पोखरा:   घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...

गण्डकी:    गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा कारण सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताउनुभएको छ ।  जिल्ला सहकारी सङ्घ लि कास्कीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले पछिल्लो समय सहकारीभन्दा तर्सिने अवस्था सिर्जना भएको छ भन्नुभयो ।       “सहकारीको उद्देश्य, मर्म र भावनाविपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको हो”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सहकारी संस्थाका नियमनकारी निकाय पनि कमजोर देखिएका छन् ।” जतिसक्दो चाँडो सहकारीमा देखिएको समस्याको समाधान गरी सहकारी क्षेत्रको गुमेको साख फिर्ता ल्याउनुपर्ने उहाँको भनाइ छ ।       मुख्यमन्त्री पाण्डेले सहकारी बचत रकम अपचलनमा संलग्न भएको तथ्य प्रमाण भेटिए जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा आउने बताउनुभयो ।  “सरकारले विनातथ्य प्रमाण कसैलाई पनि केही गर्दैन, दोषी भए कारबाही हुन्छ, निर्दोष भए सोहीअनुसार हुन्छ, यसमा अन्यथा सोच्नुपर्ने विषय केही छैन ।” प्रदेश सरकारले सहकारीमार्फत कृषि उत्पादनमा लागेका किसानलाई अनुदान दिँदै आएको बताउनुभयो ।       गण्डकी प्रदेशका सहकारी रजिस्टार भेषराज रिजालले निष्क्रय रहेका सहकारी संस्था खोरजीको प्रक्रियमा रहेको बताउनुभयो । सहकारी संस्था धेरै हुँदा न्यून जनशक्ति र संरचनाबाट प्रभावकारी नियमनमा जटिलता रहेको उहाँको भनाइ छ ।  डेरी उद्योगसमेत सञ्चालन गर्दै आएको उक्त सहकारी सङ्घले झण्डै रु दुई करोडको लागतमा भवन निर्माण गरेको सङ्घका अध्यक्ष सावित्रा कोइरालालले जानकारी दिनुभयो । 

कास्की:     पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ ।  सरकारी विद्यालयहरुप्रति आकर्षण वृद्धि गर्नका लागि चालू आर्थिक वर्षदेखी कार्यान्वयन हुने गरी सो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताउनुभयो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै निःशुल्क हुने उहाँले बताउनुभयो । वडाध्यक्ष  बास्तोलाले भन्नुभयो ,“सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने गरी हाकीले काम गरिरहेका छौँ । सोही अनुसार वडामा स्थायी बसोबास रहेका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको बीमा गर्ने छौँ । ”  पोखरा–१२ मा अमरसिँह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र सरस्वती आधारभूत विद्यालय गरी तीन  विद्यालय छन् । यी विद्यालयमा चार हजार तीन सय विद्यार्थी अध्ययन गर्दछन् ।  पारिवारिक बीमा कार्यक्रमबाट सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि गर्ने र वडावासीको स्वास्थ्यमा पहुँच समेत बढाउने अपेक्षा गरिएको वडाध्यक्ष वास्तोलाले बताउनुभयो ।  चालु वर्षमा विमा कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको वडाले जनाएको छ । स्वास्थ्य विमा कार्यक्रममा वार्षिक रु तीन हजार पाँच सय प्रिमियम तिरेर परिवारका पाँच जना सदस्यले रु एक लाख बराबरको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था रहेको छ । बीमा प्रिमियम बापतको रकम वडाले भुक्तानी गर्नेछ ।  बीमा कार्यक्रममा सहभागिताका लागि वडामा स्थायी बसोबास खुल्ने अभिभावकको नागरिकता, विद्यालयका सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि सहित निवेदन आह्वान गरिएको वडा सचिव शारदा सापकोटाले बताउनुभयो । यसैगरी वडाले चालू वर्षदेखी सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयहरुमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गरिएको हो ।  वडाध्यक्ष बास्तोलाले  अन्य निजी विद्यालयहरुमा पनि संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षण सँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो ।”

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।           ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मूल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता मङ्सिर ८ गतेसम्म चल्नेछ ।  लाहाचोकस्थित महेन्द्र माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता छ ।  प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि खेलको विशेष महत्व हुने बताउनुभयो ।           खेलका माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुँदा खेलकुदलाई हरेक क्षेत्रले प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।      गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेल क्षेत्रमा गुणात्मक प्रगति गर्नका लागि गाउँपालिकाले आगामी दिनमा अझै रचनात्मक कार्यक्रमलाई अघि बढाउने विश्वास व्यक्त गर्नुुभयो ।      गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले गत वर्ष जस्तो यस वर्ष सङ्घीय सरकारबाट सहयोग प्राप्त नभए तापनि खेलकुदलाई प्राथमिकतामा राखेर पालिकाको आर्थिक लगानीमा यस प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो ।      माछापुछ्रे गाउँपालिका–२ का अध्यक्ष एवं प्रवक्ता गणेश आचार्य, वडा नं ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षेत्रीलगायतले खेलकुदले व्यक्तिगत एवं सामाजिक रुपमा पार्ने प्रभावलगायत विषयमा आआफ्ना धारणा राख्नुभयो ।  प्रतियोगिताअन्तर्गतका मार्चपास, विभिन्न दूरीका दौड, लङजम्प, नृत्यलगायत केही खेल आज सम्पन्न भएको आयोजकले जनाएको छ ।

पोखरा:  पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा आज दन्त शिविर तथा दन्त शिक्षा  कार्यक्रम सम्पन्न भएको छ ।  पैरवी हेल्थ एण्ड डेण्टल केयर सेन्टर प्रालिको सहयोगमा विन्ध्येश्वरी स्कुलमा दन्त शिविर तथा दन्त शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।  दन्त शिविरमा कक्षा नर्सरीदेखि १० कक्षा सम्मका विद्यार्थी तथा शिक्षक कर्मचारीहरुको दन्त परीक्षणसँगै दन्त शिक्षा दिइएको थियो ।  विद्यालयका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठले विद्यार्थी र शिक्षक कर्मचारीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पैरवी हेल्थ एण्ड डेण्टल केयर सेन्टर प्रा.लिको सहयोगमा शिविर सञ्चालन गरिएको बताए । 

पोखरा:    हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ।  यस रुटमा ६ स्थानमा प्रविधि सहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने छ।  जसका लागि आवश्यक सामाग्रीहरू डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्ने र त्यसलाई पोखरासम्म ल्याईपुर्याउनका लागि महानगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ।  तोकिएका बसस्टपहरुमा इन्टरनेट र बिजुलीबत्तिको व्यवस्थापन महानगरपालिका आफैले गर्नेछ। पहिलो चरणमा रु.१८ करोड बराबरको सामाग्रीहरू कोरियाले उपलब्ध गराउनेछ।  यसको पाइलोटिङ्संगै आगामी दुई वर्ष भित्र महानगर भित्रको सम्पूर्ण सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइनेछ। परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।  नगर प्रमुख धनराज आचार्यका अनुसार पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् ।  यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को। लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्नेछन्। कोरियाको तर्फबाट तारकम को.लिमिटेडका बिजनेस विभागका निर्देशक कि होन किमले नगर प्रमुख आचार्यसँग बुधवार छलफल गरेका छन्। किमले सबै सामाग्रीहरू परीक्षण पश्चात् तयारी हालतमा रहेकाले एक महिना भित्र नेपाल आइपुग्ने जनाएका छन् ।

पोखरा:     गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र बाल परिषद गण्डकीले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले बालबालिको अधिकारको सम्मान गर्ने भनेको राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार गर्नु भएको उल्लेख गरे । “बालबालिका हाम्रो समाजको भविष्य हुन् । उनीहरुको अधिकारको सम्मान गर्ने भनेको हाम्रो राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार गर्नु हो । बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षामा पहुँच र जीवनस्तरमा सुधार ल्याउनु हाम्रो प्राथमिक कर्तव्य हो । ”, उनले भने । नेपालले बाल अधिकारको क्षेत्रमा महत्वपूर्ण कदम चालेको र बालश्रम सँगै बालविवाहको अन्त्य गर्नका लागि कानूनी व्यवस्था बनाउन सफल भएको भनाई उनको छ । उनले बालबालिकाको शिक्षा र स्वास्थ्यमा सेवा पहुँच बढाउन विभिन्न कार्यक्रम र नीतिहरु प्रदेश सरकारले लागू गरेको बताए ।  बालबालिकाको संरक्षणका लागि शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षा क्षेत्रमा प्रदेश सरकारले विशेष ध्यान दिएको उनले उल्लेख गरे । मन्त्री थापाले बालबालिकाको अधिकारलाई सम्मान र सुरक्षा दिन केवल सरकारको मात्र जिम्मेवारी नभई नागरिहरुको जिम्मेवारी पनि भएको बताए ।  सबै मिलेर नै समाजका प्रत्येक बालबालिकालाई एक सुरक्षित र समान अवसरको जीवन प्रदान गर्न आवश्यक रहेको भनाई उनको छ । मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले बाल बालिकाको अधिकार प्रति प्रतिबद्द हुन आवश्यक रहेको बताए ।  सबै लागे बालबालिकाको समस्यालाई समाधान गर्न सकिने भनाई उनको छ ।  निबन्ध प्रतियोगितामा लमजुङ सुन्दरबजारकी ग्रीष्मा दवाडी प्रथम भएकी छिन् भने दोस्रो र तृतिय क्रमशः लमजुङ जिल्लाको राइनासका सुनिल श्रेष्ठ र नवलपुर कावासोतीकी रचना न्यौपाने भएका छन् । सान्तवना पुरस्कार भने तनहुँ जिल्लाका म्याग्दे गाउँपालिकाका प्रवेश पण्डित पाएका छन् ।   प्रतियोगितामा प्रदेशका ४४ गाउँपालिकाका ४४ जनाको सहभागिता थियो । प्रदेश बाल परिषदका अध्यक्ष सन्दीप चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर सरकारी महासंघ नेपाल गण्डकीका अध्यक्ष पदम पहारी, निबन्ध प्रतियोगिताका मुल्यांकन समितिका  संयोजक कृष्ण प्रसाद पौडेल, सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारी लगायतले बालेका थिए ।

पोखरा:    पोखरा महानगरपालिका–१ स्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा आयोजित त्रिदिवसीय कार्यक्रम सम्पन्न भएको छ ।  विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शारीरिक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित तिनदिने खेलकुद प्रतियोगिताको आज तेस्रो दिनको प्रतियोगिताहरु सम्पन्न भएका हुन् ।  तेस्रो दिनको जुनियर छात्रतर्फ बास्केटबल प्रतियोगिताको अन्तिम खेलमा पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् ।  यस्तै सिनियर छात्रातर्फ बास्केटबल प्रतियोगितामा रातो सदन प्रथम र निलो सदन द्वितीय भएका छन् । भने छात्रतर्फ रातो सदन प्रथम र निलो सदन द्वितीय भएका छन् ।  यस्तै घैँटो फुटाउने खेलमा जुनियरतर्फ कक्षा ५ की अदिती तिमिल्सिना र सिनियरतर्फ कक्षा ६ का सफल खड्का प्रथम भएका छन् ।  टेबल टेनिस प्रतियोगितामा कक्षा ७ का सफल थापा प्रथम, कक्षा ८ का दिप्सन क्षेत्री द्वितीय र कक्षा ७ का प्रज्वल मल्ल तृतीय भएका छन् । उक्त त्रिदिवसीय खेलकुद प्रतियोगितामा विद्यालयले सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न तहगत रुपमा करिब २४ ओटा खेल आयोजना गरिएको थियो ।  सम्पूर्ण प्रतियोगिताहरु सदनात्मक र खुल्ला रुपमा खेलाइएको थियो । कार्यक्रमको समापन गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यार्थीको उत्साह एवम् सहभागिताले विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकास हुन सहयोग हुने कुरा बताए ।  कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै खेलकुदमा विजेता हुने समूह एवम् विद्यार्थीलाई बधाई ज्ञापन गरे ।  विजेता विद्यार्थीलाई आगामी पौष ४ गते हुन गइरहेको विद्यालयको वार्षिकोत्सवमा पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।     यो पनि पढ्नुहोस   विन्ध्येश्वरी स्कुलमा त्रिदिवसीय कार्यक्रमको दोस्रो दिन १२ खेल सम्पन्न विन्ध्येश्वरी स्कुलमा त्रिदिवसीय कार्यक्रमको दोस्रो दिन १२ खेल सम्पन्न

पोखरा महानगरपालिका वडानम्बर २१ दोबिल्लाघाटमा १ सय ८ धारासहतिको शिव मन्दिरको शिलान्यास गरिएको छ ।    देवघाट महेश्वरधाम, हरिहरगुफा एवम् नर्वदेश्वर मन्दिर सन्यास आश्रमधामका पिठाधीश डा. स्वामी श्री १००८ आत्मनन्द गिरी महाराज जीले एक कार्यक्रमकाबिच मन्दीरको शिलान्यास गरेका हुन् ।    दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गर्ने दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको योजना अनुसार घाटमा शिव मन्दिरको शिलन्यास गरिएको हो ।    उक्त घाटमा यसअघि शवदाहस्थल व्यवस्थित गर्न मलामीका लागि विश्राम स्थल, अन्त्येष्टिका लागि आवश्यक दाउदा र दाउदा राख्ने गोदामघर निर्माण, वृक्षारोपण र तारवार लगाइएको थियो ।    मन्दिरको शिलान्यास गदै धर्मगुरु गिरीले सेती नदिको किनारमा बगरको रुपमा रहेको सार्वजनिक जमिन पवित्र धार्मिक क्षेत्रका लागि उपयुक्त स्थल रहेको बताए । उनले वैदिक, सनातनी र हिन्दूको संरक्षणका लागि पाठशाला संचालन गर्न पनि सुझाव दिए ।   मन्दीर शिलान्यास कार्यक्रममा बोल्दै पूर्वसभासद एवं उद्योगि कृष्णप्रसाद आचार्यले धार्मिक स्थलको संरक्षण र संम्बद्धनमा स्थानीयले अग्रसरता लिएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मन्दिी निर्माणमा ५ लाख रुपैया सहयोग गर्ने बचन दिए ।    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका सदस्य सिता विकले धार्मिक स्थालको रुपमा विकास गर्ने समितिको योजनमा साथ र सहयोग रहेको भन्दै जनप्रतिनिधिको हैसियतले आवश्यक सहयोग गर्ने बचन दिइन् ।      मन्दिर निर्माणका लागि पोखरा–२१ घर भई हाल अमेरिका रहेका गोपाल रायमाझीले ५० हजार रुपैया आर्थिक सहयोग गरेका छन् । उनले यस पहिले पनि सोही स्थनाको संरक्षण र विकासका लागि १ लाख ५९ हजार रुपैया दिएको र थप ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको समितिका अध्यक्ष भरत रायमाझीले जानकारी दिए ।    यस्तै अमेरिकाबस्ने बसन्त रायमाझीले २६ हजार ६ सय, अष्ट्रेलिया बस्ने सोनिया रायमाझीले ३५ हजार, टेकनाथ भण्डारीले २५ हजार, काठमाडौ घर भइ हाल अमेरिकामा बस्ने सिता थापाले १३ हजार ३ सय आर्थिक सहयोग गरेको समितिका सल्लाहकार मोती गिरीले जानकारी दिए ।    यस्तै मन्दिर निर्माणका लागि गोप्य दान साथै आमा समूह, टोल विकास संस्था लगायतका संघ संस्थाबाट समेत आर्थिक सहयोग प्राप्त भएको समितले जनाएको छ ।    कार्यक्रममा समितिका उपाध्यक्ष नेत्रलाल भण्डारीको स्वागत सचिव रमादेवी आचार्यले संचालन गरेकी थिइन् ।     

पोखरा:    गण्डकी प्रदेशमा भाषा आयोगले सिफारिस गरेको मगर र गुरुङ (तमु) भाषालाई सरकारी कामकाजको भाषा बनाउने माग गरेको छ ।   आज (सोमबार) तमु धिं नेपालले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई तुरुन्त सरकारी कामकाजको भाषा बनाउन माग गरेको हो ।    तमु धिं नेपालका अध्यक्ष हुमबहादर तमुले गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा मगर र गुरुङ भाषालाई प्राथमिकता दिएपनि कार्यान्वयन नगरेको भन्दै गुनासो गरे ।   ‘नेपालको संविधानको धारा ६, ७, ३२,२८७ साथै भाषा आयोग ऐन २०७७ समेत गरी भाषा आयोगले सिफारिस गरेको मगर र गुरुङ भाषालाई चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकता दिएको धन्यवाद दिन चाहान्छु’, अध्यक्ष तमुले भने, ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषा सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि आवश्यक प्रक्रिया बढाई कार्यान्वयन मागसमेत गर्दछु ।’   यस्तै तमु धिं नेपालले गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे समक्ष ५ बुँदे मागसमेत राखेको छ ।    ज्ञापन पत्रमा भनिएको छ,गण्डकी प्रदेशमा बाहुल्यता भएको जातिको मातृभाषालाई प्रदेश सरकारको सरकारी कामकाजको भाषा रुपमा ल्याउने र मातृभाषाको संरक्षण, विकासका लागि गण्डकी प्रदेशमा भाषा आयोगको शाखा कार्यालय स्थापना गर्नसमेत माग गरेको छ ।    तमु धिं नेपालले गुरुङ भाषा नामाकृत गाउँ, बस्ती, ठाउँ, भुगोलहरुको नामाकरण पुनः गुरुङ भाषामै गर्न, मातृभाषा खोज, अध्ययन साथै तालिम केन्द्रको व्यवस्था, गुरुङ जातिको बसोबास रहेको स्थानको विद्यालयमा गुरुङ भाषा पठनपाठन गर्न समेत माग गरेको छ ।