पोखरा:   पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

पोखरा:   कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जाने सडक करिव साढे दुई महिनापछि सञ्चालनमा आएको छ । गत असार २८ गते अविरल वर्षासँगै गएको पहिराले अवरुद्ध सडक आजदेखि सञ्चालनमा आएको हो ।  कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ वडाको पर्यटकीय गाउँ घान्द्रूक जोड्ने नयाँपुल–घान्द्रुक सडक खण्डको किल्युमा गत असार २८ गते गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । स्थानीय धुव्र घले र शिव गुरुङको नेतृत्वमा नयाँपुल–घान्द्रुक सडक खण्डको किल्युमा पहिरोले बगाएको स्थानमा ग्याबिन तार जाली लगाएर सडक मर्मत गरेपछि आजदेखि सडक सञ्चालनमा आएको अमृत गुरुङले जानकारी दिए । उक्त सडक अवरुद्ध हुँदा पोखराबाट घान्द्रुक जाने र आउने पर्यटक तथा स्थानीयहरुले सवारी किल्युमा आएर सवारी परिवर्तन गर्नुपर्ने बाध्यता रहेको थियो । सडक सञ्चालनमा आएसँगै सवारी परिवर्तन गरेर गन्तव्य जानुपर्ने बाध्यता हटेर गएको गुरुङले बताए ।  घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सडक अवरुद्ध सडक सञ्चालनमा आएपछि पर्यटकहरुको संख्या समेत वृद्धि भएर जाने विश्वास रहेको बताए ।  ‘विशेषगरी असोजदेखि पर्यटकहरुको संख्यामा वृद्धि हुन्छ, गत असारमा किल्युमा गएको पहिरोले सडक अवरुद्ध हुँदा घान्द्रुक, छोम्रोङको पर्यटनमा केही असर ग¥यो’, गुरुङले भने, ‘अवरुद्ध सडक खुलाउन घान्द्रुक र छोम्रोङको पर्यटन व्यवस्थापन समितिसँगै स्थानीय र अन्य समाजसेवीको सहयोगमा अवरुद्ध सडक सञ्चालन गर्न सफल भयौं ।’  अवरुद्ध सडक खुलाउन भौतिक पूर्वाधार विकास कार्यालय कास्कीबाट २५ लाख बजेट बिनियोजित भएपनि बजेट आउन ढिला हुने भएकाले घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, जीप व्यवसायी समिति तथा स्थानीयहरुको आर्थिक सहयोगमा सडक खुलाएको थियो । अवरुद्ध सडक खुलाउन नेतृत्व गर्ने घले र गुरुङलाई एक कार्यक्रमका बिच सम्मान समेत गरिएको थियो । 

'सामाजिक कार्यका लागि नृत्य' भन्ने नारासहित सकारात्मक सन्देश दिदैं पोखरामा सम्पन्न ‘३५ प्लस स्टार्स सामूहिक नृत्य प्रतियोगिता २०८१’ मा क्रबा आजी सिङ्दी तमु समाज प्रथम बनेको छ ।    स्टार्स स्टुडियो प्रालिको आठौँ तथा स्टार्स फाउन्डेशन नेपालको पाँचौ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा ७ टिमलाई पछि पार्दै सिङ्दी प्रथम बनेको हो ।    प्रज्ञा प्रतिष्ठान गण्डकीका सदस्य सचिव मनकुमार श्रेष्ठ, नवसाधना कला केन्द्रका प्रशिक्षक रविन गुरुङ र नृत्य निर्देशक प्रीति गुरुङको सँयुक्त निर्णयमा अनितम नतिजा सार्वजनिक भएको थियो ।   सोही नतिजाको आधारमा च्याम्पियन बनेको सिङ्दीले  नगद रु ५० हजार प्राप्त गर्याे यस्तै द्वितीय बनेको कोल्मा बाहाकोट तमु समाजले २५ हजार हात पार्याे । भने, तृतीय बनेकोे चिउली पार्चे तमु समाजले नगद रु १० हजार प्राप्त गर्याे ।   सो प्रतियोगिताको विजयी तथा उपविजेता टोलीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, आयोजक संस्थाका अध्यक्ष जसमाया गुरुङ जसु लगायतले पुरस्कार वितरण गरे ।   ६२ वर्षीय हाइकुमारी र ६९ वर्षीय भीमबहादुर लगायत विभिन्न व्यक्ति सम्मानित   सो प्रतियोगितामा सहभागि प्रतियोगिहरुमध्ये सबैभन्दा बढी उमेर भएका महिलातर्फ सिङ्दी समाजका ६२ वर्षीया हाइकुमारी गुरुङ र पुरुषतर्फ दुरा सेवा समाजका ६९ वर्षीय भीमबहादुर दुरा सम्मानित भएका छन्  ।    सकारात्मक सन्देश प्रवाह गरेको भन्दै उनीहरुलाई दोसल्ला, माला, घलेक तथा सम्मानपत्र अर्पण गरिएको हो ।    यस्तै गुरुङ चलचित्र एशोसियसनको  ८ औ अधिवेशन तथा १६ औं साधारणसभाबाट नवनिर्वाचित राजेश गुरुङ नेतृत्वको कार्यसमिति र  कम्बोडियाका दरारिथ टिभ (वल्र्ड  साइक्लिस्ट) लाई पनि सोही अवसरमा सम्माम प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष जसु गुरुङले बताइन् ।   ‘यो कार्यक्रम नितान्त फरक हो, विशेषगरी सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौं, उनले भनिन्, ‘अरु कम्पिटिसन भन्दा बेग्लै गर्ने लक्ष्य अनुसार कार्यक्रम गरेका हौं त्यसैले हामी सफल भएका छौ ।’   कार्यक्रमको अवसरमा स्टार स्टुडियोका कलाकारहरुले विविध मौलिक नृत्यहरु प्रस्तुत गरेका थिए भने, गायक राज बहादुर गुरुङ र एमडी काफ्लेले सांगीतिक प्रस्तुती दिएका थिए ।      स्टार्स स्टुडियोले मौलिक लोक संस्कृतिको संरक्षणका काम गर्दै आएको छ भने, फाउण्डेशनले सामाजिक कार्यक्रमा क्रियाशिल रहदैं आएको छ ।   स्टार्स स्टुडियो प्रालि तथा स्टार्स फाउन्डेशन नेपालको अध्यक्ष जसु गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा फाउण्डेशनका कोषाध्यक्ष दीपक गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, संचारकर्मी रोशनी गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।  

पोखरा:    परिवारको सुखको लागि ज्यानलाई जोखिममा राखेर विदेशीयका ज्ञान बहादुर थापामगर रसियामा हराएपछि उहाँको परिवार विचल्लीमा परेको छ । दलालमार्पmत रसिया पुग्नु भएका थापा १० महिनादेखि सम्पर्क विहिन भएपछि पाँच जनाको परिवार विचल्लीमा परेको हो ।  बर्दिया जिल्लाको वाँसगडी नगरपालिका वडा नं. ७ का स्थायी घर भएका ४२ बर्षीय थापाको पाँचजनाको परिवार यतिखेर पोखरा १६ बाटुलेचौरमा कोठा भाडामा लिएर जिविकोपार्जन गर्दै आएको छ । रसिया गएको एक बर्षभयो, मंसीरको १३ गते अन्तिम पटक फोन सम्पर्क भएको थियो त्यसपछि सम्पर्क विहिन भएको थापाकी श्रीमती इन्दिरा थापामगर बताउनु हुन्छ । रसिया जाँदा आठ लाख लागेको थियो ।   गहभरी आँशु पारेर भक्कानिदै इन्दिराले भन्नुभयो, श्रीमानसंग सम्पर्क नहुँदाको समय कसरी बित्यो खासै थाहै छैन । कहाँ कतिबेला के हुने हो भन्ने चिन्ताले सताएको छ । जतिसक्दो छिटो उहाँ सम्पर्कमा आउने विश्वास छ । “रसिया पुगेपछि उहाँले भन्नुहुन्थ्यो पहिलो क्याम्पमा राम्रो सुविधा थियो,दोश्रो क्याम्पमा सारेपछि खान समेत समस्या भएपछि  दिदी राजकुमारी थापाले १३ हजार पठाई दिनुभयो” युक्रेनको युद्धरत क्षेत्रमा पुगेपछि कुनै पनि सम्पर्क छैन त्यसअघि पनि कुनै पनि रकम पठाउनु भएन । निशुल्क टिकट र भिषामा दुवई जाने तयारी भएको थियो, दलालको प्रलोभनमा  परेपछि एकाएक मन परिवर्तन गरेर रसियामा जाने सोच बन्यो भन्नुभयो, हामी सवै परिवारले युद्धरत क्षेत्रमा नजानुहोस भन्यौ उहाँले परिवारको सुखका लागि मैले जोखिम उठाएको भन्नुभयो ।   इन्दिरा थापा भन्नुहुन्छ, मुटुको रोगी कान्छो छोरा कक्षा दुईमा पढ्छ, अस्पतालले शल्यकृया गर्नु पर्ने भनेको थियो अहिले नियमित औषधी खुवाउन सकेत मुस्किल परेको छ । डिएनए परिक्षेणका लागि सम्पर्क विहिन थापाको दिदी इन्दिर काठमाडौं जानुभएको थियो । सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गंगा र छोरी अमृता सहित पाँच जनाको परिवार रहेको छ । छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको छ । वर्दियाबाट ल्याएको चामलले अहिलेसम्म जेनतेन जिवन निर्वाह भएको छ । मुलुकमा रोजगारी अभाव तथा न्यून पारिश्रमिक भएको कारण विदेशीने सयौ नेपालीहहरु एकाएक रुस युक्रेन युद्धमा होमिइन पुगेका परिवारले वेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौमा आयोजित कार्यक्रममा समेत सहभागिता जनाएको उहाँले राससलाई बताउनुभयो ।    

पोखरा महानगरपालिका–१३ को वडा कार्यालयमा आइतबार साँझ नगद रु २ लाखसहित झोला फेला परेको छ ।   वडा १३ का अन्जु गुरुङको कार्यकक्षको सोफामा आइतबार बेलुकी खैरो रङको बेवारिसे झोला फेला परेको कास्की प्रहरीले बताएको छ ।   कास्की प्रहरीका अनुसार अहिलेसम्म उक्त रकमसहितको झोला कस्को भन्ने बारे खुलेको छैन । सो झोलामा दुई लाख नगद, एउटा क्यामेरा, सर्ट, हापपाइन्टका साथै बाइकको चाबीसमेत रहेको छ ।   प्रहरीले उक्त नगद र जिन्सी सामानसहितको झोला छोड्ने व्यक्तिले प्रमाणित हुने कागजातसहित सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।    सो झोला अहिले वडा प्रहरी रामबजारमा राखिएको कास्की प्रहरीले जनाएको छ ।

महिला उद्यमी संघ नेपाल,कास्कीले सफल महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।   संघको नवौं साधारण सभाको अवसरमा संघले सफल महिला उद्यमीहरुलाई सम्मानपत्र र सल तथा खादा ओढाएर सम्मान गरेको हो ।   संघले नेपाली ढाका उद्योगकी सञ्चालिका मनमाया सुवेदीलाई उत्कृष्ट सफल महिला उद्यमी घोषणा गर्दै सम्मान गरेको छ ।   त्यस्तै, गण्डकी प्रदेश सभाकी संस्थापक सदस्यसमेत रहेकी पोखराको सबैभन्दा पुरानो हङकङ व्यूटी ईन्ष्टिच्यूटकी सञ्चालिका मीना गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालिका सविता श्रेष्ठ रञ्जित, स्वस्तिक हस्तकला उद्योगकी सञ्चालिका सीता गुरुङ, ऋतु सौगातकी सञ्चालिका सुन्तिा पुर्जा, कर्णाली गार्मेन्ट उद्योगकी सञ्चालिका गीता नाथ योगीलाई सम्मान गरेको छ ।   त्यस्तै, संघले अतिथि झोला तथा गार्मेन्ट उद्योगकी सञ्चालिका पार्वती थापा बस्नेत, न्यू मिलिनियम एकेडेमीकी सञ्चालिका कृष्णकुमारी पहारी र पुष्पाञ्जली कस्मेटिक तथा श्रृंगारकी सञ्चालिका पुष्पा मरासिनीलाईपनि सम्मान गरेको संघकी अध्यक्ष सरु बरालले जानकारी दिईन् ।   साधारण सभामा नया सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।   सो अवसरमा व्यूटीपार्लर सम्बन्धी ३ महिने तालिममा सहभागी तथा लेवलिङ र प्याकेजिङ तालिममा सहभागीहरुलाईपनि प्रमाणपत्र वितरण गरिएको अध्यक्ष बरालले जानकारी दिईन् ।   साधारण सभामा महिला उद्यमी संघको ७० जिल्ला शाखामध्ये सर्वोत्कृष्ट हुन सफल महिला उद्यमी संघ तनहुँलाई सम्मान गरिएको थियो ।   महिला उद्यमी संघ नेपालको साधारण सभामा तनहुँ शाखा सर्वोत्कृष्ट हुँदा कास्की शाखा भने दोश्रो हुन सफल भएको थियो ।   संघ कास्कीकी अध्यक्ष शारदा बराल (सरु)को अध्यक्षता तथा महासचिव बालकुमारी गुरुङले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम, पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया, पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पोखरा चेम्वर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, महिला उद्यमी संघ कास्कीकी संस्थापक अध्यक्ष मीना गुरुङ, निवर्तमान अध्यक्ष पार्वती पौडेल रेग्मी, पर्यटन व्यवसायी महिला संघकी अध्यक्ष कमला गिरीलगायतले बोलेका थिए । ि

गण्डकी:    पानी धेरै पर्ने भएकाले पोखराले नेपालको चेरापूँजी भन्ने उपमा पाउने गरेको छ । क्षणभरमा पानी पर्ने र क्षणभरमा घाम लाग्ने पोखराको विशेषता भएकाले यसलाई नेपालको धेरै पानी पर्ने ठाउँका रुपमा चिनिन्छ । प्राकृतिक सोन्दर्यले भरिपूर्ण पोखरालाई कलाका क्षेत्रमा ‘पानी रङ्ग’को सहर पनि भनिन्छ ।      माछापुच्छ्रे हिमाल फेवातालमा पौडी खेल्ने यहाँको प्राकृतिक विशिष्टतालाई विभिन्न कलाकार तथा साहित्यकारले आफ्ना कला र साहित्यमा चित्रित गर्दै आएका छन् ।  कलाप्रेमीले यहाँको सौन्दर्यतालाई कलाका माध्यमबाट प्रस्तुत गर्दै विभिन्न समयमा प्रदर्शनीसमेत गर्दै आएका सिर्जनशील कलाकार समूह पोखराका अध्यक्ष डिबी गुरुङले बताउनुुभयो । समूहको सक्रियतामा कला लक्षित विभिन्न कार्यक्रमका साथै वर्षको एकपटक मनुसन कला प्रदर्शनी गर्दै आइएको उहाँले जानकारी दिनुुभयो ।      “समूहको सक्रियतामा बर्सेनी गर्दै आएको प्रदर्शनीअन्तर्गत यस वर्ष असोज ३ गतेदेखि ‘चौँथो सामूहिक कला प्रदर्शनी २०८१’ पोखरा आर्ट ग्यालरीमा सञ्चालन भइरहेको छ”, गुरुङले उहाँले भन्नुुभयो, “यस प्रदर्शनीमा अग्रज तथा अनुज पुस्ताका ४७ कलाकारबाट सिर्जित ५५ कलाकृति प्रदर्शनमा राखिएका छन् ।” प्रदर्शनीमा पुगेका जो कोहीले भित्तामा टाँसिएका हरेक कलाकृतिलाई अभिरुचिपूर्वक अवलोकन गरिरहेका उहाँले बताउनुभयो ।      देशका विभिन्न स्थान र परिवेशलाई आफ्ना कलामा प्रस्तुत गरिएका कलाकृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कलाका क्षेत्रमा लामो समयदेखि अनवरत लाग्नुभएका बुद्धि गुरुङ, लोकप्रसाद गुरुङ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थलगायत अनुज पुस्ताका युवा कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका उहाँले उल्लेख गर्नुभयो ।       प्रदर्शनीमा कलाकार गोपाल दराईले तयार पार्नुभएको ओखलढुङ्गाको कलाकृतिदेखि प्राज्ञ नगेन सिंहले तयार गर्नुभएको बैतडीस्थित पात्ताल भुवनेश्वर गुफालगायत कलाकृतिले विभिन्न स्थान र परिवेशलाई जीवन्त प्रस्तुत गरेको देखिन्छ । नेपालको गहिरो गुफाका रुपमा पात्ताल भुवनेश्वर परिचित छ । त्यस्तै वरिष्ठ कलाकार बुद्धि गुरुङको पशुपतिनाथ, सौगात गुरुङको फेवाताललगायत कला प्रदर्शनीका आकर्षण बनेका छन् ।      ग्यालरी छिरिसकेपछि कलाकार जित गुरुङले तयार गर्नुभएको गुरुङ पैडी ९ज्योतिषि० को मूर्तिले जो कोहीको मन छुने गरेको छ । गुरुङ समुदायका मानिसले आफ्नो जन्म, मृत्यु, विवाहलगायत संस्कार, शुभ–अशुभ कार्यमा पैडीबाट सेवा लिने विषयलाई उक्त मूर्तिकलामार्फत जानकारी दिन खोजिएको छ ।       हालै उक्त मूर्ति तयार गरेको जानकारी दिँदै कलाकार गुरुङले आफूले यस्ता विभिन्न कलाकृति तयार गरिरहेको बताउनुभयो । प्रदर्शनीमा डिबी गुरुङले पानी रङ्गमा तयार गर्नुभएको कास्कीका पर्यटकीय गुरुङ गाउँहरू घान्द्रुक, ताङ्तिङका कला राखिएका छन् । हिमाली तथा लेकाली जीवनलाई ती कलाकृतिले जीवन्त चित्रण गरिरहेका छन् ।       त्यस्तै दुर्गा केसीको पदयात्रा, सङ्गीता घिमिरेको बुद्धलगायत कला प्रदर्शनीमा सजाइएका छन् । अमृत परियारले तयार गर्नुभएको माछापुच्छ्रे हिमालसँगै रहेको चौरी, लोकप्रसाद गुरुङको रोपाइँ, वामन चालिसको क्यारिकेचरले समाजका विविधतालाई प्रस्तुत गर्न खोजेको देखिन्छ ।       प्रदर्शनी सुरु भएयता अवलोकन गर्न आउने दर्शकको सङ्ख्या दिनप्रतिुदिन बढ्दै गएको युवा कलाकार स्मृति गुरुङले बताउनुुभयो । पछिल्ला समयमा कलाकारप्रति धेरै युवाको आकर्षण बढ्दो रहेको पाइएको भन्दै उहाँले कक्षा १२ को परीक्षा दिएर कला सिकिरहेको जानकारी दिनुुभयो ।       पछिल्ला समयमा पठन संस्कृति हराउँदै गएजस्तै कलाप्रतिको आकर्षण पनि घट्दै गएको समूहका अध्यक्ष गुरुङले कलाप्रति युवाको आकर्षण बढाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताउनुुभयो ।  “कला सिर्जनाप्रति पछिल्लो समयमा आकर्षण घट्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “यसतर्फको आकर्षण बढाउँदै सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यले प्रर्दशनी आयोजना गरेका छौँ । यसबाट युवामा सकारात्मक प्रभाव रहेको अपेक्षा गरेका छौँ ।”      कला क्षेत्रको विकासका लागि करिब दुई दशकदेखि सिर्जनशील कलाकार समूहमा आवद्ध भई विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हाल समूहमा ५० जना कलाकर्मी आवद्ध छन् । यही असोज ३ गतेदेखि सुरु भएको प्रदर्शनी असोज ९ गतेसम्म सञ्चालन हुनेछ ।

पोखरा:    गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिवार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र  गुरुङको अध्यक्षतामा  निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी चयन हुनुभएको छ । समितिको सदस्यहरुमा थमन थापा, मनिष श्रेष्ठ, विनोद गुरुङ, रविन्द्र तझ्या, विक्रम केसी, निरु भट्टराई, समिक्षा वुढाथोकी, विशाल पुन र दिलिप गुरुङ चयन हुनु भएको छ । यसैगरी कास्की जिल्ला जिम्न्याष्टिक संघको विशेष साधारण सभाले सोमबहादुर साईको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्षमा एनशोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा सुर्वणराज पन्त, सहकोषाध्यक्षमा सरस्वती साई चयन हुनुभएको छ । समितिको सदस्यहरुमा रोषन पुन, सेजल जोजिजु, मिनबहादुर थापा, अंशु शेर्पा, दिपेश राना, रामबहादुर क्षेत्री, कमला गुरुङ र वालकुमारी गुरुङ चयन हुनुभएको छ । कार्यक्रममा निर्वाचन समितिका संयोजक गण्डकी प्रदेश जिम्न्याष्टिक संघका सल्लाहकार केशवशरण पौडेल तथा गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठक, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य राजन वड्गामीले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले जिम्न्याष्टिक संघको क्रियाशिलताले सुस्ताएको खेलले गतिशिलता पाएको बताउनुभयो । ‘स्रोत र साधान कम छ तर काम धेरै गर्नुपर्नेछ’ उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘भएका स्रोत र सधानलाई प्रयोग गर्दै खेललाई विस्तार गर्न यहाँहरुको भूमिका महत्वपूर्ण रहेको छ ।’ गण्डकी प्रदेश खेलकुद परिषद् यहाँहरुले गरेका कार्यक्रममा सहयात्र गरेर अघि वढ्न तयार रहेको उहाँले बताउनुभयो । गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठकले १० औ राष्ट्रिय खेलकुद महोत्वसवलाई ताकेता गरेर खेलाडि उत्पादन गर्न संघलाई आग्रह गर्नुभयो । कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख सुनबहादुर लामाले सवै खेलको मदर खेलको रुपमा जिम्न्याष्टिक रहेकोले जिम्न्याष्टिक खेल खेलाउनका लागि व्यवस्थित हलको आवश्यकता रहेको औल्याउनुभयो । गण्डकी प्रदेश जिम्न्याष्टिक संघका सल्लाहाकार केशवशरण पौडेलले संस्था गठन भएको छोटो समयमा उत्कृष्ट कार्य गरेको बताउनुभयो । गण्डकी प्रदेश जिम्न्यनष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु केसीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

पोखरा:   पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ । आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ । शनिबार लेकसाइडको बुम¥याङ रेष्टुरेन्टमा आयोजित छलफलमा पर्यटन व्यवसायीले विश्व पर्यटन दिवस सन्दर्भमा हुने उक्त दौड प्रतियोगिता सफल पार्न सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्यटनको राजधानी पोखरामा पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेवको मूर्ति र बुद्ध पार्क पर्यटकीय गन्तव्य हुन् । ती गन्तव्यको खेल पर्यटनमार्फत प्रवद्र्धन गर्ने मूल उद्देश्यसहित आयोजित ८ किमीको पर्वतीय दौडले समग्र पोखरा क्षेत्रको खेल पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने पर्यटन व्यवसायीले विश्वास व्यक्त गरे । पोखरा पर्यटन परिषद्का नवनिर्वाचित अध्यक्ष तारानाथ पहारीले बुद्ध र हिन्दू धर्मसहित दृश्यावलोकन दृष्टिले निकै मनमोहक क्षेत्रमा हुने उक्त प्रतियोगिताले खेल पर्यटन प्रबद्र्धनमा मद्दत पुग्ने बताए । पुम्दीभुम्दीमा पदमार्ग, हाइकिङ र साइक्लिङ समेत उपयुक्त गन्तव्य भएकोले पोखरा क्षेत्रका अन्य वडाहरुलाई समेत जोडेर उक्त प्रतियोगितालाई बिस्तार गर्न उनले सुझाव दिए । परिषद्का निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा आउने करिब ९० प्रतिशतजसो पर्यटक पुम्दीकोट क्षेत्रमा जाने हँुदा यस्ता खेलकुद गतिविधिले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । परिषद्का पूर्व अध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले प्रतियोगितालाई बिस्तारै १० किलोमिटर हुँदै भविष्यमा हाफ म्याराथन गर्न सुझाव दिए । मिडिया हाउसले खेल प्रवद्र्धन हुने गरेर ल्याएको उक्त कार्यक्रमलाई वडादेखि सबैले साथ दिन आग्रह गरे ।   पोखरा महानगरपालिका व्यावसायिक प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीले सुस्ताएको पर्यटन व्यवसाय यस्तै खेल पर्यटन गतिविधिले चलायमान गर्न टेवा मिल्ने विश्वास लिए । उक्त प्रतियोगिता सफल पार्न केन्द्रले आवश्यक समन्वय गर्न तयार रहेको जनाउँदै विद्यार्थीलाई बढी सहभागिता गराउन सुझाव दिए ।   टान गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा क्षेत्रकै लोभलाग्दो स्थानमा हुने उक्त प्रतियोगिताले समग्र खेल पर्यटनमा टेवा पुग्ने बताए । केही समयपछि पोखरामा टान म्याराथन प्रतियोगिता आयोजना गर्ने उनले जनाए ।   होटल संघ पोखरा नेपालका सचिव पार्वती पाण्डेले प्रतियोगिता सफल पार्न आफूहरूले आर्थिक तथा भौतिक सहयोग गर्ने वचन दिइन् ।   रेवान पोखरा अध्यक्ष विश्वराज पौडेलले प्रतियोगितामा युवा खेलाडीलाई बढी समेट्न सुझाव दिए । उनले विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा रेवानले समेत पोखरामा मिनी सडक महोत्सव आयोजनाको तयारी गरेको बताए ।   पर्यटन व्यवसायी महिला संघ (ओटेफ) अध्यक्ष उमा रेग्मी भण्डारीले धार्मिक पर्यटनको केन्द्र पुम्दीभुम्दीमा हुने पर्वतीय दौडले खेल पर्यटनको प्रबद्र्धन हुने विश्वाश व्यक्त गरिन् ।   प्रेस स्वतन्त्रता सेनानी रमेश पौडेलले प्रतियोगिता संयोजक दीननाथ बरालले आफ्नो जन्मस्थानमा प्रशंसनीय कार्य गर्न लागेको भन्दै सफलताको कामना गरे । उनले पोखराका विभिन्न पर्यटकीय गतिविधिमा पर्यटन व्यवसायीले पनि अपनत्व लिनुपर्ने सुझाव दिए ।   पोखरा–२२ लाई आन्तरिक तथा बाह्य पर्यटनको हब बनाउन खेल पर्यटनले समेत सहयोग पुग्ने विश्वासले उक्त कार्यक्रम आयोजना गरिएको पोखरा क्लिक प्रालिका अध्यक्ष एवं कार्यक्रम संयोजक दीननाथ बरालले बताए । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलो मिटरको खुला पर्वतीय दौडमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको प्रवद्र्धन रहेको छ ।   पोखरा क्लिक अनलाइन सञ्चार माध्यमले समसामयिक विषयमा आवाज उठाउँदै आर्थिक विकास, समृद्धि र सुशासनका पक्षमा पहरेदारी गर्दै आइरहेकोमा पोखरा आफैमा सम्भावनै सम्भावनाको पुञ्ज भएकाले त्यसमाथि थपिएका नयाँ पर्यटकीय गन्तव्यलाई विश्वसामु सुसूचित गराउनु, त्यसको प्रचारप्रसारसँगै आर्थिक समृद्धिलाई जोडेर अगाडि लैजाने सञ्चार माध्यमको भूमिका रहेकाले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बरालले जानकारी दिनु भयो । असोज १२ गते बिहान सुरु हुने उक्त दौड विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने व्यवस्थापक सागर सुनारले बताए ।    प्रतियोगितामा खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, महिला धावक, १६ वर्षमुनिका बालबालिका धावक र पोखरा–२२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित पुरस्कृत गरिने प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।  

नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ ।   कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको छ ।   पोखरा र यस आसपासमा मात्र नभई देशका विभिन्न जिल्लाबाट पोखरा अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् ।   विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विभिन्न तह र विषयमा अध्ययन अध्यापन हुने यहाँ पोखरा विश्वविद्यालयसँगै सङ्घीय शासन व्यवस्थाको कार्यान्वयन पश्चात गण्डकी प्रदेश सरकारको सक्रियतामा गण्डकी विश्वविद्यालय सञ्चालनमा आएको छ ।   प​छिल्लो समयमा विश्वविद्यालयमा सञ्चालनमा आएका नयाँ नयाँ विषयमा विद्यार्थीको आकर्षण बढिरहेको पोखरा विश्वविद्यालयका डीन डा अजय थापा बताउनुुहन्छ ।   “नयाँ कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दो छ”, उहाँले भन्नुुभयो, “विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा छात्रवृत्तिका लागि आवेदन माग गरेकामा गत वर्षकाभन्दा बढी सङ्ख्यामा विद्यार्थीले आवेदन भरेका छन् ।”   स्नातक तहमा गत वर्षभन्दा झण्डै तीन सय ५० जना बढी विद्यार्थीले आवेदन दिएको उहाँले जानकारी दिनुुभयो । पोखरामा विद्यालयदेखि क्याम्पस तहसम्म अध्ययनका लागि राम्रा शैक्षिक संस्थार हेका कारण अध्ययनकै लागि यहाँबाट बाहिर जानुपर्ने अवस्था नरहेको शिक्षासेवी एवम् कालिका बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख रवीन्द्रनाथ बाँस्तोलाले बताउनुुभयो ।   पछिल्लो समयमा कक्षा १२ पढेपछि विदेश जाने क्रमले समग्रतामा स्नातक तहमा विद्यार्थीको सङ्ख्या कम हुँदैगएको देखिए पनि पोखराबाट अध्ययनकै लागि बाहिर जानुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।   “अहिले अध्ययनका लागि मात्रभन्दा पनि आर्थिक उपार्जनसँग समेत जोडिएर विद्यार्थी पढ्नका लागि विदेशिएको देखिन्छ”, उहाँले भन्नुुभयो,“पोखरामा विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त क्याम्पसका साथै गुणस्तरीयतालाई दृष्टिगत गरी अध्ययनअध्यापन गराउँदै आएको पाइन्छ ।”   कास्कीमा १९५८ सालमा देव शमशेरको पालामा खोलिएको भाषा पाठशाला यहाँको पहिलो औपचारिक पाठशाला हो । तत्कालीन समयमा विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सञ्चालित उक्त पाठशालापछि भीमकाली पाटनमा सारिएको थियो । जुन अहिले संस्कृत माध्यमिक विद्यालयका रुपमा रहेको छ ।   यस अवधिमा संस्कृत शिक्षा नै पठनपाठनको मुख्य आधार बनेको थियो । भाषा पाठशालापछि पोखरामा आधुनिक शिक्षालाई लक्षित गरी २००६ सालमा पब्लिक मिडिल स्कुल स्थापना गरियो ।   सुरुमा नदीपुरस्थित नारायणस्थानको पौवामा स्थापित सो विद्यालय २००९ सालमा नेशनल हाइस्कुलका नाममा टुँडिखेलमा सारिएको थियो ।   सो विद्यालय स्थापना एवं सञ्चालनपछि २०१३ सालमा रामघाटमा छुट्टै सोल्जर्स बोर्ड हाइस्कुल स्थापना भएको थियो ।   यसरी सुरु भएको पोखराको शिक्षाको विकाससँगै पछिल्ला वर्षमा के साधारण के प्राविधिक हरेक किसिमको शिक्षा पाउन थालिएसँगै यो शिक्षाको केन्द्र बन्दै गएको छ ।   पृथ्वीनारायण क्याम्पसदेखि पछिल्ला समयमा यहाँ खोलिएका क्याम्पसले यहाँको शैक्षिक विकासमा ठूलोे योगदान पु¥याएका छन् ।   लेखनाथको ढुङ्गेपाटनमा स्थापित पोखरा विश्वविद्यालय होस् वा लेखनाथकै मालमूल फाँटमा गण्डकी प्रदेश सरकारको सक्रियतामा खोलिएको गण्डकी विश्वविद्यालयले नयाँ नयाँ कार्यक्रमका साथ अघि बढेको छ ।   गण्डकी विश्वविद्यालयले स्थापनाको छोटो समयमा नै विभिन्न नयाँ कार्यक्रमका साथै विश्वका विभिन्न प्राज्ञिक संस्थासँगसम्बन्ध विस्तार गर्दै अघि बढिरहेको रजिष्टार डा कैलाश तिमल्सिनाले बताउनुुभयो । पोखरामा दुई विश्वविद्यालयका साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक, निजी तथा सामुदायिक क्याम्पस सञ्चालनमा छन् ।   पोखरामा हाल १३ सामुदायिक क्याम्पस सञ्चालनमा रहेका छन् ।