पोखरा: आज साउनको पहिलो सोमबार । पोखरामा झण्डै साढे दुई दशकदेखि जारी बोलबम पदयात्रा बगरको शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिदैंछ । यतिबेला केदारेश्वरमा भक्तजनको भीड छ । केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामले हरेक वर्ष बोलबम पदयात्रासहित धार्मिक कार्यक्रम आयोजना गर्दै आएको छ । बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बोलबम पदयात्रा हुनेछ । बोलबम यात्रामा नौमती बाजासहित भजनकिर्तन, झाँकी प्रस्तुत गरिएको थियो । मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन किर्तनसमेत आयोजना हुने केदारेश्वर महादेवमणि सेवाश्रम समितिले जनाएको छ भने सन्ध्याकालिन समयमा विशेष पूजासहित आरतीसँगै शिवसाधना हुनेछ । थप तस्बिरहरु:-
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। मनसुनी वायुको प्रभावका कारण अहिले देशभर साधारणतया बदली रही गण्डकी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने प्रक्षेपण छ। महाशाखाले सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।
पोखरा: पर्यटन राजधानी पोखरामा कर्मचारी मिलन केन्द्र कास्कीले प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान सुरु गरेको छ । समाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको एक दिन पोखरा क्षेत्रका प्राकृतिक एवम् सांस्कृतिक सम्पदालाई सरसफाई गर्ने गरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिनुुभयो । प्रत्यक महिनाको ५ गते सम्पदा सरसफाई अभियान सञ्चालन गरिने बताउँदै उहाँले उक्त दिन सार्वजनिक विदा परेमा ६ गते गर्ने गरी कार्यक्रम तय गरिएको बताउनुुभयो । एक समारोहका बीच आज सरसफाई अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ग्रिन सिटी, क्लिन सिटी बनाउने कार्यमा यो अभियान महत्वपूर्ण बन्ने बताउनुुभयो । यस अभियानले पोृखरालाई सफा बनाउने कुरामा जनचेतना अभिबृद्धि समेत गर्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो । कर्मचारी मिलन केन्द्रका संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले राष्ट्रसेवक कर्मचारीहरू समाजिक उत्तरदायित्व अन्तर्गत यस अभियानमा जोडिने बताउनुुभयो । प्रत्येक महिनाको एक दिन यस अभियान अन्तर्गत पोखरा क्षेत्रका कुनै न कुनै सम्पदा सरसफाई गरिने उल्लेख गर्दै उहाँले यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुुभयो । पोखराको फेवातालस्थित बाराही घाटबाट सुरु गरिएको सरसफाई अभियान फेवातालको किनारा क्षेत्रमा केन्द्रित गरिएको थियो । सरसफाईमा तीनवटै सुरक्षा निकाय, पोखरा महानगरपालिका, राष्ट्रसेवक कर्मचारी, नागरिक अभियन्ता, स्थानीय पर्यटन व्यवसायी लगायतको उपस्थिति थियो ।
पोखरा: पोखराः सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४६ युनिट संकलन भएको छ । ‘रक्तदान हो जिवनदान, यही हो ठुलो पुण्य काम, हामीले दिएको रगत नै हुन्छ कसैलाई जिवनदान’ भन्ने नारासहित शनिबार नयाँगाउँस्थित फ्रन्कलिंक एजुकेसन कन्सल्टेन्सीको प्राङ्गणमा रक्तदानको आयोजना गरिएको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनले प्राकृतिक प्रकोप तथा विपद्को समयलाई मध्यनजर गर्दै रक्तदानको आयोजना गरिएको बताए । ‘हामीले खेलकुदसँगै सामाजिक काममा पनि निरन्तर लागिरहेका छौं, उनले भने, ‘अहिले विपद्को समयलाई मध्यनजर गर्दै रक्तदानको आयोजना गरेका हौं ।’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उचित समयमा रक्तदानको आयोजना गरेको भन्दै किङ्स क्लबको प्रशंसा गरेका थिए । उक्त कार्यक्रममा रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।
कास्की: पोखरा महानगरपालिका २५ को नयाँ प्रशासनिक भवनबाट सेवा सुरु भएको छ । पहिले सेवा दिदै आएको कार्यालयबाट सेवा दिन कठिनाई भएको हुदा नयाँ कार्यालयबाट सेवा प्रदान गरिएको हो । नयाँ भवनकाो उद्घाटन मेयर धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले भूगोलको हिसाबले पोखरा ठुलो महानगरपालिका भएको बताउदै जनसंख्या पनि धेरै भएको बताए। सेवाग्राहीको सेवाका लागि भवन आवस्यक रहेको बताउदै अब नागरिकले नयाँ भवनबाट सहज सेवा पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानांग, साबिक हेमजा गाविसका अध्यक्ष रामचन्द्र त्रिपाठी र गौरीशंकर माविका अध्यक्ष भोजराज पौडेल लगायतले बोलेका थिए ।
पोखरा: युनाइटेड क्लब पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका ४ परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरनचौरमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो । क्लबले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित रकमबाट स्थापित विपद् व्यवस्थापन कोषमार्फत आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोग अन्तर्गत पोखरा ३२ चैनपुर आरती ओझाको परिवारलाई १० हजार, पोखरा २७ अर्चलेका स्वर्गीय अनमोल सुनार र स्वर्गीय भीम थापाको परिवारलाई १०÷१० हजार र पोखरा १९ पुरनचौरका पहिरोबाट ७ जना परिवार गुमाएका पवन परियारलाई २५ हजार नगद प्रदान गरेको हो । युनाइटेड क्लबले प्रत्येक वर्ष विपदमा परेका परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको र सोही कार्यक्रम अन्तर्गत असार महिनामा अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरेको युनाइटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठले बताए । उक्त कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमाल बख्रेल, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष सुुर्य बहादुर बानियाँ, सह कोषाध्यक्ष सीमा गुरुङ, कार्यसमिति सदस्यहरु सन्तोष कार्की, जयराम आचार्य, पूर्ण कुमार श्रेष्ठ र आजीवन सदस्य कृष्ण गौतम, सल्लाहकार रमेश कार्की लगायतको उपस्थिती रहेको क्लवका महासचिव दिनेश सुनारले बताए । स्थापना कालदेखीनै देउसीभैलो कार्यक्रम गरी संकलन भएको रकमबाट विपद ब्यवस्थापन कोष स्थापना गरी नेपालको पश्चिम कैलाली देखी पूर्वमा उदयपुर सम्म विपदमा परेकाहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आइरहेको बताउदै बिपदमा परी ज्यान गुमाएका प्रति श्रद्धान्जली सहित परिवारमा समवेदना प्रकट गरेको सुनारले बताए ।
पोखरा: केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामको आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ । पोखरामा झण्डै साढे दुई दशकदेखि जारी यो कार्यक्रमले यहाँ धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्दै गएको छ । ‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बगर शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिनेछ । शनिबार पत्रकार सम्मेलनमा विश्वहिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका बोलबम संयोजक शंकर खरालले कार्यक्रमको आवश्यक तयारी पूरा भएको बताए । केदारेश्वर महादेवमणि सेवाश्रमका पिठाधीश डा. चिद्घन चैतन्यले पोखरा धार्मिक पर्यटनको प्रशस्त अवसर भएको सहर भएको बताए । प्रचार संयोजक दुर्गा अधिकारीले बोलबम पोखराको चिनारीसमेत भएकोले सञ्चारमाध्यमबाट सहयोग गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रम सफल पार्न विभिन्न उपसमिति गठन गरिएको समिति सचिव ओमनाथ अधिकारीले बताए । बोलबम जलयात्रामा नौमती बाजा, भजनकीर्तन, झाँकी प्रस्तुत गरिने छ । मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन कीर्तन गरिने छ भने सन्ध्याकालीन समयमा विशेष पूजासहित महाआरतीसँगै शिवसाधना हुनेछ । राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान, विश्व हिन्दू महासंघ सांस्कृतिक समूह र विभिन्न भजन समूहद्वारा भजन प्रस्तुति गरिने आयोजकले जनायो । बोलबम प्रचारका लागि शनिबार मोटरसाइकल ¥यालीसमेत भयो ।
पोखरा: पोखरा महानगरपालिका ६ स्थित हल्लनचोकमा हाइलक्स र मोटरसाइकल एक आपसमा ठोक्दिा मोटरसाइकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ बस्ने २६ वर्षीय इश्वर परियार रहेका छन् । ठक्करपछि घाइते भएका परियारलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपपनि पौने ७ बजे डाक्टरले मृत घोषणा गरेका थिए । आज बिहान पौने ६ बजे हल्लनचोकमा ग ३ च ३४५७ नम्बरको हाइलक्स र ग ११ प ९१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो । अहिले हाइलक्स चालक बर्दियाको ठाकुर बाबा नगरपालिका ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा १७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशिल दहितलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछिको कारण र गल्तीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पनखोलामा पौडी खेल्न गएका २ जनाको डुबेर मृत्यु भएको छ । शुक्रबार हर्पन खोलामा पौडी खेल्न गएका १८ वर्षीय प्रकृत बुद्धचार्य र स्वयं ताम्राकारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने प्रकृत बुद्धचार्य र पोखरा–२ बस्ने १८ वर्षीय स्वयं ताम्राकार रहेका छन् । ६ जनाको समूहमा हर्पन खोलामा पौडी खेल्न गएका ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । यस्तै पोखरा महानगरपालिका–२६ गुदेतालमा एक बालकको डुबेर मृत्यु भएको छ । लमजुङको मध्य नेपाल करापुटार घर भई पोखरा–२६ बस्ने ३४ वर्षीइ बिकाश परियारको ६वर्षीय छोरा सचिन परियारको गुदेतालमा डुबेर मृत्यु भएको हो । बुवासँग माछा मारेको हेर्न गएका सचिन अचानक तालमा डुबी रहेको अवस्थामा बुवा र स्थानीयले देखेपछि उद्धार गरेर उपचारको लागि लेखनाथ सिटी अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरीको टोली खटिएको कास्की प्रहरीले जनाएको छ ।

