६० हजार र उपविजेता पर्वत पकुवाले ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।  विधागततर्फ सञ्जु विक्रम शाह सर्वोत्कृष्ट  यस्तै विधागतर्फ समिर सुनचाँदी पसलका सञ्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भए ।  यस्तै समिर सुनचाँदीका देवेन्द्र परियार उत्कृष्ट सेटर, रमेश गुरुङ ब्लकर, पर्वत पकुवाका रिम गुरुङ उत्कृष्ट डिफेन्डर, साहिल क्षेत्री सर्भर, पर्वत पकुवाका सन्दिप बस्याल उत्कृष्ट स्पाइकर र समिर सुनचाँदीका समिर विश्वकर्मा उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरे ।  चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द नदीपुरको संयोजनमा भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिता फागुन २० देखि २४ गतेसम्म सञ्चालन भएको थियो । 

काठमाडौं: युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत आज भइरहेको नेपाल र नामिबियाबीचको खेल वर्षाले रोकिएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा जारी खेल वर्षाका कारण रोकिएको हो ।       नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ब्याटिङ गरिरहेको थियो । खेलको आठऔँ ओभर सकिएपछि वर्षाले खेल रोकिएको हो ।  नामिबियाले आठ ओभरमा एक विकेट गुमाउँदै ३९ रन बनाएको छ । नामिबियाकी सुन विटम्यान नौ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएकी हुन् । नेपालकी पूजा महतोले उनको विकेट लिएकी छिन् । अहिले स्ट्राइकमा मेकेलान्ये म्वाटिले र एडेल भानजिल छन् ।      यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन् । ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७ रन, कविता जोशीले १६, पूजा महतोले १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको थियो ।       नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन÷तीन विकेट हात पारे । यस्तै, केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लिएकी थिइन् । 

बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी शुरु भएको तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगितामा आजदेखि सेमिफाइनलमा खेल हुदैंछ ।   मंगलबार सम्पन्न ४ खेलबाट जित हाँसिल गर्दै मिक्की एफ सी, एन के क्लव, मत्स्य व्यवसायी समिति र विनोद मेमोरियलले सेमिफाईनलमा प्रवेश गरेको हो । आज (बुधबार) हुने सेमिफाईनल अन्र्तगत पहिलो खेलमा विनोद मेमोरियल र मत्स्य व्यवसायी एवं दोश्रो खेलमा एन के क्लब र मत्स्य व्यवसायी समितिबीच प्रतिष्पर्धा हुनेछ । 

काठमाडौं:   घरेलु मैदानमा नेपाली यु–१९ क्रिकेट टोलिले अफगानिस्तानको युवा टोलिसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।  अफगानिस्तानको यु–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । क्यानका अनुसार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने उक्त सिरिज आगामी चैत २१ गतेदेखि सुरु हुनेछ ।  तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुनेछ । त्यसैगरि दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ । 

पोखरा महानगरपालिका २९ स्थित भण्डारढिक खेलमैदानमा आयोजना हुने दोस्रो संस्करणको सूर्यतारा खेल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।   यही २४ गतेदेखि चैत्र २ गतेसम्म सूर्यतारा क्लब पोखराको आयोजनामा हुने उक्त प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिए ।   उनका अनुसार उक्त महोत्सवमा मुख्य आकर्षणको रुपमा नेकोस कप खुला पुरुष फुटबल प्रतियोगिता समावेश गरिएको छ ।   उक्त प्रतियोगिताको उपाधि राशी नगद रु ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र निर्धारण गरिएको उनले बताए ।    यस्तै प्रतियोगिताको उपविजेतालाई नगद रु २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।      विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक पुनले जानकारी दिए ।   प्रतियोगितामा बढीमा १२ वटा टिमलाई सहभागिता गराइने उनले बताए ।    उक्त खेल महोत्सवमा खुला सामूहिक लोकनृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबल टेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता सञ्चालन गरिने संयोजक पुनले बताए ।   कार्यक्रममा मुख्य प्रायोजकका रुपमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सहप्रायोजकका रुपमा बन्दिपुर केवलकार प्रालि रहेको छ ।   उक्त कार्यक्रमको उद्घाटन सभामुख देवराज घिमिरेले र समापन सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने आयोजकले जनाएको छ ।    

काठमाडौं:   विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको छ ।  आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।   त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल खेलको पहिलो हाफमा १–० गोलको अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा थप अर्को गोल गर्दै आर्मीलाई २–० गोलअन्तरले हराउन सफल भयो । जितसँगै मछिन्द्रले रु १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु पाँच लाख  पुरस्कार प्राप्त गरेको छ ।       खेलको पहिलो हाफको २९औँ मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोष्टमा आत्मघाघी गोल गर्न पुगेका थिए । योसँगै  मछिन्द्रले १–० गोलको अग्रता लिएको थियो । यस्तै दोस्रो हाफमा मछिन्द्रले खेलको ७२औँ मिनेटमा दोस्रो गोल ग¥यो । मल्लिक युसुफले दिएको पासमा स्टेफन जमाहा जालीले गोल गरेका थिए ।        यसअघि मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले तथा सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोलअन्तरले हराएको थियो । यस्तै आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले तथा सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ गोलअन्तरले हराएको थियो ।      मछिन्द्र र आर्मीबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा दशरथ रङ्गशाला पुग्नुभएको थियो ।       फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुभएको थियो । रङ्गशाला दर्शकले खचाखच भरिएको थियो । खेल सुरु हुनुुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुुति समेत पस्किएका थिए ।      राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।