पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

गण्डकी: चन्द्र–सूर्य अङ्कित झन्डासहित  झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिनुहुन्छ, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उहाँको दैनिकीजस्तै बनेको छ ।   पर्यटकीय याम चलिरहेकाले यतिबेला पोखरामा आगन्तुकको चहलपहल छ । गायक नेपालीले यही मौका छोपेर देशी–विदेशीसामु आफ्नो कला–प्रतिभा पस्किरहनुभएको छ । बाहिरी मुलुकका पर्यटकलाई लक्ष्य गरी फेवाताल किनारमा पुगेर राष्ट्रगान सुनाउने गरेको उहाँ बताउनुहुन्छ ।   सधैँझैँ शुक्रबार पनि हल्लनचोक नजिकैको पैदलमार्गमा उहाँ पुग्नुभयो । छेवैमा राष्ट्रिय झन्डा फहराइरहेको थियो । यन्त्र र ध्वनिको प्रबन्ध मिलाएपछि नेपाली राष्ट्रगानको धुन बज्यो । उहाँले राष्ट्रगान गाउनुभयो । नेपालको राष्ट्रगानबाट सुरु भयो, उहाँको प्रस्तुतिको सिलसिला । सन्ध्यापख फेवातालको चिसो सिरेटो छल्दै उहाँले विभिन्न देशका राष्ट्रगान गाइरहनुभयो । प्रकृतिको सौन्दर्यपान गर्दै पर्यटक ओहोर–दोहोर गरिरहेका थिए ।   विदेशी पनि बाक्लै देखिन्थे । देशभित्र जुन ठाउँ पुग्दा पनि उहाँले पहिले नेपालको राष्ट्रगान गाउनुहुन्छ । त्यसपछि छिमेकी देश भारत, चीन हुँदै अन्य देशको । शुक्रबार पनि उहाँले त्यसै गर्नुभयो । भारतको राष्ट्रगान गाउन सुरु गर्दा नगर्दै उहाँको छेवैमा दुई भारतीय पर्यटक टुप्लुक्क आइपुगे । हिँडिरहेका बेला देशको राष्ट्रगानको धुन सुनेपछि उनीहरु टक्क रोकिए । नेपालीले भारतको राष्ट्रगान गाउन थालेपछि दुवै उभिए र राष्ट्रगानको सम्मान गरे ।    गायक नेपालीले अनेक भाषामा सम्बन्धित देशको राष्ट्रगान गाइरहँदा मानिसहरूले चाखपूर्वक श्रवण गरे । कतिले तस्बिर लिए । कोहीले मोबाइलमा चलदृश्य कैद गरे । उहाँको प्रस्तुतिले नेपालीभन्दा विदेशी पर्यटकको ध्यान तानिरहेको थियो । बीचतिर उहाँले अमेरिकाको राष्ट्रगान गाउन खोजिरहनुभएको थियो ।   यत्तिकैमा बेलायती पर्यटकको समूह नै त्यहाँ आइपुग्यो । तीमध्येका केहीले नेपालीको नजिकै गएर आफ्नो देशको राष्ट्रगान गाउन अनुरोध गरे । उहाँसँगै स्वर मिलाएर उनीहरूले पनि आफ्नो देशको राष्ट्रगान गाए । अर्कै महादेशमा आफ्नो देशको राष्ट्रगान त्यो पनि विदेशी गायकले गाएको देखेर उनीहरु दङ्ग परे ।   नेपालबाट शान्ति, विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश दिन नेपाली विश्व राष्ट्रगान यात्रामा निस्कनुभएको हो । कोभिड–१९ महामारीयता बाहिरी देशको यात्रा प्रभावित बनेपछि उहाँ अहिले नेपालकै विभिन्न ठाउँ घुमिरहनुभएको छ ।   “पर्यटनको राजधानी सहर भएकाले पछिल्लो समय पोखरालाई आधार बनाएर सङ्गीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाइरहेको छु”, उहाँले भन्नुभयो, “अहिले पर्यटकीययाम भएकाले राष्ट्रगान प्रस्तुतिका लागि दैनिकजसो बेलुकापख लेकसाइड पुगिरहेको हुन्छु ।”   नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिएर आफू हिँडिरहेको नेपालीले सुनाउनुभयो । सबै देशका राष्ट्रगान गाउँदै विश्वयात्रा गर्ने लक्ष्य कठिन भए पनि विचलित नभई साधना र कर्ममा तल्लिन रहेको उहाँको भनाइ छ ।   उहाँले अहिले एक सय ५० देशका राष्ट्रगान गाउनुहुन्छ । विश्वयात्राका क्रममा उहाँले हालसम्म ११ देशको भ्रमण गरिसक्नुभएको छ । नेपाली तीन महिनाअघि मात्र संयुक्त अरब इमिरेट्स (युएई) पुगेर आउनुभएको थियो । कोभिड–१९ यता उहाँको पहिलो विदेशयात्रा थियो त्यो । उहाँले विश्वयात्राका लागि सहयोगको पनि याचना गर्दै आउनुभएको छ । इष्टमित्र र शुभेच्छुकको सहयोगबाट केही देश पुग्न उहाँ सफल हुनुभएको हो ।    उहाँको पहिलो विदेशयात्रा सन् २०१७ मा बेल्जियमबाट सुरु भएको थियो । बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्यान्डका विभिन्न सहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको उहाँले स्मरण गर्नुभयो । “आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ”, नेपालीले विगत सम्झनुभयो । तीन वर्षअघि भारत पुग्दा उहाँले चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्मको यात्रा गर्नुभएको थियो ।    नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गर्नुभएको छ । “कार्यक्रमको प्रकृतिअनुसार एकै ठाउँमा धेरै देशका राष्ट्रगान पनि गाउने गर्छु”, नेपालीले भन्नुभयो । सन् २०२५ भित्र एक सय ९५ देशका राष्ट्रगान गाउँदै विश्वका दुई सय ३२ वटै देश पुग्ने उहाँको लक्ष्य भने पछाडि धकेलिएको छ । कोभिड–१९ महामारी, आर्थिक अभाव आदि कारणले यात्रामा अवरोध आएको नेपालीले बताउनुभयो ।   जस्तै सङ्कट आए पनि नयाँ–नयाँ देशको राष्ट्रगान सङ्कलन र गायन अभ्यासलाई भने आफूले नछाडेको उहाँको भनाइ छ । “मैले दायाँबायाँ केही सोचेको छैन, म यसैमा साधनारत छु, राम्रो समयको पर्खाइमा छु, आत्तिएको छैन”, नेपालीले भन्नुभयो ।   बागलुङको बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीमा जन्मनुभएका नेपालीसँग सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रूपमा विश्व कीर्तिमान राख्ने सपना छ । त्योभन्दा बढी छ, बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी देशदेशान्तर फैलाउने हुटहुटी ।   “मेरो विश्वयात्राको उद्देश्य नेपालको पर्यटन प्रवद्र्धन गर्नु पनि हो”, उहाँले भन्नुभयो, “संसारभरका मानिसलाई एकपटक नेपाल घुम्न आउनुस् भनेर सन्देश दिन चाहन्छु ।” विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नआएको उहाँले बताउनुभयो ।   नेपालीले ‘गुगल’, ‘युट्युब’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्रयाक’ खोजेर गाउने गर्दै आउनुभएको छ । एक सय ९५ देशका राष्ट्रगान र तिनका धुन सङ्कलन गरिसकेको उहाँको भनाइ छ । अनेक भाषाका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको उहाँको अनुभव छ ।    “सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउन सक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ”, नेपालीले भन्नुभयो । उहाँले सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारी गाउने गर्नुहुन्छ । ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भिरको टुनी’लगायत गीतमा स्वर दिनुभएका गायक नेपालीले विश्वयात्रापछि पुनः मूलधारकै सङ्गीत कर्ममा फर्कने बताउनुभयो ।

कास्की: गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ ।   आज उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, भौतिक पूर्वाधार तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो ।   सडक बिस्तार तथा स्तरोन्नतिको काममा ढिलाइ भएपछि उक्त टोलीले निरीक्षण गरेको हो । गत वर्षदेखि सुरु भएको आयोजनामा हालसम्म छ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उच्चस्तरीय टोलीले आज बिहान पोखरा–मुग्लिन सडकखण्ड विस्तार आयोजनाको पश्चिम खण्डको सुरुआत विन्दु पोखराको सेती नदीपुलबाट अनुगमन सुरु गरेको हो ।   टोलीले हालसम्मको कामको प्रगति, आयोजनाको ढिलाइका कारण र समस्याका बारेमा जानकारी लिएको मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    उहाँका अनुसार पश्चिमखण्डमा सुरु भएको अनुगमन पूर्वीखण्डसहित मुग्लिनसम्म हुनेछ । आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “आयोजनाको पश्चिम खण्डको काम ढिलाइ भएपछि अवस्था बुझ्नका लागि गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्री सहितको उच्चस्तरीय टोली आएको हो ।” निरीक्षणका क्रममा निर्माण कम्पनीबाट काममा ढिलाइ भएपछि कामको गति कसरी बढाउन सकिन्छ भनेर छलफल भएको थियो । आयोजनामा देखिएका समस्या समाधान गरी तोकिएको मितिमा सडक विस्तार सम्पन्न गर्नेतर्फ सबैले चासो दिनुभएको उहाँको भनाइ छ ।   सो क्रममा आयोजनामा देखिएका समस्या सरकारले समाधान गर्ने र तोकिएको समयभित्रमै सडक निर्माण सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई अनुगमन टोलीले निर्देशन दिएको थियोे ।   सडक विस्तारका लागि विद्युत् र खानेपानीका पाइप स्थानान्तरण, मापदण्डभित्र परेका घरलाई मुआब्जा दिएर खाली गर्ने लगायतका समस्या रहेको आयोजनाले जनाएको छ । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो बनाउन लागिएको छ ।    पोखरा–मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड पोखरामा स्थापना भएको मुग्लिन–पोखरा सडक योजना कार्यालयले हेर्ने गरेको छ ।    यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । यसको कार्यालय गुणादीमा छ । पश्चिम खण्ड निर्माणका लागि रू सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ ।   यस योजना ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी विसं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो ।

पोखरा:  मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।  आफु स्वास्थ्यमन्त्री बन्न पार्टीका केही मान्छेलाई २ करोड रकम बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद डा. श्रेष्ठलाई निलम्बन गर्ने निर्णय गरेको रास्वपा गण्डकी प्रदेश स्रोतले जनाएको छ ।   

पोखरा:  कास्कीका केही पदमार्गहरु यतिबेला ट्रेण्डिङमा छन् ।   पोखरादेखि कम समयमा हिउँ खेल्न र शाहसिक पदयात्रामा रम्न चाहनेहरुका लागि पदमार्गहरु औलामा गन्न सकिने छन् । घोरेपानी, पुनहिल, खुमैडाँडा, मर्दी, कोरी तथा अन्नपूर्ण आधार शिविर कास्कीका मुख्य पदमार्गहरु हुन् ।   अहिले सामाजिक सञ्जालमा देखिएको लोकप्रियताका आधारमा खुमैडाँडा –कोर्चाङ पदमार्ग (ट्रेक) सबैभन्दा अघि देखिएको छ । यससँगै मर्दी पदमार्ग र मादी गाउँपालिकाको कोरी पदमार्गमा कैद गरिएका तस्बिरहरु सामाजिक सञ्जालमा व्यापक देखिएका छन् । जहाँबाट माछापुच्छ्रे लगायतका धेरै हिमश्रृङ्खलालाई नजिकैबाट मन अघाउन्जेल नियाल्न सकिन्छ ।   कुनैबेला मर्दीपदमार्ग लोकप्रिय थियो, यो वर्ष खुमैडाँडाले उछिनेको छ । यिनीहरुको लोकप्रियतालाई कोरी ट्रेकले पछ्याइरहेको छ । कोरीको प्रवद्र्धनका लागि सरकारी नियायको खासै भूमिका छैन । स्थानीय पर्यटन व्यवसायीको पहलकदमीले कोरी पदमार्गले केही स्थान पाएको छ ।   यद्यपी अन्य पदमार्गहरुको तुलनामा कोरी पदमार्ग होटलहरुको व्यवस्था कम छ ।    समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको कोरीबाट माछापुच्छ्रे , अन्नपूर्ण, लम्जुङ तथा गणेश हिमाल लगायत हिमश्रृङ्खलालाई नजिकैबाट नियाल्न सकिन्छ । साथै सदावहार हिउँले ढाकिने कोरीमा स्केटिङसमेत खेल्न सकिन्छ ।    कसरी जाने कोरी ?   कोरी जान पोखरादेखि सिक्लेससम्म सवारी साधनमा जान सकिन्छ । बिहान ६ बजेनै पोखराबाट सवारी साधनमा हिडेपनि दिउँसो सिक्लेस पुगिन्छ ।   त्यसपछि खाना खाएपछि पैदल यात्रा सुरु हुन्छ । त्यो रात हुँगुमा बिताइन्छ । जहाँ ३ वटा होटल छन् ।   अर्काे दिन बिहानै उठेर कपुचे डेढ घण्टाको यात्रामा कपुचे ताल पुगिन्छ । त्यपछि फेरि हुँगुमै फिर्ता हुनुपर्छ । यदि कपुचे ताल जान चाहेको खण्डमा । त्यसपछि कोरीतर्फ अघि बढिन्छ । त्यो रात न्होटामा बिताइन्छ । र बिहान त्यहाँबाट उकालो लागेपछि कोरी पुगिन्छ । जहाँ ३ वटा होटल छन् ।   कोरीको त्यो बसाइपछि अर्काे पदमार्ग हुदै सिधै सिक्लेस फिर्ता हुन सकिन्छ ।    कति लाग्छ खर्च ?   स्थानीय पर्यटन व्यवासायी तथा नमस्ते गेष्ट हाउसका सञ्चालक धन बहादुर गुरुङ (माइला) का अनुसार कोरी जान ४ दिन समय लाग्छ ।   त्यसका पदमार्गीको समुहका आधारमा खर्च लाग्ने उनले बताए । ‘गेष्टको गु्रप हेरेर कति खर्च लाग्छ भन्ने हुन्छ, पर्यटन व्यवसायी गुरुङले भने, ‘सामान्य खर्च गर्ने हो भने ७/८ हजारले कोरी जान सकिन्छ ।’   उनले कोरी जानका लागि ट्रेकिङ गाइडको अपरिहार्यता रहने बताए ।  ‘कोरी जानका लागि गाइड लानैपर्छ । किनभने अन्य ट्रेकिङ लाइनमा जस्तै सबैको व्यवस्था छैन’ गुरुङले भने  ।   तस्बिरहरू:-                   तस्बिर: माइला दाई (नमस्ते गेष्ट हाउस सिक्लेस)

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो।    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन्। शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ। हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगेका छन्।    काठमाडौँ उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन्। अहिले काठमाडौँसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ।    स्वास्थ्य कार्यालय काठमाडौँका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ।    यस्तै काठमाडौँका स्थानीय तहले पनि आवश्कता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन्। केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा  नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ। मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध समेत गरेको छ।

पोखरा:     धौलागिरी बेसक्याम्प नजिक एभरेष्ट एयरको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।   एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै ‘आकस्मिक फोर्स ल्याण्डिङ’ भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिए । उनका अनुसार  एयर डाइनेस्टीको  हेलिले पाइलट र अर्का एकजनालाई उद्धार गरेर पोखरा ल्याउँदै गरेको जानकारी दिए ।        

पोखरा:  ठेकेदारले कामदार नपाएपछि पोखरा महानगरपालिका १ को नाला बनाउने योजना अपलत्र परेको छ ।  पोखराको बगरस्थित धोबिगौडादेखि मानसडक जाने सडक किनारको नाला बनाउने कार्य कामदार नपाएपछि गत हप्तादेखि अलपत्र परेको हो । सो नाला बनाउने ठेक्का स्काई कन्स्ट्रक्सन एण्ड विल्डर्सले ठेक्का पाएको थियो । ठेक्का पाएको कम्पनीका सञ्चालक मनोज देवकोटाले मजदुर नपाएकाले निर्माणकार्य रोकिएको स्वीकारे ।  उनले पहिलेका कामदारले राम्रो काम नगरेपछि अन्य कामदारको खोजी गरिरहेको बताए । ‘गुणस्तरीय काम गर्छु भनेर ठेक्का लिएको हो । काम गर्न राखेका कामदारले राम्रो काम गरेनन्, सुनगाभा न्यूजसँग देवकोटाले भने, ‘कामदारले राम्रो काम गरेन भने कम्पनीको बदनाम हुन्छ भनेर राम्रो कामदार खोजेको हो त्यसैले नयाँ कामदार खोज्दा ३/४ दिन काम रोकिएको हो ।’ उनले नयाँ कामदार आज (आइतबार) आइपुग्ने बताउदै रोकिएको कामलाई अघि बढाउने बताए ।  यतिमात्र नभएर स्थानीयले नाला बनाउने महानगरको योजनामा विरोध जनाएकाले पनि  काम रोकिएको सुनाए । ‘मापदण्ड अनुसार काम गर्नुपर्ने हुन्छ, मापदण्डमा केही दिन स्थानीयको अवरोध रह्यो । निर्माण समितिबाट समस्याको समाधान गरेर काम सुरु भयो, फेरी कामदारले राम्रो गरेनन्, उनले भने, ‘त्यसैले नयाँ कामदार खोज्दा केही दिन काम रोकिएको हो । योजना अलपत्र परेको होइन ।’ स्काई कन्स्ट्रक्सन एण्ड विल्डसले पोखरा महानगरसँग २०७९ फागुन २६ गते पोखरा महानगरपालिका १ धोविगौडा-मानसडकमा नाला  निर्माण गर्न ७७ लाख ३३ हजार ९ सय ३० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले सो योजना चालु आर्थिक वर्षको असार १५ भित्र योजना सम्पन्न गर्नुपर्ने सम्झौता छ । तर अबपनि काम गर्न ढिलाई गरेको खण्डमा योजना अधुरै रहने प्रष्ट । त्यसैले काम रोकिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।  योजना अलपत्र परेपछि पोखरा महानगरपालिका १ का वडाध्यक्ष सहारा प्रधानले ठेकेदारले योजना निर्माणमा कामदार फेरबदल गर्न लागेपछि काम रोकिएको बताए ।  ‘सम्झौता भएर योजना अगाडि बढ्दा ल्याएका कामदारले राम्रो काम गरेन भनेर ठेकेदारले गुनासो गरेपछि कामदार फेर्ने कुरा आएको थियो, वडाध्यक्ष प्रधानले भने, ‘अन्य योजनामा भएका कामदार ल्याएर काम अगाडि बढाउने ठेकेदारसँग कुराकानी भएको छ । फलोअप गरिराखेको छु ।’   उनले ठेकेदारलाई नयाँ कामदार ल्याएर यथाशिघ्र काम अगाडि बढाउन दिर्नेशन दिएको बताए ।   धोविगौडा/मानसडक खण्डमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले योजना अलपत्र हुँदा व्यवसायमासमेत असर परेको गुनासो छ ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्।   राष्ट्रपति पौडेलले पोखरेललाई चैत २४ गते प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। ‘राष्ट्रपतिज्यूले मलाई प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो,’ पोखरेलले सेतोपाटीसँग भने।   पोखरेल राष्ट्रिय सूचना आयोगका आयुक्तसमेत भएर काम गरेका थिए।   उनी नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत हुन्।

रुकुम: रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।    यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशङ्कामा प्रहरीले संकास्पद सातजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन्।    दुवैजनाले लगाएको गहना लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ । दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।