काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

काठमाडौं:    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ । बैठक सकिएपछि आज पत्रकारसँग कुराकानी गर्नुहुँदै जनता समावादी पार्टी (जसपा)का नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रदेशलाई अधिकार दिन अध्यादेशबाटै भए पनि कानुन कार्यान्वयन गर्न मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो । “सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताकोविरुद्ध विविध शक्ति लागेका छन् । सङ्घीयतालाई कार्यान्वयन गर्न सरकार अग्रसर भएर लाग्नुपर्छ । प्रदेशलाई अधिकार नदिँदा जनतालाई प्रदेश सरकार बोझ हो कि भन्ने परेको छ”, श्रेष्ठले भन्नुभयो, “संविधानमै भएको व्यवस्थालाई आठ वर्षसम्म कार्यान्वयन गर्न नसक्नु कमजोरी हो । अध्यादेशबाटै भए पनि कार्यान्वयन गर्न मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।” बैठकमा गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतामाथि बढ्दो रुपमा प्रश्नहरू उठिरहेकाबारे नेताहरूले चिन्ता व्यक्त गरेको उहाँको भनाइ थियो । समाजवादी मोर्चालाई प्रदेशस्तरमा जनताको उत्साहपूर्ण सहयोग रहेको उल्लेख गर्दै श्रेष्ठले यसलाई थप निरन्तरता दिनुपर्ने सुझाव आएको पनि बताउनुभयो । “अहिले मोर्चा विस्तारको क्रममा प्रदेशस्तरमा जनताको उत्साहपूर्ण सहयोग रहेको हाम्रो ठहर छ”, उहाँले भन्नुभयो । नेता श्रेष्ठले बैठकमा सरकारले भ्रष्टाचारविरुद्ध उदाहरणीय काम गरेको भन्दै प्रशंसासमेत गर्नुभयो । अहिले सरकारको तर्फबाट भ्रष्टचारविरुद्धका काम इतिहासमै धेरै भएका भन्दै मोर्चाले सरकारको यस कदमका लागि धन्यवाद ज्ञापन गरेको उहाँले बताउनुभयो । नेता श्रेष्ठले अब मोर्चाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताका सर्न्दभमा उठेका सवाललाई चिर्नेगरी कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मोर्चाले जिल्लामा गठन हुन बाँकी सबै जिल्ला संयोजक समिति गठन गर्ने तथा मुख्य सहरमा विविध कार्उक्रम गर्नेलगायत योजना बनाएको छ ।” मोर्चालाई नयाँ ढङ्गबाट अघि बढ्ने विषयमा पनि छलफल भएको उहाँको भनाइ थियो । मोर्चाको बैठक आज साँझ ६ बजे पुनः बस्ने गरी टुङ्गिएको छ ।

काठमाडौं:    समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् ।  बैठकमा सरकारको एक वर्षको समीक्षाका साथै आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

काठमाडौं:  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष दलका शीर्ष नेताबीचको बैठक सकिएको छ।   संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन प्रधानमन्त्री दाहालले बोलाएको शीर्ष नेता बीचको बैठक सोमबार पुन: बस्ने गरी सकिएको हो।   बैठकमा प्रधानमन्त्री दाहालसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।   प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो। सोमबार पुन: बैठक बस्ने सहमति भएको उनले जानकारी दिए।   बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ।   उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।   मङ्गलवारबाट सुरु भएको बैठकमा रूपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दैछ ।    बैठकमा आउँदो केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।   बैठकमा पार्टीको आउँदो कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले बताउनुभयो ।

सत्तारुढ दल नेकपा (एकीकृत माजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।   आजको बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठक सोमबार र मङगलवार बस्नेछ ।

नेकपा एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा समापन भएको छ । १८ दिनअघि बैतडीको झुलाघाटबाट शुरू भएको समृद्धिका लागि सङ्कल्प यात्रा आज पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको हो ।   चिवाभन्ज्याङमा रहेको नेपाल–भारत सीमा स्तम्भ नजिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्राको समापन गर्नुभयो । कार्यक्रममा अध्यक्ष ओलीले १८ दिनको मध्यपहाडी लोकमार्गको यो यात्राले देशमा रहेका विभिन्न समस्या समाधान गर्न एमाले सक्षम छ भन्ने सन्देश प्रवाह गरेको दाबी गर्नुभयो ।   आफूहरुको अभियानका क्रममा नागरिकले दिएका सल्लाह सुझावलाई मनन गर्ने र समस्यालाई समाधान गर्न पहल गर्ने ओलीले बताउनुभयो । यात्राका क्रममा नेता कार्यकर्ता र स्थानीयको कुरा सुन्दा वर्तमान सरकार असफल भएको पाइएको ओलीको दाबी छ ।   उहाँले प्रचण्ड नेतृत्वको यो सरकार शान्ति सुरक्षा र विकासका लागि असफल भइसकेको दाबी गर्दै अब एमाले नै देशको दरिलो शक्तिका रुपमा स्थापित हुने जिकिर गर्नुभयो ।   झुलाघाटबाट यात्राको सुरु गरेदेखि १७ दिनसम्म गाडी यात्रा गर्नुभएका ओली आज भने फिदिमबाट चिवाभञ्ज्याङसम्म हेलिकप्टरमा जानुभएको थियो । मध्यपहाडी लोकमार्गले छुने २६ वटा जिल्लाहरुमा एमालेले गएको मङ्सिर १४ गते आजसम्म विभिन्न र्‍याली, सभा र भेटघाट गरेको हो । 

गण्डकी:    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याउनुभयो । “कतिपय दलहरुले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो रु”, महामन्त्री शर्माले भन्नुभयो,“२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरुबीच छलफल गरौँ ।” उहाँले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाउनुभयो ।  महामन्त्री शर्माले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको बताउनुभयो । कांग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उहाँले बताउनुभयो । “देशको जितको खोजी प्रमुख कुरा हो, कांग्रेसको जित महत्वपूर्ण कुरा होइन”, उहाँले भन्नुभयो, “अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो ।” उहाँले कांग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।