नवलपरासी:   जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ। ...

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई झापा–५ बाट उम्मेदवार बनाएको छ भने उपसभापति डिपी अर्याल (डोलप्रसाद) लाई काठमाडौं क्षेत्र नम्बर ९ बाट टिकट दिएको छ । यस्तै, शिशिर खनाल काठमाडौं–६, विराजभक्त श्रेष्ठ काठमाडौं– ८, इन्दिरा रानामगर झापा–२ तथा सोबिता गौतम चितवन–३, उत्तम पौडेल कास्की–२ बाट उम्मेदवार बन्ने भएका छन् ।   रास्वपाले टुंग्याएको ३३ क्षेत्र र उम्मेदवार १. ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ २. झापा–१ – निशा डाँगी ३. झापा–२ – इन्दिरा रानामगर ४. झापा–३ – प्रकाश पाठक ५. झापा–४ – शम्भु सुस्केरा ६. झापा–५ – बालेन शाह ७. मोरङ–३ – गणेश कार्की ८. ओखलढुंगा – विश्वराज पोखरेल ९. उदयपुर–२ – सूर्यबहादुर तामाङ १०. काठमाडौं–६ – शिशिर खनाल ११. काठमाडौं–७ – गणेश पराजुली १२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ १३. काठमाडौं–९ – डिपी अर्याल ९डोलप्रसाद० १४. चितवन–१ – हरि ढकाल १५. चितवन–२ – रवि लामिछाने १६. चितवन–३ – सोबिता गौतम १७. गोरखा–१ – सुदन गुरुङ १८. गोरखा–२ – कविन्द्र बुर्लाकोटी १९. नवलपुर–१ – राजन गौतम २०. जुम्ला – बिनिता कठायत २१. बाजुरा – हेमराज थापा २२. कञ्चनपुर–१ – जनकसिंह धामी २३. कञ्चनपुर–२ – दीपक बोहरा २४. कञ्चनपुर–३ – ज्ञानेन्द्र महता २५. कैलाली–१ – कोमल ज्ञवाली २६. कैलाली–३ – लक्ष्मण थारू २७. कैलाली–४ – हरि रेग्मी २८. कैलाली–५ – आनन्द चन्द २९. बाँके–३ – खगेन्द्र सुनार ३०. दाङ–२ – विपिन आचार्य ३१. रुपन्देही–३ – डा. लेखजंग थापा ३२. कास्की–२ – उत्तम पौडेल ३३. स्याङ्जा–१ – धनञ्जय रेग्मी

काठमाडौं:  युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो । “उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाउनुभएको छु,” उहाँले भन्नुभयो, “आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु ।” जेनजी आन्दोलनपछि गठन भएको सरकारमा उहाँले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । वर्तमान सरकारमा उहाँ जेनजी पुस्ताको प्रतिनिधित्व गरिरहनुभएको थियो ।

काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।  आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।  स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्रमुखले प्रमुखलाई राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ।

काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेको संसद्का प्रवक्ता एकराम गिरिले बताए ।  नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन् । उनीहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो । 

काठमाडौं: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेको हो । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् । उनका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ ।  उनका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।

काठमाडौं:   नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको तय गरेको छ । आज बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । यी हुन् एमालेका उम्मेदवारः को कहाँ ? सुदूरपश्चिम प्रदेश कैलाली १. द्वारिका न्यौपाने २. सूर्यबहादुर थापा ३. गौरीशंकर चौधरी ४. लेखराज भट्ट ५. यज्ञराज ढुङ्गाना कञ्चनपुर १. कमला बोहरा २. वचनबहादुर सिंह ३. दीपक भट्ट अछाम १. झपटबहादुर बोहरा २. यज्ञ बोगटी बाजुरा १. लालबहादुर थापा डोटी १. दीपक धामी डडेल्धुरा १. चक्र स्नेही बझाङ १. अफिलाल ओखेडा बैतडी १. दामोदर भण्डारी दार्चुला १. गणेशसिंह ठगुन्ना कर्णाली प्रदेश सल्यान १. गुलाबजंग शाह रुकुम पश्चिम १. नन्दराम देवकोटा सुर्खेत १. धुर्व शाही २. कुलमणि देवकोटा कालिकोट १. नागेन्द्र शाही (नेसनल) जुम्ला १. शान्तिबहादुर महत मुगु १. पूर्णबहादुर रोकाया हुम्ला १. दल फडेरा डोल्पा १. लङ्क रोकाया दैलेख १. रविन्द्रराज शर्मा २. लक्ष्मीराज शर्मा जाजरकोट १. डम्मरबहादुर सिंह लुम्बिनी प्रदेश नवलपरासी १. रामप्रसाद पाण्डे २. भगवतीप्रसाद यादव रुपन्देही १. अध्यक्षले टुङ्गाउने २. अध्यक्षले टुङ्गाउने ३. बासुदेव घिमिरे ४. अध्यक्षले टुङ्गाउने ५. खिमलाल भट्टराई कपिलवस्तु १. विश्राम चौधरी २. अध्यक्षले टुङ्गाउने ३. बिरेन्द्र कडौनिया दाङ १. अध्यक्षले टुङ्गाउने २.  अध्यक्षले टुङ्गाउने ३. घनश्याम पाण्डे बाँके १. सूर्य ढकाल २. अध्यक्षले टुङ्गाउने ३. दलबहादुर सुनार बर्दिया १. सालिकराम अधिकारी २. विमला विक पाल्पा १. नारायण आचार्य २. विष्णुप्रसाद पोडेल रुकुम पूर्व १. अध्यक्षले टुङ्गाउने रोल्पा १. गोकुल घर्ती प्यूठान १. सूर्यबहादुर थापा अर्घाखाँची १. पिताम्बर भुसाल गुल्मी १. प्रदीप ज्ञवाली २. गोकर्ण बिष्ट गण्डकी प्रदेश नवलपुर १।.भागीरथ सापकोटा २. तिलबहादुर (तिलक) महत क्षेत्री गोरखा १. आरसी लामिछाने २. मिलन गुरुङ लमजुङ १. पृथ्वीसुब्बा गुरुङ तनहुँ १. भगवती न्यौपाने २. केदार सिग्देल स्याङ्जा १. मिनप्रसाद गुरुङ २. खिमबहादुर थापा म्याग्दी १. हरिकृष्ण श्रेष्ठ कास्की १. बैनबहादुर अधिकारी क्षेत्री २. कृष्ण थापा ३. दामोदर बैरागी बागलुङ १. हिरा केसी २. मञ्जु शर्मा चालिसे मुस्ताङ १. इन्द्रधारा बिष्ट मनाङ १. पोल्देन सोताङ गुरुङ पर्वत १. पदम गिरी बागमती प्रदेश सिन्धुली १. प्रदीप केसी (कटुवाल) २. मनोजजंग थापा रामेछाप १. माधवप्रसाद ढुङ्गेल दोलखा १. पार्वत गुरुङ सिन्धुपाल्चोक १. आङदोर्जे शेर्पा २. शेरबहादुर तामाङ काभ्रे १. अमित लामा २. अध्यक्षले टुङ्गाउने धादिङ १. भूमी त्रिपाठी २. धनबहादुर घले नुवाकोट १. बद्री मैनाली २. केशव पाण्डे रसुवा १. प्रेमबहादुर तामाङ मकवानपुर १. रामेश्वर राना २. महेश बर्तौला चितवन १. कृष्णराज (कमल) पाठक २. अस्मिन घिमिरे ३. शंकरराज थपलिया काठमाडौं १. मोहन रेग्मी २. मणिराम फुयाल ३. रामेश्वर फुयाल ४. अध्यक्षले टुङ्गाउने ५. अध्यक्षले टुङ्गाउने ६. अमनकुमार मास्के ७. अध्यक्षले टुङ्गाउने ८. राजेश शाक्य ९. अध्यक्षले टुङ्गाउने १०. विनोद श्रेष्ठ ललितपुर १. चेतनाथ सञ्जेल २. प्रेमबहादुर महर्जन ३. अध्यक्षले टुङ्गाउने मधेश प्रदेश सप्तरी १. सुमन प्याकुरेल २. सतिश सिंह ३. ताराकान्त चौधरी ४. बालकृष्ण चौधरी सिराहा १. केदार यादव २. नविनकुमार यादव ३. लिलानाथ श्रेष्ठ ४. बिल्टु यादव धनुषा १. रामचन्द्र मण्डल २. उमाशंकर अग्रहरि ३. जुली महतो ४. रघुवीर महासेठ महोत्तरी १. लक्ष्मी महतो कोइरी २. रामपरिक्षण यादव ३. अध्यक्षले टुङ्गाउने ४. सरोज यादव सर्लाही १. अध्यक्षले टुङ्गाउने २. अध्यक्षले टुङ्गाउने ३. हरि उप्रेती रौतहट १. अजय गुप्ता २. शैलेन्द्र साह ३. कुन्दन कुशवाहा ४. रामजी शाह बारा १. अच्युत मैनाली २. बलवीर चौधरी ३. ज्वाला शाह ४. किसान श्रेष्ठ पर्सा १. अध्यक्षले टुङ्गाउने २. अध्यक्षले टुङ्गाउने ३. प्रमोद जैसवाल ४. जालिम मियाँ अन्सारी कोशी प्रदेश ताप्लेजुङ १. अध्यक्षले टुङ्गाउने पाँचथर १. ऐन्द्रसुन्दर नेम्वाङ इलाम १. काजिमान कागते २. सुहाङ नेम्वाङ झापा १. रामचन्द्र उप्रेती २. देवराज घिमिरे ३. अध्यक्षले टुङ्गाउने ४. मनोज ताम्ली ५. केपी शर्मा ओली संखुवासभा १. डा. अर्जुन कार्की धनकुटा १. राजेन्द्र राई भोजपुर १. शेर्दन राई तेह्रथुम १. भानुभक्त ढकाल सुनसरी १. सूर्य पन्दाक २ र ३. जगदीश कुसियात .सो मध्य–१ अध्यक्षले टुङ्गाउने) ४. भगवती चौधरी मोरङ १. घनश्याम खतिवडा २. दिलीप बगेडिया ३. दिलीप राई ४. जीवन घिमिरे ५. अध्यक्षले टुङ्गाउने ६. अध्यक्षले टुङ्गाउने सोलुखुम्बु १. कल्पना राई ओखलढुंगा १. अस्मिता थापा उदयपुर १. दुर्गा थापा स्वोती २. अमर रायमाझी खोटाङ १. देवविक्रम राई

काठमाडौं:  नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नु भएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ।  शनिबार काठमाडौंमा बसेको पार्टीको नव निर्वाचित केन्द्रीय कार्य समितिको बैठकले देउवाले पार्टीमा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै आभार व्यक्त गरेको हो।  उहाँले पार्टीमा पुर्‍याउनु भएको योगदानको मूल्याङ्कन गर्दै बैठकले आभार व्यक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनु भयो। त्यसैगरी बैठकले पदमा नरहेर पनि पार्टीमा नेतृत्व प्रदान गर्दै आएका नेताबाट आगामी दिनमा पनि अभिभावकीय भूमिका अझ बढी सक्रिय भएर लाग्न आग्रह गरेको छ। बैठकले कुनै पनि अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेको प्रवक्ता चालिसेले बताउनु भयो।   नेपाली कांग्रेसको नवनिर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा शनिबार केन्द्रीय कार्यसमिति बैठक बसेको हो।  निर्वाचन आयोगले शुक्रबार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि शनिबार नयाँ बानेश्वरमा बैठक बसेको हो। यो विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आधिकारिक मान्यतापछिको पहिलो बैठक हो।  बैठकले निर्वाचन आयोगले नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधान अनुसार मान्यता दिएको भन्दै यो कसैको जितहार नभएको प्रष्ट पारेको छ। ‘यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो बैठक हार्दिक आभार व्यक्त गर्दछ’, बैठकको पहिलो निर्णयमा भनिएको छ।  बैठकले सहकार्यका लागि सबै नेतालाई अनुरोध गर्दै फागुन २१ गते निर्वाचनमा सशक्त सहभागी हुन आह्वान गरेको छ। ‘यो समय एकता, सद्भाव र सहकार्यको समय हो। देश–विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समिति र सबै भातृ तथा शुभेच्छुक संस्थाका साथीलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ’, बैठकको निर्णयमा भनिएको छ।   विभिन्न कारणले पार्टीबाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सबै साथीलाई पार्टीमा पुनः जोडिन आह्वान गरेको छ। बैठकले यो नयाँ अध्याय भएको भन्दै रूपान्तरणका लागि सबैसँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ। 

काठमाडौं:  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् ।  नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।  सभापति थापाले विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढ्ने बताए । निर्वाचन आयोगले निर्णय गरिसकेपछि निर्णयलाई स्वीकार गरेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।  “पार्टीभित्रका अग्रज नेतालाईसँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्छौँ, पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेको छौँ, एकदुई दिनभित्र सिङ्गो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेका छौँ,” उनले भने । सभापति थापाले फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने समय नजिकिएसँगै समयको चाप रहेको भन्दै सबैलाई साथमा लिएर पार्टीलाई आगाडि बढाउने दृढता व्यक्त गरे ।

काठमाडौं:  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तामाङलाई सो झापा– ५ बाट उम्मेदवार बनाएको हो । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका संयोजक पुष्पकमल दाहालसँग चुनावी अनुमति प्रदान भएको भिडियो सार्वजनिक गर्दै तामाङले आफू सो क्षेत्रका लागि उम्मेदवार भएको जानकारी दिएका छन् । तामाङले भनेका छन् ।  ‘नेपाली कम्युनिस्ट पार्टीका संयोजक श्रद्धेय नेता  क. प्रचण्डले आगामी फागुन २१ गतेका लागि शुभकामना सहित चुनावी अनुमति प्रदान गर्नुभएको छ । नेतृत्वगणलाई  आभारसहित झापा क्षेत्र नं. ५ बासी आम मतदातामा चुनाव चिन्ह तारामा मतदान गरी जनसेवाको अवसरका लागि विशेष अपिल गर्दछु ।’ सो क्षेत्र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो । यो पटक पनि सो क्षेत्रबाट अध्यक्ष ओली उम्मेदवार हुने चर्चा छ ।