पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

पोखरा:   पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थित पश्चिमाञ्चल कपास उद्योगमा आगलागी भएको छ ।  तेर्सापट्टीस्थित अन्नत कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कपास उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी २२ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।   आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।     

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ रुम्जामा शशीधर काफ्लेको घरबाट १ लाख ७३ हजार नगदसहित अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।  शशीधर काफ्लेको घरमा साउन ३ गते धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहनासहित नगद १ लाख ७३ हजार चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक बस्ने ४२ वर्षीय सुर्यबहादुर घर्ती क्षेत्री, ५१ वर्षीय खड्कबहादुर पुनमगर, पोखरा महानगरपालिका–२१ बस्ने ५८ वर्षीय लोकबहादुर रानामगर र नदीपुर बस्ने ३५ वर्षीय राजु सुनार रहेका छन् ।  उनीहरुलाई काफ्लेको घरमा गएर धारिलो हतियार देखाएर सुनको गरगहना सिक्री र तिलहरी१/१ थान , औठी ३ थान, रिङ ३ जोर, मोबाईल १ थान, नगद १ लाख ७३ हजार गरी अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरी गरेका थिए ।  पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:    स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४९ हजार चार सय निर्धारण भएको छ ।       आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय  निर्धारण भएको छ 

पोखरा:     नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यही साउन २६ गते हुने लाखे नाच प्रतियोगितामा कास्कीका २० वटा समूहले प्रतिस्पर्धा गर्ने भएका छन् ।       पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेवाः खलः कचा पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठले यस वर्ष २३ समूहको सहभागिता हुने र २० समूहले प्रतिस्पर्धामा भाग लिने जानकारी दिनुभयो ।      पोखरा प्रदर्शनी केन्द्रमा हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३, रु २२ हजार दुई सय २२ र रु ११ हजार एक सय ११ नगदसहित पुरस्कृत गरिने प्रतियोगिताका संयोजक रेशमप्रसाद श्रेष्ठले बताउनुभयो ।       कार्यक्रममा दश हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ । नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः सस्कार संस्कृति र परम्परा संरक्षण तथा पुस्तान्तरणका लागि नेवाः खलः कास्कीले विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । गतवर्ष नेवा खलः कास्की तथा नेवा समुदायसँग सम्बन्धित सङ्घसंस्थाले पोखरामा २३ वर्षपछि बाघ जात्रा निकालेका थिए । 

पोखरा:    नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन आग्रह गरेको छ ।  एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले विज्ञप्ति निकालेर प्रदेश सरकारमा एमालेको सङ्लग्नता नभइ दीर्घकालीन असर पुग्ने निर्णय गरिएकोमा ध्यानाकर्षण भएको जनाउनुभयो । एमालेले दुई दलका बीचमा छलफल, समन्वय र सहकार्यका आधारमा मात्रै आगामी दिनमा सरकार सञ्चालन हुने हुँदा सहमति विपरीत दीर्घकालीन असर पर्ने निर्णय नलिन आग्रह गरेको हो । केन्द्रीय राजनीतिमा भएको छलफल र सहमतिलाई कार्यान्वयन गर्न प्रदेशस्तरमा दलहरुबीच समन्वय भई प्रदेशका सरकार गठन, पुन:गठन भइरहेका बेला एकपक्षीय रूपमा गतिविधि भएको विज्ञप्तिमा जनाइएको छ । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा कांग्रेससहित नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा र  स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री हुनुहुन्छ । केन्द्रमा सत्तासमीकरण परिर्वतन भएर नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बने पनि गण्डकी प्रदेश सरकार एमाले सहभागी भएको छैन । 

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।      उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कायालयले जनाएको छ ।  

काठमाडौं:     प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ ।  सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा उहाँले गर्नुभएको हो । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शुभ बिहानी! सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।  आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’   राजधानीको एक होटलमा आज बिहान ११ बजे एमाले सचिवालय बैठक हुँदैछ । बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसायिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । गत असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो । 

पोखरा:   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको आन्दोलनमा रिर्पोटिङको क्रममा पत्रकारमाथि भएको सांघातिक हमलापछि फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने पत्रकार टोलीले माग राखेको छ ।   आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको छलफलको क्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, जिल्ला समिति र फोनिज गण्डकीको टोलीले कास्की प्रहरीलाई आक्रमणपछि फरार मुख्य ४ जनालाई यथाशिघ्र पक्राउ गर्नुपर्ने बताएको हो ।   नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले आपराधिक क्रियाकलापमा संलग्न भएकाहरुसँग कुनै पनि किसिमको सम्झौता नगरी प्रशासनले कारवाही गर्नुपर्ने बताईन् ।    पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको रंग, वर्ण र जात नहुने बताउदै फरार सबैलाई पक्राउ गर्नुपर्ने बताए ।   'कानूनको नजरमा रंग, वर्ण, पेशा वा श्रमजिवी मजदुर भन्ने हुदैन, उनले भने, ‘त्यसैले सांघातिक हमला गरेर फरार रहेका बाँकी ४ जनालाई पक्राउ गरेर कानूनी कारवाहीमा ल्याउनु पर्याे । त्यसपछि बाँकी छलफल अघि बढाउला ।’   यस्तै छलफलको क्रममा बोल्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले यतिका दिन बित्दासमेत ५ जनालाई बाहेक अन्य व्यक्तिलाई कास्की प्रहरीले पक्राउ नगर्नु पछाडी रहस्य रहको बताइन् ।   उनले कुनै व्यक्तिमाथि मात्र अक्रमण नभई पत्रकारितामाथि नै हमला भएको उल्लेख गरिन् ।   यो पनि पढ्नुहोस   पत्रकारलाई कुटेपछि यातायात व्यवसायी महासंघले भन्यो: सांघातिक हमला गर्नेलाई कारवाही गरियोस् फलोअप: पत्रकार सुरज र विनुमाथि सांघातिक आक्रमण गर्ने ४ जना पक्राउ ‘आन्दोलनको नाममा आक्रमण भयो । पीडितको मुटु हलुंगो भएपनि सिंगो पत्रकारिता क्षेत्रको मुटु भारी भएको छ । त्यसैले हिरासतमा रहेका ५ जनालाई छुटाउने होइन फरार रहेको अन्य ४ जनालाई पनि तत्कालै पक्राउ गरेर अनुसन्धान अघि बढाउनुपर्छ भन्ने हाम्रो धारणा हो’, उनले भनिन् ।     यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिका सचिव योगेन्द्र केसीले  छलफलको क्रममा बोल्दै शान्तिपूर्ण आन्दोलन भनिएपनि त्यसले फरक रुप लिएको बताउदै आफुहरुलाई निकै दुखी बनाएको सुनाए ।   ‘हामीले शान्तिपूर्ण र सन्देशमूलक आन्दोलन नै गर्ने भनेका हौं । हामी सरकारसँगको नियमित वार्तामा थियौं’, सचिव केसीले भने, ‘आन्दोलनमा कसैलाई कुट्ने धम्काउने भन्ने केही थिएन । गाडी घर र ग्यारेजमा थन्काउने मात्रै कार्यक्रम थियो तर एकाएक पत्रकारमाथि हातपात भएछ । हामी त्यो घटनाप्रति एकदमै लज्जित र दुखी छौं ।’   यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले कानूनको विषयमा सम्झौता नहुने स्पष्ट पारे ।   उनले २० जनाभन्दा बढि व्यक्ति विरुद्ध निवदेन परेपनि मुख्य ४ व्यक्ति पहिचान भइसकेको बताउदै यथाशिघ्र पक्राउ गर्ने बताए ।   ‘भीड धेरै भएकाले अहिलेसम्म ५ जना हिरासतमै छन् बाँकी मुख्य र प्रत्यक्ष कुटपिटमा संलग्न ४ जनालाई हामीले पहिचान गरिसकेका छौं, एसपी थापाले भने, ‘उनीहरुलाई पनि छिटै पक्राउ गरेर कानूनी प्रक्रिया अघि बढाउछौं ।’   गत आइतबार रिपोर्टङको क्रममा पत्रकार बिनु थापा मगर र सुरज थापामगरलाई पठाओ भन्दै यातायात व्यवसायीले लखनचोक (पृथ्वीचोक) मा सांघातिक आक्रमण गरेका थिए ।   उक्त घटनामा संलग्न ५ जनालाई पक्राउ गरिसकेको छ भने बाँकी ४ जना फरार छन् ।   गण्डकी प्रदेश सरकारले राइडसेयरिङलाई वैधानिकता दिनका लागि कार्यविधि अघि सारेपछि यातायात व्यवसायीहरु सांगठनिक रुपमै त्यसको विरोध गर्दै आन्दोलनमा उत्रेको थियो ।