पोखरा:   पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

पोखरा:     केही दिन यता देशभर भारी वर्षा भइरहेको छ ।   भारी वर्षाका कारण नदी, खोलामा पानीको बहाव बढ्दा तटीय क्षेत्रमा बाढी तथा पहिरोको जोखिम बढेको छ ।    यसैबिच पोखराको मध्यभाग भएर बग्ने सेती नदीमा पानीको बहाव बढ्दा केही परिवार आंशिक रुपमा विस्थापित भएका छन् ।    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले पोखरामा वर्षाका कारण १ सय बढी परिवार आंशिक रुपमा विस्थापित भएको जानकारी दिए ।     ‘कास्कीमा पनि बाढी पहिरोको जोखिम उत्तिकै छ, एसपी थापाले सुनगाभा न्यूजसँग भने,‘डुबान र बस्तीमा पानी पसेपछि अहिलेसम्म करिब १ सय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । आंशिक रुपमा विस्थापित भएका हुन् पूर्ण रुपमा होइन ।’   प्रहरी उपरीक्षक थापाका अनुसार वर्षाका कारण सेती नदीमा पानीको बहाव बढ्दा पोखरा–३३ पशुपतिस्थित सुकुम्बासी टोलमा रहेका करिब २७ घर जोखिममा परेपछि आफन्तमा आश्रय लिएका छन् ।    यो पनि पढ्नुहोस   पहिरामा पुरिएर स्याङ्जामा तीनको मृत्यु, पाँचजना घाइते पर्वत: पहिरोमा बेपत्ता भएका दुई जना मृत फेला तनहुँ पहिरो अपडेट: बेपत्ता तीनै जनाकाे शव फेला सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जामा सडक भासियो यस्तै पोखरा महानगरपालिका–१४ गोष्टी टोलस्थित सेती नदीको किनारमा बसोबास गर्ने २३ परिवारलाई टोल विकास संस्थाको भवनमा राखिएको छ । भने पोखरा १३ कमलपोखरी क्षेत्रपनि डुबानमा परेको छ ।    जिल्ला प्रशासन कार्यालय कास्कीले जल तथा मौसम विभागको मौसम पूर्वानुमान बमोजिम अझै केही दिन भारी तथा मध्यम वर्षा हुने अनुमान रहेकाले नदी तथा खोलाका तटीय क्षेत्रमा सावधानी अपनाउनसमेत आग्रह गरेको छ ।    जिल्ला भित्र कतै विपद् जन्य घटना भए स्थानीय तह, जनप्रतिनिधि, सुरक्षाकर्मीहरुलाई तुरुन्त खवर गर्न समेत कास्की प्रशासनले अनुरोध गरेको छ ।   

पोखरा:   तनहुँबाट पोखरा ल्याएर नाबालिगलाई सामुहिक बलात्कार गरेको आरोपमा कास्की प्रहरीले भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले नाबालिगलाई शरिर बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको जानकारी दिए ।    उनका अनुसार ति दुइजनालाई गत १८ गते (मंगलबार)  बिहान पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वर गाउँपालिका स्थायी घर भई पोखरा–११ बस्ने २१ वर्षीय अरुण कुमार दास र भारतको बिहार प्रदेश सितामणी स्थायी घर भई पोखरा–११ नै बस्ने १९ वर्षीय सुनिल दास रहेको डिएसपी शर्माले बताए ।    यस्तो छ घटनाक्रम, गएको असार १७ गते तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई छलकपट गरी झुक्याउदै र डरत्रास देखाई भारतीय नागरिकसहित २ जनाले ग ८ प ४२८० नम्बरको मोटरसाईकलको बीचमा राखी पोखरामा ल्याए ।  तनहुँबाट पोखरा ल्याएका नाबालिकालाई उनीहरुले पोखरा महानगरपालिका–११ रानीपौवास्थित कोठामा बन्धक बनाएर सामुहिक बलात्कार गरे ।   त्यसपछि अर्काे दिन असार १८ गते बिहान तनहुँ फर्किदै गर्दा पोखरा महानगरपालिका–३० पावरहाउसस्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरीले चेकिङ गर्ने क्रममा भाग्न खोजे ।    त्यसपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा नाबालिकाले आफुलाई सामुहिक बलात्कार गरेको खुलाए ।   त्यसैको आधारमा कास्की प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढायो ।   अहिले पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत कास्कीबाट अपहरण वा शरिर बन्धक तथा जवरजस्ती करणी सम्बन्धि मुद्धामा असार १८ गतेदेखि नै लागू हुने गरी पहिलो पटक ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:     चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यू बक्स खोलिएको छ ।  संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुुई सिनेमा हल क्युएफएक्स र मिडटाउनमा राखिएको रिभ्यू बक्स खोलिएको हो । दुवै सिनेमा हलमा आएका दर्शक प्रतिक्रियालाई हेरेर लक्की ड्र मार्फत ८ जना विजेताको घोषणा गरिएको छ । विजेतालाई सिनेमा हलको तर्फबाट टिकट र पपकन, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालको तर्फबाट बन्जीको व्यवस्था मिलाइएको छ । सो अवसरमा कास्कीको चलचित्र पत्रकारिताको अवस्था र आगामी स्वरुपका विषयमा चर्चा गरिएको छ । संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले चलचित्र पत्रकार संघ नेपाल कास्कीको क्रियाशिलता प्रशंसनिय रहेको उल्लेख गरे । २०६० साल असार २२ गते आफ्नो नेतृत्वमा संघको स्थापना गर्दा चलचित्र पत्रकारिता पोखरामा नगन्य भएको र हाल आएर यसले विस्तार रुप लिँदै आएको बताए । पोखराबाट प्रकाशित हुने पत्रिकामा मनोरञ्जन बीटलाई स्थान नदिनुु दुखद भएको भनाई उनको छ । निवर्तमान अध्यक्ष अरुण गिरीले अन्य बीटमा लेख्ने पत्रकारले चलचित्रमा पनि कलम चलाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । सिनेमा मार्फत विभिन्न मुद्धाहरुको उठान हुुने भएकाले विषयगत रिर्पोटिङ सिनेमा मार्फत पनि गर्न सकिने भनाई उनको छ । संघका सल्लाहकार सुरेश रानाभाटले चलचित्र पत्रकार संघ नेपाल कास्कीले आफ्नो आयतन बढाउँदै लैजानुपर्ने बताए । संघले अहिलेसम्म गरेका कामहरु उदाहरणीय रहेको र अब दस्तावेजलाई पनि ख्याल गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे । पोखराको प्राकृतिक सौन्दर्यता र पर्यटनलाई जोडेर सिनेमा माध्यम प्रचारप्रसार गर्न सकिने भनाई उनको छ । संघका अध्यक्ष प्रभु अधिकारीले कास्कीको चलचित्र पत्रकारितालाई बढ्वा दिँदै जाने उल्लेख गरे । सबैका सुझावलाई आत्मसात गर्दै संघको आगामी कार्यक्रम तय हुने भनाई उनको छ । चलचित्र पत्रकारलाई हेर्ने दृष्टिकोणमा फरकपन आएको बताउँदै समयसापेक्ष कार्यक्रम गर्ने उनले बताए । कार्यक्रममा संघका संस्थापक सदस्य विष्णुु सापकोटा, सागरराज तिमिल्सिना, विभु भुसाल, पूर्वसहसचिव विजय नेपाल, नेपाल प्रेस युनियन कास्कीका सचिव धनबहादुर गुरुङ (सुमन)ले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष अर्पण तिवारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए । 

पोखरा:   पोखरामा चितुवा धपाउने क्रममा एक प्रहरी जवान घाइते भएका छन् ।   गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र रेग्मीका अनुसार घाइते हुनेमा प्रहरी  चौकी छोरेपाटनमा कार्यरत ३२ वर्षीय प्रहरी जवान नारायण प्रसाद तिवारी रहेका छन् ।   पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित शनिबार बेलुकी करिब साढे ५ बजे श्याम बास्तोलाको बारीमा चितुवा आएको सूचनापछि प्रहरी टोली धपाउन पुगेका थिए ।    सोही क्रममा प्रहरी जवान तिवारीलाई कम्मरमा चिथोरेर घाइते बनाएको थियो ।   यद्यपी उपचारपछि उनका अवस्था सामान्य रहेको प्रदेश प्रहरीले जनाएको छ ।  

पोखरा:    पोखरा वडा नं. ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलले एसईई २०८० मा सर्वोत्कृष्ट ४ जिपीए प्राप्त गरेकी छात्रा अदिती पराजुलीसहित ४० जना विद्यार्थीहरुलाई सम्मान, बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी पराजुलीलाई ल्यापटप, सम्मानपत्र, ट्रफी, नगद र दोसल्लाले सम्मान गरेको हो । जिपीए ३.९० देखि ३.९५ ल्याउने विद्यार्थीहरु अंकिता कोइराला, शैलज अधिकारी, प्रकृति भुषाल, विवश सुवेदी र प्रताप तिमिल्सिनालाई नगद, ट्रफी र दोसल्लाले सम्मान गरेको छ । बाँकी सबै विद्यार्थीलाई ट्रफी र मालाले  बधाई ज्ञापन गरिएको थियो भने अभिभावकलाई दोसल्लाले सम्मान गरिएको थियो ।   कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे । आचार्यले पोखराका विद्यालयमध्ये शान्ति निकेतन उत्कृष्ट विद्यालयका रुपमा स्थापित भएको उल्लेख गर्दै शिक्षा महाशाखामा विद्यालयको गतिविधिको रेकर्डले नै पुष्टि गर्ने बताए । साथै, थोरै जिपीए आएपनि तिनै विद्यार्थीहरु जीवनमा सफल हुने गरेका दृष्टान्त सुनाए । विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयले समयसापेक्ष शैक्षिक योजना तथा रणनीतिहरुलाई अवलम्वन गर्दै विद्यार्थीका सर्वाङ्गिण विकासमा केन्द्रीत भई उत्कृष्ट पठनपाठन गरिरहेकोले ऐतिहासिक नतिजा प्राप्त गर्न सकेको बताए । संस्कारयुक्त शिक्षा तथा जीवनपयोगी सीपलाई प्रमुख आधार मान्दै आउँदा दिनमा विद्यालय अघि बढ्ने प्रतिबद्धता जनाए । डा। पराजुलीले भने – ’यस विद्यालय स्थापना गर्दैगर्दा शैक्षिक महापुरुषहरुले जुन परिकल्पना गर्नुभएको थियो, यी र यस्ता उपलब्धिले स्थापनाकालका परिकल्पना साकार भएको छ । उहाँहरुको योगदानको कदर भएको छ।’ सर्वोत्कृष्ट ४ जिपीए ल्याएकी छात्रा  अदिति पराजुलीले आफू शिक्षक, अभिभावक र साथीहरुको सहयोगले नै यस उपलब्धि प्राप्त गर्न सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरिन् । कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुर्त्यालले विद्यालयको शैक्षिक उपलब्धिमा सिंगो पर्स्यांङ टोल नै सन्तुष्ट रहेको अभिव्यक्ति दिए । साथै, विद्यालयले सधैँ लोभलाग्दो शैक्षिक उत्पादन गरेकोमा संस्थापक प्रिन्सिपल डा। पराजुलीलाई विद्यालय व्यवस्थापन समितिले सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका सहप्राचार्य यदुविलास भुर्त्यालले स्वागत मन्तव्य राखेका थिए्र त्यसैगरी, व्यवस्थापन समिति सदस्य पुरुषोत्तम पराजुली र अभिभावककातर्फबाट भेषराज घिमिरेले बोलेका थिए । साथै, कार्यक्रममा एसएलसी पहिलो ब्याच २०६७ का प्रथम विद्यार्थी सञ्जिव भुर्त्याललाई अमेरिकाबाट सिभिल इञ्जिनियरिङमा विद्यावारिधी  हाँसिल गर्न सफल भएकोमा उनका बुवाआमा चन्द्रबन्धु÷सीता भुर्त्याललाई सम्मान गरिएको विद्यालयका परीक्षा विभाग प्रमुख हेम सुवेदीले जानकारी दिए ।

पोखरा:   पोखरामा आज दिउँसो बसको ठक्करबाट एकजनाको मृत्यु  भएको छ ।    पोखरा १८ ग्यारजातीस्थित बिन्ध्यवासिनीचोकबाट सराकोटतर्फ जाँदै गरेको ग १ ख ४१५६ नम्बरको बसले ठक्कर दिँदा ७२ वर्षीय ललिता थापाको मृत्यु  भएको हो ।      सोही बसमा सवार थापा ओर्लिएर हिड्ने  क्रममा बसले ठक्कर दिँदा गम्भिर घाइते भएकी थिईन् । बसको ठक्करबाट गम्भिर घाइते भएकी थापाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा:      गण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष  ०८०/०८१ मा तय गरेका सबै कार्यक्रम सम्पन्न गरेको दावी गरेको छ । यसरी सम्पन्न कार्यक्रमको असार २१ र २२ गते प्राज्ञ सभाको सातौं पूर्ण बैठक मार्फत समीक्षा गरिएको सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पूर्ण बैठकले आगामी आर्थिक वर्ष गर्ने कार्यक्रम लगायतबारे विभिन्न महत्वपूर्ण निर्णय गरेको उहाँले सुनाउनुभयो । ‘विशेषत आर्थिक वर्ष ०८०/०८१ को हामीले सम्पन्न गरेको कार्यक्रमको बारेमा समीक्षा गर्ने काम भयो । हामीले आर्थिक वर्ष ०८०/०८१ मा ५४ वटा महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरेका थियौं । ५४ वटै कार्यक्रम सम्पन्न गरेका छौं’ उहाँले भन्नुभयो ।   आगामी आर्थिक वर्षमा प्रतिष्ठानमा चालु आर्थिक वर्षको तुलनामा ५८ लाख रुपैयाँ बजेट थप भएको छ । चालु आर्थिक वर्षमा १ करोड ७९ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । आर्थिक वर्ष ०७९/०८० मा भन्दा कम बजेट विनियोजन हुँदा केही कार्यक्रम प्रभावित भएको भएपनि आगामी आर्थिक वर्ष भने त्यसमा सहज हुने भएको सदस्य सचिव श्रेष्ठको भनाई छ ।  आर्थिक वर्ष ०७९/०८० मा ३ करोड २८ लाख बजेट विनियोजन भएको थियो । ‘चालु आर्थिक वर्षमा सत प्रतिशत कार्यक्रम सम्पन्न भए पश्चात मन्त्रालयले दुईवटा कार्यक्रम थपिदिएको थियो । जसअनुसार स्याङजाको फेदिखोलामा तमु भाषाको एक महिने प्रशिक्षण र तनहुँको दुलेगौडामा एक महिने धिमे बाजा प्रशिक्षण कार्यक्रम समेत गर्‍यौं’ श्रेष्ठले भन्नुभयो । आर्थिक वर्ष ०८०/०८१ मा ८७ वटा वाङमयिक संस्थाहरूसँग सहकार्य गरेको प्रतिष्ठानले नयाँ आर्थिक वर्षमा अन्य के–के कार्यक्रम गर्न सकिन्छ भन्ने बारेमा वाङमयिक संस्थाहरूसँग कार्यक्रमको प्रस्ताव माग्ने निर्णय गरेका छ । आगामी आर्थिक वर्षमा कम्तीमा २५ वटा जातीको भाषाको दुई–दुई महिनाका कक्षाहरू सञ्चालन गर्ने, २० वटा बाजाका दुई–दुई महिनाका तालिमहरू सञ्चालन गर्ने, १० वटा जातीको बारेमा अध्ययन अनुसन्धान गर्ने निर्णय पूर्ण बैठकबाट भएको छ । स्रष्टाहरूको योगदानलाई आत्मसाथ गर्दै उनीहरूका श्रव्य दृश्य निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिदै आगामी आर्थिक वर्ष कम्तीमा १५ जना स्रष्टाको श्रव्य दृश्य निर्माण गर्ने प्रतिष्ठानले जनाएको छ । २ सय जना स्रष्टाको स्वास्थ्य बिमालाई निरन्तरता दिने तथा हरेक वर्ष स्थापना दिवसमा सम्मान गर्दै आइरहेको गण्डकी प्रज्ञा नारी सम्मानको पुरस्कारको राशी ५० हजार बाट बढाएर १ लाख रुपैयाँ पुर्‍याउने निर्णय बैठकले गरेको सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।   आगामी साउन मसान्तसम्ममा हरेक जिल्लामा दुई–दुईवटा कार्यक्रम पर्ने गरेर प्रस्ताव माग गर्ने निर्णय पूर्ण बैठकबाट गरिएको बताइएको छ । प्रतिष्ठानको भानु सभाहलमा २ सय थान कुर्सी थप गर्ने तथा सो हलको मर्मत सम्भारको काम गरेर पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी प्रतिष्ठानले गरेको छ ।   प्रतिष्ठानको कार्यालय परिसरमा रहेको स्रष्टा स्मृति पार्कमा दिवंगत स्रष्टाहरुको अर्धकदको प्रतिमा बनाएर राख्ने तथा वर्षमा एकपटक पार्कमा कार्यक्रम गरी स्रष्टाहरूको सम्मानमा दीप प्रज्वलन गर्ने कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ ।   यस अगाडि सातौं पूर्ण बैठकको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रस्तुत गरिएको प्रतिष्ठानका तीनवर्षिय गतिविधि अवलोकन पश्चात भएको कार्य प्रगतिप्रति उहाँले सन्तुष्टी व्यक्त गर्नुभयो ।  ‘तीन वर्षिय कार्यप्रगति उल्लेखनीय रहेको छ, छोटो समयमा नै आफ्नो क्षमता प्रदर्शन गर्नुभयो’ मन्त्री थापाले भन्नुभयो । कला संस्कृति देशको पहिचान भएको भन्दै प्रतिष्ठानले गर्ने कार्यमा आफ्नो साथ सहयोग रहने प्रतिवद्धता उहाँले जनाउनुभयो ।   नयाँ पुस्तालाई आफ्नो भाषा, वेषभूषा तथा संस्कृति हस्तान्तरण गर्ने कार्यमा सहयोग गर्दै यसको जगेर्ना गर्ने काममा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानको संरक्षक समेत रहनुभएका मन्त्री थापाले बताउनुभयो । प्रतिष्ठानले वार्षिक रुपमा गर्दै आएको स्रष्टालाई सम्मान गर्ने कार्यक्रमको समेत उहाँले प्रशंसा गर्नुभयो । देशको कला संस्कृति पर्यटनसँग जोड्ने माध्यम भएको समेत उहाँले उल्लेख गर्नुभयो ।   प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्राज्ञ प्रजापति पराजुली, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठले बोल्नुभएको थियो ।   प्रतिष्ठानले पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न हरेक दिन यहाँको कला संस्कृति देखाउने कार्यक्रम गर्ने सपना देखेको सदस्य सचिव श्रेष्ठले खुलाउनुभयो । अग्रज स्रष्टाको सम्मानमा भत्ता वितरण, स्रष्टाको परिचयपत्र वितरण लगायतका कार्यक्रम समेत प्रतिष्ठानले गर्ने तयारी गरेको उहाँको भनाई थियो । प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो ।  

पोखरा:    गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ ।  विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।  नगद, माला र सम्मान पत्र सहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख गर्नुभयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको भनाई उहाँको छ ।  मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रोत्साहन तथा सम्मानका लागि सबै सेक्टरका खेलाडीहरुलाई समेट्ने प्रयास गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा मन्त्रालयले मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन प्रदेश सरकार लागि परेको भनाई उहाँको छ ।  प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पिडा बोकेर खेलाडीले जिविकोपार्जन गर्ने अवस्थाको सिर्जना नहुने गरी नै काम भइरहेको बताउनुभयो । आकस्मिक बिमाको सुरुवात गर्दै खेलाडीलाई प्रोत्साहन थप्ने काम भएको भनाई उहाँको छ ।    मन्त्रालयले सम्मान गरेका खेलाडी बिनिता सार्की–मोर्डन पेन्टाथलन विशाल बस्नेत–ह्याण्डबल राजेश बास्कोटा–जिम्न्याष्टिक पवित्रा गुरुङ–हक्की योगेन्द्र थापा–उशु रेखमायाँ गुरुङ– तेक्वान्दो संदिप बराल–फेन्सिङ प्रियाङ्का बर्मा–बक्सिङ विवेक हमाल–बडीविल्डङ्ग प्रदिप रेग्मी– मेन्स स्पोर्टस फिजिक मोनिका राना मगर–आर्चरी रिता श्रेष्ठ थापा–प्याराग्लाइडिङ विजय महतो–सेपाक ताक्रो मनोज श्रेष्ठ–कराते सुरज सुनार–आइटिएफ तेक्वान्दो ऋषीसरा थापा– एथलेटिक्स चित्र बहादुर थापा–खोखो पुनम गुरुङ–व्याडमिन्टन रुपक नेपाली–फुल कन्ट्याक्ट कराते मुना थापा–टेबुल टेनिस