पोखरा:   राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...

पोखरा:     पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको पाँचौ दिन चार खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत पुरुषतर्फका क्वाटरफाइनल र एक सेमीफाइनल खेल सम्पन्न भएका छन् ।  शुक्रबार भएको सेमीफाइनलमा  समीर सुनचाँदीले रामबजारलाई ३–२ को सेटमा हरायो । समिरले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेपनि लागारत दुई सेट गुमायो । तेस्रो सेटमा २३–२५ र चौथो सेट १८–२५ ले गुमाएको समिरले अन्तिम सेटभने १५–१० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । समिरले अब भुक देउराली र माछापुच्छ«ेबिचको विजेतासँग फाइनल खेल्नेछ । उक्त सेमीफाइनल खेल भने प्रकाश अभावका कारण स्थगित भएको हो ।  त्यसअघि भएको  क्वाटरफाइनल खेलमा भुक देउरालीले पुन क्लबलाई २–१ को सेटमा हरायो । पहिलो सेट २४–२६ ले गुमाएको भुक देउरालीले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो तथा अन्तिम सेट २६–२४ ले जित्दै सेमीफाइनलको यात्रा तय गरेको थियो । यस्तै माछापुच्छ«ेले सिद्धिकालीलाई २–१ कै सेटमा पाखा लगायो । माछापुच्छ«ेले पहिलो सेट २५–१४ जितेपनि दोस्रो सेट निकै रोमाञ्चक बन्दा माछापुच्छ«ेले २८–३० ले गुमाउन पुग्यो । तेस्रो सेटमा पुनः २५–१४ को सहज जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको थियो ।  समिर सुन चाँदीले भुर्जुङखोलालाई २–० को सोझो सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो ।  पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा जारी प्रतियोगिताको क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने, सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ ।  यस्तै प्रतियोगिताकोे भेट्रानतर्फ पोखरा भेट्रान र गगनगौडा भेट्रान फाइनल प्रवेश गरेको छ भने महिलातर्फ कावासेती र माछापुच्छ«े फाइनलमा प्रवेश गरेको छ ।  समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेको थियो ।  

काठमाडौं:     नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको छ । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो । नेपालका ११ औं नम्बरका खेलाडी दुर्गेश गुप्ता ४३ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । १० औं नम्बरमा आएका आकाश चन्दले ३५ बलमा १८ रन बनाए । अन्तिम विकेटका लागि यी दुई खेलाडीले ६९ बलमा ४५ रनको साझेदारी गरेका थिए । नेपालका कप्तान देव खनालले ५३ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । अर्जुन कुमालले ६४ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाए । नेपाललाई ओपनर अर्जुन कुमाल र दीपक बोहराले पहिलो विकेटका लागि १३.२ ओभरमा ४८ रनको संयमित सुरुवात दिलाएका थिए । राज लिम्बानीको बल पुलसट खेल्ने चक्करमा एज लागेर दीपक बोहरा २२ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । उनले ४२ बल ३ चौका हानेका थिए । त्यसपछि मैदान आएका उत्तम थापा मगर ३० बलमा १ चौकासहित ८ रनमा क्याच आउट भए । त्यो समय नेपाल २१।५ ओभरमा ६५–२ को अवस्थामा थियो । एक समय नेपाल २३ ओभरमा ७१–२ को अवस्थामा थियो । स्पिनर सौम्य पाण्डेको लेन्थको बल मिस गर्दा अर्जुन कुमाल बोल्ड आउट भए । अर्जुन आउट भएपछि नेपालले नाटकीय रुपमा विकेट गुमाएको थियो । विशाल विक्रम केसी र गुलशन झा १–१ तथा दीपक डुम्रे र दीपेश कँडेल खाता खोल्न नसक्दा नेपाल २७।५ ओभरमा ७७–७ को दयनीय अवस्थामा पुगेको थियो । भारतका स्पिनर सौम्य पाण्डेले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिए । आर्शिन कुलकर्णीले २ विकेट लिए । त्यसअघि दक्षिण अफ्रिकाको माङ्गाउगं ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो । भारतको जितमा सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले । कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए । एक समय १४ ओभरमा ६२–३ को अवस्थामा पुगेको भारतलाई चौथो विकेटका लागि उदय र सचिनले २ सय २ बलमा २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । ओपनर आदर्श सिंह २१, आर्शिन कुलकर्णी १८ र प्रियान्शु मोलिया १९ रनमा आउट भएका थिए । नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिएका थिए । नेपाल समूह डीबाट तेस्रो स्थानमा रहँदै सुपर सिक्स खेलेको थियो । नेपाल समूह चरणमा पाकिस्तानसँग ५ विकेट र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अव नेपालको समूहबाट सेमिफाइनलमा पाकिस्तान र बंगलादेश मध्य एक टोली पुग्नेछन् । यी दुई टोलीबीच भोलि आज हुनेछ । पाकिस्तान विजयी भएमा सोझै सेमिफाइनल खेल्नेछ । तर बंगलादेश विजयी भएमा दुबै टोलीको ६–६ अंक हुने हुँदा नेटरनरेटमा भर पर्नेछ । अर्को सुपर सिक्सबाट अष्ट्रेलिया शीर्ष र दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।

पोखरा:     त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर्मीमाथि ३–२ को सेटमा जित निकाल्दै एपिएफले फाइनलमा गण्डकी प्रदेशसँगको भेट पक्का गरेको हो । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले आर्मीलाई २५–२०, १४–२५, २८–३०, २५–१४ र १५–१३ को सेटमा पराजित गर्यो । अब एपिएफले उपाधिका लागि शनिबार गण्डकी प्रदेशसँग खेल्नेछ । आर्मीले तेस्रो स्थानको लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ । यसअघि शुक्रबारै भएको पहिलो सेमिफाइनलमा गण्डकीले पुलिसमाथि २०–२५, २५–१५, १९–२५, ३१–२९ र १५–७ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टिमले १ लाख नगदसहित ट्रफी, मेडलका साथै प्रमाणपत्र प्रदान गरिने छ । चौथो हुने टिमलाई सान्त्वना स्वरूप ५० हजार नगद पुरस्कारसमेत प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विधाका खेलाडीलाई जनही १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभाग एपिएफ, पुलिस र आर्मी गरी १० टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका छन् ।

काठमाडौं:    दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा भारतले नेपाललाई जितको लागि दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । माङ्गाउङ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको हो ।  भारतका लागि सचिन दास र कप्तान उदय सरनले शतकीय पारी खेले । सचिनले एक सय १६ रन बनाए । उनले १ सय एक बलमा ११ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए । उदयले १ सय ७ बलमा ९ चौकाको सहयोगमा शतक बनाए ।  यस्तै ओपनर आर्दश सिंहले २१, प्रियांशु मोलियाले १९, आर्सिन कुलकर्नीले १८ र मुसिर खानले अविजित नौ रन बनाए । बलिङमा नेपालका गुलशन झाले तीन तथा र अकाश चन्दले एक विकेट लिए । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । सुपर सिक्सको खेल अघिनै सेमिफाइनल दौडबाट बाहिरिएको नेपाल आज भारतलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।  भारतसमेत पराजित रहँदै तीन खेलमा ६ अङ्कका साथ शीर्षस्थानमा छ । नेपाललाई हराए भारत सेमिफाइनलमा पुग्नेछ । भारत पराजित भए पनि नेट रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ । 

पोखरा:      पोखरामा आगामी आइतबारदेखि हुने भेट्रान फुटबल प्रतियोगितामा ग्रीन डेभलपमेन्ट बैंकले सह–प्रायोजन गर्ने भएको छ ।  बगर भाइखल र बैंकबिच आइतबादेखि सुरु हुने दोस्रो हिमालयन ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताका लागि सह–प्रायोजकको लागि एक समारोहका बिच सम्झौता भएको हो ।  बगर भाईखलकको तर्फ बाट अध्यक्ष दिल बहादुर गुरुङ र बैंकको तर्फबाट सिइओ हरि बहादुर बुढाथोकीले हस्ताक्षर गरेका थिए । भाईखलकको तर्फबाट प्रमुख सल्लाहकार दिनेस कुमार श्रेष्ठ र महासचिव याम बहादुर गुरुङ तथा बैंकको तर्फबाट डेपुटि सिइओ प्रकाश गुरुङ र व्यापार प्रबन्धक प्रमुख अनुप केसीको समेत उपस्थिती रहेको थियो । एक हप्तासम्म चल्ने प्रतियोगितामा कुल ३६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरि तीन उमेर सहुमा प्रतियोगिता हुनेछन् ।  प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान पाँच/पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्षमाथिमा २३ टिमको सहभागिता रहेको छ । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । ५० वर्षमाथिमा ९ टिमको सहभागिता रहेको छ । ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त विधामा ४ टिमको सहभागिता रहेको छ भने, तीनै विधाका म्यान अफदी म्याचले भने ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।   

पोखरा:    गण्डकी प्रदेश महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई पहिलो सेमिफाइनलमा ३–२ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।  गण्डकीले नेपाल पुलिस क्लबलाई २०–२५, २५–१५, १९–२५, ३१–२९ र १५–७ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  माघ १४ देखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसँगै ७ प्रदेशका गरी १० वटा टीमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

पोखरा:    पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको चौथो दिन आठ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत महिलातर्फ सेमीफाइनल खेल सम्पन्न भएका छन् । बिहिबार महिलातर्फ क्वाटरफाइनल र सेमीफाइनल गरी कुल चार तथा पुरुषतर्फ प्रिक्वाटरका चार खेल सम्पन्न भएका हुन् ।  महिलातर्फ भएको पहिलो सेमीफाइनल खेलमा कावासेतीले आयोजक पुन समाज नेपाललाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२७ ले गुमाएको कावासेतीले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो । कावासेतीले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–११ र चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो ।  दोस्रो सेमीफाइनल खेलमा माछापुच्छ्रेले बागलुङलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । माछापुच्छ्रेले २५–११, २५–८ र २५–१३ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।  पुरुषतर्फको खेलमा माछापुच्छ्रेले बागलुङलाई २–० को सोझो सेटमा पाखा लगायो । माछापुच्छ्रेले २५–१४ र २५ १९ को सेटमा हरायो । दोस्रो खेलमा राम बजारले लामा अमृत फाउन्डेसनलाई सोझो सेटमा हरायो । राम बजारले २५–१९ र २५–२० को जित निकाल्यो । तेस्रो खेलमा समिर सुनचाँदीले सिक्लेसलाई सोझो सेटमै पाखा लगायो । समिर सुचचाँदीले २५–७ र २५–११ को सेटमा हरायो । चौथे खेलमा आयोजक पुन समाजले कालिका पब्लिक क्याम्पसलाई पनि सोझो सेटमै हरायो । आयोजकले २५–२० र २५–२३ को जित निकालेको हो ।  पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा जारी प्रतियोगिताको क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने, सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ ।  समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ ।  

काठमाडौं:     त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै फाइनलमा पुगेको छ । आर्मीले उपाधिको लागि पुलिससँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । जितको लागि १३३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६४ रनमा अल आउट भयो । कमल परियार बलिङ गर्नेक्रममा घाइते भएपछि ब्याटिङमा आएनन् । गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १६ र करन पँगेनीले १५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । समीर कँडेल ३, मुश्कान थापा ७, रोशन गौतम ९ र विपिन खत्री ८ रनमा आउट भए । आर्मीका स्पिनर साहब आलमले ७ ओभरमा २ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए । जितेन्द्र मुखियाले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ६।४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ३९।१ ओभरमा १३२ रनमा अल आउट भएको थियो । आर्मीका ओपनर इमरान शेखले ६४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । सोमपाल कामीले ३९ बलमा २ चौकासहित २३, सन्तोष कार्की २, भीम सार्की १०, विनोद भण्डारी १९, सन्दीप रजाली र बसिर अहमद शून्यमा आउट भए । विवेक यादव १, कुशल मल्ल १५ र साहब आलमले १२ रन बनाए । गण्डकीका विपिन खत्रीले १० ओभरमा ५ मेडनसहित २८ रन खर्चेर २ विकेट लिए । अमृत गुरुङले ५.१ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले २–२ विकेट लिए । सन्दीप पराजुली र रोशन गौतमको नाममा १–१ विकेट रह्यो । पुलिस ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेल्यो ।

पोखरा:    त्रिभुवन आर्मी फुटबल क्लब आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई बिहीबार २–१ ले हराउँदै आर्मी आहा राराको २३ औं संस्करणको फाइनल पुगेको हो । रसबहादुरले अतिरिक्त समयको नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। मैदानको दायाँबाट वसन्त जिम्बाले क्रस गरेको बलमा कसैको निगरानीमा नरहेका रसबहादुरले नजिकबाट हेड मार्फत गोल गरेका थिए।‌ आर्मीले शनिबार हुने फाइनलमा पाँच पटकको‌ विजेता थ्री स्टार क्लबको‌ सामना गर्नेछ। पाँचौं पटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जितेको छैन । त्यसअघि निर्धारित समय १-१ को बराबरीमा खेल टुंगिएको थियो। खेलमा अग्रता आर्मीले लिएको थियो। दिनेश हेन्जनले ६१ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। दिनेशले झन्डै २५ कार्डबाट फ्रिकिकमा गोल‌ गरेका थिए। प्रतियोगितामा दिनेशको त्यो तेस्रो गोल हो । फाइनल अघिसम्म उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता हुन् । निर्धारित समयको सकिन ५ मिनेटमा बाँकी रहँदा समिर तामाङले बराबरी गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काएका थिए। आर्मीका दुई डिफेन्डरको बीचबाट अघि बढाउँदै समिरले पोष्ट नजिकबाट गोल गरेका थिए। नेपाल पुलिस क्लबलाई‌ क्वाटरफाइनलमा १–० ले हराउँदा समिरले नै निर्णायक गोल गरेका थिए। प्रतियोगिताको फाइनल शनिबार हुनेछ। जावलाखेल युथ क्लबलाई बुधबार १-० ले हराउँदै थ्री स्टार फाइनल पुगेको थियो। सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।