छैटौं टाइगर कप भलिबल: चार विदेशी क्लबसहित चौध समूहको प्रतिस्पर्धा हुने
आयोजक टाइगर ग्रुपको छैन ‘टिम’
पाेखरा | पुस ८, २०८२
तस्वीर: योगेन्द्र श्रेष्ठ
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागिता हुने भएको छ ।
टाइगर ग्रुप अफ पोखरा, नेपालले आज पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान २÷२ विदेशी क्लबको सहभागिता हुने जानकारी दिएको हो ।
टाइगर ग्रुप अफ पोखरा, नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगिताको तयारी तिव्र पारिएको जानकारी दिदै प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ७÷७ टिमको सहभागिता हुने बताए ।
‘छैटौं टाइगर कप भलिबलको तयारीलाई हामीले तिव्र बनाएका छौं, माघ ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान २÷२ विदेशी क्लबको सहभागिता हुने पक्का भएको छ, अध्यक्ष शर्माले भने, ‘प्रतियोगितामा महिलातर्फ युनाईडेट प्यासन भलिबल क्लब थाईल्याण्ड, थाईल्याण्ड क्वीन्स र पुरुषतर्फ माल्दिभ्स र भारतीय टिमको सहभागिता हुँदै छ ।’
उनका अनुसार पुरुषतर्फ तीन विभागीय क्लब नेपाल एपिएफ, नेपाल पुलिस , त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ पोखरा, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एशोशियनसन र गुजरात क्लब भारतको सहभागिता हुनेछ ।
गत संस्करणको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेश भलिबल संघलाई पराजित गर्दै उपाधि जितेको थियो ।
यस्तै महिलातर्फ युनाईडेट प्यासन भलिबल क्लब थाईल्याण्ड, थाईल्याण्ड क्वीन्स, तीन विभागीय क्लब नेपाल एपिएफ, नेपाल पुलिस , त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र बुटवलको एभरेष्ट क्लबको सहमभागिता हुनेछ ।
गतवर्ष महिलातर्फको विजेता टाइगर ग्रप पोखरा नेपालले प्रतियोगितामा आफ्नो टिम नखेल्ने जनाएको छ । गत संस्करणमा नेपाल महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगिताको दुवैतर्फको विजेताले समान ६ लाख ६६ हजार ६सय ६६ र उपविजेततातर्फ समान ३ लाख ६६ हजार ६सय ६६, तेस्रो हुने समूहले समान १ लाख, ६६ हजार ६सय ६६ रुपैयाँसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको महिला तथा पुरुष तर्फको सर्वोत्कृष्ट खेलाडीले समान २६ हजार ६सय ६६ रुपैयाँसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागतर्फ विजेता खेलाडीहरुलाई समान ११ हजार ६सय ६६ र मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा पहिलो पटक भारत र माल्दिभ्सबाट अन्र्तराष्ट्रिय भलिबल रेफ्रीहरुको समेत सहभागिता हुने अध्यक्ष शर्माले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न १ करोड ८० लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।
टाइगर ग्रुप अफ पोखराले प्रतियोगिताबाट बचत भएको रकम स्वास्थ्य, शिक्षा, खेलकुद एवम् समाजिक क्षेत्रमा लगानी गर्दै आएको छ । प्रतियोगिता अवलोकनका लागि जेष्ठ नागरिक तथा फरक क्षमता भएका दर्शकहरुलाई निशुल्क प्रवेश गरेको छ भने, सिजनल टिकटको लागि ३ हजार ५ सय रुपैयाँ तोकेको छ ।
यस्तै पत्रकार सम्मेलनको अवसरमा टाइगर ग्रप अफ पोखरा नेपालले पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, मकाउ भलिबल संघका अध्यक्ष नरेश गुरुङ, नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठक र टाइगर कप भलिबलका सहयोगी कोरिया निवासी खोम गुरुङलाई सम्मान गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...

