पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

काठमाडौं:  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागलगायत लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू–भागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।  साथै कोशी र गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा रहेको बताउनुभएको छ । रामचन्द्र पौडेलले बिहीबार लिखित सम्बोधनमार्फत देशलाई कसरी निकास दिन सकिन्छ भनेर आफू प्रयासमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले नेपाली दाजुभाइ तथा दिदीबहिनीका नाममा एक लिखित सम्बोधनमार्फत् जारी गर्नुभएको बक्तब्यमा भनिएको छ, ‘‘आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भईरहेको विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुब्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दछु ।’’  

गुल्मी: बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।  कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी टोलीलाई बिहानै सडक सुचारुका लागि पहिरो गएको स्थानका खटाई सकिएको प्रहरीले जनाएको छ ।  अहिले पनि उक्त क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सडकमा थुप्रिएको पहिरो पन्छाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । वर्षा रोकिनासाथ सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको सूचना अधिकारी सारुले बताए । पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गरेको छ ।

झापा:  झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् । प्रहरी नायव उपरीक्षक खड्काका अनुसार बुधबार राति घरमा ३७ वर्षीया श्रीमती सुजता ज्ञवालीसँग मोहमदले भेटेपछि ज्ञवालीले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । मोहमदको हत्या गरेपछि ज्ञवालीले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले ज्ञवालीकी श्रीमती सुजातालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

काठमाडौं:  जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन ।  नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो गर्ने भनिएको वार्ता आजको लागि सारिएको थियो ।  जेनजीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई आफ्नो समर्थन रहेको बताएका छन् ।  जेनजी आन्दोलनको क्रममा हालसम्म ३० जनाको मृत्यु  भइसकेको छ ।  एक हजारभन्दा बढी घाइतेहरूको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले  जनाएको छ । 

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले लामो बिदा दिने सूचना सार्वजनिक गरेको हो। विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीले सूचना सार्वजनिक गर्दै लामो समय बिदा दिइएको जानकारी गराएका हुन्। यो बीचमा दशैं, तिहार र छठको बिदा परेको छ। सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिएर विश्वविद्यालयले कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन हुने जनाएको हो।

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी तराईका भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाड र मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भु–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । रा

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ ।  उहाँले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताउनुभयो । यो सङ्ख्या जेनजी पुस्तामा भएको हिंसात्मक प्रदर्शनमा भएको घटनाको उपज भएको बताउनुभयो ।  निजामती कर्मचारी अस्पतालमा छ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको ज्यान गएको छ ।   यस्तै, अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका छन् ।  सचिव डा. देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ ।  धेरै उपचार ४३६ जना निजामती कर्मचारी अस्पताल, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जनाको घाइतेको उपचार भएको उहाँले बताउनुभयो ।

काठमाडौं:   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको जानकारी दिए ।  यसअघि उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश एवम् विषम परिस्थितिका कारण विमानस्थलको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि विमानस्थल बन्द गरिएको थियो । उनका अनुसार विमानस्थल आवागमन गर्ने यात्रुले वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयबारे जानकारी लिन अनुरोध गरिएको छ ।