काठमाडौं:   सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज (शुक्रबार) एकै दिन प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। उनको सचिवालयका अनुसार मन्त्र...

काठमाडौं:     नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो । गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको हो । कांग्रेसले महासमितिलाई सम्पन्न गर्न प्रचार–प्रसार उपसमितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य उदयशमरशेर राणा, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतलाई जिम्मेवारी दिएको जनाइएको छ । यस्तै स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य उर्मिला नेपाल केसी, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य धना खतिवडा, आर्थिक उपसमितिको संयोजकमा केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा, प्रदेश समन्वय उपसमितिको संयोजकमा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा ललितपुर कांग्रेसका सभापति जीतेन्द्र श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीले मात्रै नभई मित्रराष्ट्रले समेत चासोका साथ हेर्ने कांग्रेसको महासमितिको बैठक भव्य, सभ्य, व्यवस्थित र परिणाममुखी बनाउन कांग्रेसले पछिल्लो समय सबै उपसमितिलाई पूर्णता दिएर काम सुरु गरिसकेको बताइएको छ । पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वकर्माले पार्टीले गठन गरेका विभिन्न उपसमितिले आफ्नो काम सुरु गरिसकेको जानकारी दिनुभयो । महासमिति बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी गठन गरको र उक्त समितिमा पार्टी केन्द्रीय पदाधिकारी तथा पार्टी प्रवक्तालाई राखिएको छ । बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन पार्टीका महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रस्ताव पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने कार्यक्रम छ । कांग्रेसले फागन ७ गते उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तदान कार्यक्रम आयोजना गर्ने तथा कार्यक्रम सो अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ शिविर सञ्चालन गर्ने भएको छ । यस्तै सूचना, सञ्चार तथा प्रचार विभागले उत्पादन गरेका सामग्री बिक्री तथा वितरण केन्द्र राख्ने, नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राख्ने, महासमितिको बैठक हल बाहिर विभिन्न चमेनास्थलको व्यवस्था गर्ने जनाएको छ । महासमिति बैठकमा फागुन ६ देखि १० गतेसम्म मिडिया सेन्टर स्थापना गरिने, कार्यक्रमको उद्घाटन र समापनको प्रत्यक्ष प्रसारण गरिने, प्रत्येक दिन तीन–तीन घण्टामा सञ्चारमाध्यमलाई समाचार दिने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ । यस्तै महासमिति बैठकसम्बन्धी सबै किसिमका नियमित वा आकस्मिक सूचना प्रवाह गर्ने प्रविधियुक्त ९डिजिटल० एक सूचना केन्द्र स्थापना गर्ने र डिजिटल बोर्डबाट कम्तीमा तीन स्थानमा सूचना दिने व्यवस्था मिलाउनुका साथै महाधिवेशनमा सहभागीले स्मरणका लागि फोटो लिन आकर्षक स्थानमा सेल्फी प्वाइन्ट बनाउन लागिएको छ । सहभागीलाई दिइने सामग्रीः झोला, डायरी, कलम, महासमितिको लोगो, नीति प्रस्ताव एवं प्रतिवेदन प्रदान गरिने, महासमिति सदस्य बस्ने मुख्य स्थानबाट कार्यक्रम स्थलसम्म जानआउन निःशुल्क बस सेवा सञ्चालन गर्ने कांग्रेसले जनाएको छ । यसैगरी कार्यक्रम अवधिभर बिहानको चिया, नास्ता, खाना र दिउँसोको खाजा कार्यक्रमस्थलमै उपलब्ध हुनेछ भने बेलुकाको खाना र आवास सहभागी आफैँले व्यवस्था गर्नुपर्ने कांग्रेसले जनाएको छ । दुई हजार बढी प्रतिनिधि सहभागी रहने कांग्रेसको महासमिति बैठकमा देश तथा विदेशबाट दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता १ स्वतन्त्रता, न्याय र समानता ११ नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरका एक सय ६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्यले भाग लिनेछन् । यस्तै पार्टीको भ्रातृ संस्था, शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत भाग लिने कांग्रेसले जनाएको छ । महासमिति बैठक आउन केही दिनमात्र बाँकी रहँदा धेरै जिल्लाका प्रतिनिधिको नाम टुङ्गो लगाउन बाँकी छ । कांग्रेसले महासमितिमा भाग लिने प्रतिनिधिका बारेमा समेत आजको केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्ने तयारी गरेको छ । कांग्रेस निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले माघ २० गतेसम्म महासमिति बैठकमा भाग लिनका लागि देशभरका एक सय ३८ निर्वाचन क्षेत्रबाट प्रतिनिधि टुङ्गो लगाएर पार्टीलाई बुझाइसकिएको जानकारी दिनुभयो । “माघ २० गतेपछि आएका केही क्षेत्रका प्रतिनिधिको नामावलीमा विवाद देखिएको छ, यसका बारेमा हामीले आवश्यक अध्ययन गरिरहेका छौँ, निर्वाचन समितिले हालसम्म एक सय ३८ क्षेत्रको प्रतिनिधि टुङ्गो लगाएको छ, बाँकी २७ क्षेत्रको टुङ्ग्याउन बाँकी छ”, सदस्यसचिव श्रेष्ठले भन्नुभयो । निर्वाचन समितिका अनुसार भोजपुर, काठमाडौँको क्षेत्र नं ५ र ६, रामेछाप, पर्वत, धादिङ, दोलखा, बारा, पर्सालगायका जिल्लामा महासमिति सदस्य टुङ्गिन बाँकी छ । निर्वाचन क्षेत्रबाहेक निर्वाचन समितिले पार्टीको भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट आएका नामावलीसमेत टुङ्गो लगाएर पार्टीलाई बुझाइसकेको श्रेष्ठले बताउनुभयो । सबै क्षेत्रको प्रतिनिधिको नाम टुङ्गिएमा महासमितिमा दुई हजार तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । 

पोखरा:    एमालेका युवा नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले पोखरा–बुटवल र नारायणगढ त्रिकोणात्मक सहरको रुपमा विकास हुँदै गरेको बताएका छन् । बुटवल–नारायणगढ तथा मुग्लिन–पोखरा सडक स्तरोन्नति भइरहँदा सिद्धार्थ राजमार्गसमेत स्तरोन्नतिका लागि विश्व बैंकसँग सम्झौताको अन्तिम तयारी भएको उनले जनाए । ‘पोखरा–बुटवल सडकलाई साढे २ घण्टामा छोट्याउने गरी डबल लेनमै भए पनि स्तरोन्नतिका लागि विश्व बैंकसँग सम्झौताको अन्तिम तयारी भएको छ । यही वर्षदेखि सम्झौता भएर कार्यान्वयनमा गयो भने नारायणगढ–पोखरा–बुटवल ३ सहरलाई साढे ७ घण्टाको दुरीमा सीमित गर्न सकिन्छ,’ पाल्पा हाउसमा उनको सम्मानमा आयोजित समारोहमा बोल्दै उनले भने, ‘त्रिकोणात्मक रुपमा एउटा सिटीमा कन्भर्ट गर्ने मोडलमा गई सिंगो नेपालको विकासमा राम्रो उपलब्धि हुनेछ ।’ कालीगण्डकी करिडोरअन्तर्गत राम्दीदेखि रानीमहलसम्म ट्रयाक खोल्न आफूले सदनमा बोलेकोबोल्यै गरेको उनले बताए । पटक पटकको दबाबपछि अर्थ मन्त्रालयले १ अर्ब ४८ करोड खर्च स्वीकृतिका लागि साइन गरेको र चालु आवमै उक्त ट्रयाक खोल्न टेन्डरमा जाने उनको भनाइ थियो । उनले लुम्बिनी र गण्डकी प्रदेशसँग जोडिएको पर्यटकीय एवं धार्मिक क्षेत्र रानीमहल, रिडी, छेर्लुङ वरिपरि पर्यटन पूर्वाधारका हिसाबले निजी क्षेत्रबाट नै केही संरचना निर्माण गर्न सकिएमा दुवै प्रदेशको पर्यटन विकासमा पनि सघाउ पुग्ने बताए । २०४६ सालको परिवर्तनपछि भएको पाल्पा विकास गोष्ठीको निष्कर्ष स्मरण गर्दै उनले पाल्पाको विकासका मूल आधार ः शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र पर्यटन भएको बताए । त्यसबेला पूर्वाधार विकासतर्फ तानसेन–छहरा–अर्घाखाँची मोटरबाटो, तानसेन–चिलाङ्दी–राम्दी, आर्यभञ्ज्याङ–रामपुर तथा बाँस्टारी–झडेवा हुँदै खैरेनी जोड्ने मोटरबाटो गरी ४ सडक पूर्णरुपमा सम्पन्न गरी कालोपत्रे गर्न सकिएमा पाल्पाको विकासमा पूर्वाधार तयार हुने निष्कर्ष रहे पनि ती सडक सबैभन्दा अप्ठेरो र धूलाम्यमै सीमित हुनु दुखदायी हो भने । ती सडक विकासमा आगामी वर्षको योजनामा समेट्ने प्रयास भइरहेको उनले जनाए । पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका सुन्तलाको पकेट क्षेत्र भएको उल्लेख गर्दै वन क्षेत्रमा पनि सुन्तला खेती गर्नुपर्ने बताए । उनले कुसुमखोला र बाँस्टारीमा कोल्डस्टोर निर्माणको कोशिस भएको जनाए । पाल्पाको भगवती जात्रालाई सरकारीको औपचारिक कार्यक्रम बनाउनुपर्ने आवश्यकता औंल्याए । पञ्चायतकालदेखि नै पाल्पा जिल्ला मानव सूचकांकमा विकसित जिल्ला भएको उल्लेख गर्दै उनले जिल्लाको समग्र विकासमा सबै जनाले हातेमालो गर्नुपर्नेमा जोड दिए । जिल्लाका २ निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यान्वयन भएकोमा अहिले ५ वर्ष पूरा भएर छैटौं वर्ष प्रवेश गर्दासमेत प्रगति ११ प्रशितमात्र भएकोमा गुनासो गरे । गत वर्ष आफू सांसद निर्वाचित हुने बेला तानसेन–बुटवल यात्रा गर्दा साढे ३ घण्टा लाग्ने र झोलामा एकजोर कपडासमेत बोक्नुपर्ने अवस्था भएको स्मरण गर्दै डुम्रे, चिडियाखोला (कालीमाटी), भूतखोला लगायत चार ठाउँबाहेक सडक स्तरोन्नति भएको दाबी गरे । सिद्धबाबा सुरुङमार्ग प्रारम्भिक चरणमा रहेको र यो समयमै सम्पन्न गर्न सकिएमा तानसेन–बुटवल सडक सरल बन्ने अपेक्षा गरे । एमालेका युवा नेता गैरे अनेरास्ववियूका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष उनी पोखरामा सुरु मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता उद्घाटन अवसरमा यहाँ आएका हुन् । पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा शनिबार आयोजित समारोहमा सांसद गैरेलाई पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरे, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पा कोलोनीका अध्यक्ष रेशम रचक, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेलले पाल्पाली ढाकाटोपी, खादा र माला लगाएर स्वागत गरे । पाल्पा हाउस खोलेर एकताबद्ध रुपमा पाल्पालीहरु लाग्दा पोखरासहित पाल्पाको समेत विकासमा सघाउ पुग्ने विश्वास लिए । 

काठमाडौं:    प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ ।  २९ औँ जनयुद्ध दिवसको अवसर पारेर दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक र सामाजिक क्षेत्रका अगुवाहरूलाई स्वागत गर्दै उहाँले परिवर्तनकारीहरूको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताउनुभएको हो । ‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ’– प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको धारको नेतृत्वमा हामीले गरेका छौँ भने यसलाई उल्ट्याउन खोज्नेहरू पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका छन्, बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्ध जोगाउन सबै परिवर्तनकारीहरू एक ठाउँमा आउने बेला भएको छ ।’ विगतमा माओवादी आन्दोलनमा रहेकाहरूबिच संस्थागत रुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै उहाँले यो सँगसँगै व्यक्तिगत रुपमा पनि क्रान्तिकारीहरू ध्रुवीकृत भइरहेको बताउनुभयो । जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रुवीकरणमा सामेल हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।  ऐतिहासिक दिनमा पार्टीमा समाहित भएकोमा धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सो क्रममा उहाँले पार्टी विधान र दस्ताबेजहरूमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने पनि स्पष्ट गर्नुभयो ।  सो क्रममा लामो विप्लव नेकपाको नेतृत्वमा रहिसक्नुभएका दाङका युवा नेता ईश्वरी पाण्डे, सोही पार्टीमा रहनुभएका तुलसीपुर खानेपानी संस्थाका पूर्व अध्यक्ष खेमराज ओली, पर्यावरण अभियन्ता गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावत, एमालेमा रहनुभएका अगुवा व्यवसायी युवराज केसी र शैक्षिक अभियन्ता हिमाल डाँगीलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो । त्यस्तै बर्दियाका युवा नेता एवं व्यवसायी मोहनलाल चौधरी पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नयाँ शक्तिको जिल्ला अध्यक्ष हुँदै नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसक्नुभएका चौधरी होटेल सङ्घ बर्दियाका अध्यक्ष पनि हुनुहुन्छ । कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेताहरू पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मस्की, सुरेश पन्त, शेषुराम भण्डारीलगायतको उपस्थिति थियो ।

पोखरा:   नेकपा एमाले निकट जनसंगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटि कास्कीको दोश्रो अधिवेशन टेकबहादुर पुनको अध्यक्षतामा ९ सदस्य पछि थप गर्ने गरि ३५ सदस्यीय कार्य समिति चयन गरी विहिबार सम्पन्न भएको छ । कमिटिका उपाध्यक्षमा अग्नी प्रसाद तिवारी र ठुली गोले तामाङ, सचिवमा मोहन गुरुङ, उपसचिवमा हेममाया तामाङ र विजय शाही, कोषाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ चयन भएका छन् ।   त्यसै गरी सदस्यहरुमा देवबहादुर विक, हेमचन्द्र मुडभरी, रोम बहादुर गुरुङ, चन्द्रमा घर्ति, विरबहादुर परियार, सपना परियार, लोक बहादुर सेन, मान बहादुर गुरुङ, सविता गुरुङ, सरस्वती नेपाली, इन्दिरा भट्टराई, देव बहादुर विक, भिमबहादुर रोकाह मगर, इन्द्रबहादुर खड्का, सरोज राई, उजेली घर्ति, दुर्गा बहादुर गुरुङ, कृष्ण गुरुङ अधिकारी र हरिमाया विक सर्वसम्मत चयन भएका छन् ।  

पोखरा:  नेकपा एमाले जिल्ला कमिटी कास्कीको आगामी चैत्र १० र ११ गते हुने ११ औं जिल्ला अधिवेशनका लागि जिम्मेवारी तोकिएको छ ।   आज (सोमबार) बसेको ११ औं  सचिवालय बैठकले अधिवेशन व्यवस्थित गर्न विभिन्न जिम्मेवारी तोकेको हो ।   निर्णयानुसार मुल व्यवस्थापन समितिको संयोजकका रुपमा जिल्ला अध्यक्ष मन बहादुर गुरुङले जिम्मेवारी लिएका छन् ।   यस्तै स्वंयमसेवक उप–समितिको जिम्मेवारी उपाध्यक्ष तेजनारायण अधिकारीले सम्हाल्नेछन् ।   प्रतिनिधि व्यवस्थापन उपसमितिमा सचिव बैन बहादुर अधिकारी क्षेत्री, प्रचार प्रसार उपसमितिमा उपसचिव दर्शन लामा, जनपरिचालन उपसमितिमा उपसचिव नवराज ओझा, अतिथि सत्कार उपसमितिमा हिरा गिरी, आर्थिक, खानखाजा उपसमितिमा चिरञ्जिवि पोखरेल, मञ्चव्यवस्थापनमा आर पी खनाल, स्वास्थमा डा. छममाया पुन, आवास व्यवस्थापनमा कृण्ण न्यौपाने, सांस्कृतिकमा सुरेन्द्र गुरुङलाई जिम्मेवारी तोकिएको छ ।      

काठमाडौं:   नेकपा (एकीकृत समाजवादी)ले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मुल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला  पुरस्कृत हुने जनाइएको छ ।  महाधिवेशन केन्द्रित सङ्गठन सुदृढीकरण अभियानलाई थप गतिशील बनाउन यस किसिमको कार्यक्रम ल्याइएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । यही माघ २५ देखि आगामी चैत २५ गतेसम्म देशभर सञ्चालन हुने सो  अभियान समाप्त भएलगत्तै जिल्लाको छनोट गरी पुरस्कृत गरिने उनले जानकारी दिए । सो पार्टीले सदस्यता नवीकरण गर्न आगामी चैत मसान्तसम्म समय तोकेको छ । आगामी जेठमा हुने महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएकाले केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीमा रहेका नेताले समयमै आफ्नो कार्यक्षेत्रका सदस्यलाई जानकारी गराउन पार्टीले निर्देशन दिएको छ । महाधिवेशनमा सहभागिताका लागि पार्टीले तल्लो कमिटीका सुझाव समावेश गरी विधान संशोधन गरिसकेको छ ।

काठमाडौं:   सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने निर्णय गरेको हो ।   २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।   प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ । तर गणतन्त्र स्थापना पछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो ।   अहिले नेपाली कांग्रेससहितको गठबन्धन सरकारले भने तीन दिनसम्म विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।   प्रजातन्त्र दिवस  मूल समारोह समितिले गरेको निर्णय अनुसार आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रम निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइने छ ।   फागुन ६ गते नै राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने र विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।     प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयका छत, बरण्डा र परिसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घर-घरमा दीप प्रज्ज्वलन गरिनेछ ।   यस्तै सबै जिल्लाहरूमा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्लास्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने सरकारको निर्णय छ ।

काठमाडौं:    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“ सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ । ” सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा स्थित जामिया इस्लामिया मदर्सामा सोमबारदेखि सुरुआत भएको चारदिने वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था गरेको बताउनुभयो ।  प्रदेश सरकार दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेको र यस्ता जनशक्तिलाई प्रदेशमै रोजगारीको अवस्था सिर्जना गर्नेसमेत उहाँले दाबी गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेश सभासदस्य इसराइल मन्सुरी, सदानन्द मण्डल, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादलगायतको सहभागिता थियो ।

काठमाडौं:     प्रतिनिधिसभाको बैठक सकिएको छ । हिउँदे अधिवेशनको रुपमा आजबाट सुरु भएको प्रतिनिधिसभा बैठक माघ २४ गते बस्ने गरी स्थगित भएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र पढेर सुनाएका थिए । त्यस्तै बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८० पेस गरेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गरेका छन् । राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पनि टेबुल भएको छ ।