नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

पोखरा:  नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ ।   स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एस.एल.सी. परीक्षा–२०८१मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मान, एस.ई.ई.परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मान दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाले यस वर्ष शिक्षा÷साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गरेको छ । कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष राम बहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली र कास्कीका अध्यक्ष हेमन्त अधिकारीले नगद २५ हजार सहित सम्मान पत्र, दोसल्ला ओढाई सम्मान गरेका थिए ।  यसैगरी स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान गरिएको छ । यसरी सम्मानित हुने विद्यालयहरुमा न्यू लिटिल स्टेपसेकेन्डरी स्कुल–२०५७, नेसनल क्रियशन एकेडेमी–२०६३, ओम एकेडेमी–२०६३ र पिक एभरेष्टबोर्डिङ स्कुल–२०६४ रहेका छन् । एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू अञ्जुली आवासीय मा.वि, बालप्रतिभा बोर्डिङ स्कुल, हिलसाइड इङ्लिस सेकेन्डरी स्कुल, लाविन रेसिडेन्सियल स्कुल, नेसनल व्रिmयसन एकेडेमी, पुष्पसदन एकेडेमी कास्की, श्री रत्नज्योति मा.वि. र युनिभर्सबोर्डिङ स्कुललाई सम्मान गरिएको थियो । एस.एल.सी. परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मानमा आशिष गौतम, कास्की मोर्डनाइज्ड एकेडेमी, ३.८५ जी.पी.ए., अलिशा पुन, त्रिवेणी पब्लिक मा.वि., ३.७८ जी.पी.ए. ल्याउने विद्यार्थीलाई नगद १०÷१० हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै एस.ई.ई.परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मानमा दिप्सन घर्ती, कास्की मोर्डनाइज्ड एकेडेमी, ४.०० जी.पी.ए., नितेश थापा, कास्की मोर्डनाइज्ड एकेडेमी, ४.०० जी.पी.ए., सुस्मा खत्री, बड्स एकेडेमी, ४.०० जी.पी.ए., नितु भण्डारी, बड्स एकेडेमी, ४.०० जी.पी.ए. र कृतिका बि.क., लाविन रेसिडेन्सियल स्कुल, ४.०० जी.पी.ए. ल्याएका विद्यार्थीलाई नगद ५०÷५० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान हुनेमा बगमारा एकेडेमिक गार्डेन पोखरा–३३, कास्कीका शिक्षक विष्णु कुमारी अधिकारी, बड्स एकेडेमी पोखरा–०६, कास्कीका शिक्षक गीता देवी डुम्रे, गोर्खा बोर्डिङ स्कुल पोखरा–१६, कास्कीका शिक्षक दिपा थापा, ज्ञानज्योति बोर्डिङ स्कुल माछपुच्छ«े–०४ का शिक्षक दुर्गा अधिकारी, ज्ञानज्योति विद्याकुञ्ज मा.वि पोखरा–३२, कास्कीका शिक्षक मित्रबन्धु सुवेदी रहेका छन् ।  हेम्जा बोर्डिङ स्कुल पोखरा–२५, कास्कीका शिक्षक रिता देवकोटा पौडेल र कर्मचारी चेत बहादुर कुँवर, कान्तिपुर एकेडेमीअफ साइन्स एण्डटेक्नोलोजी पोखरा–१४, चाउथेका कर्मचारी विजय लामा, कास्की मोडर्नाइज्ड एकेडेमी पोखरा–१४, चाउथेका शिक्षक गंगा आले र कर्मचारी विमाया माझकोटी, लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुल पोखरा–२७, कास्कीका शिक्षक पुनम थापा, न्यू लेखनाथ पब्लिक एकेडेमी पोखरा–३०, कास्कीका शिक्षक इन्दिरा सुवेदी, कृष्णतिवारी, ओम एकेडेमी पोखरा–१७, कास्कीका शिक्षक बिष्णुमाया सुनार, शान्ती थापा कर्मचारी अमृत वि.क. रहेका छन् । पिक एभरेष्टबोर्डिङ स्कुल माछपुच्छ«े, कास्कीका शिक्षक पार्वती भण्डारी गौतम, पुस्पा रिमाल आचार्य, पयेनियर इङ्लिस एकेडेमी पोखरा–१५, कास्कीमन शिक्षक रोशनी गुरुङ, पुष्पसदन एकेडेमी पोखरा–१२, कास्कीका शिक्षक अजय थापा र मञ्जु पहारी थापा, सागर मेमोरियल बोर्डिङ स्कुल माछपुच्छ«े–३, कास्कीका शिक्षक बेदकुमार श्रेष्ठ, सिर्जना श्रेष्ठ लेखापाल सिता देवी श्रेष्ठ रहेका छन् । त्यस्तै शान्ति बाटिका बोर्डिङ स्कुल पोखरा–३२, कास्कीका शिक्षक राजबन्धु बस्नेत, मिठु मल्ल, शोभा श्रेष्ठ लेखापाल पुष्पा कुमारी थापा कर्मचारी इन्द्रकुमार श्रेष्ठ, सनराइज प्रिपारोटरी स्कुल पोखरा–२४, कास्कीका शिक्षक लोकनाथ लामीछाने, दुर्गा भण्डारी पराजुली, त्रिवेणी पब्लिकमा.वि पोखरा–२७, कास्कीका शिक्षक खगराज धमला कर्मचारी रिता पुर्जा र श्री रत्नज्योती मा.वि. पोखरा–८, कास्कीका शिक्षक सारदा कुमारी पौडेल रहेका छन् । कार्यक्रममा बौल्दै प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठले एन प्याब्सनले गर्ने हरेक कार्यक्रम उत्कृष्ट रहेको बताए । सम्मानित व्यक्तित्व बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालाले पवित्र संस्थाबाट सम्मानित हुन पाएको भन्दै खुशी व्यक्त गरिन् । शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले संस्कारयुक्त, प्रतिस्पर्धी, जीवन जिउन सक्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको बताए ।  कार्यक्रममा नेसनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष राम बहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकरर जैसी, प्याब्सियु केन्द्रीय कार्यसमिति अध्यक्ष शिवलाल उपाध्याय, लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका शिक्षक पुनम थापाले बोलेका थिए । नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

पोखरा:  कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रतियोगिता ‘कास्की आइडल’ को गायनतर्फको फस्ट रनरअप सुशान्त भण्डारी र सेकेन्ड रनरअप सबिना परियार भएका छन् । सन्तोष परियार र विशाल पाण्डेले गायनतर्फ सान्त्वना पुरस्कार प्राप्त गरे । यस्तै नृत्यतर्फ क्रिस्टिना जिसी फस्ट रनरअप, आकृषा पोखरेल सेकेन्ड रनरअप तथा लोजिना पटेल र ऋदम लिम्बू सान्त्वना भए । दुवै विधामा उपाधि विजेताले जनही रु. ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै फस्ट रनरअपले रु. ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा सेकेन्ड रनरअपले रु. १० हजार नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् । विगत डेढ महिनादेखि सञ्चालित आइडलका विभिन्न चरण पार गरेर दुवै विधामा ५र५ जना फाइनलमा प्रवेश गरेका थिए । रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले ‘कास्की आइडल’ जस्तो कार्यक्रमले स्थानीय तथा ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउँदै राष्ट्रिय स्तरका कलाकार जन्माउने आधार निर्माण गरेको बताए । कार्यक्रम संयोजकसमेत रहेका अध्यक्ष आदर्श पोखरेलले सामाजिक, साहित्यिक र सांस्कृतिक विकाससँगै युवा प्रतिभालाई उचित मञ्च प्रदान गर्नु नै प्रतिष्ठानहरूको उद्देश्य भएको बताए । लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले यस्ता कार्यक्रमले सांस्कृतिक पहिचान संरक्षण, प्रतिभा विकास र यस क्षेत्रको पर्यटन प्रवर्धनमा समेत योगदान पुर्‍याउने धारणा राखिन् । गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीतकार प्रतिष्ठान गीतकारको हकहितका लागि मात्र नभई समग्र साङ्गीतिकरसांस्कृतिक क्षेत्रको उत्थानका लागि क्रियाशील संस्था भएको बताए । उनले आगामी दिनमा पनि नेपाली वाङ्मयका विविध क्षेत्रमा प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना रहेको सुनाए । गायक रामभक्त जोजिजू तथा गायिका ईतु जोजिजूको समेत प्रस्तुति रहेको कार्यक्रममा अनिल ढुऽगाना र सनम गुरुङलगायतका कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन झलक गुरुङ र ज्योति खड्काले गरेका थिए । कार्यक्रममा रूपा गाउँपालिका–२ का वडाअध्यक्ष राजन सुवेदी, एचएम एजुकेसन सर्भिसका निर्देशक दुर्गाप्रसाद गुरुङ, उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, मन्टेश्वरी एसोसिएसनकी अध्यक्ष डा. ऋतु पौडेल, गीतकार रेशम रचक, समाजसेवी सन्तोष तिमिल्सिना, मधु क्षेत्री, डा. निराजन कोइराला, मदन घिमिरेलगायतले शुभकामना दिएका थिए ।

काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ।  समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार २०८२ पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम पुस २८ गते सोमबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा नाम फिर्ता लिन सकिने उहाँको भनाइ छ।  प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने र कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत नाम फिर्ता लिनका लागि निवेदन दिन सकिने जानकारी गराइएको आयोगले जनाएको छ। 

काठमाडौं:  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।  दोस्रो विशेष महाधिवेशन सचिवालयले विज्ञप्ति जारी गर्दै प्रदेशगत र भातृ शुभेच्छुक एवं जनसम्पर्क समितिबाट आएका प्रतिनिधिले नाम दर्ता गराएको जनाएको छ । कोसीबाट ४२५, मधेसबाट ४४६, वाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका हुन् । 

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   क्लबले स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरि संकलित रकमबाट शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा खर्च गर्दै आएको क्लबका अध्यक्ष लोक बहादुर थापाले स्पष्ट पारे ।   उनका अनुसार १४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लबको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्रावास नर्माणको लक्ष्य राखेको छ ।   उक्त योजनाको डिपिआर अनुरुप निर्माण कार्य अगाडी बढेको  क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।     उनका अनुसार सो जग्गामा २० कोठाको भवन निर्माण हुनेछ  । यस वर्ष ३ कोठाको भवन निर्माण भइसकेको र १४ औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइनेछ ।    यससँगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्याउने कार्यलाई निरन्तरतासमेत दिइने उनले बताए ।    रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर मुख्य प्रायोजक रहेको १४ औं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, ठेलो प्रतियोगिता, टिकटक प्रतियोगिताको आयोजना गरिने वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।     उनका अनुसार महोत्समा चर्चित लोकदोहोरी गायक गायिकाहरु रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछन् भने लाईभ कन्सर्टतर्फ लाउरे, डी मर्चा, अनुप्रस्था, दुर्गेश थापा, लेकाली, एवाईजी, रकहेड्स, जेम्सी, सविन राई, भिटेन  र पर्पल संगै स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने छ ।    

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’   तर, आइतबारसम्म कसैलेपनि बुझाएका छैनन् । त्यसोत बुझाउने समय अझै दुईहप्ता बाँकी छ ।    आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी अवैध रुपमा राखिएका हातहतियार बुझाउन सूचित गरिएको हो ।   ‘आसन्न फागुन २१ गते सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको छ यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि कास्की क्षेत्र भित्र अवैध रुपमा राखिएका हातहतियार माघ १५ भित्र बुझाउन सूचना जारी गरेका हौं ।’ जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी शिव लम्सालले भने ।    लम्सालका अनुसार प्रशासनको तथ्याङ्कमा १ हजार ४ सय बढी इजाजत प्राप्त हातहतियार छन् ।   गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा प्रशासन जलेसँगै सबै तथ्याङ् जलेर नष्ट भएको उनले बताए ।    ‘कास्कीमा इजाजत प्राप्त हातहतियार १ हजार ४ सय बढी नै छन् । यकिन तथ्याङ्क संघीय मन्त्रालयबाट माग्दै छौ । आएपछि कति इजाजत प्राप्त छन् भन्ने यकिन तथ्याङ्क दिन सकिन्छ, प्रवक्ता लम्सालले भने, ‘दुई÷दुई वर्षमा ति हातहतियारको नवीकरण हुन्छ ।’   प्रवक्ता लम्सालका अनुसार हतियारको प्रकृति हेरेर शुल्क निर्धारण हुन्छ । उनले न्यूनतम ३ हजार शुल्क लाग्ने बताउदै भने ‘हतियार कस्तो र कुन प्रकृतिको छ त्यो हेरेर नवीकरण शुल्क लाग्छ ।’    उनले गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनपनि सबै सेवा सुचारु भएपनि हतियार नवीकरण गर्ने सेवा सुचारु हुन नसकेको बताए ।   ‘कार्यालयबाट सबै प्रकारका सेवाहरु पुनः सुरु भइसेको छ । यही हातहतियार नवीकरण गर्ने सेवा मात्रै सुचारु हुन सकेको छैन । सबै तथ्याङ्क जलेकाले माथी मन्त्रालयबाट डेटा मगाउँदै छौ, आउने क्रम पनि छ । त्यसपछि यो सेवा पनि यथाशिघ्र सुरु हुन्छ ।’   तोकिएको समयमा अवैध हातहतियार खरखजना नबुझाएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।    

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् ।  

पोखर:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाईमा टुक्रे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण भएको तथ्य बिर्सन नहुने बताउनुभएको छ ।   पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा शुभकामना सन्देशमार्फत् राष्ट्र एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।    ‘आज मनाइँदै गरेको ३०४ औं पृथ्वी जयन्तीले नेपाल एकीकरण अभियानको गौरवमय इतिहाससँगै मुलुक एकीकरणको योगदानकर्ताहरूलाई स्मरण गराएको छ ।’   सन्देशमा भनिएको छ – ‘पृथ्वीनारायण शाहकै अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो । त्यसपछिका विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहन पुग्यो । पृथ्वीनारायणको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।’   सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन राष्ट्रिय एकता दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।   यो दिवसले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्पलाई साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना व्यक्त गर्नुभएको छ ।

काठमाडौं:  नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो ।  यससँगै उपभोक्ताले एक तोला सुन किन्न दुई लाख ७० हजार ६०० रुपैयाँ खर्चिनुपर्नेछ ।  यसअघि शुक्रबार (पुस २५) छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य चार हजार ९९० रुपैयाँ पुगेको छ ।  यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७८० रुपैयाँ कायम थियो ।