पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:       सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायत देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ। न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले बिहीबार उक्त आदेश गरेको हो। अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ। “नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी(परीक्षण भन्सार बिन्दुमा नै गरेर मात्र पैठारी गर्ने सम्बन्धी मिति २०७६-३-२ को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा भन्सार विन्दुहरूमा प्रयोगशाला स्थापना गर्नू”, आदेशमा भनिएको छ, “त्यसरी स्थापित प्रयोगशालामा सबै किसिमको विषादी परीक्षण हुनसक्ने अन्तर्राष्ट्रियस्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनू।” उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णुप्रसाद तिमल्सिनाले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि उक्त आदेश गरेको हो। “विषादीको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून एवं मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न के(कस्तो योजना बनेको छ रु कुनै योजना बनेको भए सो योजना कार्यान्वयनका लागि के(कस्तो तयारी भएको छ रु”, आदेशमा भनिएको छ, “योजना नबनेको भए आम उपभोक्ताले विषादी परीक्षण नगरी पैठारी गरिएका र अनियन्त्रित मात्रामा विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल खान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरी जनस्वास्थ्य र वातावरणमा गुणात्मक सुधार ल्याउन गर्नुपर्ने निर्णय तथा क्रियाकलापको सूचीसहित सम्बन्धित जिम्मेवार अधिकारीसमेत तोक्नुपर्ने देखिन्छ।” मानवको जीउ(ज्यान तथा स्वास्थ्य र वातावरणमा हानी पुर्‍याउने विषादीयुक्त वस्तुको बिक्री वितरणबाट सुरक्षित हुन पाउने नेपाली नागरिकको मौलिक हकको संरक्षणको सुनिश्चितताका लागि नेपालमा पैठारी हुने तरकारी तथा फलफूल विषादी परीक्षण गरेर मात्र पैठारी गर्ने भनी सूचना प्रकाशित भएको झन्डै चार वर्ष पुग्न लागेको छ। आदेशमा भनिएको छ, “यो अवधिमा के(कस्तो योजना तथा मापदण्ड बनी के(कसरी कार्यान्वयन भएको छ रु योजना कार्यान्वयनमा के(कति प्रगति भएको छ, अदालतमा त्यसको जवाफ पेस गर्नू।” स्पष्ट र कार्यान्वयनयोग्य कार्ययोजना बनाई यो आदेश प्राप्त भएको मितिले दुई महिनाभित्र अन्य विपक्षी एवं सरोकारवालाहरूसँग समेत आवश्यक समन्वय गर्नसमेत आदेशमा भनिएको छ। आदेशमा २०७६ साल असार २ को निर्णयबमोजिम पैठारी हुने तरकारी र ताजा फलफूलमा विषादीको अवशेष परीक्षण गरेर मात्र नेपाल भित्र्याइने भनी गरिएको निर्णय के(कति अवधिमा पूर्णरूपमा कार्यान्वयन हुने हो रु भनी सरकारलाई प्रश्न गरिएको छ।

पोखरा:  हिमालयन एक्स्ट्राई ट्रायथलनको दोश्रो संस्करण शनिबार पोखरामा हुने भएको छ ।    हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन २२ देशका ३६ खेलाडी र उनीहरुको क्रु-मेम्वर सहित ६५ जना पोखरा आइपुगको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जनाएका छन् ।  प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रसिया, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत लगायतका मुलुकहरुका ५ महिलासहित ३१ जना पुरुष गरी कुल ३६ खेलाडीहरु सहभागिता रहेको योन्जनले जानकारी दिए । “धेरै खेलाडीहरु पहिलो पटक पोखरा आएका छन्” उनले भने–“गत वर्ष तेश्रो स्थान हासिल गरेका एक मात्र खेलाडी दोश्रो पटक सहभागिताका लागि आएका छन् ।” गत वर्ष चेक रिपब्लिकका पिटर भाव्रोशोक तेश्रो स्थान प्राप्त गरेका थिए ।  प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । बिहान साढे ३ बजे सहभागिहरु ३.८ किमि पौडीको प्रतिस्पर्धा गर्नेछन् । त्यस लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ । पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट-पर्वतको कुस्मा-बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ । त्यस लगतै ४३ किमि लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न करिव १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेको छ ।  प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च लाग्ने रेस डाइरेक्टर योन्जनले जनाएका छन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, सिभिक क्लिनिकलगायतको सहयोग रहेको छ । पोखरालाई खेलकुद मार्फत विश्वमा चिनाउन यो प्रतियोगिताले भूमिका खेल्ने बताउँदै रेस डाइरेक्टर योन्जनले यो वर्ष प्रतियोगितालाई वातावरण मैत्री बनाउने प्रयास गरिएको जनाए ।     

कास्की:  जिल्ला प्रशासन कार्यालय कास्कीले भोलि (शुक्रबार) सार्वजनिक विदा भएपनि अत्यावश्यक सम्बन्धि सेवा दिने भएको छ ।   आज एक सूचना जारी गर्दै नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा दिने जानकारी दिएको हो ।     सिडिओ कार्यालय कास्कीद्वारा जारी सूचनामा भनिएको छ, ‘भोलि मिति २०८०/०१/२२ गते शुक्रबारका दिन बुद्ध जयन्तीको अवसरमा नेपाल सरकारद्वारा सार्वजनिक विदा घोषणा भएतापनि यस जिल्ला प्रशासन कार्यालय कास्कीबाट देहायका सार्वजनिक सेवा प्रवाह हुने भएको हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’    

पोखरा:     गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेल विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसको २७, माओवादी केन्द्रका ७ र  र नेकपा एकिकृत समाजवादीका १ गरी ३५ सांसदको मत पाएका छन् ।    यस्तै नेकपा एमाले २२ सांसदले पाण्डेको विपक्षमा मतदान गरे भने  राप्रपाका २ सांसद तटस्थ बसे । ६० जना सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमत जुटाउन ३१ जना सांसदको समर्थन चाहिन्छ। वैशाख १४ गते ३५ सांसदको समर्थनमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।   विश्वासको मत पाएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिने र मन्त्रीहरूको कार्यविभाजन गर्ने बताएका छन्।

पोखरा:    गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेशका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सुशासन भाषणमा नभएर व्यवहारमा हुनुपर्ने बताएका छन् ।  गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत माग्ने प्रस्तावमाथि बोल्दै उनले नेताहरु सबैतिरबाट कैद भएकाले चर्को भाषणमा नभएर व्यवहारमा सुशासन हुनुपर्ने बताएका हुन् ।  ‘मेरो नेतृत्वमा सरकार हुँदा केही भिडियो टेलिभिजनमा आयो, धन्यवाद, सुशासन भाषणमा नभएर व्यवहारमा देखाउन पर्छ नेता लगायत सम्पूर्ण नागरिक सबैतीरबाट सुशासन पालनाका निम्ति कैद भएका छन् ।’ नेता अधिकारीले भने ।  उनले प्रदेश सभामा कुनै पनि राजनीतिक दलको बहुमत नआउँदा मौखिक र लिखित रुपमा आधाआधा सरकार गर्ने भनेर सहमति गर्नु जनताको भावना विपरित भएकोसमेत बताए ।  ‘प्रदेश सभामा कुनैपनि राजनीतिक दलको बहुमत छैन, संविधान अनुसार सरकार गठन पर्ने हुन्छ । म मुख्यमन्त्री हुँदै गर्दा पुरै पाँच वर्षनै मुख्यमन्त्री बन्छु भनेर आएको थिए । सम्भव भएन, उनले भने, ‘अहिले तपाईले आधाआधा कार्यकाल भनेर प्रदेश सरकारमा अस्थिरता निम्ताउन खोज्नुभएको छ ।’ नेकपा एमालेका संसदीय दलका नेता अधिकारीले प्रदेश सरकार आलोपालो गरेर अस्थिरता पक्षमा गएर त्यसको भार जनतालाई बोकाउने पक्षमा नभएको समेत दाबी गरे ।  उनले संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार गठन हुनुपर्ने भए पनि उपधारा २ मै गोलचक्कर लगाएर बसेको बताउँदै दुई÷दुई महिनामा सरकार परिवर्तन हुँदा प्रदेश सरकारप्रति जनतामा कस्तो प्रश्न उब्जिएको छ भनेर प्रश्न समेत गरेका थिए ।

पोखरा:  गण्डकी प्रदेशका निवर्तमान सामाजिक विकास तथा स्वास्थ्यमन्त्री प्रदेश सभा सदस्य पन्चराज गुरुङले गण्डकी प्रदेश सरकामा म्याच फिक्सिङ भएको बताएका छन् ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने बैठकलाई सम्बोधन गर्दै राप्रपाका संसदीय दलका नेता गुरुङले प्रदेशको सत्ता साझेदारीमा रहेको माओवादी केन्द्रले म्याच फिक्सिङ गर्दै कांग्रेसलाई जिताएको बताएका हुन् ।    गुरुङले कांग्रेस नेतृत्वको गण्डकी सरकारमाथि अब म्याच फिक्सिङ नर्गन समेत शुभकामना व्यक्त गरे ।   उनले नेकपा माओवादी केन्द्रले सत्ता केन्द्रित राजनीति सधै दिगो नहुने भन्दै बफादार हुनुपर्ने धारणा राखे । ‘कुशल राजनीतिक खेलाडीको रुपमा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकारले राम्रो काम गर्दै गर्दा कुनै राजनीतिक पार्टीले सत्ता केन्द्रित राजनीति गर्दा गोल हुन सकेन, गण्डकीमा म्याच फिक्सिङ भयो, उनले भने, ‘अबको सरकारमाथि म्याच फिक्सिन नगर्नुस् हार्दिक शुभकामना ।’   उनले वर्तमान राजनीतिक परिस्थितीकै कारण गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिन नसक्ने बताए । यद्यपी पाण्डे नेतृत्वको सरकारको सकरात्मक कार्यमा भने साथ दिने धारणा राखेका थिए ।   

     काठमाडौं, वैशाख २१ गते । सरकारले डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने, दैनिक खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने जस्ता डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको हो ।   पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो ।  डेंगु एडिस इजिष्टी एडिस आल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रमण रोग हो ।   यसैगरी, मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न, सरकारले घरवरिपरि गमला, टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

काठमाडौं:     सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपियाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ  । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपियाँले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार ४४५ पुगेको छ ।

काठमाडौं:    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् ।  गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित ८ जना पक्राउ परेका हुन् ।  ठगी धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि केशव दुलाल, सानु भण्डारी, टङ्ककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा प्रहरीले अस्ति मङ्गलवार तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । लगत्तै राईका छोरा निरज फरार भएका छन् ।  त्यस्तै, नेता रायमाझीका छोरा सन्दीपलाई प्रहरीले हिजो बेलुका बुटवलबाट पक्राउ गरेको छ । उनलाई आज काठमाण्डौ ल्याइँदैछ । सन्दीपलाई आज नै अदालतमा पेस गने तयारी छ । सांसद एवम् एमाले सचिव रायमाझीलाई पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । हिजो अर्घाखाँचीमा रहेका रायमाझीलाई प्रहरीले खोजिरहेको छ । बहालवाला सचिव पाण्डेलाई प्रहरीले हिजो पक्राउ गरी अदालतमा उपस्थित गराएर तीन दिन थुनामा राख्न म्याद लिएको छ । पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक फरार छन् ।  यो गिरोहले झण्डै ९ सय जनालाई ठगी गरेको र प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएको प्रहरीको प्रारम्भिक आकलन छ । ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।