पोखरा:   पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

पोखराः   पोखरामा स्कुल बस दुर्घटना भएको छ ।   एलपी देवकोटा मेमोरियल ​इङ्लीस बोर्डिङ स्कुलको बस आज बिहान दुर्घटना भएको हो ।    पोखरा महानगरपालिका–२१ फुर्सेखोला नजिक स्कुल बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  बस दुर्घटनामा घाइते भएका विद्यार्थीहरुलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याउँदै गरेको ट्राफिक प्रहरीले जनाएको छ । थप विवरण आउँदै

पोखरा:   सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्पm उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् । पोखरा महानगरपालिका–२१ स्थित वनपाले सामुदायिक वन समूहले पर्यापर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ रु २६ लाख लागतमा सुविधासम्पन्न मनकामना उद्यान (पार्क) निर्माण गरेको छ ।  गण्डकी प्रदेश वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत  डिभिजन वन कार्यालय कास्कीमार्फत रु १५ लाख र एक लाख ६५ हजार सात सय ७४ बराबरको जनश्रम परिचालन गरी उद्यान निर्माण गरिएको वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि डिभिजन वन कार्यालय कास्कीको रु पाँच लाख लागतमा जग्गा सम्याउने र पोखरा–२१ द्वारा रु चार लाखको खर्चमा आवश्यक ट्रष्ट भवन र शौचालय निर्माण गरिएको हो ।  “पार्कबाट आरोहणको पहिलो हिमाल अन्नपूर्ण, कुमारी हिमाल माछापुच्छ्रेसहित हिमशृङ्खला एवं पोखरा बजारको एकैसाथ मनोरम दृश्य देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “पार्कमा दुईवटा चौतारासहित हरियाली प्रवर्द्धन गर्दैे राष्ट्रिय झण्डा राख्ने तयारी गरिएको छ ।” सात सयजना क्षमताको सो पार्कमा सुरक्षाका लागि फलामे पोलसहितको तारजाली लगाउनुका साथै हरियाली प्रवर्द्धन गर्न  धुपीका बिरुवा रोपिएको छ भने फलामका कुर्चीसमेत राखिएको अध्यक्ष भुजेलले बताउनुभयो । थप भौतिक संरचना निर्माणका लागि आर्थिक वर्ष २०८१। ८२ का लागि प्रदेश सरकारबाट रु १५ लाख विनियोजन भएको छ । पोखरा महानगरपालिका–१७ स्थित पर्यटकीयस्थल छोरेपाटन हुँदै जाने सो पार्कसम्म पुग्नका लागि पक्की सडक निर्माण भएको छ भने खानेपानी, शौचालयलगायत आवश्यक संरचना निर्माण गरिएको छ ।  विशेषगरी पोखरा बजारबाट वनभोज खानका लागि सबैभन्दा नजिक र सुविधासम्पन्न एवं मनोरम दृश्यावलोकन गर्न सकिने उक्त पार्कमा प्रति समूहलाई रु तीन हजार पाँच सय शुल्क तोकिएको छ । प्राप्त रकमबाट रु पाँच सय सरसफाइका लागि छुट्याउने र रु तीन हजार वन समूहको खातामा जम्मा गरिँदै आएको भुजेलले जानकारी दिनुभयो । यसअघि वन समूहले रु १० लाख लागतमा वनपाले पार्क  निर्माण गरी सञ्चालन गर्दै आएको वन समूहका सचिव प्रकाश सुवेदीले जानकारी दिनुभयो । विसं २०६८ मा हस्तान्तरण गरिएको ४७ दशमलव चार हेक्टर क्षेत्रफलमा पैmलिएको सो वनमा एक सय १४ घरपरिवार आबद्ध छन् । समूहले वनको संरक्षण, संवर्द्धन, उपयोग गर्दै आयआर्जनका लागि वैकल्पिक आधार तयारमा जोड दिँदै आएको सुवेदी बताउनुहुन्छ । मनकामना पार्कमा वृक्षारोपण नवनिर्मित मनकामना पार्कलाई वातावरणमैत्री बनाउने उद्देश्यका साथ चेरी, अशोका र गुलमोहरका बिरुवा रोपिएको हो । पोखरा महानगरपालिका वडा नं २१ का वडाअध्यक्ष दीपक सुवेदीले  रोपिएका बिरुवाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।  वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ पोखरा अन्नपूर्ण अध्यक्ष गणेश छवीसहित सदस्यहरू, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेल, स्थानीय लक्ष्मीप्रसाद पोखरेललगायतकाको सहभागिता रहेको कार्यक्रम संयोजक प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

 पाेखरा:  गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ ।   यससँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् ।   प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरुले  आइतबार सार्वजनिक यातायात सेवा नै ठप्प पारेका थिए ।     दिउँसो भएको वार्तामा व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएको छ ।   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको नेतृत्वमा बसेको समितिमा यातायात व्यवसायी र राइडर्स प्रतिनिधि समेत छन् । समितिले १५ दिनभित्र मुख्यमन्त्रीलाई सुझाव दिनेछ ।

पोखरा:  राइड सेयरिङलाई गण्डकी सरकारले वैधनिकता दिन लागेको विरुद्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समिति आजदेखि आन्दोलनमा छ ।   सोही घटनाको स्थलगत रिपोर्टिङमा जादैगर्दा ग २० प ३९७३ को स्कुटरमा सवार पत्रकार सुरज थापा र विनु थापालाई पठाओ भन्दै पृथ्वीचोकमा सांघतिक हमला भयो ।   उक्त घटनाप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले दुख व्यक्त गर्दै सांघातिक हमलामा उत्रने जो कोहीलाई कारवाही दायरामा ल्याउन माग गरेको छ ।   महासंघका प्रदेश सचिव योगेन्द्र बहादुर केसीले व्यवसायीहरु शान्तिपूर्ण आन्दोलनमा रहेकाले आपराधिक क्रियाकलाप गर्ने कसैलाई महासंघले बचाउ नगर्ने बताए ।    ‘हामीले आजदेखि शान्तिपूर्ण आन्दोदन सुरु गरेका छौं । पहिलो चरणमा हाम्रा गाडीहरु घर तथा ग्यारेजमा राखेर शान्तिपूर्ण तथा सन्देशमूलक आन्दोलन गरेका हौ, ‘उनले सुनगाभा न्यूजसँग भने, ‘यस क्रममा दुई जना पत्रकारमाथि कुटपिट भएको घटनामा हामी दुखि छौं । यो गैरकानूनी काम भयो । त्यसैले हामीले पहिल्यै आरपाधिक क्रियाकलाप नगर्न निर्देशन दिएका थियौं । त्यसैले कुटपिटमा संलग्नलाई हामीले बचाउ गर्ने भन्ने छैन । कानूनी कारवाही होस् भन्ने कुरामा प्रष्ट छौं ।’   उनले उक्त घटनापछि भीडलाई कम गर्नका लागि कोण सभा गर्दै आपराधिक क्रियाकलापमा संलग्नको पक्षमा महासंघ नगरेको घोषणा गरेको थियो । त्यसपछि अहिले सार्वजनिक सवारी साधानको चालक तथा सहचालकहरु सडकबाट किनार लागेका छन् ।   अहिलेसम्म उक्त घटनामा संलग्नमध्ये २ जनालाई कास्की प्रहरीले पक्राउ गरिसकेको छ । अन्यको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।   सांघातिक हमलापछि  कारवाहीको माग    रिपोर्टिङको क्रममा रहेका पत्रकार सुरज थापा र विनु थापालाई पठाओ भन्दै सांघातिक हमला गरेको प्रति खेद प्रकट गर्दै विभिन्न संस्थाले कारवाहीको माग गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज), नेपाल पत्रकार महासंघ गण्डकी, नेपाल पत्रकार महासंघ कास्की, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश, नेपाल मगर पत्रकार संघ लगायतले प्रेस विज्ञप्ती जारी गर्दै सांघातिक हमलामा संलग्न जो कोहीलाई कानूनी कारवाही गर्नुपर्ने उल्लेख गरेको छ । कुटिएका पत्रकार सुरज थापा नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज) का कार्यसमिति सदस्य र नेपाल मगर पत्रकार संघ कास्कीका उपाध्यक्ष हुन् भने विनु थापा नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष हुन् । विनु हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् ।   यस्तो छ, यातायात व्यवसायीको माग   निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।   यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।      

पोखरा:   आन्दोलनमा रहेको यातायात व्यवसायीले आज पोखरामा सार्वजनिक सवारी साधन (कालो नम्बर प्लेटका बस तथा मालवहाक ट्रक) ठप्प पारेका छन्  ।   गण्डकी सरकारलाई दिएको ४८ घण्टे अल्टिमेटमलाई बेवास्ता गरेको भन्दै आजदेखि सार्वजनिक सवारी साधन घर र ग्यारेजमा थन्काएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिका सचिव योगेन्द्र बहादुर केसीले जानकारी दिए ।    उनका अनुसार निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी गण्डकी सरकारले कार्यविधि बनाउन लागेको भन्दै  तत्काल खारेज गर्न ४८ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाइएको थियो  ।   उक्त म्याद सकिएको भन्दै यातायात व्यवसायीहरु आजदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रेका हुन् ।    ‘हामीले ४८ घण्टे अल्टिमेटम दिएका थियौं, यो सरकारले हाम्रो मागलाई कुनै ध्यान दिएन । त्यसैले आज हामीले सार्वजनिक सवारी साधन ठप्प गरेका हौं, उनले सुनगाभा न्यूजसँग भने, 'भरे बेलुकासम्म केही सकरात्मक जवाफ आएन भने प्रदेशदेखि देशभरी नै अनिस्चितकालिन आन्दोलनमा उत्रन्छौ ।’   निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।   यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ । सार्वजनिक सवारी साधन नचलेपछि यात्रुलाई प्रवाव परेको छ ।

पोखरा:   गण्डकी प्रदेशमा यातायात व्यवसायीले भोलि (आइतबार) कुनैपनि सार्वजनिक सवारी साधन (कालो प्लेट) सडकमा ननिकाल्ने निर्णय गरेका छन् ।   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी गण्डकी सरकारले कार्यविधि बनाउन लागेको भन्दै  तत्काल खारेज गर्न ४८ घण्टे अल्टिमेटम दिएका थिए ।    उक्त म्याद सकिएसँगै गण्डकी प्रदेश सरकारले व्यवसायीको पक्षमा कुनै निर्णय नगरेको भन्दै भोलि (आइतबार) यात्रुबहाक र मालवहाक सवारी साधन घर तथा ग्यारेजमा थन्काउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र बहादुर केसीले बताए ।    ‘हामीले ४८ घण्टे अल्टिमेटम दिएका थियौं, यो सरकारले हाम्रो मागलाई कुनै ध्यान दिएन । त्यसैले भोलि हामीले सार्वजनिक सवारी साधन ठप्प गर्ने निर्णय गरेका छौं, उनले सुनगाभा न्यूजसँग भने, ‘भोलिपनि केही सकरात्मक जवाफ आएन भने प्रदेशदेखि देशभरी नै अनिस्चितकालिन रुपमा गाडीहरु घर र ग्यारेजमा थन्काउछौं ।’   यो पनि पढ्नुहोस   गण्डकी सरकारलाई यातायात व्यवसायीको ३ दिने अल्टिमेटम निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।   यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।

कास्की:   यस वर्षको मनसुन सुरू भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ ।   घटनामा छजना घाइते भएका छन् । यसबीचमा जिल्लामा बाढीपहिराका ३३ र अविरल वर्षाका ६१ वटा घटना घटेका प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालयकानुसार विपद्मा परेर पोखरा महानगरपालिकामा १२ र मादी गाउँपालिकामा दुईजनाको मृत्यु भएको हो ।   पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका गत असार २७ गतेको पहिरामा परी स्थानीय कुलबहादुर परियारको परिवारका छसहित सात जनाको ज्यान गएको थियो ।   पहिरामा परेर कुलबहादुरसहित उहाँका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा छिमेकी ५६ वर्षीया राधिका परियारको मृत्यु भएको थियो ।   यसैगरी सोही रात पोखरा महानगरपालिका–३२ चैनपुरस्थित बाह«विसेमा ४० वर्षीया आरती ओझोको घर पहिरामा पुरिदा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र नौ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको थियो ।   यसैगरी असार २७ गते राति मादी गाउँपालिका–११ ताप्लेमा गएको पहिरामा परेर ८० वर्षीया माइतीकुमारी गुरुङको ज्यान गएको थियो ।   गत असार २६ गते पोखरा महानगरपालिका–२७ का २२ वर्षीय भीमबहादुर थापाको घरमै सुतेको अवस्थामा पहिरामा परेर निधन भएको थियो । गत असार १२ गते रातिको घटनामा कास्कीको मादी गाउँपालिका–५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको थियो ।   सोही दिनको घटनामा पोखरा महानगरपालिका–२७ आरुपाटाका ३१ वर्षीय हरि सुनारका छोरा तीन वर्षीय अनमोल सुनारको पहिरामा परेर ज्यान गएको थियो । यसैगरी अविरल वर्षाका कारण दुईजना घाइते भएका छन् ।   प्रहरीकानुसार पहिराका कारण जिल्लामा १४ वटा घर पूर्ण क्षति र नौ वटामा आंशिक क्षति पुगेको छ । पहिराका कारण एकवटा चौपाया मरेका र चार वटा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।   यस्तै वर्षाका कारण पाँचवटा चौपायाको मरेका, दुईवटा घाइते तथा एक हजार नौ सय २० वटा पंक्षी मरेका पनि शर्माले जानकारी दिनुभयो ।   विपद्बाट जिल्लामा अन्दाजी रु चार करोड आठ लाख ८१ हजारभन्दा बढीको सम्पत्तिमा क्षति भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।   कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी गराए ।   उ​नका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुु रोगको समेत परीक्षण गरिनेछ । जसका लागि डा. कुशुम महराको सहयोग मिल्ने उनले बताए ।    “नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौं । सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्ध बुवाआमाहरुको उपचारमा सहयोग मिलोस् भन्ने भावनाले वडाले नै निशुल्क स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराएको हो ।”, उनले भने ।   वडाले उपलब्ध गराएको निशुल्क स्वास्थ्य परीक्षणको लाभ लिन उनको अनुरोध छ । स्थानीय तहको दायित्व र कर्तव्य अन्तर्गत आफुहरुले बेलाबेलामा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले उल्लेख गरे ।    पोखरा महानगरपालिका वडा नं. १३ ले वडाको भौतिक विकास मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्रभावकारी बनाउन लगानी गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सम्बद्ध सँघसंस्थासँग मिलेर गतिविधि अगाडि बढाइरहेको छ ।  

पोखरामा आजदेखी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ ।    पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको प्रवचन कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले गरे ।   सो अवसरमा बोल्दै पर्यटकीय राजधानीमा आयोजना हुने कार्यक्रमहरुले धार्मिक पर्यटनलाई टेवा पुग्ने बताए ।   धार्मिक अथवा आध्यात्मिक कार्यक्रमले सकारात्मक सोंचको विकासका लागि धार्मिक तथा अध्यात्मिक प्रवचन कार्यक्रमको उल्लेख्य भुमिका रहने बताउदै मन्त्री थापाले मन्दिर सञ्चालक समितिसँँग साथमा रहेर सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।    स्थानीय निकायहरुसँग सहकार्य गरेर खाली जग्गाहरु प्राप्त गर्न सकेको खण्डमा योग र ध्यान शिविरका लागि आफ्नो मन्त्रालयले सहयोग गर्नेसमेत मन्त्री थापाले प्रतिबद्धता जनाए ।   यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी भरमणी पाण्डेले मानिसहरु भौतिक सुख शान्ति खोजिरहदा विभिन्न दुखमा परिरहेको बताउदै अध्यात्मिक कार्यक्रमहरुले  दुखलाई भुल्याउन सहयोग पु¥याउने वताए ।   पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले पोखरा ८ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर पोखरा महानगरपालिका ७,८,९,६,१७ नम्बर वडाका प्रमुख धार्मिक स्थल रहेको बताउदै मन्दिरको संरक्षणका लागि सम्पूर्णले चासो दिनुपर्नेमा जोड दिदै कार्यक्रमको सहयोगार्थ एक लाख रुपैया प्रदान गर्ने प्रतिबद्धता गरे ।   पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले श्रावण महिनाभर आयोजना हुने धार्मिक कार्यक्रमले आध्यात्मिकतातर्फ मानिसहरुलाई जागरुक गराउन सहयोग पुग्ने बताइन् ।    श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज, बृन्दावन धामडाँडाको नाकका विष्णु वशिष्ठ महाराज, पोखरा विश्वविद्यालयका डीन डाक्टर दयाराज ढकाल, निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक पुरुषोत्तम रेग्मी लगायतले बोलेका थिए ।    श्रावण १० देखि भदौ १० सम्म आयोजना हुने एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराजले प्रवचन प्रदान गर्नेछन भने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिनेछन ।   हरेक दिन ११ बजे देखी २ बजे सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।