पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

तनहुँको म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन ृपहिलो संशोधने पारित गरेको छ ।   गाउँसभाबाट ऐन पारित भएसँगै नगर प्रहरी नियुक्तिका लागि बाटो खुलेको छ । गाउँपालिकामा हालसम्म नगर प्रहरीको व्यवस्था भएको थिएन । गाउँसभामा संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समितिका संयोजक चिनीमाया थापाले पालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०८० पेस गर्नुभएको थियो । त्यसैगरी वातावरण समितिका संयोजक शिवबहादुर आलेले पालिकाको वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन गर्न बनेको विधेयक, २०८० पेस गर्नुभएको थियो ।   नगर प्रहरी व्यवस्थापन गर्न बनेको विधेयक, २०८० संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समिति संयोजक चिनीमाया थापाले पेस गर्नुभएको थियो । गाउँसभामा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक बालकृष्ण घिमिरे, सार्वजनिक लेखा समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक शिवबहादुर क्षेत्री, सुशासन समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक सुनिता नेपालीले पेस गर्नुभएको थियो ।   स्थानीय उत्पादन बिक्रीका लागि कोसेली घर स्थानीय वस्तु बिक्रीका लागि जिल्लाका विभिन्न ठाउँमा कोसेली घर सञ्चालन भएका छन् । तनहुँको देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा पालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा भएका हुन् ।   देवघाट गाउँपालिका–५ का उद्यमशील महिलाहरूले कोसेली घर सञ्चालन गरेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रमअनुसार आइतबारदेखि कोसेली घर सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो ।    कोसेली घरमा उद्यमशील महिलाले आफूले उत्पादन गरेको हरेक वस्तु ल्याएर बिक्री गर्न सक्नेछन् । देवघाट गाउँपालिकाले विगतमा सञ्चालन गरेका विभिन्न हस्तकला, सिलाइसम्बन्धी कुसन, दुना टपरी बनाउने तालिम प्राप्त गरेका महिलालाई लक्ष्य गरी गाउँपालिकाको स्वीकृत बजेटअनुसार कोसेली घर स्थापना गरेको हो ।    कोसेली घरमा हस्तकलाद्वारा निर्मित सामग्री ल्याएर बिक्री वितरण गर्न  र बाहिरबाट देवघाट घुम्न आउने पाहुना र पर्यटकलाई कोसेलीस्वरुप प्रदान गर्न सकिने गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले जानकारी दिनुभयो ।    यसैगरी बन्दीपुरमा गाउँपालिका र बन्दीपुर परिश्रमी युवा समूहद्वारा हाम्रो बन्दीपुर कोसेली घर सञ्चालनमा आएको छ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पाहुनालाई लक्षित गरी कोसेली घर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटक घुम्नका लागि आउँछन् । उनीहरूले बन्दीपुरको चिनारीस्वरुप स्थानीयस्तरमा उत्पादित सामग्री लैजान सक्छन् । यहाँ खाद्यान्नदेखि हस्तकलाका सामग्री बिक्री वितरणका लागि राखिएका छन् ।”   जिल्लाको सदरमुकाम दमौलीमा पनि कोसेली घर सञ्चालनमा छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँद्वारा सञ्चालित कोसेली घर स्थानीय उत्पादन बिक्री वितरणका लागि प्रभावकारी बनेको छ ।    महिलालाई उद्यमशीलतामा जोड्न कोसेली घर सञ्चालन गरिएको महिला उद्यमी सङ्घ तनहुँका अध्यक्ष कल्पना गौलीले बताउनुभयो । जिल्लाभरका महिलाले उत्पादन गरेका सामग्री एकै ठाउँबाट बिक्री वितरण गर्न कोसेली घर सञ्चालन गरिएको र यो प्रभावकारी बनेको उहाँको भनाइ छ ।   कोसेली घरमा डोको, कुचो, भाङ्ग्रो, ढकिया, बाँसका सामग्री, मुढालगायतका सामग्री बिक्री वितरणका लागि राखिएको छ । महिला उद्यमीबाट खरिद गरी ल्याइएका सामग्री कोसेली घरमार्फत न्यून मूल्यमा बिक्री गरिएको गौलीले जानकारी दिनुभयो । उहाँले कोसेली घरबाट बिक्री भएका सामानको दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषका रूपमा राखिने राससालाई जानकारी दिनुभयो ।    कोसेली घर सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले रु पाँच लाख सहयोग गरेको थियो । उक्त रकमबाट घर सजावट गरिएको छ । त्यस्तै सोही मन्त्रालयबाट रु दुई लाख सहयोग भएको थियो । उक्त रकमबाट गोदाम निर्माण गरिएको छ । कोसेली घर सञ्चालनका लागि पर्यटन तथा उद्योग कार्यालयले भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । कोसेली घरमा आठवटा पालिकाका महिला उद्यमीले बनाएका गरेका सामग्री राखिएका छन् । 

लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।  सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए।   पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए।    प्रहरीका अनुसार अभियुक्तले गत मंसिर र २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि  यौन दुर्व्यवहार गरेका थिए।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दैछ ।    बैठकमा आउँदो केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।   बैठकमा पार्टीको आउँदो कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले बताउनुभयो ।

काठमाडौं:    त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् । त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् । विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । उहाँले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयोश्र।

पोखरा:    जिल्ला प्रहरी कार्यालयले कास्कीले अन्य जिल्लामा मुद्धार दर्ता भई फरार रहेका ११ जनासहित ५५ जना अभियुक्तहरुलाई प्रकाउ गरेको हो ।  कास्की प्रहरीले मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्धा दर्ता भई फरार रहेका ४४ जनासहित अन्यत्र जिल्लामा मुद्धा दर्ता भई कास्कीमा बसोबास गर्ने ११ जना अभियुक्तहरुलाई प्रकाउ गरेको हो ।  प्रहरीले अन्य जिल्लामा मुद्धा दर्ता भई फरार ११ जना अभियुक्तलाई प्रकाउ गरेर सम्बन्धित जिल्लामा पठाएको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीमा बैंकिङ कसुरमा मुद्धा दर्ता भएर फरार रहेका ४४ जना, अन्यत्र जिल्लामा बैंकिङ कसुरमा नै मुद्धा दर्ता भएर कास्कीमा बसोवास गर्दै आएका ५ जना, सरकारी छाप दस्तखत किर्ते मुद्धाका २ जना, ठगी मुद्धामा २ जना र आपराधिक विश्वाघात सम्बन्धी मुद्धा र साईबर अपराध मुद्धामा १÷१ जना अभियुक्तहरु प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्धामा अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ४६ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको छ ।   विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ४६ जना फरार प्रतिवादीहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रहरीले प्रकाउ गरेका ४६ जना फरार प्रतिवादीहरुलाई २ लाख १२ हजार दुई सय जरिवाना तथा ४ महिना १६ दिन कैद झुक्तान गरेको कास्की प्रहरीले जनाएको छ ।  प्रकाउ पर्नेमा सबैभन्दा बढी २९ जना चेक अनादार मुद्धामा प्रकाउ परेका छन् । यस्तै जालसाझी मुद्धा र सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्धामा ४÷४ जना, चोरी मुद्धामा २ जना, जुवा मुद्धामा ३ जना, दुषित तथा न्यून स्तरको खाद्यपदार्थ उत्पादन तथा विक्री वितरण मुद्धा, साधारण चोरी मुद्धा, सवारी अङ्गभङ्ग मुद्धा, अभदै व्यवहार मुद्धामा फरार १÷१ जना प्रतिवादीलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।   

बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.को उत्पादन बेटरले साथ दिने भएको छ । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने बाह्रौँँ संस्करणको पोखरा महोत्सवलाई पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.को बेटरले मुख्य प्रायोजकमा रही साथ दिने भएको हो ।   महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.का अपरेटिङ अफिसर सन्नी रौनियारबीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीजका अपरेटिङ अफिसर सन्नी रौनियारले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवसंग सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए ।   पोखरा नयाँबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीजले उत्पादन गर्ने बेटर ब्राण्डको इलेक्ट्रिक सामानहरु हिटर, ओभन, पंखा, राइसकुकर, गिजर इलेक्ट्रोनिक र किचनका सामग्रीहरु बिक्री गर्दै आइरहेको र ग्राहकको रोजाइमा पर्दै आइरहेको छ । पोखरा महोत्सवसंग दोश्रो पटक सहकार्य गर्न पाउदा आफुहरुको ब्यापारसंगै महोत्सव आयोजक युनाईटेड क्लबले गर्ने सामाजिक काममा समेत सहकार्य गरेर अगाडि बढ्न आफु तत्पर रहेको रौनियारको भनाइ रहेको थियो ।   युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बाह्रौँ संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीजसंग सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताउदै महोत्सवको माध्यामबाट उत्पादित सामग्रीहरुको प्रवर्द्धन गर्न आफुहरुले कुनै कसर बाँकी नराख्ने समेत बताए ।   महोत्सवबाटै सामाजिक काममा आफुहरु लागि परेको बताउदै सामाजिक काममा रवि एण्ड सन्नी इन्डष्ट्रीजको पनि साथ रहदा आफुहरु निकै उत्साहित भएको बताए । महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद् ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ।   युनाईटेड क्लवको पहलकदमीमा पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने, त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समितिमार्फत निर्माण कार्य अगाडि बढिरहेको छ । हालसम्म चिडियाखाना निर्माणमा युनाईटेड क्लबले ५८ लाख ८५ हजार रुपैयाँ प्रदान गरिसकेको छ ।   युनाइटेड क्लवले एघारौं पोखरा महोत्सवबाट सामाजिक काम अन्तर्गत सेती खोंच एक साहसिक पर्यटकीय गन्तब्य निर्माणका लागि पहलकदमी गर्दै रकम छुट्याउदै आएको छभने बाह्रौँ पोखरा महोत्सवदेखी युनाइटेड क्लबको आफ्नै जग्गा रहेको लेखनाथको अर्चलेमा गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि छात्राबास निर्माणका लागी समेत रकम छुट्याइने क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।  

पोखरा १३ मा दन्त शिविरको आयोजना गरिएको छ ।   आइतबार वडाकार्यालयको प्राङगणमा गरिएको शिविरमा १५१ जनाले दन्त परिक्षण गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए ।   नागरिक डेन्टल क्लिनिक पोखरा ९ को प्राविधिक सहयोगमा उक्त शिविर भएको हो । दाँत निकाल्ने र औषधि वितरण देखि सम्पूर्ण सेवा वडा नागरिकका लागि वडाकार्यालयले उपलब्ध गराएको थियो । पोखरा १३ ले यसअघि पनि विभिन्न स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ ।  

सर्भर डाउन हुँदा वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण चार दिनदेखि रोकिएको छ।   विद्यार्थीहरूले समयमै एनओसी नपाएको भन्दै विरोध गरिरहेका छन्। भक्तपुरको सानोठिमीमा रहेको कार्यालयबाट एनओसी उपलब्ध गराउँदै आइएको थियो। गत शुक्रबार बिहानदेखि सर्भर डाउन हुँदा एनओसी वितरण हुन सकेको थिएन।   तीनरचार दिनदेखि सानोठिमीस्थित कार्यालय पुग्दा पनि एनओसी नपाएको भन्दै आइतबार विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सर्भर मर्मत कार्य भइरहेको बताएको छ।   मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सकेसम्म अनलाइनबाट र नभए हस्तलिखित रूपमा भने पनि सोमबारदेखि एनओसी वितरण गरिने सेतोपाटीलाई बताए। ‘सर्भर बन्दै छ, सफ्टवेयर रिकभर हुँदैछ। सकेसम्म अनलाइनबाट नभए आजदेखि हस्तलिखित भए पनि एनओसी वितरण गर्छौं,’ उनले भने। गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको थियो। डाटा भरिएर सर्भर डाउन भएको थियो। कम्प्युटरको हार्डडिक्स परिवर्तन गर्न खोज्दा पहिलेका डाटा हराउँदा ती डाटा रिकभर गर्न समय लागेको थियो।   सर्भर बनेपछि सेवा सुरू गरिने भन्दै शिक्षा मन्त्रालय अन्तर्गत उच्च शिक्षा शाखाले सूचना टाँस गरेको थियो। तर भिसा तयारी गरेका तथा भिसा लागेर गन्तव्यका लागि उड्ने तयारी गरिरहेका विद्यार्थीहरूले भने छिटो एनओसी उपलब्ध गराउन माग गरेका थिए।