रामघाटलाई दोभान कपको उपाधि, सुमित बने सर्वाेत्कृष्ट

पाेखरा | पुस ५, २०८२

रामघाटलाई दोभान कपको उपाधि, सुमित बने सर्वाेत्कृष्ट

पोखरा:   राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।

 

दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ‘बि’ लाई १–० गाेल अन्तरले हराउँदै च्याम्पियन बनेकाे हो ।

 

रामघाटले शनिबार नै भएको सेमीफाइनलमा न्युस्टार 'ए'लाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने, न्युस्टार 'बि' ले खेम माइला मेमोरियललाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
 

उपाधिसँगै रामघाटले नगद १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उपविजेता बनेको न्युस्टार बिले  ५० हजार रुपैयाँ प्राप्त गर्याे ।

 

प्रतियोगितबाट उत्कृष्ट खेलाडीका रूपमा रामघाटका सुमित श्रेष्ठ घोषित भए । उनले ट्रफी प्राप्त गरे ।

 

पुस १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो ।

 

दोभान क्लबले स्थापनाकाल देखी खेलकुद संगै विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष सुजन श्रेष्ठले बताए । पालिकामा क्रियाशिल क्लबले हरेक वर्ष विभिन्न खेल गतिविधि सञ्चालनसंगै युवा जागरुगका कार्यक्रम गर्दै आएको उनले बताए ।

 

समापनमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव खगराज अधिकारीले पुरस्कार वितरण गरेका थिए ।

 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्