पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  पोखरा :      पोखरामा गएराति फुर्से खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं। २२ का ५० वर्षीय टेकनाथ बराल रहेका छन् ।   कास्की प्रहरीका अनुसार खोला तर्नेक्रममा शुक्रबार राति बेपत्ता भएका बराल शनिबार बिहान मृत भेटिएका हुन् । बरालको शव आज बिहान ७ बजे पोखरा २२ कै पिपलडालीस्थित खेतको बिचमा भेटिएको प्रहरीले जनाएको छ ।    मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

पोखरा :       जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेका छन् ।   कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मल्लले किशोरीलाई यौन दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको छ ।   पीडित किशोरीका अनुसार मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर बच्न सफल भएकी थिइन् ।   त्यसपछि पनि मल्लले किशोरीलाई फेसबुक म्यासेञ्जरमा एसएमएस गर्ने, फोन गरेर ललाईफकाइ गर्दै आएका थिए ।

सिन्धुपाल्चोक :  थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।  जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका  पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो ।    आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिनुभयो । गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो । मृतकको आफन्त आइपुगेपछि शवपरीक्षण गरिने अस्पतालले जनाएको छ ।

काठमाण्डौँ :     ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।       गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनता सहमत नभएको भौतिक विकास गर्न हुन्न । विकास जनताका लागि हो भन्ने विषयलाई बुझ्नुपर्छ ।”      ललितपुरका हरेक घरमा पुग्ने सडक कालोपत्र हुनेगरी विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जनताको चाहनाअनुसार विकासका गतिविधिलाई तीव्र गतिमा अगाडि बढाउने विश्वास दिलाउनुभयो ।       उहाँले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारी निकाय नै सक्षम रहेको बताउँदै त्यस्ता निकायको सुविधाको उपयोग गर्न आम जनतालाई आग्रहसमेत गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो, “जिल्ला अस्पतालले राम्रो सेवा दिन्छ, सबै प्रकारको उपचार हुन्छ, यहाँका जनतालाई महँगो निजी अस्पताल जानुपर्ने बाध्यता छैन ।”       त्यसैगरी स्थानीय सरकारी विद्यालयमा निजीकोभन्दा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा सरकारी विद्यालयलाई जिम्मेवार बनाएर गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।     शिक्षासँगै सीप र व्यावसायिक क्षमता विकास गर्नुपर्ने बताउँदै मन्त्री भुसालले भन्नुभयो, “स्थानीय वडाले महिलालाई सीप उपलब्ध गराएर आयआर्जन गर्न सक्ने बनाउनुपर्छ । त्यसका लागि सहयोग गर्न तयार छु ।” आफूले ऊर्जा मन्त्रालय सम्हालेपछि ललितपुरका सिँचाइ नभएको स्थानमा सिँचाइ उपलब्ध गराएको र भू–क्षयको नियन्त्रणको विषयलाई विशेष प्राथमिकता दिएर बजेट र कार्यक्रम उपलब्ध गराएको उहाँले बताउनुभयो ।      कार्यक्रममा बागमती प्रदेश सांसद राजकाजी महर्जनले प्रदेश सरकार र सङ्घीय सांसद भुसालको सहयोगमा निर्माण भएको बहुउद्देश्य हलबाट स्थानीयले महत्वपूर्ण लाभ लिनसक्ने बताउनुभयो । उहाँले स्थानीय समुदायको प्रतिनिधिमूलक संस्थाले सम्पूर्ण व्यवस्थापन, मर्मतसम्भार एवं उचित हेरविचार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा :    गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् ।    वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताउनुभयो ।   यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइन्छ । डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताउनुभयो ।    बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन । उहाँले भन्नुभयो, “भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन् ।    पहिराले दुई घर र कृषि र पशुपंक्षीतर्फ धेरै क्षति र्पुयाए पनि मानवीय क्षति भएको छैन ।”घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो । उनीहरु अहिले विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन् ।    जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकीन विवरण आउन बाँकी रहेको बताउनुभयो ।   यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरामा बगेर पूर्ण क्षति भएको छ । अर्को एक घर पहिरामा झुन्डिएका अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिनुभयो । पहिराबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

चितवन :      नेपाल प्रहरी श्रीमती सङ्घ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) बीच सम्झौता भएको छ । नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारका सदस्यहरुलाई अस्पतालमा २५ प्रतिशत छुटसम्बन्धी सम्झौता गरिएको हो ।    सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा डा दयाराम लम्साल र सङ्घका तर्फबाट अध्यक्ष कुसुमलता सिंहले हस्ताक्षर गर्नुभएको छ । प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी, अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटालगायतको उपस्थितिमा भएको सम्झौतामा उपचार सेवाहरुमा २५ प्रतिशत र औषधिमा सात प्रतिशत छुट दिने उल्लेख छ ।   सम्झौताअनुसार नेपाल प्रहरी र पूर्वप्रहरीसहित उनीहरुका परिवार र अमर प्रहरीका परिवारलाई सङ्घले उपलब्ध गराएको परिचयपत्रका आधारमा चितवन मेडिकल कलेजमा उपचार गराउँदा यो सुविधा उपलब्ध गराइने भएको छ ।   सम्झौताअनुसार सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचारलगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्दा हुने उपचारमा भने यो सम्झौता लागू हुनेछैन । यसैगरी नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरुलाई पनि यो सम्झौता लागू नहुने अस्पतालका प्रमुख प्रशासक देवकोटाले बताउनुभयो । अस्पतालमा बहिरङ्ग (ओपिडी) र आकस्मिक (इमर्जेन्सी)को टिकट लिएपछि मात्रै यो सम्झौता लागू हुने उहाँले जानकारी दिनुभयो ।   सङ्घका अध्यक्ष सिंहले सङ्घले नेपालका कुनै पनि क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दा अस्पतालले चिकित्सकसहितको प्राविधिक सहयोग गर्ने सम्झौता भएको बताउनुभयो । उहाँले यो सम्झौताले नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारलाई उपचारमा सहज हुने अपेक्षा गर्नुभयो ।    सङ्घले नेपालमै पहिलो पटक चितवन मेडिकल कलेजसँग यस्तो सम्झौता गरेको अध्यक्ष सिंहले बताउनुभयो । नेपालका जुनसुकै ठाउँमा रहेर पनि सङ्घले उपलब्ध गराएको परिचयपत्रसहित उपचारका लागि आएमा यो सुविधा उपयोग गर्न पाइने भएको छ ।   यो सम्झौता आउँदो साउन १ देखि २०८१ असार ३० गतेसम्म लागू हुने र पुनः नवीकरण गर्न सकिने जनाइएको छ । प्रमुख प्रशासक देवकोटाले नेपालको मध्यभागमा रहेर अत्याधुनिक उपकरणसहित अतिविशिष्ट सेवाहरुसमेत दिँदै आएको अस्पतालप्रति धेरैको विश्वास बढेको बताउनुभयो । आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिस्कृत र सरलीकृत गर्दै उत्कृष्ट सेवा दिँदै जाने प्रतिबद्धता उहाँले जनाउनुुभयो ।

पोखरा :   प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल पृथ्वीनारायण क्याम्पस इकाई समितिले   दुई दिवसीय जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तथा नेतृत्व विकास प्रशिक्षण तालिम सञ्चालन गरेको छ ।    दुई दिन चल्ने यस तालिमको पहिलो दिन ४० जना बढि विद्यार्थीको सहभागिता रहेको थियो । पृथ्वीनारायण क्याम्पस परिसरमा  प्राज्ञिक राष्ट्रिय सह संगठन सचिव रमेश कडेलले प्रशिक्षण दिए भने क्याम्पस इकाई सह संयोजक  देवी शिर्पालीले सहजिकरण गरिन् ।       कार्यक्रमका बोल्दै प्रमुख अतिथि  विद्यार्थी कल्याण शाखा प्रमुख बोधराज ढकालले नेतृत्व विकासको बारेमा प्रस्टाए । प्राज्ञिककै अर्की छात्रा  क्याम्पस इकाई समितिका सचिव आशामाया मगरले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यको बारेमा व्याख्या गरे ।    यसै गरि तालिम प्रशिक्षक कडेलले आत्मा जागरण, अनुभुति, प्रभावकारी सञ्चार र अन्तर्वैयक्तिक सम्बन्धको बारेमा चर्चा गर्दै विद्यार्थीहरुलाई खेलको माध्यमद्वारा  मनोरञ्जन पनि गराए ।   कडेलले भने ‘तिमि आफुलाई जान्न खोज कि तिमि को हौ , तिमि किन छौँ ।’ जिवनमा तिमिले क्षमता, कमजोरी ,अवसर र चुनौतीलाई पहिचान गर्ने सामर्थ  राख्नू पर्दछ । यो नै तिम्रो जिवनको सफलता हो ।    कार्यक्रमको सञ्चालन क्याम्पस छात्रा प्रमुख विप्लवि न्यौपानेले गरेका थिए ।  

पोखरा :       पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुहरुको मुल्य वृद्धिको विरुद्व राष्ट्रिय युवा संघ कास्कीले प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।    नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ कास्कीले मूल्य वृद्धिको विरु राके जुलुस सहित पोखरामा प्रधानमन्त्रीको पुत्ला जलाएर एकोहोरो शंङ्ख बजाउँदै विरोध गरेको हो ।    विरोधमा सभामा बोल्दै राष्ट्रिय युवा संघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुुरुङले मूल्य वृद्धिको विरुद्ध युवा संघले देशभर आन्दोलन सुरु गरेको भन्दै भोलि देखि युवा संघ निरन्तर सडक आन्दोलनमा उत्रने बताए । देशमा मूल्य वृद्धि गरेर सरकारले स्थानिय निर्वाचनको खर्च उठाउन लागेका समेत आरोप लगाए ।    अध्यक्ष गुुरुङले भने, गण्डकी प्रदेशले ६/६ महिनामा गाडीको नविकरण गर्न लगाएर जनतालाई करको भार थपेको र २० वर्ष पुरानो गाडी विना क्षतिपुर्ति हटाउन लागेको भन्दै यसको विरोध गरे । उनले भने, भोलि देखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउछौँ, टोलटोलमा झण्डा हल्लाएर हिड्ने मन्त्रीहरुलाई टोलमा नै विरोध गर्ने र  सरकारी गाडी चलाउने चालकहरुले युवा संघलाई हेरेर गाडी चलाउन सुझाव समेत दिदै भोलि देखि आन्दोलन निरन्तर गर्ने भन्दै गुुरुङले सुरक्षाकर्मीहरुले धान्न नसक्ने बताएका छन् ।

काठमाण्डौँ :      ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल र कान्तिपुर पब्लिकेसन्सको आयोजनामा आजदेखि चारदिने ‘सातौँ कान्तिपुर हिसान एडुफेयर–२०२२’ भृकुटीमण्डपमा सुरु भएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको शुभारम्भ गर्दै उच्च शिक्षामा नाममा विदेशमा गएर पढ्ने प्रवृत्ति कम गराएर पुँजी पलायन रोक्नुपर्छ भन्नुभयो ।    उहाँले विदेशमा अध्ययनका लागि अनुमतिपत्र (एनओसी) लिने वार्षिक एक लाख ११ हजार विद्यार्थी रहेकामा त्यो क्रम रोक्न ‘प्लस टु’ शिक्षाले योगदान दिनसक्ने बताउनुभयो ।    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले शिक्षामा सार्वजनिक–निजी साझेदारीको अवधारणाबाट काम गर्न सकिएमा गुणस्तरीय शिक्षा स्वदेशमै सम्भव हुन्छ भन्नुभयो ।    हिसानका अध्यक्ष रमेशकुमार सिलवालले उच्च शिक्षाका नाममा ठूलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत परामर्श दिन मेलाले सघाउने जानकारी दिनुभयो ।    मेलाका संयोजक युवराज शर्माले मेलामा विभिन्न ७४ शैक्षिक संस्थाका प्रदर्शनी कक्ष रहनेछन् । मेलामा करिब दुई लाखले भ्रमण गर्ने अनुमान गरिएको छ ।