बारा: बाराको जितपुरसिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन् । बिहीबार साँझ जितपुर सिमरा–२, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । घरमै मृत भेटिएका पौडेललाई हृदयघात भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले मध्यरातमा उनको शव पोष्टमार्टमका लागि अस्पताल लगेको छ भने पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन । पौडेल अघिल्लो कार्यकालमा एमालेका तर्फबाट निर्वाचित मेयर हुन भने उनी एमाले मधेश प्रदेशका पूर्वसचिव पनि हुन् । हालै सम्पन्न प्रदेश अधिवेशनमा भने उनको सहभागिता थिएन।
आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूसँग सरकारले वार्ता गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीबार अपराह्न वार्ता हुनेछ। सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको छ। वार्ता समितिमा आन्दोलनरत स्थानीय तहका ६ जना कर्मचारी र आधिकारिक ट्रेड युनियनका ५ जना रहनेछन्। ‘उहाँहरूलाई वार्तामा बोलाइएको छ,’ भट्टराईले भने। स्थानीय तहको अत्यावश्यकबाहेक काम बन्द गरेर कर्मचारीहरू केही समयदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। यस्ता माग राखेर स्थानीय तहका कर्मचारी आन्दोलनमा छन् : १. संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने। २. स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने। ३. निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीलाई समेत समेटिनुपर्ने। ४. बिना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरूवा गरिनुपर्ने। ५. समायोजनका कर्मचारीहरूको ९सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गर्ने गरी० उचित व्यवस्थापन गर्नुपर्ने। ६. तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने। ७. स्थानीय तहमा कार्यरत कर्मचारीहरूको कर्मचारी कल्याणकारी कोषको अनिवार्य व्यवस्था गरिनुपर्ने। ८. स्थानीय तहका कर्मचारीलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनुपर्ने। ९. जुनसुकै तहमा बहाल रहेको कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर तह नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने। १०. स्थानीय तहका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने। ११. अस्थायी तथा करार कर्मचारीहरूको उचित व्यवस्था गरिनुपर्ने।
बागलुङ: बागलुुङको ताराखोला गाउँपालिका १ माझखर्कमा विजयादशमीको अवसरमा ‘दशैमेला २०८०’ एवम् क्लबको २२ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाउने भएको छ । माझखर्कमा सक्रिय रहदैं आएको शिव लेकाली जीवन ज्योति युवा क्लबले २२ औं वार्षिकोत्सव तथा बडादशैंको अवसरमा खुुल्ला वडा स्तरीय भलिबलसँगै विविध कार्यक्रम आयोजना गरेको हो । आगामी कात्तिक १ देखि ४ गतेसम्म सञ्चालन हुने खुल्ला वडास्तरीय पुरुष भलिबलसँगै खुल्ला सामुहिक नृत्य, खुल्ला कारिमबोर्ड प्रतियोगिता र बेलुन फुटाई प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मन बहादुर घर्तीमगरले बताए । बडादशैको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिका भित्रको वडाले मात्र सहभागिता जनाउन पाउने अध्यक्ष घर्तीले बताए । ‘क्लबको वार्षिकोत्सवसँगै दशैमेलामा आयोजित पुरुष भलिबल प्रतियोगितामा गाउँपालिका भित्रका वडाले मात्र सहभागिता जनाउने पाउनेछन्’, अध्यक्ष घर्तीमगरले भने । उनका अनुसार पुुरुष भलिबल प्रतियोगितामा प्रथम र द्धितिय हुुनेले क्रमश ३५ हजार र २० हजार ट्रफी प्रमाण प्राप्त गर्नछन भने सेमिफाइनलमा प्रवेश गर्ने दुुई समूहलाई नगद ५र५ हजार प्रदान गरिने छ । भलिबल प्रतियोगितामा सहभागिता जनाउन ३ हजार ५ सय शुल्क निर्धारण गरेको क्लबले जनाएको छ । त्यस्तै खुुल्ला सामुुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुुने समुहले क्रमशः १०, ६ र ४ हजार प्राप्त गर्नेछन । भने प्रतियोगितामा सहभागिता जनाउन १हजार २ सय शुुल्क निर्धारण गरेको छ । यस्तै खुल्ला कारिमबोर्ड प्रतियोगितामा प्रथम र द्धितीय हुनेले क्रमश ७ र ३ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगितामा सहभागिता जनाउन १ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । वर्षेनी गर्दै आएको खुुल्ला महिला÷पुुरुष भलिबल अब प्रतियोगिता हरेका तीन वर्षको अन्तरालमा आयोजना गर्ने क्लबका अध्यक्ष घर्तिले बताए । क्लबले वर्षायामको समयमा सडक मर्मत, गोरेटो बाटो निर्माण लगायत प्रजातन्त्र विकास माविका विद्यार्थीहरुलाई प्रत्येक वर्ष विभिन्न विधामा पुुरस्कार वितरणसँगै सोही विद्यालयका उत्कृष्ट शिक्षकलाई समेत सम्मान गर्दै आएको छ । यस्तै क्लबले अमर प्राथमिक विद्यालयमा समेत गतवर्षदेखि उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्न थालेको छ ।खेलकदुको विकाससँगै सामाजिक क्रियाकलापमासमेत उक्त क्लब सक्रिय रहदैं आएको छ ।
काठमाडौं: भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ नगरकोटमोड नजिक बा ६९ प ९१० नम्बरको स्कुटरले आज बिहान ठक्कर दिंदा सल्लाघारीकी ६८ वर्षीय भुलिमाया धगुछुको मृत्यु भएको हो । दुवाकोटबाट सल्लाघारी जाँदै गरेको स्कुटरले बाटो क्रस गर्ने क्रममा भुलिमायालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको डा.ईवामुरा अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । ठक्कर दिने स्कुटर चालक दोलखाकको तामाकोशी गाँउपालिका- ४ घर भई भक्तपुर दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाण्डौ: नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ४२ किलोमिटरको भौतिक प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक पटक म्याद थप्दा पनि भौतिक प्रगति अपेक्षित रुपमा हुन सकेको छैन । २०७९ साउनमा आयोजनाको म्याद सकिएपछि थप एक वर्षको समय पाएको थियो । काम नसकिएपछि २०८० भदौ ११ गतेदेखि लागू हुने गरी आयोजनाले काम सम्पन्न गर्न थप तीन सय ३० दिनको समय पाएको छ । अहिलेसम्म आयोजनाको पूर्वी खण्डको समग्र प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको आयोजनाको पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले बताउनुभयो । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर भत्किएको बाटो मर्मत गर्ने कामलाई पनि अगाडि बढाइएको उहाँले बताउनुभएको छ । गैँडाकोटबाट भत्किएको बाटो मर्मत गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई निरन्तरता दिइएको छ । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किमीलाई खण्ड ‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ । सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्गको विस्तार शुरु गरिएको हो । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडीबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।
काठमाण्डौ: चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरिया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले गैँडा जुधेर मरेको हुनसक्ने बताउनु भएको छ । चितवन राष्ट्रिय नकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै पाँच वटा गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ ।
पोखरा: कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतीक प्रकोप वाट मानवीय तथा भौतीक क्षती नहोस् भन्दै शान्तीको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरिने धार्मीक क्षेत्रविकास समितिका अध्क्षय दिलिप विक्रम शाहीले बताए । घटस्थापनाको दिन असोज २८ गते विधिवत रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कवज हुने धार्मीक क्षेत्रविकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालीका मन्दिरमा परापुर्व काल देखि पर्व विशेषमा विभिन्न गतिविधि संचालन हुदै आएका छन् । यस वर्षको बडा दशैंको १० दिन सम्म कोतघरमा पाणा पुजारी सहित विश्व शान्तीको कामना गर्दै विशेष पुजा गरिने भएको हो । बडा दशैंको फुलपातीमा पोखराको रामघाट वाट लगेको फुलको डोली विधिवत मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रीक पुजा गरीने त्रिपाठीले बताए । उनले भने फुलपातीकै दिन कुवर जातीको लोप उन्मुख सैन्य अभ्यास सरुन खेल समेत प्रर्दशन गरिने कार्यक्रम रहेको छ । अष्ठमीको दिन मध्यरातमा कालरात्रीको पुजा र नवमीमा पञ्चवली दिने गरिन्छ । दशमीमा मन्दिरमा टिका ग्रहण गरी वास्पानीकालीकामा फुलपत्र सहित पुजा विर्सजन हुने छ । यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । कास्कीकोटमा दशैको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू लगायत तोपहरूको समेत प्रदर्शन गरिने मन्दिरका अमाली खिम वहादुर कार्कीले बताए । यहाँ पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैँमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामाकरण भएको मानिन्छ ।
दैलेख: दैलेखमा आज बिहान दाउरा काट्न गएका महाबु गाउँपालिका–१ खरिगैराका तीन जना महिलालाई अरिङ्गालले चिलेको छ । लोसे सामुदायिक वनमा दाउरा काट्न गएका २५ वर्षीया मञ्जु सुनार, २४ वर्षीया सुनिता सुनार र २९ वर्षीया गङ्गा सुनारलाई अरिङ्गालले चिलेको हो । बिरामी उनीहरुको दैलेख अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

