काठमाडौं:  नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्र...

पोखरा:   ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । महोत्सवमा यसपटक दर्शकहरुको संख्या बढ्दो देखिएको, शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गरेको कारण किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको महोत्सवका प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिएका छन् । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म ८ करोडको हाराहारीमा कारोबार भएको छ । १०औं दिन शनिबार मात्रै अहिलेसम्मकै सर्वाधिक १ करोड ५० लाख बराबरको कारोबार भएको र अहिलेसम्म कुल ७ करोड ७० लाख बराबरको कारोबार भएको सुवेदीले जानकारी दिए । यसै गरी महोत्सवको हालसम्म झण्डै ३ लाख दर्शकहरुले अवलोकन गरेका छन । शनिबार ३० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको र हालसम्म २ लाख ८० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले जानकारी दिईन । हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखीएको दर्शकहरुको उपस्थीती र कारोबारले आफुहरुलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढि दर्शक र कारोबार हुनेमा विश्वस्त रहेको संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले बताए । शनिबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, कला लम्साल, घनश्याम रिजाल, रिया खड्का, कृष्ण सुवेदी, रिया खड्का, रति खड्का, टेकराज भण्डारी र सरिता सारु मगर लगायतले प्रस्तुती राखेका थिए भने हाँस्यव्यग्यतर्फ सिताराम कटृेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को प्रस्तुती रहेको थियो । यस्तै  बेलुका लाईभ कन्सर्टमा ईलिमेण्ट ब्याण्ड र सञ्जना श्रेष्ठले स्टेज तताएका थिए ।  महोत्सवमा आईतबार लोकदोहोरी कलाकारहरु राजु परियार, जलुमाया गुरुङ, श्रीराम थापा, ईन्द्रा गुरुङ, मञ्जु वि.क., रामप्रसाद ढकाल, पुजा गुरुङ बाल कलाकार प्रिन्स लम्साल लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ पवन खतिवडा‘म्याकुरी’ र बेलुका लाईभ कन्सर्टमा र्यापर विवश जेके, डेभिड शंकर र ओम गुरुङ लगायतले स्टेज प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।  

पोखरा:   कास्कीको पोखरा–मर्दी ट्रेकमा गएका एक स्वीडेनी नागरिक सम्पर्कविहीन भएका छ । मर्दी हाई क्याम्पबाट शनिबार बिहान ४ बजे बेस क्याम्प जान्छु भनी हिँडेका मिचेल नाम गरेका स्वीडेनी नागरिक सम्पर्कविहिन भएका हुन् ।  माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङका अनुसार उनी शनिबार बिहान झोला होटलमै छोडेर टर्च लाईट र बोतलमा पानी लिएर बेस क्याम्पका लागि निस्किएका थिए । तर, आइतबार बिहानसम्म पनि नफर्किएपछी खोजी कार्य सुरु गरिएको वडाध्यक्ष  गुरुङले बताए ।  उनलाई खोजी गर्न गाउँपालिकाबाट मान्छे खटाएको र वडा प्रहरी कार्यालय बगरको प्रहरी टोली बिहानै मर्दी बेसक्याम्पतर्फ लागेको छ ।  स्वीडेनी नागरिक सम्पर्कविहिन भएको प्रहरी र सम्बन्धित दूतावासलाई गराइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा फर्म भरेको आधारमा व्यक्तिको पहिचान गरिएको उनले बताए ।  

पोखरा:    गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । तमु (गुरुङ) समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा आज शुुभकामना दिँदै उहाँले यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत गर्ने बताउनुभएको छ । गुरुङ समुदायले हर्षका साथ पुरानो वर्षलाई बिदाइ र नयाँवर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै आएको उल्लेख गर्दै सन्देशमा उहाँले गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वतलगायत जिल्लामा यो पर्व उमङ्गका साथ मनाइने गरिन्छ ।  प्रदेश प्रमुख गुुरुङले यस पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

काठमाडौं:    ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०÷१० लाख रुपैयाँ राहत दिने भएको छ । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । यो निर्णय शनिबार बस्ने मन्त्रिपरिषद बैठकले गर्ने उनले बताए । पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।   यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको बताए ।  ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय समेत भएको उनले बताए ।

काठमाडौं:    सङ्घीयता कार्यान्वयनको लागि अधिकार माग्दै मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले नौ बुँदे निर्णय बुझाउँदै ध्यानाकर्षण समेत गराएका हुन् । हिजो मकवानपुरको हेटौँडामा भएको मुख्यमन्त्रीहरुको भेलाले गरेको निर्णयअनुसार सङ्घीयता कार्यान्वयन र संविधानमा प्रदत्त अधिकार प्रदेश सरकारलाई दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी भेटमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई साझा अवधारणापत्र बुझाएका हुन् । पहिले पोखरामा भएको निर्णय पनि कार्यान्वयन नभएको र अहिलेको यो नौ बुँदे साझा अवधारणापत्रलाई त्यसैगरी बेवास्ता नगर्न पनि उनीहरुले भनेका छन् । हिजो हेटौँडा भेला सकेलगत्तै मुख्यमन्त्रीहरु काठमाण्डौ आएका थिए । सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर नभएको भन्दै अब पनि बेवास्ता गरेमा सङ्घर्षमा जाने चेतावनी दिएका छन् । मुख्यमन्त्रीहरुले प्रहरी समायोजन, सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरणलगायतका माग राखेका छन् । 

पोखरा:    बागलुङबाट भैरहवाका लागि छुटेको बस आज बिहान पोखराको लेखनाथमा दुर्घटना भएको छ । बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पोखरा महानगरपालिका–२७ डाँडाकोनाकमा बस ब्रेक फेल भएर सडकको दायाँ साईडको माटोको ढिस्कोमा ठक्कर खाँदा एकजना पैदल यात्रीको मृत्यु  भएको कास्की प्रहरीले जनाएको छ ।  ब्रेक फेल भएको बस ढिस्कोमा ठक्कर खान जाँदा बाटा (गमला) विक्री/ब्यापारका लागि भारतबाट लेखनाथ महोत्सवमा आएका इस्श्रावती कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका इस्श्रावतीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु  भएको प्रहरीले जनाएको छ ।  बसमा कति जना यात्रु सवार थिए भन्ने खुलेको छैन । बस दुर्घटना हुँदा घाइते भएका तनहुँको म्याग्दे गाउँपालिका घर भएका ३६ वर्षीय रामजी गन्धर्व र पर्सा दिप नगरपालिकाका ४६ वर्षीय माया गन्धर्वको लेखनाथसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पोखरा:    पोखराको रेस्टुरेन्ट सफ्टवेयर कम्पनी रेस्ट्रोएक्स प्रालिले काठमाडौंमा भएको आठौं ‘आइसिटी अवार्ड’मा गण्डकी प्रदेशबाट उत्कृष्ट स्टार्टअप अवार्ड जितेको छ ।  एक दर्जन बढी प्रि–इभेन्ट, ५ महिनादेखिको छनोट प्रक्रिया पूरा गरी विभिन्न १४ विधामा अवार्ड वितरण गरिएको थियो । त्यसबाहेक सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई पनि अवार्ड प्रदान गरिएको थियो । प्रदेश उत्कृष्ट स्टार्टअपमा गण्डकीबाट रेस्ट्रोएक्ससहित कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्सबी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन अवार्डबाट सम्मानित भए । लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड मानिन्छ । रेस्ट्रोएक्सका सिइओ स्वदेश नेपालीले प्रदेशबाट उत्कृष्ट स्टार्टअप सम्मानबाट सम्मानित भएपछि आफूहरुलाई हौसला मिलेको बताए । ‘आइटी क्षेत्रमै केही गरौं भनेर लागिरहेका छौं । यो सम्मानले अझै यसमै केही राम्रो गरौं भन्ने हौसला दिएको छ,’ उनले भने । रेस्ट्रोएक्स प्रालिको मुख्य कार्यालय पोखरा जिरो किलोमिटरमा छ । यो सफ्टवेयर रेस्टुरेन्ट, होटल तथा क्याफेलाई डिजिटल रुपमा व्यवस्थापन गर्न बनाइएको नेपालीले जानकारी दिए । उनका अनुसार हाल उक्त सफ्टवेयर १५ सयभन्दा बढी रेस्टुरेन्टले प्रयोगमा ल्याएका छन् ।   

पोखरा:  रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको छ । यूनाइटेड क्लवको आयोजनामा आगामी पुषको २६ देखी माघको ८ गते सम्म आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको हो । लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका लागि यूनाइटेड क्लबले महोत्सवको अवसर पारी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गर्न लागेको महोत्सवका सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । संयोजक तिमिल्सिनाका अनुसार विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुनेलाई नगद २५ हजार र शान्तवना स्थान हासिल गर्नेलाई नगद १५ हजार प्रदान गरिने छ । लोकनृत्य प्रतियोगिताका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानको विशेष सहयोग रहने छ । बाह्रौं पोखरा महोत्सवको प्रायोजकमा हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, महोत्सवको अफिसियल मिडियामा एबिसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज, आदर्श समाज राष्ट्रिय दैनिक र कोरलाखवर डटकम रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

काठमाडौं:     ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का एकजना युवाको  पनि मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीका वीरेन्द्र शाह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सोही घटनामा अर्का घाइते दैलेखका सुजन राउतको मृत्यु भइसकेको छ। अर्का एकजना युवा पनि गम्भीर घाइते अवस्थामा रहेको प्रहरीले बताएको छ। प्रहरीले २३ जना प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ। शुक्रबार अपरान्ह भौतिक,पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो। सोही क्रममा करिब एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूको पाटन र किष्ट अस्पतालमा उपचार भइरहेको छ।  कोरियन भाषा परीक्षाको विषयलाई लिएर  विरोध प्रदर्शमा उत्रिएका युवाहरूले मन्त्री सवार गाडीमा आगजनी गरेका थिए। प्रदर्शनकारीहरूले मन्त्री ज्वाला चढेको गाडी रोकेर सुरुमा हावा फुस्काइ दिएका थिए। त्यसपछि आगो लगाएका थिए। आगजनीबाट बा २ झ  ५८६१ नम्बरको गाडी ध्वस्त भएको छ। आगजनीपछि बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो।