कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।   स्थानीयवासीको सहयोगमा घट...

पोखरा:   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले त्रिभुवन पौडेलको स्मृतिमा स्थापना हुने अक्षयकोषका लागि सहयोग हस्तान्तरण गरेको छ ।    बुधबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशनको अवसर पारेर १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।    सो चेक मञ्चका अध्यक्ष दीननाथ बरालले महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मालाई हस्तान्तरण गरे ।   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा भएको कार्यक्रममा चेक हस्तान्तरण गर्न उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर र सदस्य एमबी आस्था मगर सहभागी थिए  ।    मञ्चका पूर्व सल्लाहकार पौडेलको २०७९ साल माघ १ गते विमान दुर्घटनामा परि निधन भएको थियो ।    पौडेलको सपना साकार बनाउने उद्धेश्यले सुरु भएको उक्त अक्षयकोषमा केही मात्रामा भएपनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ रकम हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष बरालले बताए ।   महासंघ गण्डकीले संस्थापक अध्यक्षसमेत रहेका स्वर्गीय पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापना गर्ने जनाएको छ ।

पोखरा:   पोखरा महानगरपालिका– १० अमरसिंहचोक स्थित एक बिजुली पसलको गोदाममा आगलागी हुँदा ८० लाख भन्दा बढीको क्षति भएको छ ।  पोखरा महानगर–१४ चाउथे बस्ने ४९ वर्षीय धुव्र मरासिनीले सञ्चालन गरेको संग्रीला सप्लायर्स को गोदाममा हिजो (बुधबार) बेलुका आगलागी हुँदा ८०–९० लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कास्की प्रहरी अनुसारका संग्रीला सप्लायर्सको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको जनाएको छ । आगलागी कारण गोदाममा भएका बिजुलीका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

पोखरा:     ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा अफिसियल ड्रिङ्किङ वाटरमा ‘ग्लेज’ जोडिने भएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड–२०८० मा पोखरा नेचुरल फुड एण्ड वेभरेज प्रा।लि।द्वारा उत्पादित ‘ग्लेज’ अफिसियल ड्रिङ्किङ वाटरको रुपमा जोडिएको हो ।   बुधबार सो सम्बन्धी ग्लेजका सञ्चालक विनोद बराल र मञ्चका अध्यक्ष दीननाथ बरालविच समझदारी पत्र आदन प्रदान भएको छ ।   पोखरा–१३ आर्वामा समुदायस्ततरमा सञ्चालित ग्लेज मुलबाट निस्केको प्राकृतिक मिनरलयुक्त पिउने पानी हो । प्रतिघण्टा ४ हजार लिटर क्षमता भएको उद्योगबाट २० लिटरको जार, एक लिटर र ५ सय मि.लि.को बोत्तलमा बजारमा उपलब्ध छ ।   यसैगरिसहारा क्लव हङकङले संस्थागत सहयोग गर्ने भएको छ । बुधबारनै क्लवका कार्यवहाक अध्यक्ष खमबहादुर गुरुङ ९सरोज०ले अवार्डलाई नगद रु। १५ हजार संस्थागतरुपमा उक्त सहयोग गरेका हुन् । मञ्चले आयोजना गर्ने उक्त अवार्डले खेलाडी र यस क्षेत्रमा लाग्नेहरुका लागि प्रोहोत्साहन हुने बताउँदै उनले सहयोग गरेको बताए । यस्तै नेपाली महिला राष्ट्रिय महिला भलिबल टोलीका पूर्व उपकप्तान मञ्जु गुरुङले उक्त अवार्डलाई नगद रु २५ हजार सहयोग गरेकी छन् ।   अवार्डको मिति नजिकिँदै गर्दा नेपाल बाहिरबाट समेत सहयोगी संघसंस्था तथा मनहरु जोडिने क्रममा जारी रहेको अन्तराष्ट्रिय समन्वय समिति सह–संयोजक सुर्दशन रञ्जितले जानकरी दिए । मञ्चले अवार्ड अन्र्तगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ ।   ७ विधामा वितरण अवार्ड अन्र्तगत लाईफटाईम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल पत्रकार अवाड र वर्ष उत्कृष्ट खेल संघ अवार्डको छनौट केहि दिनपछि गरेर सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मञ्चले बैशाख २८ गते पोखरा सभागृहमा पोखरा स्पोर्टस अवार्ड–२०८० आयोजना गर्दैछ । जहाँ सर्वोत्कृष्ट पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्ने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपालले प्रायोजन गर्ने सम्झौता भएको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा।लि।, सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर , परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको हो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।  

पोखरा:    आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सिटिजन फर्निचरले सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यहि बैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८०’लाई यस वर्षपनि पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले सघाउने भएको हो । मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष दीननाथ बरालबिच अवार्डलाई ५० हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्री गर्दै आएको छ । यसैगरि मंगलबारनै नेपाली महिला राष्ट्रिय भलिबल टोलीका पूर्व उपकप्तान मञ्जु गुरुङले उक्त अवार्डलाई नगद रु २५ हजार सहयोग गर्ने घोषणा गरेकी छन् । मञ्चले आयोजना गर्ने उक्त अवार्डले खेलाडी र यस क्षेत्रमा लाग्नेहरुका लागि प्रोहोत्साहन हुने बताउँदै आफुले सहयोग घोषणा गरेको उनले बताइन् । प्रथम पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) तर्फकीे विजेतासमेत गुरुङ हाल हङकङमा छिन् । कास्कीकी गुरुङले पोखराको ज्ञानु बाबा आवासिय मा.वि.बाट भलिबल खेलको शुरुवात गरेकी थिइन् । अवार्डको मिति नजिकिदै गर्दा सहयोगी संघसंस्था तथा मनहरु जोडिने क्रममा जारी रहेको मञ्चका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्तिमगरले जानकरा दिइन् । मञ्चले सोमबारमात्रै अवार्ड अन्र्तगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । मञ्चले वार्षिक रुपमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डमा ७ विधामा अवार्ड वितरण गर्दै आएको छ । बाँकी ३ विधा लाईफटाईम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल पत्रकार अवाड र वर्ष उत्कृष्ट खेल संघ अवार्डको छनौट केहि दिनपछि गरेर सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मञ्चले बैशाख २८ गते पोखरा सभागृहमा पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना गर्दैछ । जहाँ सर्वोत्कृष्ट पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्ने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।   अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपालले प्रायोजन गर्ने सम्झौता भएको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुमराङ रेष्टुरेन्ट लेकसाइड, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्वल व्युटी पार्लर, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । सहयोग विवरण आगामी दिनमा जानकारी दिँदै जाने मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको हो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।

पोखरा:   आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित १३ वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । ‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत जानकारी सहित चार विधाको नोमिनेसन सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं’ उनले भने । अवार्ड कार्यक्रलाई सहयोग गर्नेहरु समेत थपिदै गएका छन् । शनिबार अवार्ड कार्यक्रमको लागि मुस्ताङ गल्फकोर्षले ११ हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम मुस्ताङ गल्फकोर्षका सञ्चालक इन्द्रधारा विष्टले मञ्च अध्यक्ष बराललाई हस्तान्तरण गरेका हुन् । यसैगरी थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुनले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।  पुनले सहयोग रकम सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, अन्तरराष्ट्रिय समन्वय उपसमिति सह–संयोजक सुर्दशन रञ्जितको उपस्थितिमा अध्यक्ष बराललाई हस्तान्तरण गरेको मञ्चका महासचिव राजाराम पौडेलले जनाए । अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका महासचिव पौडेलले बताए । बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।  यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप, मादी गाउँपालिका,  रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायत रहेका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । 

पोखरा:    पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा खसीबजारकी १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको हो ।   यस्तै स्कुटर चालक सिमलचौरकी २१ वर्षीया दिपीका गुरुङ घाइते छिन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।    ठक्करबाट घाइते भएकी प्रधानकोलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएपनि डाक्टरले मृत घोषणा गरेको थियो ।   सिन्धुपाल्चोक चौतारा नगरपालिका १३ का ३९ वर्षीय विष्णु श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्पूर्ण हुने बताएका छन् ।    पोखरा लेकसाइडमा चारतारे होटलको रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।   ‘एयरपोर्टदेखि होटलसम्म पुग्ने पूर्वाधारहरूसहज हुनुप¥यो, गुणस्तरीय हुनुप¥यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सन कटमा जानुपर्छ । र मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौ,’ उनले भने ।     पोखरालाई पर्यटकीय राजधानी घोषणा नेपाल सरकारको तर्फबाट गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनको गुनासो थियो ।    यति हुँदा हुँदै पनि प्रधानमन्त्रीको मुखारविन्दबाट घोषणा हुनु भने सुखद रहेको धारणा राखे  ।    निजी क्षेत्रबाट २५ औं करोड लगानी गरेर चारतारे स्तरको होटल सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गरे ।   २०६६ सालबाट थ्रीस्टारको सुविधा दिएको होटल स्तरोन्नती गरेर फोर स्टार लेभलमा सञ्चालन गर्न लागिएको सञ्चालक हरी शर्मा गैह्रेले जानकारी दिए ।   होटलमा डिलक्स, सुपर डिलक्स, हनिमुन, स्विट गरेर ६५ वटा रुम र तीनवटा हल रहेको छ ।     

पोखरा:    ‘सीप सिकौं, दक्ष बनौं’ भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ ।    एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर तालिम र लोकसेवाको अनलाइन कक्षा निशुल्क रुपमा उपलब्ध गराइएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।    वडाको भौतिक विकास सँगै नैतिक विकासमा पनि आफु सचेत रहेको उनले उल्लेख गरे । वडाका बेरोजगार युवाहरुलाई सीपमुलक तालिम दिलाई रोजगार दिलाउने उद्देश्य स्वरुप कार्यक्रम गरिएको उनले बताए ।    ‘वडाको विकास भनेको भौतिक मात्र होइन, नैतिक पनि हो । बेरोजगार युवाहरुलाई सीपमुलक तालिम उपलब्ध गराई रोजगारी दिलाउने उद्देश्य हो । सीप सिकेर दक्ष बनी आर्थिक उपार्जनमा सक्षम बनाउने बाटोमा वडा अग्रसर छ’, उनले भने ।    बरालका अनुसार अहिले सबै गरेर ४५ जना युवायुवतीले निशुल्क तालिम लिइरहेका छन् । निशुल्क तालिम लिन पाउँदा युवायुवतीमा जाँगर भरिएको उनले बताए ।    वडाले उपलब्ध गराएको निशुल्क तालिमले आत्मनिर्भर बन्न सिकाउने उनले उल्लेख गरे । सीप सिकेर खाली बस्नुपर्ने अवस्था सिर्जना नहुने उनले बताए । भौतिक विकास सँगै, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा पोखरा १३ क्रियाशिल छ ।    स्थानीय नागरिकको अपेक्षा अनुसारको कार्यलाई क्रमागत रुपमा अगाडि बढाउदै लैजाने प्रतिबद्धता समेत वडाध्यक्ष किरण बरालले गरेका छन् ।  

कास्की:   पोखरा महानगरपालिका –२६ स्थित सामुदायिक विद्यालयको  जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।    कास्कीको (साबिक कन्धनीडाँडा गाविस –४ को परिवर्तित लेखनात नगरपालिका –४) पोखरा महानगरपालिका–२६ स्थित सामुदायिक विद्यालय (अमरज्योति आधारभूत विद्यालय) को स्वामित्वमा रहेको (कित्ता नम्बर ७२५ को क्षेत्रफल ३–३–०–० र ७५९ को क्षेत्रफल २–८–०–०) जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।   उजुरीमा उल्लेख भएअनुसार वि.स २०४४ सालमा स्थापित अमरज्योति आधारभूत विद्यालयले स्थापना कालदेखि नै सरकारको स्वामित्वमा छ ।   तर पछिल्लो समय सो जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै गत चैत्र २७ गते अख्तियारमा उजुरी (सि–०६५५६३) दर्ता भएको छ ।   उजुरीमा भनिएको छ, ‘विद्यालयको जग्गा हो भन्ने जान्दा जान्दै पनि हाल आएर करोडौं रुपैयाँको चलखेल गरी करोडौं पर्ने जग्गा हुँदा बाडचुड गरी खाने दुषित नियत गरी मेल खामोस मिलाई करोडौं रुपैयाँ लिनुदिनु गरी विपक्षहरुसमेत मिली भ्रष्टाचार गरी राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीमा हाल आएर कोही कसैले विद्यालयको जग्गामा दावी गर्न नमिल्नेमा विद्यालयको जग्गालाई २०३२ सालदेखि नै भोगचलन गर्दै आएको भनी झुट्टा कुरा लेखी जग्गा दर्ता गर्न   विपक्षी मध्येका भिम बहादुर बिकको नामबाट निवेदन गर्न लगाई आफु कार्यवहाक भएको मौका छोपी वडा कार्यालयलाई पत्राचार गर्न लगाई कार्यवहाक अध्यक्ष भएको मौका मिलाई सिफारिससमेत  गरी रातारात उक्त आयोगका अध्यक्ष, सदस्यसमेत मिली अख्तियारको दुरुपयोग गरी बदनियतपूर्ण तवले भ्रष्टाचार गरी गैरकानूनी निवेदन एवं वडा कार्यालयको सिफारिस बनाई आयोगबाट जग्गा दर्ता गर्ने निर्णय गरेको सबैकुरा हामीलाई जानकारी हुन आएकाले अख्तियारको दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ एवं ऐ.को  नियामावली २०५९ को नियम ६ बमोजिम निवेदन गर्न आएका छौं ।’   एमाले वडा कमिटी २६​ को आपत्ती   नेकपा एमाले वडा कमिटी २६ ले सामुदायिक विद्यालय व्यक्तिको नाममा दर्ता गरेको भन्दै विज्ञप्तीमार्फत आपत्ती जनाएको छ ।   कार्यवहाक अध्यक्ष मिना श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘शसस्त्र युद्ध, संविधान निर्माणपश्चात पुन: जनाताका लागि आवश्यक बासका निम्ति निरन्तर जनताका पक्षमा लड्दै आइरहेको सन्दर्भमा पोखरा महानगरपालिका वडा २६ को घैटेखोरस्थित अमरज्योति गाउँफर्क माविको संरक्षणमा रहेको (कित्ता नम्बर ७२५, क्षेत्रफल ३–३–०–०) जग्गा राष्ट्रिय भूमि आयोग र पोखरा महानगरपालिका वडा २६ को मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको भन्ने कुरा सम्बन्धित क्षेत्रका जनताबाट जानकारी आएपश्चात   ​ उक्त जग्गा विद्यालयको संरक्षणमा रहदैंआएको र विद्यालयकै नाममा सेतो पुर्जासमेत रहेको हुँदा व्यक्तिलाई आवासमा दिन नमिल्ने जग्गा सिफारिस गरिएको प्रति नेकपा एमाले पोखरा–२६ को गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ उक्त जग्गा साविक विद्यालयलाई फिर्ता गर्नका लागि सबै सरोकारवालाहरुलाई आह्वान गर्दै उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीका लागि हार्दिक अपिल गर्दछौं ।’