पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:  वैशाख २९ गते काठमाडौं टोखा नगरपालिका ८ का विश्वास अर्याल साथीको बिहेमा पोखरा आए  । पोखरा पार्टी प्यालेसमा भएको बिहेमा सहभागि भएपछि उनी अचानक हराए ।   आइतबार परिवारले कास्की प्रहरीमा २८ वर्षीय अर्यालय हराएको जाहेरी दिएपछि प्रहरीले खोजी गर्याे । तर पत्तो लागेन उनले आत्मदाह गरे या कसैले हत्या ।   अहिले कास्की प्रहरीले उनी हिडडुल गरेको संभावित क्षेत्रको सिसिटिभी फुटेज संकलन गरिरहेको छ । ‘साथीको बिहेमा काठमाडौंबाट पोखरा आएका अर्याल हराएको जाहेरीपछि उनी देखिएको सिसीक्यामेराको सहयोगमा खोजी गरिरहेका छौं, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले सुनगाभा न्यजसँग भने, ‘उनी आफै हाम फाले या कसैले धकलिदिए । अझै ठोस प्रमाण भेटिएको छैन । सिसिटिभी फुटेज संकलन गरेर हेरिरहेका छौ ।’   बेपत्ता अर्यालले हाम फालेको गाइगुई कास्की प्रहरीसमक्ष पुगेपछि सोमबार नदीपुरमा रहेको सेती नदीको खोँच आसपासमा खोजी गर्याे तर केही पार लागेन । ‘शंकाको भरमा टोलीले खोँचमा खोजी गरेका थियौ तर पनि केही सुइको लागेन,’ ति प्रहरी अधिकारीले भने ।   ति प्रहरी अधिकारीका अनुसार अर्याललाई सोही पुल नजिक लुटपाट भएको सिसी क्यामेरामा देखिएको छ । ‘सिसी क्यामेरामा अर्याललाई कसैले लुटपाट गरेको देखिन्छ, लुटपाट गर्ने एकजनालाई प्रकाउ गरिसकेका छौं, अर्कोलाई खोज्दै छौं, उनले भने, ‘लुटपाटपछि उनलाई पुलबाट धकेले वा आफै हाम फालेर बेपत्ता भए भन्ने एकिन भएको छैन । यद्यपी टोलीले विभिन्न कोणबाट खोजीकार्य तिब्र पारेको छ ।’

पोखरा:  पोखरा महानगरपालिकाले २४० जनालाई विभिन्न सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ ।    महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रवद्र्धन केन्द्र ९बिपिसी० को आयोजनामा विभिन्न १० विद्यामा २४० जनालाई सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्न लागिएको हो ।   छनौट भएका सहभागीहरूलाई अभिमुखीकरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर भित्र स्वरोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिमहरू आयोजना गरिएको बताउनुभयो । “महानगरपालिका भित्र स्वरोजगार सृजना गर्ने, तालिमका विभिन्न अवसरहरू सृजना गर्ने, तालिम पश्चात् आवश्यक प्राविधिक सहयोग गर्ने, आवश्यक परेको  खण्डमा स्टार्ट अपमा बिउ पुँजी पनि दिने लगायतका कार्यहरूमा हामीले सहयोग गर्छौँ, प्रमुख आचार्यले भन्नुभयो, तर, आफ्ना जीवनका लक्ष्यहरू प्राप्त गर्नका लागि लगनशीलता र धैर्यता पहिलो सर्त हुनुपर्दछ ।” सानो लगानीबाट पनि व्यवसायीक सफलताको लामो यात्रा पुरा गर्न सकिने उल्लेख गर्दै प्रमुख आचार्यले आफूले आर्जन गरेको ज्ञानको व्यवहारिक उपयोगमा जोड दिए ।   जागिरे मानसिकताले व्यक्तिको जीवनमा सार्थक परिवर्तन ल्याउन नसक्ने भन्दै स्वरोजगार सहितको उद्यमी बन्ने सपना देख्नु आवश्यक रहेको उनले बताएका छन् । “सुरुमा बेस बनाउन मात्र जागिर खानु स्वाभाविक हुन सक्ला तर, जीवनभर जागिरले मात्र हुँदैन, आफूले सिकेको सिपको उपयोग गर्दै उद्यमी बन्ने सोच राख्नु पर्छ, उहाँले भन्नुभयो व्यवसाय गर्नका लागि ठुलो रकम चाहिन्छ भन्ने हुँदैन, तर व्यक्तिमा इमान्दारीता भने अवश्य चाहिन्छ, पारदर्शिता चाहिन्छ, धैर्यता चाहिन्छ ।” तालिमलाई केवल सर्टिफिकेटमा सीमित गर्न नहुनेमा उनले जोड दिए । दक्ष जनशक्ति उत्पादन गर्ने महानगरको उद्देश्यमा केन्द्रित तालिमले सम्बन्धित क्षेत्रका विषयविज्ञहरुद्धारा तालिम प्रदान गर्ने उनले बताए ।   पोखरा महानगरपालिका वडा नं।१७ की वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले तालिमले सहभागीहरूलाई व्यवसायीक जीवनको ठोस आकार दिन पर्याप्त अवसरहरू प्रदान गर्ने विश्वास व्यक्त गरे ।  पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले व्यक्तिको जीवनमा ज्ञान, सिप र क्षमतामा आधारित कर्म आवश्यक हुने भन्दै सहभागीहरूले महानगरपालिकाको उद्देश्य अनुरूप तालिमलाई व्यवहारिक र प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरे।   कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महिला उद्यमी संघकी पार्वती रेग्मी पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण, आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया लगायतले महानगरपालिकाले स्वरोजगार सृजना र उद्यमशीलताको विकासका लागि यस प्रकारको तालिमहरू सञ्चालन गर्नु अनुकरणीय कार्य भएको धारणा राखे । पोखरा महानगर आर्थिक विकास समितिका संयोजक एवं पोखरा महानगरपालिका वडा नं।१४ का वडाध्यक्ष बोध बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले सञ्चालन गरेका  थिए ।   तालिममा पञ्चेबाजा बजाउने, सिलाइ कटाई, ब्युटी पार्लर, मन्टेश्वरी, सुनचाँदी गहना निर्माण, भाषा तालिम, ए सी जडान, कुक, बारिस्ता, प्लम्बिङ लगायत रहेका छन् । विभिन्न संघ संस्थाहरूसँगको समन्वय तथा महानगरपालिकाको लगानीमा यी तालिमहरू सञ्चालन गर्न लागिएको हो । तालिमहरू प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० को नम्स र कतिपय गण्डकी बहुप्राविधिक शिक्षालयको समेत पाठ्यक्रममा आधारित १६० घण्टा देखी ३९० घण्टा सम्मका हुनेछन् ।

तनहुँ:  तनहुँमा सामान र नगद चोरी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।   तनहुँ प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–१ पाँचधारे घर भई व्यास नगरपालिका–५ बरबोटे बस्ने २४ वर्षीय समिर थापा मगर र म्याग्दे गाउँपालिका–१ दमुङ रुमादी बस्ने २३ वर्षीय दुर्ग बहादुर बिक रहेका छन् ।   पक्राउ परेका उनीहरुले वैशाख २९ गते राति म्याग्दे गाउँपालिका–१ रुमादी बस्ने ७५ वर्षीय शिव कुमार श्रेष्ठको घरबाट विभिन्न सामान तथा सोही गाउँपालिका–१ ठुलोढापमा बस्ने ६९ वर्षीय लक्ष्मण तामाङलाई धारिलो हतियार देखाई कुटपिट गरी नगद ४६ हजार ६० रुपैयाँ  चोरी गरेका थिए ।     उनीहरुविरुद्ध उजुरीपरेपछि पक्राउ परेका थिए । उनीहरुको साथबाट चोरीका सामान र नगद बरामद गरेको प्रहरीले जनाएको छ ।      उनीहरुमाथि जिल्ला अदालत तनहुँबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।    

सुनसरी:   प्रहरीले धरानबाट दुई थान स्वचालित पेस्तोलसहित तीन युवालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा धरान– १७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी, २४ वर्षीय दिपक जिमी र धरान– १५ बाझगरास्थित सहिदमार्ग बस्ने २४ वर्षीय रोहित राई रहेका छन् ।   इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार विशेष सूचनाको आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको हो ।     उनीहरुका साथबाट मेड इन इटाली लेखेको स्वचालित पेस्तोल १ थान र विवरण उल्लेख नभएको एक थान पेस्तोल र त्यसमा प्रयोग हुने म्यागेजिन गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   भारतको आसाममा नाबालिग बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ३० वर्षीया अप्सरा भनिने एलिना खत्री रहेकी छिन् ।   खत्रीलाई अनुसन्धानको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाबाट पक्राउ गरेको हो ।    पीडित नाबालिगलाई नुवाकोटबाट काठमाडौं बसमा जाने क्रममा बसमा सँगै रहेका एक पुरूषले बेहोस हुने औषधि मिसावट खानेकुरा र पानी खुवाएर भारत लगिएको अनुसन्धानबाट खुलेको छ ।    बेहोस भएपछि ति नाबालिगलाई भारतको आसामस्थित कछर सिल्चर भन्ने ठाउँको रेड लाइट एरियामा बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा नेपाल प्रहरी, भारतीय प्रहरी र माईती नेपालको सहयोगमा ती नाबालिगको उद्दार गरिएको थियो ।    पक्राउ परेका खत्रीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ भने सो कसूरमा संलग्न अन्य फरार प्रतिवादीहरूकोसमेत खोजी भइरहेको प्रहरी जनाएको छ ।

जलेश्वर:   महोत्तरी जिल्लामा केही दिनदेखि बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।   पछिल्ला दिन यहाँ चालीस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२–४३ डिग्री तापक्रम पुगेको छ ।  यसबाट महोत्तरीको जनजीवन प्रभावित भएको छ भने यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।   जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा मनीषा भारद्वाजका अनुसार गर्मी बढेसँगै  अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बृद्धि भएको छ । सामान्यरूपमा ७०–७५ उपचारका लागि आउने गरेकामा अहिले एक सय ५० देखि दुई सय ५० बिरामी उपचारका लागि आउने गरेको उनले बताइन् ।   उनकम अनुसार गर्मीले आउ, ज्वरो, झाडापखाला, टाइफाइड, छालाजन्य रोग, पानीको कमी र जन्डिसका बिरामीको सङ्ख्या अत्यधिक बढेको हो ।  चर्को घाम र तातो हावाका कारण जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रसहित सहरी र ग्रामीण क्षेत्रमा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ ।   अत्यधिक गर्मीका कारण जिल्लाका ह्याण्डपाइप, कुवा, इनार, पोखरीलगायत पानीको मुहान सुक्न थालेका छन् । जलेश्वर नगरसहित जिल्लाका उत्तरवर्ती अधिकांश क्षेत्रका अनेकौँ हयाण्डपाइपबाट पानी आउन छाडेका छन् ।   चर्को घाम र तातो हावाका कारण बिहान १०–११ बजेदेखि अपराह्न ५ बजेसम्म प्रायः सडक सुनसान नै हुन्छन् भने अत्यावश्यक कामबाहेक सर्वसाधारण घरमै बस्छन् । अकाशे पानीको भरमा खेती गर्ने किसान वर्षा नभएकाले बीउ राख्न नपाउँदा खेत बाँझै रहने चिन्तामा छन् । गर्मीले गर्दा तरकारी बाली र फलफूलमा पनि प्रतिकूल प्रभाव पारेको छ । रासस

पर्वत:  पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक ठाउँमा सुर्तीजन्य वस्तु र जाँडरक्सी बिक्री वितरण गर्न र खान रोक लगाएको छ ।    जलजलाले एक सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा जाँडरक्सी तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्न तथा नगराउन अनुरोध गरेको छ । यस्तै, शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।    गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ तथा जाँडरक्सी खाने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्ने बताएका छन् । पछिल्लो समय गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिएको जनाउँदै सुर्तीजन्य पदार्थको प्रयोगले स–साना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब एक सय मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको उनले जानकारी दिएका छन् ।    विद्यालय वरपर खुलेआम सुर्तीजन्य र जाँडरक्सी बिक्री वितरण हुन थालेको गुनासो बढेपछि गाउँपालिकाले अभियानको सुरुवात गरेको हो । विद्यालय वरपर रहेका पसलमा सुर्तीजन्य पदार्थ भए र नभएका बारेमा गाउँपालिकाका कर्मचारीले दिनहुँ अनुगमनसमेत गर्ने उनको भनाइ छ । रासस

पोखरा:  पोखरामा सोमबार साँझ परेका वर्षाले जलमग्न भएको छ ।    सोमबार साँझ परेको वर्षाले पोखराको पृथ्वीचोक, महेन्द्रपुल लगायतका बजारका सडक जलमग्न भएको छ ।    सडक जलमग्न हुँदा पैदल यात्रुहरु एक अर्काको सहयोगमा सडक पार गरेका छन् ।    हेरौं तस्वीर: ​        

पोखरा:   ‘सुन्दर नगरी पोखरा’ हिजो आज पोखराका स्थानीय जनप्रनितिधि र नेताहरुले कुनै औपचारिक कार्यक्रममा प्रयोग गर्ने ‘नारा’ हो यो ।  माथिको नाराजस्तै पोखरा महानगरपालिका १६ दीपको मध्यमा सुन्दरफिड चोक नै छ । तीनतिरको सडकलाई छुट्याउने उक्त चोक नाम जस्तै सुन्दर भने छैन ।  पोखरा–दीप–लामाचौर सडक खण्डमा पर्ने सुन्दरफीड चोक–गोरखा बोर्डिङसम्म ३ सय ७० मिटर सडक ठेकेदारले अलपत्र छोडेपछि उक्त चोकलाई सुन्दरफीड चोक नामले चिनाउन नै स्थानीय लज्जित छन् ।  ठेकेदारले निर्माण सम्झौता अनुसार नै काम गरेको भए एक वर्ष अगाडि नै कालोपत्रे हुनुपर्ने सडक सम्झौता सकिएको एक वर्षपछि धुलाम्य अवस्थामा छ ।  ०७८ असार  १३ गते टेण्डरमार्फत पोखराको विभिन्न स्थानमा कालोपत्रे गर्ने योजनासहित ७ करोड ४० लाख ८९ हजार ९ रुपैयाँ ४२ पैसामा ठेक्कासम्झौता गरेको शिवशक्ति इन्फ्रा हेटौडाले काम अलपत्र छोड्दा सडक अलपत्र बनेको हो ।    निर्माण सम्झौता अनुसार कम्पनीले ०७९ असार १५ भित्र नै उक्त सडक खण्ड निर्माण गर्नुपर्ने भएपनि कम्पनीले काम नगर्दा सडक डिभिजन कार्यालय कास्कीले पेश्कीस्वरुप दिएको दुई किस्ताको ६५ लाख १२ हजार रुपैयाँ समेत फिर्ता लिएको छ ।  सडक डिभिजन कार्यालय कास्कीका ईन्जिनियर सुभद्रा महर्जनका अनुसार शिवशक्ति इन्फ्रा हेटौडाले पोखराको विभिन्न स्थानमा सडक कालोपत्रे गर्ने गरी योजना सम्झौता गरेको जानकारी दिए ।  उनले भनिन्, ‘ठेकेदारले सरासर काम गर्ने हो भने, एक महिना  भित्र काम गर्न सक्छ तर अहिले पोखरा दीप–लामाचौर सडक खण्डमा ३७० मिटर सडकमा नाली बनाएको छ, अब कालोपत्रे गर्ने भनेर कम्पन्नीका प्रतिनिधिले काम गर्ने बताएको छ ।’ स्थानीय रामजी केसीले पोखरा दीप–लामाचौर सडक खण्ड ठेकेदारले एकवर्षदेखि अलपत्र छोड्दा धुलोका कारण कैदी झै झ्याल ढोका लगाएर आफ्नै घरमा बस्न बाध्य भएको बताए । ‘सुन्दरफीड चोकबाट गण्डकी बोर्डिङसम्म ठेकेदारले अलिकति काम गरेको छ, जब घामसँगै सवारीको चाप बढ्छ धुलोको मात्रा बढेर जान्छ, केसीले भने, ‘पाकेको खाना धुलोका कारण राम्रोसँग खान पाइँदैन, कैदी झै झ्याल ढोका लगाएर घरभित्र बस्नुपर्छ ।’   उनले प्रदेश र स्थानीय तहको बजेट नभएर केन्द्रीय सरकारको बजेट भएकाले एकवर्ष देखि योजना अलपत्र हुँदा पनि स्थानीय सरकारले कुनै पहल नगरेको आरोप लगाए । ‘स्थानीय, प्रदेश सरकार भन्छन् तर यत्रो पर्यटकस्थल जोड्ने सडकखण्डको योजना अलपत्र हुँदा काम अगाडि बढाउन स्थानीय सरकारले कुनै पहल गरेन’, उनले भने जनप्रतिनिधि र सडक डिभिजन कार्यालय कास्कीका कर्मचारीहरुलाई यही सडकको पोलमा बाँधेर एक घण्टा धुलो खुवाउने हो अनि सडक बन्छ कि ?’ पोखराको दीप–लामाचौरमा नै सवारी चलाउँदै आएका चालक राजकुमार परियारले सडक अलपत्र हुँदा धुलाम्य र हिलाम्य हुँदा वर्षेनी सास्ती खेप्दै आएको बताए ।    स्थानीयले सडक डिभिजन कार्यालयले सडकमा धुलो उड्न नदिन ट्याङ्कर मार्फत पानी हालेर राज्यको स्रोत साधनको दुरुपयोग गरेको आरोप लगाए । ‘पोखरामा एक ट्याङ्कर पानीको २ हजार रुपैयाँ पर्छ । दिनमा २ पटक पानी सडकमा हाल्दा यसलाई हिसाब गर्दा महिनामा १ लाख २० हजार रुपैयाँको पानी धुलोसँग उडाएको छ, यसरी समस्याको समाधान हुँदैन, निर्माण कार्य छिटो पूरा गर्न सडक डिभिजनदेखि प्रशासन महिनौं गएका छौं’ स्थानीयवासी भन्छन् ।  सडक डिभिजन कार्यालय कास्कीका इन्जिनियर महर्जनलाई कार्यालयले पानी किनेर सडकमा हालेको हो ? भन्ने प्रश्नमा कार्यालयको ट्याङ्कर भएकाले पानी नकिनेको बताईन् ।  सडक निर्माणलाई तीब्रता दिन महानगरको ध्यानाकर्षण पोखरा महानगरपालिका १६का दीपका स्थानीयले दुईवर्षदेखि निर्माण थालिएपनि सडक अलपत्र भएपछि स्थानीय सरकार पोखरा महानगरपालिका र प्रशासनमा पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।  आज (आईतबार) पोखरा–१६ दीप सुन्दरफीड चोकमा पोखरा महानगरपालिकाका मेयरलाई स्थानीयले पर्यटकीय स्थलको नै सडक अलपत्र हुँदापनि स्थानीय सरकार निरिह बनेको भन्दै आक्रोस पोखेका थिए ।  पोखराको सडकका योजना वर्षौदेखि अलपत्र हुँदापनि प्रदेशदेखि स्थानीय  सरकारले कुनै चासो नदिएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।