पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ।   गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो।   गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी गराएको छ।   गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा-५ का अध्यक्ष हरिबहादुर प्रजाले कार्यपालिकाको बैठकबाटै तीन दिन बिदा दिने निर्णय भएको जानकारी दिए।   सोमबार क्रिसमस र मंगलबार उधौली पर्वको सार्वजनिक बिदा पर्ने हुँदा कार्यपालिका बैठकबाट आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए।   उनका अनुसार गाउँपालिकाभित्र ४६ प्रतिशतभन्दा बढी मानिसहरूले इसाई धर्म मान्छन् । क्रिसमस मनाउन ६ गतेदेखि नै सुरू हुन्छ।   गाउँपालिकाभित्र विशेष महत्त्वका साथ मनाइने भएकाले त्यस दिन सार्वजनिक बिदा दिइएको प्रवक्ता प्रजाले जानकारी दिए।

पोखरा:  पोखरा १७ बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ शनिबार सकिएकाे छ ।   समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी खुल्ला रूपमा सिकाइ हुनुपर्ने कुरामा जोड दिए । उनले भने, ‘सिकाइ चार दिवारभित्र मात्र हुन्छ भन्ने छैन, वास्तविक सिकाइ समाजबाट नै सिक्ने हो जुन फिस्टेलले सिकाइरहेको छ ।’’   उनले यस्ता खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा ठुलो सहयोग पु¥याउने धारणा राखे ।   शनिबार सम्पन्न सेभेन ए साइड फुटबलको फाइनल खेलमा शान्ति निकुञ्ज, लिटिल फ्लावर र शान्तिदीप स्कुलले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । उनीहरूले क्रमशः  रु ७५ हजार, ३५ हजार र २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।   ५/५ छात्र बास्केटबलमा आयोजक फिस्टेल एकेडेमी, मनकामना बोर्डिङ स्कुल र अल्फा एकेडेमीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । छात्रा बास्केटबतर्फ काठमाडौँको एनसीसीएस, फिस्टेल एकेडेमी र बालकल्याण स्कुल प्रथम, द्वितीय र तृतीय बने । यी सबै खेलमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।   टेनिसतर्फ १६ वर्षुनिको छात्रतर्फ फिस्टेलका सृजन भट्टराईले गण्डकी बोर्डिङ स्कुलका शास्वत बज्राचार्यलाई २–६, ६–३, ६–३ को सेटमा पराजित गरी प्रथम बने ।   द्वितीय गण्डकी बोर्डिङका शास्वत बज्राचार्य बन्दा तृतीय स्थान गण्डकी बोर्डिङका डोजन गुरुङ र भद्रकालीका सन्दीप बिकले प्राप्त गरे । छात्रातर्फ मैत्रेय पाठशालाकी शाल्भी शेरचन प्रथम बन्दा शान्ति निकेतनकी अदिती पौडेल द्वितीय र सेन्ट मेरिजकी शरिसा शेरचन ताथ मैत्रेय पाठशालाकी आरुसी तुलाचन तृतीय बने ।   १२ वर्षमुनिको छात्र टेनिसमा फिस्टेलका आर्यशराज पौडेल र गण्डकी बोर्डिङका स्पन्दन उदास  क्रमशः प्रथम र द्वितीय हुँदा गण्डकीका प्रफुल्ल श्रेष्ठ र डोजन गुरुङ तृतीय बने ।   १० वर्षमुनिको छात्रतर्फ फिस्टेलका आर्यसराज पौडेल, शिशुनिकेतनका इभान भट्टराईले क्रमश प्रथम र द्वितीय स्थान लिँदा शिशुनिकेतनकै ओमयुग थापा र शोभान केसीले तृतीय स्थान प्राप्त गरे ।   छात्रातर्फ फिस्टेलकी जीवाश्री भट्टराई र सेन्ट मेरिजकी बनी एस मेथलागन क्रमशः पहिलो र दोस्रो बन्दा जिओभानी केसी र सोनाक्षी ढुङ्गाना तेस्रो बने ।   ९ वर्षमुनिको छात्रतर्फ शिशुनिकेतनका इभान, फिस्टेलका जीवाश प्रथम र द्वितीय बन्दा शिशुनिकेतनका ओमयुग थापा र प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने ।   छात्रातर्फ फिस्टेलकी जीवाश्री र गुरुकुल विद्याश्रमकी जिओभानी केसी क्रमशः पहिलो र दोस्रो हुँदा फिस्टेलकी सायना र सेन्ट मेरिजकी बनी एस मेथलागन तृतीय बने ।   ८ वर्षमुनिको छात्रतर्फ फिस्टेलका जीवाश र ग्लोबल कलेजियटका अनन्त पाण्डे प्रथम र द्वितीय बन्दा प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने । पुरस्कार वितरण तथा समापन कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष चिनुरानाभाटको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रथानाध्यापक कमल लामिछानेले गरेका थिए ।

काठमाडौँ:   मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार जातीय भेदभाव गरेको आरोपमा झापु शाही र धनबहादुर भट्टलाई पक्राउ गरिएको हो ।   शाही खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीकी आमा हुन् ।   उनको घरमा डेरा गरेर बसेकी तुलसालाई जात थाहा भएपछि जातीय भेदभाव गरेको र डेरा सरेर जान दबाब दिएको उनीमाथि आरोप छ । त्यस्तै, भट्ट स्थानीय व्यापारी हुन् ।   उनले सामान किन्न जाँदा तुलसाको जात सोधेको र विश्वकर्मा भन्ने थाहा पाएपछि सामान भुँइमै राखेर दिएर पैसासमेत भुँइमा राख्न लगाएर लिएको आरोप छ । शाही र भट्टलाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक कार्कीले बताए ।   दाङ घर भएकी अनमी तुलसाकुमारी गत वर्ष माघमा नियुक्ति लिएर खनैयाँ पुगेकी थिइन् ।   बैशाखमा घरधनीले जात थाहा पाएपछि त्यसयता डेरा सर्न दबाब दिएको र त्यसक्रममा गाउँले र गाउँपालिकाको शिक्षा शाखाका प्रमुख विरेन्द्र मल्लबाट यौन दुव्र्यवहार समेत भएको उनको आरोप छ । तर उनले त्यसको विरुद्धमा कानूनी लडाइँ लड्ने साहस समेत गरेकी थिइनन् ।

काठमाडौँ:   नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ ।   नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको हो ।   प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउनका निम्ती आयोजना गरेको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गरे ।   अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गर्दै उनले राज्यले गर्नुपर्ने काम गरेको र नृत्य निर्देशकहरुलाई राज्यले उचित स्थान दिनुपर्ने बताए । क-कस्ले कुन कुन बिधामा पाए अवार्ड ?   उत्कृष्ट तामाङ जातीको लोक नृत्य निर्देशक (जुरी) अवार्ड-निरु फुयाल,उत्कृष्ट थकाली नृत्य निर्देशक अवार्ड – सोनु लामा, उत्कृष्ट राइ जातीको लोक नृत्य निर्देशक- नविना के।सी, उत्कृष्ट हुडकेली नृत्य निर्देशक पब्लिक चोइस अवार्ड – मनु लिम्बुले पाए ।   यस्तै उत्कृष्ट झिझिया नृत्य निर्देशक अवार्ड – नारायणी थापा मगर, उत्कृष्ट शेब्रु नृत्य निर्देशक अवार्ड – निर्जला राइ, उत्कृष्ट कौडा नृत्य निर्देशक पब्लिक चोइस अवार्ड – पर्सन गुरुङ, उत्कृष्ट थारु नृत्य निर्देशक अवार्ड- दिल बहादुर सुनार, उत्कृष्ट नेवारी नृत्य निर्देशक अवार्ड- रबिन्सन श्रेष्ठ, उत्कृष्ट तीज नृत्य निर्देशक अवार्ड- सिता माया श्रेष्ठ, उत्कृष्ट मारुनी नृत्य निर्देशक- ममता राइ, उत्कृष्ट टप्पा नृत्य निर्देशक पब्लिक चोइस अवार्ड- आक्रिती गुरुङले पाइन् ।   यसैगरी उत्कृष्ट छलिया नृत्य निर्देशक अवार्ड- सिर्जना माया लामा, उत्कृष्ट धिमाल नृत्य निर्देशक पब्लिक चोइस अवार्ड- नरेश घले, उत्कृष्ट श्रेब्रु नृत्य निर्देशक जुरी अवार्ड – सुनिल गिरी, उत्कृष्ट झिझिया जातीको नृत्य निर्देशक पब्लिक चोइस अवार्ड-किसन बहादुर नेम्वाङ, उत्कृष्ट कौडा नृत्य निर्देशक अवार्ड – अस्मिता पराजुली, उत्कृष्ट तामाङ नृत्य निर्देशक अवार्ड – सरस्वती पोखरेलले जितिन् ।   उत्कृष्ट टप्पा नृत्य निर्देशक अवार्ड – मन्दिरा न्यौपाने, उत्कृष्ट हुडकेली नृत्य निर्देशक अवार्ड – लक्ष्मी पुरी, उत्कृष्ट धिमाल नृत्य निर्देशक अवार्ड- हिरा तामाङ, सर्वोत्कृष्ट नृत्य निर्देशक पब्लिक चोइस अवार्ड- मनाङ गुरुङ, सर्वोत्कृष्ट नृत्य निर्देशक जुरी अवार्ड- दिवस गिरी, सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड – युवराज गुरुङ्ले प्राप्त गरेका थिए ।  

भक्तपुर:   भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् ।   प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।   उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले जानकारी दिए ।   उनको मृत्युको कारण खुलेको छैन । उनी मृत फेला परेको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

म्याग्दी:  म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ।   युवा कुलतमा फस्ने र  धनराशी गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो।   परीक्षणका रुपमा एक वर्षअघि देखि लागू गरिएको उक्त नियमका कारण गाउँमा मदिरा भित्रिएर बाहिरिने लाखौं रुपैयाँ जोगिएको स्थानीयवासी बताउँछन्।   विसं २०७९ मङ्सिर १६ गते झीं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातित मदिरालाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो।   उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन् ।   विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने र धनराशिसमेत मासिने भएपछि गाउँमा उक्त नियम बनाइएको रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनबहादुर शेरमञ्जाले बताए।   ‘बाहिरबाट आयात गरिएका कतिपय रक्सीको गुणस्तर नहुँदा धेरै जनालाई विभिन्न रोग पनि लाग्यो, महँगा मदिरा सेवन गर्दा ठूलो धनराशि गाउँबाट बाहिरियो, गाउँमा सामाजिक सुधारअन्तर्गत यो नियम बनाएर लागू गरेको एक वर्षमै यसले धेरै सकारात्मक प्रभाव पारेको छ,’ उनले भने।   सबैभन्दा कमजोर आर्थिक अवस्था भएकाहरुले बजारबाट आउने करुवा लगायतका गुणस्तर नभएका मदिराजन्य पेयपदार्थको प्रयोग गर्दा धेरैको स्वास्थ्यमा समेत जटिल रोगहरु लगेपछि स्थानीयवासी मदिरा नियन्त्रणमा सक्रिय भएका थिए। मदिरा सेवन गर्नेहरुलाई गाउँमै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको छ।

पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक अन्तर्गत डुम्रे–छिर्कन ६ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेको छ ।   बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो।   यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो। पोखरा–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार कालोपत्र गर्न अर्कोतर्फ धमाधम गिट्टी राखिँदैछ। त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ।   उक्त राजमार्गको पूर्वी खण्डमा करिब १२ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ। एक साताभित्र थप तीन किलोमिटर कालोपत्र गरिने इञ्जिनियर पाण्डेले जानकारी दिए।   आँबुखैरेनी खण्डमा करिब दुई किलोमिटर बाटो दुवैतर्फ कालोपत्र भइसकेको छ।   पोखरा–मुग्लिन सडक योजना पूर्वी खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो।   चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको इञ्जिनियर पाण्डेले बताए।

काठमाडौँ:  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।   कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।   आज राति भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।    देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौँ:  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ ।   जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।      यसअघि पनि फैसलाका लागि भनेर पटक पटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको छ ।    पछिल्लो पटक गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए ।  सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ ।    मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ ।