रामघाटलाई दोभान कपको उपाधि, सुमित बने सर्वाेत्कृष्ट
पाेखरा | पुस ५, २०८२
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।
दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ‘बि’ लाई १–० गाेल अन्तरले हराउँदै च्याम्पियन बनेकाे हो ।
रामघाटले शनिबार नै भएको सेमीफाइनलमा न्युस्टार 'ए'लाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने, न्युस्टार 'बि' ले खेम माइला मेमोरियललाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
उपाधिसँगै रामघाटले नगद १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उपविजेता बनेको न्युस्टार बिले ५० हजार रुपैयाँ प्राप्त गर्याे ।
प्रतियोगितबाट उत्कृष्ट खेलाडीका रूपमा रामघाटका सुमित श्रेष्ठ घोषित भए । उनले ट्रफी प्राप्त गरे ।
पुस १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो ।
दोभान क्लबले स्थापनाकाल देखी खेलकुद संगै विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष सुजन श्रेष्ठले बताए । पालिकामा क्रियाशिल क्लबले हरेक वर्ष विभिन्न खेल गतिविधि सञ्चालनसंगै युवा जागरुगका कार्यक्रम गर्दै आएको उनले बताए ।
समापनमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव खगराज अधिकारीले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

