पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा  वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन्।  '   टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी अनुसार  घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार  मृत्यु भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो।    बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएको  प्रमुख बस्नेतले । उनीहरूलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको थियो। अरिङ्गालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए। 

-कैलाली भजनीका वीरेन्द्र चौधरी    दक्षिण इजरायलको किबुज अलुमिमस्थित हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो ।   हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्‍यौँ, किनभने हामीलाई गोलाबारीको आवाज आउना साथ ‘बंकरमा बस्नू सुरक्षित हुन्छ’ भनिएको थियो । हामी बंकरमा गयौँ, फोटो–भिडियो बनायौँ ।    एक घन्टापछि (अन्दाजी ६:३० तिर) बन्दुकधारी आतंककारीहरू बंकरभित्र प्रवेश गरेर गोली चलाए । सुरुमै हाम्रा दुई साथी ढले । बाँकी सबै एकै ठाउँ घोप्टो पर्‍यौँ, आँखा बन्द गर्‍यौँ । त्यहाँ दुईवटा ग्रिनेड छाडेर आतंककारीहरू फर्किए । हाम्रा एक साथीले एउटा ग्रिनेट उठाएर फालिदिए, अर्को पड्कियो । अरू तीन साथी पनि घाइते भए ।    त्यसपछि तीनजना इजरायली प्रहरी हामी भएको बंकरमा आइपुगे । घाइते पाँच साथीलाई त्यहीँ छाडेर प्रहरीले हामी १२ जनालाई अर्को बंकरमा लग्यो ।   त्यो भान्सा भएको बंकर थियो । तर, साढे ९ बजेतिर उक्त बंकरमा पनि आतंककारीहरू आइपुगे । तीन इजरायली प्रहरीलाई समातेर लगे अनि हामीतिर गोली वर्षाउन थाले । साथीहरू पानी, पानी भन्दै ढले । सुरुमा दुईजना साथीहरूको प्राण गयो । यस्तो आतंकित अवस्था भयो कि म अहिले बताउन सक्दिनँ ।   साथीहरू चिच्याउन थालेपछि आतंककारीले झन् गोली वर्षाए । म साथीहरू ढलेको थुप्रोभित्र पुरिएँ । पछि थाहा भयो, १० साथीको प्राण गइसकेछ । आफू बाँचेको पनि धेरैपछि मात्र थाहा भयो, किनभने मेरो होस गुमेको रहेछ ।    अर्को साथी सल्यान त्रिवेणीका प्रमोद केसी पनि बाँचेका रहेछन् ।   मलाई म मात्रै बाँचेजस्तो लागेको थियो । प्रमोदलाई पनि ऊ मात्रै बाँचेजस्तो लागेको रहेछ । आफ्नै आँखाअगाडि साथीहरूको मृत्यु देखेपछि दिनभर त्रासमा रह्यौँ ।    साँझ साढे ६ बजे इजरायली आर्मी आए । हामीलाई अर्को ठूलो बंकरमा लगे । साथीहरूको शव त्यहीँ छाडेर हामी अर्को बंगरमा जानुपर्ने बाध्यता भयो । त्यहाँ थाई र इजरायली नागरिक पनि थिए । इजरायलको आर्मीले हामीलाई बीचबाटोसम्म उद्धार गर्‍यो, आधा बाटो बसमा यात्रा गर्‍यौँ । त्यसपछि नेपाली दाइहरू लिन आउनुभएको रहेछ । उहाँहरूसँगै तेलअभिभमा आएर बसेका छौँ ।    आँखैअगाडि साथीहरू भकाभक ढलेको त्यो घटना म सम्झिन पनि सक्दिनँ । जीवनमा यस्तो घटना न देखेको थिएँ, न कल्पना गरेको थिएँ । बंकर सेफ (सुरक्षित) हुन्छ भन्ने थियो, त्यो पनि सुरक्षित नभएपछि कहाँ जाने ? कसरी सुरक्षित हुने ? चार साथीहरूको उपचार भइरहेको सुनेका छौँ, एक साथीको अहिलेसम्म अत्तोपत्तो छैन । हामी नेपाल फर्किन चाहन्छौँ । अरू साथीहरूको पनि उद्धार गरेर एकैचोटि नेपाल फर्काउने भनिएको छ ।   यो खबर नयाँ पत्रिकामा छापिएको छ ।

काठमाडौं:    रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।   दुर्घटनामा पाँच जना घाइते भएका छन् ।   सोमबार नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ गइरहेको बा५ख ५७८ नम्बरको आयसर मिनी ट्रक साँझ करिब पौने ६ बजे दुर्घटना भएको थियो ।   दुर्घटनामा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए । तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।   दुर्घटनामा घाइते भएकाहरुमध्ये एक जनाको खुट्टा फ्याक्चर भएकाले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अन्य भने सामान्य घाइते भएको र उपचारका लागि अस्पताल पनि पुर्‍याउन नपरेको प्रहरीले जनाएको छ ।

पोखरा: पोखरा ९ न्यूरोडस्थित रिडर्स कर्नरमा किताब मेला शुरू भएको छ। नयाँ तथा पुराना किताब खरिदमा विशेष छुटसहित किताब मेला शुरू भएको हो।   रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीले असोज २१ गतेदेखि कात्तिक ४ गतेमसम्म किताब मेला चल्ने जानकारी दिए। हरेक वर्ष जस्तै, रिडर्स कर्नरमा किताब विशेष चाड बनाउनका लागि किताब मेला शुरू गरिएको भण्डारीको भनाइ छ। “रिडर्स कर्नरमा यसअघिका वर्षमा पनि किताब मेला हुँदै आएको छ। यो छैटौँ किताब मेला हो,” उनले भने, “चाडबाडलाई किताब विशेष बनाऔँ भनेर किताबप्रेमीलाई केही सहुलियतसहित किताब मेला शुरू गरेका छौँ।” भण्डारीका अनुसार किताब खरिद गर्दा विभिन्न छुटको व्यवस्था छ। १९ सय ९९ रूपैयाँको किताब खरिद गर्दा १० प्रतिशतसम्म छुट, २ हजारदेखि ३४ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १५ प्रतिशत छुट पाइनेछ। ३५ सयदेखि ४९ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा २० प्रतिशत छुट र लक्की ड्र मार्फत एउटा किताब सित्तैमा पाइनेछ। यस्तै, ५ हजार रूपैयाँभन्दा धेरैको पुस्तक खरिद गर्दा २५ प्रतिशत छुट र २ वटा किताब सित्तैमा पाइनेछ।  पुस्तकालयले किताब खरिद गर्दा १० हजारदेखि २५ हजार ९९९ नेपाली साहित्यको किताब खरिदमा २० प्रतिशत र अँग्रेजी किताब खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाइनेछ। २६ हजारदेखि ४९ हजार ९९९ रूपैयाँसम्मको नेपाली साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत र अँग्रेजी साहित्यको किताब खरिद गर्दा २० प्रतिशत छुट पाइनेछ।   ५० हजारदेखि माथिको नेपाली साहित्यको किताब खरिदमा ३० प्रतिशत र अँग्रेजी साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत छुट पाइनेछ।  

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले विद्यालय शिक्षा विधेयक २०८० माथि १५ बुँदे धारणा सार्वजनिक गरेको छ।   नेविसंघ केन्द्रीय समितिले देशभरबाट विधेयकमाथि सुझाव माग गरी १५ बुँदे धारणा सार्वजनिक गरेको हो।   विधेयकमा राखिएका प्रावधानहरू विद्यार्थी केन्द्रित नभएकोले अपूर्ण र अपुष्ट रहेको नेविसंघले निष्कर्ष निकालेको अध्यक्ष दुजाङ शेर्पा बताउँछन्।   विधेयकमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भइसकेको छ। विधेयक विचार गरियोस् भन्ने प्रस्ताव आइतबार सर्वसम्मतिले पारित भएसँगै संशोधन गर्न तीन दिनको समय पनि दिइएको छ।

पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ ।   रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा२क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।   दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

पोखरा:  कास्की प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएको २ दर्जन बढी मोटरसाइकललाई कारवाही गरेको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पर्व नजिकिदै गर्दा विशेष सुरक्षा योजनाअन्तरगत मोडिफाई सवारी साधनमाथि निगरानी बढाएको हो ।   आइतबारमात्रै करिब २ दर्जन बढी मोडिफाइड मोटरसाइकललाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकले बताए । उनका अनुसार स्वरुप परिवर्तन गरिएको सवारी साधनलाई कारवाही गरेबापत पछिल्लो ४ आर्थिक वर्षमा कुल ५ करोड ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।   चालु आर्थिक वर्षमा ४ सय ४८ वटा मोटरसाइकललाई कारवाही गर्दा ३ लाख २७ हजार, गत आर्थिक वर्ष २०७९/०८० मा १ हजार ८ सय ४५ वटा मोडिफाइ भएका सवारीलाई कारवाही गर्दा २ करोड ६२ लाख ८ हजार ५ सय रुपैयाँ, आर्थिक वर्ष ०७८/०७९ मा १ हजार १ सय ९६ वटा सवारीलाई कारवाही गर्दा १ करोड १६ लाख २ हजार र आर्थिक वर्ष ०७७/०७८ मा ९ सय ८९ वटा स्वरुप परिवर्तन गरिएको सवारीलाई कारवाही गर्दा ९५ लाख १ हजार राजश्व संकलन भएको हो ।    सूचना अधिकारी विकले मोडिफाइ गरेका केही मोटरसाइकलहरु नियन्त्रणमा रहेको बताउदै पहिलेकै अवस्थामा परिवर्तन गराएर अभिभावकको रोहबरमा बुझाउने बताए ।   ‘स्थानीयहरुको गुनासोपछि मोडिफाइ भएका मोटरसाइकलहरु केही दिनयता नियन्त्रणमा लिएका छौं’, उनले भने, ‘मोडिफाइ भएका मोटरसाइकलहरुलाई पुनः पहिलेकै अवस्थामा परिवर्तन गर्न लगाएर कारवाहीपछि अभिभावकको रोहबरमा सवारी धनीलाई बुझाउँछौं ।’   डिएसपी बिकले स्वरुप परिवर्तन गरिएको सवारीलाई नियन्त्रणमा लिने अभियानलाई निरन्तरता दिने बताए ।     ‘पर्व नजिकिदै गर्दा सुरक्षा योजना पनि  बनिरहेको छ साथै बजार क्षेत्रर भित्रि गल्लीमा चर्काे आवाज निकाल्ने, विभिन्न किसिमबाट लुक्स परिवर्तन गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिन्छौ, उनले भने,‘पहिलो चरणमा अभिवाकलाई बोलाएर सम्झाई बुझाई कारवाही स्वरुप जरिवाना तिराउछौं । पछि पनि त्यही साधन दोहोरियो भने सवारी व्यवस्था ऐन अनुसार कडा कारवाही नै गर्छाै ।’   उनले मोटरसाइकल मोडिफाई गर्ने सवारी धनिलाई मात्रै नभएर ग्यारेजलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउने बताए ।    क्रस फायर र बुलेट सबैभन्दा बढी मोडिफाई    जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी वरिष्ठ नायब निरीक्षक शिव प्रसाद पाठकका अनुसार सबैभन्दा बढि मोडिफाई गर्ने साधनमा क्रस फायर र बुलेट रहेका छन् ।     मोडिफाइड बाइककै कारण ध्वनी प्रदुषण भएको पाठकले बताए । ‘सबैभन्दा बढि मोडिफाइड गर्ने बाइक भनेको क्रस फायर र बुलेट भेटिन्छ, उनले भने, साइलेन्सर पाइप नै फेरेर ठुलो आवाज निकाल्ने साइलेन्सर पाइप फेरेको भेटिएको छ । यसकै कारण ध्वनी प्रदुषण बढेको छ ।’ उनका अनुसार प्रहरी नियन्त्रणमा आएका मोटरसाइकलहरुले विभिन्न तरिकाबाट मोडिफाई गरेको भेटिएको छ ।    मोटरसाइकलको ऐना, ह्याण्डल, साइलेन्सर परिवर्तन गर्ने, रङ बदल्ने, फिल्टर झिक्ने, साइलेन्सरमा प्वाल पार्ने, सिट अग्लो होचो बनाउने, एक्ट्रा लाइट हाल्ने, चर्काे हर्न हाल्ने  चार पाङ्ग्रे सवारी साधनमा कालो तथा रङ्गीचङ्गी स्टिकर टाँस्ने गर्ने गरेको पाइएको पाठकले जानकारी दिए ।   ‘यसरी मोडिफाइ गरिएको भेटिएको छ । अत्याधिक मोडिफाइ गर्ने बाइकले चाँबी नै अन्यत्र ठाउँमा सार्ने गरेको पाइन्छ, उनले भने, ‘कम्पनीबाट आको स्थानमा चाँबी काम गर्दैन, तल कुना कुनामा चाँबी हालेर अनलक गर्ने सिस्टन बनाउछन् । चाँबी कहाँ छ भन्ने हामीलाई पत्तो नै हुदैन ।’     प्राय बुलेटले साइलेन्सर र सिट फर्ने गरेको उनले बताए ।  ‘ठुलो आवाज निकाल्ने साइलेन्सर फेर्ने गर्छन भने लुक्सका लागि सिट सानो बनाउँछन्, उनले भने, पोखरेली बुलेट सिट भनेपछि जुनै ग्यारेजले पनि बनाइदिदो रहेछ ।’   उनले स्वरुप परिवर्तन गर्न सघाउने ग्यारेजलाईसमेत कारवाहीको दायरामा ल्याउने बताए ।