पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:   प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको र जिम्मेवारीका साथ  लागेको बताउनुभएको छ ।  काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७२औंँ वार्षिक साधारणसभामा बोल्नुहुँदै प्रधानमन्त्रीले दाहालले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोग चाहेको बताउनुभयो ।      “देशको अर्थतन्त्र सञ्चालनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहिआएको छ । कूल लगानीको दुई तिहाई लगानी निजी क्षेत्रबाट भएको छ । उत्पादन र रोजगारी बढाउन साथै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति गर्नका लागि अग्रगामी भूमिका खेल्दै आएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।  उहाँले तीनवटै तहका सरकारले पनि आफ्नो योजना तथा नीति तर्जुमा गर्दा निजी क्षेत्रसँग समन्वय गर्दै आएको बताउनुभयो ।  नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने योजना बनाएकोमा ती लक्ष्य पूर्ति गर्नका लागि निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ ।  त्यस्तै पछिल्ला वर्षमा अर्थतन्त्रसँग जोडिएका विभिन्न क्षेत्रमा उल्लेख प्रगति देखिँदै गएकाले अब लगानीका क्षेत्र पनि प्राथमिकिकरण गरिनुपर्ने उहाँले बताउनुभयो । ‘बहुआयामिक गरिबी कम हुँदै गएको छ । शिक्षा क्षेत्र, लैङ्गिक सशक्तीकरण, खानेपानी सुविधा, विद्युत्मा पहुँचलगायका क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । अब क्षेत्रगत रुपमा लगानीको वृद्धि र लगानीलाई प्राथमिकीकरण गर्नुपर्ने छ”, उहाँले भन्नुभयो ।  आन्तरिक उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न नसके यसले अर्थतन्त्रको दिगो विकासका लागि योगदान पु¥याउन नसक्ने उहाँको भनाइ छ । पछिल्ला दिनमा अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक देखिँदै गएको पनि उहाँले दाबी गर्नुभयो । “देशभित्रै उत्पादन हुनसक्ने वस्तु पनि ठूलो मात्रामा आयात गरिरहेका छौंँ भने दैनिक दुई हजारभन्दा युवा विदेशिरहेका छन् । तर देशको आर्थिक अवस्था त्यति खराब छैन । विदेशी मुद्रा सञ्चिति र राजस्व असुलीमा न्यून देखिए पनि ती समस्या पनि विस्तारै समाधान हुँदै गएका छन्”, प्रधानमन्त्री दाहालको भनाइ छ ।       कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले पनि अर्थतन्त्र धेरै खराब अवस्थामा नरहेको दाबी गर्नुभयो । “हामी सबैलाई थाहा छ, हाम्रो अर्थतन्त्रमा निराशा देखिएको छ । तर निराशाको जुन भाग्य बनाइँदैछ त्यति खराब अवस्था पनि होइन”, अर्थमन्त्री महतले भन्नुभयो । उहाँले अर्थतन्त्रबारे नकारात्मक धारणा बनाइएको भन्दै  भन्नुभयो, “खाली बिग्रियो–बिग्रियो मात्रै भन्ने बनाइएको छ । अब सप्रिन्छ र सकारात्मक बाटोमा देशको अर्थतन्त्र अघि बढ्छ भन्ने धारणाका साथ अघि बढ्नुपर्नेछ ।’’  बजारमा देखिएको यस्तो नकारात्मक भावना चिन्ताको विषय रहेको उहाँको भनाइ छ । अहिले बाह्य क्षेत्र सुधारोन्मुख अवस्थामा रहेको र मूल्यवृद्धि पनि नियन्त्रणमै रहेको भए पनि अरु केही क्षेत्रमा ठूलो प्रभाव देखिएको अर्थमन्त्री महतले बताउनुभयो ।  “तरलता अभाव, चर्को ब्याजदर र उत्पादनको लागत बढ्दा लगानीको तुलनामा प्रतिफल कम भएको छ । जसकारण साना तथा ठूला लगानीकर्तासमेत लगानी गर्न सकिरहेका छैनन् । सरकारी राजस्व सङ्कलनको अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ”, अर्थमन्त्री महतले भन्नुभयो ।  यसवर्ष समग्र सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएकोमा भन्सार राजस्व मात्रै गतवर्षको भन्दा २८ प्रतिशतले कम उठेको उहाँको भनाइ छ । सार्वजनिक खर्च घटाउने र पुँजीगत खर्च बढाउने विषय पनि चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतले धारणा राख्नुभयो ।  त्यस्तै न्यून राजस्व सङ्कलन भइरहेका बेला सामाजिक सुरक्षा, तलबभत्तालगायतका अनिवार्य दायित्व बढ्दै गएकोबारे पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो । पुँजीगत खर्च बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको भए पनि त्यसको नतिजा भने प्रभावकारी देखिन नसकेको अर्थमन्त्री महतको भनाइ छ ।  “आयोजनाका लागि वनको समस्या, जग्गा प्राप्तिको समस्या, मुआब्जादेखि ठेकेदारसम्मका समस्या छन् । तर पुँजीगत खर्च बढाउन जे जति उपाय अवलम्बन गर्न सकिन्छ, त्यसमा सरकार गम्भीर छ”, अर्थमन्त्री महतले भन्नुभयो ।  कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिलेको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको भूमिका उत्तिकै महत्वपूर्ण रहने बताउनुभयो ।  “मुलुकको आर्थिक गतिविधि त्यति साह्रो गतिलो अवस्थामा छैन । यसलाई गतिलो पारिदिनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । त्यसका लागि सरकारले नीति नियममा सहजीकरण गर्छ”, रिजालले भन्नुभयो । उहाँले ‘कुन क्षेत्रमा कसरी काम गर्दा व्यापार घाटा कम हुन्छ, त्यसबारे सरकारले निजी क्षेत्रको पनि साथ चाहेको बताउनुभयो । निजी क्षेत्रका समस्या बुझ्ने र त्यसलाई समाधान गर्ने बाटोमा म लाग्नेमा आफू प्रतिबद्ध रहेको उहाँले धारणा राख्नुभयो ।  नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र खराब हुँदै जानुमा वित्तीय र मौद्रिक नीतिको सन्तुलन नमिल्नु प्रमुख कारण रहेको बताउनुभयो । यहि कारण मुलुकको समग्र आर्थिक अवस्था अनुकुल देखिन नसकेको उहाँको भनाइ छ ।       “मौद्रिक र वित्तीय क्षेत्रको समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिनसकेको छैन । राजस्व सङ्कलन निकै न्यून छ । राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था सिर्जना हुनु मुलुकका लागि सुखद् सङ्केत होइन”, उहाँले भन्नुभयो, “आर्थिक गतिविधि विस्तार गरी राजस्व लक्ष्य भेट्याउनु आजको आवश्यकता हो । सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी करको दायरा पनि बढाइनुपर्छ ।” कर प्रणालीमा नागरिकको बढी सहभागिता हुने अवस्था सिर्जना गर्न नागरिकतासँगै स्थायी लेखा नम्बर ९पान० कार्ड पनि दिने व्यवस्था गरिनुपर्ने मल्लको भनाइ छ । त्यस्तै पुँजीगत खर्च बढ्न नसक्नु र सेवा क्षेत्रले अपेक्षित गति लिन नसक्नु अहिलेको समस्या रहेको उहाँले बताउनुभयो ।  “‘पुँजीगत खर्चको अवस्था निराशाजनक छ । पुँजीगत खर्च हुन नसक्दा तरलतामा समस्या देखिएको छ”, मल्लले भन्नुभयो, “चर्को व्यापार घाटा पनि अहिलेको समस्या हो । व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने, सूचना तथा सञ्चार क्षेत्रलाई विस्तार गर्नुपर्ने लगायतका उपाय उबलम्बन गरिनुपर्छ ।”

पोखरा:   पोखरा महानगरपालिका १६ बस्दै आएकी अल्का गुरुङ गत मंगलबारदेखि बेपत्ता भएकी छिन् ।    स्थानीयहरुले पोखरा महानगर १ र १६ जोड्ने केआईसिंह पुलबाट एकजना हाम फालेको जानकारी दिएपनि कास्की प्रहरीका प्रवक्ता तथा डिएपसी श्रवण कुमार विकले हालसम्म बेपत्ता ३२ वर्षीया अल्का गुरुङ फेला नपरेको बताए ।    उनका अनुसार केआइसिंह पुलबाट सेती नदीमा एक जना हाम फालेको सूचनापछि कास्की प्रहरीले तत्काल खोजी गरेको थियो ।      डिएसपी विश्वकर्माले कास्की प्रहरीसँगै सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले सँयुक्त रुपमा सेती नदीको खोँचमा बुधबार पुनः खोजी गर्दा ७३ दिनदेखि सेती नदीमा नै हराएका ४४ वर्षीय विश्वबहादुर गुरुङको शव प्रहरीले फेला पारेको जानकारी दिए ।    उनले हप्तादिनदेखि बेपत्ता रहेका अल्का गुरुङलाई महिला हराएको सूचनामा राखेर खोजी तिब्र पारेको बताए । डिएसपी विश्वकर्माका अनुसार पोखरा महानगरपालिका १९ लामाचौर घर भई पोखरा १६ जोगीमडी माइती घर बस्दै आएकी थिइन् ।   परिवारको सम्पर्कमा नरहेकी गुरुङ मानसिक बिरामीसमेत रहेकी बताइएको छ ।

काठमाडौं:  सहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छन्।   सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरूङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन्।   उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्ज्युस्याइँ नगर्ने बताइन्।    उनले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताइन्।    उनले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताइन्।    उनले भनिन्,  ‘हामीले समन्वयकारी भूमिका निर्वाह गर्ने कुरामा कुनै पनि कन्ज्युस्याइँ हुँदैन। विगतमा यहाँको फोहोर व्यवस्थापनको निम्ति सहरी विकास मन्त्रालयले समन्वय गरेर बञ्चरेडाँडासम्मको सडक निर्माण र अर्को भौतिक पूर्वाधार संरचना निर्माणको लागि जुन जिम्मेवारी थियो त्यो पूरा गरिसकेको कारणले गर्दा अब हामीले समन्वय गर्ने काम मात्रै हो। हिजोमात्रै हामीले मन्त्रालयमा छलफल गरेका छौं। हामी तत्कालै बैठक बसेर एउटा समिति नै तयार गरेर त्यसबाट के गर्न सकिन्छ भन्ने एउटा निर्णय गरेर अगाडि बढ्ने भनेका छौं। फोहोरलाई देखाएर हामीले राजनीति होइन, निकास दिनुपर्छ। त्यो कुरामा हामी लागिपरेका छौं।’   समस्या समाधानका लागि सरकार लागि परेको मन्त्री गुरूङले बताइन्।

काठमाडौं : २५ वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छन्।    जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धानका सिलसिलामा वारदात पश्चात फरार रहेका काभ्रेको तेमाल गाउँपालिका-३ का ५९ वर्षीय ओमबहादुर तामाङ पक्राउ परेका हुन्।    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट पत्राचार भई आएकोमा निजको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट गरेको हो। 

काठमाडौं : थप १२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट २५६६ नमूना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९०३ र एन्टीजेनबाट १६६३ नमुना परीक्षण गर्दा पीसीआरबाट ७७ र एन्टिजेनबाट ४७ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा २९ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

काठमाडौं: सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।   नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको उजुरीका आधारमा प्रहरीले झापा गाउँपालिका–६ स्थायी घर भएका २० वर्षीय कादिर मोमिन पक्राउ गरेको हो ।   पक्राउ परेका मोमिनले पीडित महिलाको फेसबुक पेजको वाल–टाइमलाईमा अन्य महिलाको शरीरको तस्बिरमा जोडी बनाएको तस्बिरहरूको साथमा चरित्रहत्या हुने खालको अश्लील शब्द लेखि उक्त तस्बिर र भिडियोहरू पोष्ट गरी चरित्रहत्या गर्ने कार्यमा संलग्न रहेको पाइएको ब्यूरोले जनाएको छ ।   प्रहरी उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी पशुपति कुमार रायले यसका साथै मोमिनले पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामाग्रीहरूमा समेत अश्लील क्याप्स राखी पोष्ट गरी दुःख दिई चरित्रहत्या हुने कार्य गरेको जानकारी दिनुभयो ।   उहाँका अनुसार पीडित महिलाले चरित्रहत्या हुने कार्य गरेर दुःख दिइरहेकाले आवश्यक कारबाही गरी पाउ भनी ब्यूरोमा निवेदन दिएकी थिइन् ।   प्रवक्ता रायका अनुसार सोही निवेदनका आधारमा अनुसन्धान गर्दा झापा, झापा गाउँपालिका–६ स्थायी घर भएका मोमिनलाई ब्यूरोबाट खटिई गएको टोली र जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा चैत २४ गते सोही स्थानबाट पक्राउ गरिएको हो ।   पक्राउ परेका मोमिनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चैत २६ गतेको आदेशअनुसार चार दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको उहाँको भनाइ छ ।

सियोल : विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ।    दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ४४ हजार थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ८.५ प्रतिशतले बढी हो भने यो वर्षको फेब्रुअरीमा रहेको १४ प्रतिशतको वृद्धिबाट तल झरेको हो।    यस वर्ष घरेलु आर्थिक मन्दीको बारेमा बढ्दो चिन्ताको कारण यो सङ्ख्या मा सुधार भएको छ, जुन निरन्तर निर्यात गिरावट र कमजोर आवास बजारको कारण प्रेरित छ। रोजगारीको लाभका लागि आवेदकहरूको सङ्ख्या मुख्यतया विनिर्माण, निर्माण र शिक्षा सेवा क्षेत्रमा वृद्धि भएको छ।    मार्चमा रोजगारी प्राप्त गर्नेहरूको सङ्ख्या कूल छ लाख ७५ हजार रहेको थियो। यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले बढी हो। रोजगारीको खोजीमा रहेका लाभहरूको कूल भुक्तानी गत महिना तीन प्रतिशतले बढेर १.०३ ट्रिलियन वोन (७८०.३ मिलियन अमेरिकी डलर) पुगेको छ। यहाँको प्रतिव्यक्ति भुक्तानी १.९ प्रतिशतले बढेर १५ लाख ३० हजार वोन (१,१६० डलर) पुगेको छ।  

काठमाडौं:  राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकामा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ ।   यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।   प्रस्तावमाथिको छलफलमा सदस्यले उठाएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भुसालले राष्ट्रियसभाबाट पारित भएर पठाएको प्रस्तावलाई प्रतिनिधिसभामा पनि गहन छलफल गरी समृद्ध तुल्याइने बताउनुभयो । यसअघि प्रस्तावमाथिको छलफलमा सदस्य जीतेन्द्रनारायण देव, डा विमला राई, सुरेश आलेमगर र रामचन्द्र राईले भाग लिनुभएको थियो ।   बैठकमा प्रधानमन्त्रीका तर्फबाट मन्त्री डा. भुसालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ वार्षिक २०७८/७९ प्रतिवेदन  प्रस्तुत गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही चैत ३० गते बिहीबार दिनको १ बजेर एक मिनेटमा बस्नेछ । 

नवलपरासी:  पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी ४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।   विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो ।   नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।   नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको छ ।