पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

मुगु:    च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।  हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जना  रहेका जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो । यही वैशाख २२ गते नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ । हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पनि निप्रनाउ पन्थीले बताउनुभयो ।  स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकप्टर सहित उद्धारकर्मी पठाएको हो । मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा पाइने पाटन क्षेत्रमा आगामी जेठ ४ गते सङ्कलकलाई राजस्व काटेर प्रवेश गराउने सूचना गरिरहँदा जुम्ला जिल्ला पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५  स्थानीय अवैध बाटो भएर  पाटनतर्फ प्रस्थान गरेका जनाइएको छ  । पाटनमा जाँदै गर्दा च्याखु लेकमा यही वैशाख २२ गते दिउँसो १ बजे माथिबाट हिउँ पहिरो आउँदा तारासिंह सार्की (४०), पुन्न सार्की (३५) र वीर बोहरा (३५) बेपत्ता भएको जनाइएको छ । 

झापा:    झापाको कनकाई नगरपालिका-३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ गते घरमा झगडा हुँदा श्रीमान् ५३ बर्षीय टेकबहादुर कार्की घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो ।  मृत्यु भएपछि प्रहरीले श्रीमती सुनितालाई पक्राउ गरेको हो । मृत्यु भएको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई  पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।  डेरा गरी बस्ने कार्की श्रीमान् श्रीमती दुवै जना ज्याला मजदुरी गरी परिवार पाल्दै आएका थिए । शवको पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 

पोखरा:   पोखरामा मोहन भूगोल ब्याडमिन्टन फाउण्डेशनको आयोजनामा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसन र पोखरा महानगर खेलकुद विकास समितिको सयुक्त आयोजनामा बैशाख २७ देखि ३० गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता आयोजना हुने पोखरामा पत्रकार सम्मेलन गरेर फाउण्डेशनले जानकारी दिएको छ ।   ९ विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा निम्न माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स, माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स विधामा राष्ट्रियस्तरको प्रतिस्पर्धा हुने मोहन भुगोल ब्याडमिन्टन फाउण्डेशनका महासचिव वरदान लामाले बताए ।    कास्की जिल्ला वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्ससँगै ३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्समा खुला प्रतिस्पर्धा हुनेछ ।  निम्न माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स प्रतिस्पर्धाका विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स, कास्की जिल्लाको वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्सका उपाधि विजेताले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तस्रो हुनेले क्रमशः २० हजार र १० हजार रुपैयाँको साथमा मेडल प्राप्त गर्नेछन् । माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्समा उत्कृष्ट एक जना खेलाडीले माउन्टेन बाइक पाउने आयोजकले जानकारी दिएको छ । ३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्स खुलामा विजेता, दोस्रो र तेस्रोले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँको साथमा मेडल हात पार्नेछन् । देशभर फैलिएका उदीयमान प्रतिभालाई एकिकृत गर्दै राष्ट्रका लागि अनुशासित खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने भुगोल ब्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले बताए ।  प्रतियोगिता सञ्चालन गर्न १४ लाख ४५ हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । ३ सय भन्दा बढी खेलाडीहरु सहभागी हुने प्रतियोगितामा १२ वर्ष मुनिका खेलाडीदेखी ५५ वर्ष माथिका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।   

पोखरा:  गण्डकी प्रदेशका निवर्तमान उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री तथा प्रदेश सभा सदस्य रेशम जुग्जाली मगरले नेपालीलाई भुटानी शणरार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।   उनले आफुलाई बदनाम गर्ने उद्देश्यसहित नियोजित समाचार संप्रेषण गरिनु निन्दनीय रहेको बताउदै आफ्नो संलग्नता नरहेको स्पष्ट पारे ।    नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र ठगी धन्दा गर्ने भन्ने विषयमा  प्रकरणमा मुछेको भन्दै जुग्जाली मगरले आक्रोश व्यक्त गरे ।  ‘यदि मेरो नामबाट कसैले तपाईलाई अमेरिका पठाइदिन्छु भनेर अथवा मैले कसैलाई ठगी गरेको छु भने उजुरी गर्नुस्, सुनगाभा न्यूजसँग उनले भने, ‘यदि मेरो विरुद्ध केस पर्या भने म त्यसलाई सघाउन तयार छु । मबाट त्यस्तो भएको प्रमाण आयो भने म त्यसको जवाफ दिन र प्रतिवाद गर्न तयार छु ।’   उनले आफु सार्वजनिक पद धारण गरेको व्यक्ति रहेकाले सधै पारदर्शी रहने बताए ।  ‘म सार्वजनिक व्यक्ति पनि हुँ त्यसैले म पारदर्शी र खुला छु त्यसैले मन्त्री हुँदा पनि सम्पत्ति विवरण बुझाउदा मेरो ऋणपनि पेश गरेको छु यसले पनि मेरो आर्थिक स्थितीबारे प्रष्ट छनी,’ जुग्जालीले भने ।   सांसद जुग्जालीले आफ्नो चरित्रहत्या गर्ने खालको समाचार संप्रेषण गरेका दुई अनलाइन विरुद्ध साइबर क्राइम अन्तरगत मुद्धा दर्ता गर्ने प्रक्रियामा रहेको सुनाए । ‘दुइवटा अनलाइनले अन्दाधुन्दा तरिकारले समाचार शेयर गर्नुभाछ मैले उहाँहरुको विरुद्ध साइबर क्राइममा र प्रेस काउन्सिलमा कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइसकेको छु, जुग्जालीले भने, ‘त्यसकारण मेरो अहिलेपनि चुनौती छ ति दुइवटा अनलाइनलाई यदि मबाट त्यस्तो धन्धा चलेको छ भने प्रमाणित गर्नुस् ।’   उनले म्याग्देली युवाहरुलाई भ्रममा नपर्न समेत आग्रह गर्दै भने, ‘युवाले केही गर्छ भनेर विश्वास गर्नुभएको छ । त्यसैले तथ्यहीन र आधारहीन समाचार सेयर गरेर युवाविरुद्ध नलाग्नुस् किनभने हामी बद्नाम हुने भनेकै तपाइहरु बदनाम हुने होनी ।’   नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ जनालाई पक्राउ गरिसकेको छ ।   साेही प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी विरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको छ । तर रायमाझीले आफ्नो संलग्नता नरहेको बताउदै आएपनि उनी प्रकाउ पुर्जी जारी भएपछि उनी फरार छन् ।     

  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ।   वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने भएको हो।   एमाले प्रचारप्रसार विभागका उपप्रमुख विष्णु रिजालले बजेट अधिवेशन र संसदीय गतिविधिलगायत कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै गर्ने निर्णय भएको जानकारी दिएका छन् ।    एमालेले मिसन ग्रास रूट अभियानु र चुनावीबारे समीक्षा गर्न केन्द्रीय समिति बैठक राखेको हो। यद्यपी बैठकका एजेन्डा कार्यालय र सचिवालय बैठकले तय गर्नेछ।

  पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन् ।   काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा उनलाई विन्ध्यवासिनी म्युजिक अवार्ड बाट पुरस्कृत गरिएको हो ।    रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पारे । उनले सिर्जना गरेको “शुन्य भयो डाँडैको चौर” सर्वोत्कृष्ट भएको हो र जसमा लोकदोहोरी गायक रामजी खाँण र गायिका अन्जु पन्तको आवाज रहेको छ । पोखरामा रहेर संघर्षरत रहे पनि नेपाली संगीत क्षेत्रमा भने उनको योगदान अतुलनीय छ ।     नेपाली लोकगीत क्षेत्रमा उनले सिर्जना गरेका गीतहरुलाई रुचाइएको छ । प्रेमिल भावका गीत सँगै उनले सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित गीत पनि सिर्जना गरेका छन् भने,  घर शुन्य भो, बाख्रा पालम्ला उनका सामाजिक यथार्थपरक गीत रहेका छन् । 

मकवानपुर:  मकवानपुर प्रहरीले एक जनालाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा  मकवानपुरगढी गाउँपालिका–७ दुम्सिडाडाँका ३० वर्षीय बाबुलाल थिङ रहेका छन् ।     थिङले आफ्नै भाइलाई जग्गाको विषयमा हातपात गरेर घाइते बनाएको सुचना पुगेपछि प्रहरीले थिङलाई खोजी गरेको थियो ।   सोही क्रममा प्रहरीले उनलाई शनिबार दिउँसो प्रहरीले एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।   पक्राउ परेका थिङमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।   

स्याङ्जा:  संविधान सभा सदस्य अमृता थापाको पहलमा स्याङजाको पुतलीबजार नगरपालिकाकाे १४ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।   गाउँपालिका भित्र रहेका १४ सामुदायिक विद्यालयका बाल विकासदेखि कक्षा ८ सम्म अध्यनरत विद्यार्थीहरुलाई स्टेसनरी तथा झोला वितरण गरिएको हो ।    चाइना फाउण्डेशन फर रुलल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेन्टको संयोजनमा १ हजार १ सय ६३ थान स्टेसनरीका सामानसहित झोला संविधान सभा सदस्य थापामगरको हस्तान्तरण गरिन् ।   सो अवसरमा बोल्दै थापामगरले विद्यार्थीहरुलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने धारणा राखिन् । उनले बालबालिका भविष्यको कर्णधार रहेको बताउदै अध्ययनको वातावरण सिर्जना गर्नुपर्ने अवश्यकता रहेको उल्लेख गरिन् । ‘यि बालबालिका भविष्यका कर्णधार हुन्, उनले भनिन्, ‘त्यसैले नानीबाबुहरुलाई पढ्नका लागि उचित वातावरण हामीले मिलाइदिनुपर्छ ।’   उनले आगामी दिनमासमेत पुतलीबजार नगरपालिकाकाे विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि सधै साथमै रहने बताएकी थिइन् ।   यस्तै पुतलीबजार नगरपालिकाको प्रमुख तुलसी रेग्मीले उक्त पहलको लागि अमृता थापामगर र चाइना फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्दै उदाहरणीय कार्य गरेको बताए  ।   प्रमुख रेग्मीले शैक्षिक क्षेत्रमा गरिएको सहयोगको कुनै मूल्य नहुनेसमेत धारणा राखेका थिए ।   सो कार्यक्रममा कावा प्र.अ. दिपक वाग्ले, शिक्षा शाखा प्रमुख जिवलाल भुषाल वडा सदस्य नारायण थापा, ग्लोबल कर्पाेरशन फर डेभलपमेन्टका उक्तम कार्की, युवा नेता तथा समाजसेवी मन बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । जनजागृति प्रा.विका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन  सहायक प्र.अ गिता गाहा मगरले गरेकी थिइन् ।

पोखरा:   शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ ।     साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पु¥याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । केही स्थानमा क्षति पु¥याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उहाँले बताउनुभयो ।           वडा नं ३२स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए । हावाहुरीसहितको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरेबालीमा समेत क्षति पु¥याएको छ ।