पोखरा: गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज दिउँसो ३ बजे प्रदेश सभा बैठकमार्फत विश्वासको मत लिँदैछन् । उनले आफुलाई विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेसपा र स्वतन्त्र सांसद राजीव गुरुङलाई पत्र लेखेका छन् । यद्यपी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र माओवादी केन्द्र सकरात्मक देखिएको छैन । तर राप्रपाले भने कांग्रेको हकमा लचिलो बन्ने बताउदै आएको छ । स्वतन्त्र सांसदको हैसियतमा रहेका राजीव गुरुङले पनि बहुमत पुर्याउन सकेको खण्डमा दिन सक्ने अभिव्यक्ति दिदैं आएका छन् । संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई बहुमत पुर्याउन ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । यद्यपि उनले बहुमत जुटाउन नसक्ने प्रमुख प्रतिपक्ष दल एमाले र माओवादी केन्द्रको दाबी छ । ६० सदस्ययीय प्रदेशसभामा अहिले कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र एक स्वतन्त्र सांसदको हैसियतमा राजीव गरुङ छन् ।
पोखरा: पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधिका भिड्ने भएका छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न दुई छुट्टा–छुट्टै सेमिफाइनलबाट उपाधिका लागि भिडन्त हुने टिमको टुङ्गो लागेको हो । पहिलो सेमीफाइनलमा तनहुँले बागलुङलाई २–१ गोलले पराजित गरी फाइनलमा पुगेको हो । बागलुङका राजीव श्रीषले ११ औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई अग्रता दिए पनि तनहुँले २२ औं मिनेटमा बराबरी गोल फर्कायो । तनहुँका सान्त बहादुर गुरुङले टिमका लागि गोल गरे भने ३५ औं मिनेटमा दिपेश आलेले तनहुँका लागि अर्को गोल थप्दै विजयी बने । उक्त खेलमा तनहुँका लक्ष्मण थापा म्यान अफ दि म्याच घोषित भए । यस्तै अर्को सेमीफाइनलमा कास्कीले म्याग्दीलाई ४–१ ले पराजित गर्दै फाइलनमा तनहुँसँगको भेट पक्का गर्याे। कास्कीका लागि किशोर गुरुङ र राज कुमार कुंवरले समान २–२ गोल गरे । किशोरले ४१ र ५९ औं टिमका लागि गोल गरे भने राज कुमारले ४४ र ४७ औं मिनेटमा गोल गरेका थिए । सो खेलमा कास्कीका राजकुमार म्यान अफ दि म्याच बने । फाइनल खेल आज दिउसो १ बजे सञ्चालन हुने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार विजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।
पोखरा: पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधि नजिक पुगेका छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न दुई छुट्टा–छुट्टै सेमीफाइनलबाट उपाधि भिडन्त हुने टिमको टुङ्गो लागेको हो । आज सम्पन्न पहिलो सेमीफाइनलमा तनहुँले बागलुङलाई २–१ गोलले पराजित गरी फाइनलमा पुगेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा बागलुङका राजिब श्रीषले ११ औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई अग्रता दिए पनि तनहुँले २२ औं मिनेटमा बराबरी गोल फर्कायो । तनहुँका सान्त बहादुर गुरुङले टिमका लागि गोल गरे भने ३५ औं मिनेटमा दिपेश आलेले तनहुँका लागि अर्को गोल थपे । उक्त खेलमा तनहुँका लक्ष्मण थापा म्यान अफ दि म्याच घोषित भए । यता एक अर्को सेमीफाइनलमा कास्कीले म्याग्दीलाई ४–१ ले पराजित गरी उपाधि नजिक पुगेको छ । कास्कीका लागि किशोर गुरुङ र राज कुमार कुंवरले समान २–२ गोल गरे । किशोरले ४१ र ५९ औं टिमका लागि गोल गरे भने राज कुमारले ४४ र ४७ औं मिनेटमा गोल गरेका थिए । सो खेलमा कास्कीका राजकुमार म्यान अफ दि म्याच प्राप्त गर्न सफल रहे । फाइनल खेल सोमबार दिउसो १ बजे सञ्चालन हुने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिएका छन् । प्रतियोगितामा उपाधि बिजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।
पोखरा: कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीले आयोजना गरेको रक्तदानमा ४० युनिट रगत संकलन भएको छ । शनिबार पोखरा महानगरपालिका–१७ बिरौटामा आयोजित रक्तदानमा ४० युनिट रगत संकलन भएको कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीका अध्यक्ष जीवलाल न्यौपानेले जानकारी दिए । रक्तदान मानवीय काम भएकाले सम्पर्क समाज कास्कीले सामजिक उत्तरदायित्व पूरा गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष न्यौपानेले बताए ।
पोखरा: पोखरामा अवैध रुपमा चिरुवा काठ (फल्याक) बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले शनिबार अवैध रुपमा चिरुवा काठ बोकेर याम्दीबाट हरिचोकतर्फ आउँदै गरेको ट्रक नियन्त्रणमा लिएको हो । पोखरा महानगरपालिका–१ चौबारीस्थित पोखरा–बागलुङ सडक खण्डमा याम्दीबाट हरिचोकतर्फ आउँदै गरेको ग १ ख ६११५ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकमा लोड गरि ल्याइएको चिरुवा काठ (फल्याक)को प्रयोजन खुल्ने कागजात नभएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचनाअधिकारी एवम् प्रहरी निरीक्षक अविनाश दिप जिसीले बताए । अवैध काठसहित नियन्त्रणमा लिएको ट्रक थप अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाएको उनले बताए ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य गर्ने गरी तयारी थालेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा हुने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य गर्ने गरी तयारी सुरु गरेको हो । यहि जेठ ३० र ३१ गते दुई दिन सञ्चालन हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका ६ सय ७० भन्दा बढि खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिताको तयारीका लागि शनिबार आयोजित छालफल कार्यक्रममा सदस्य सचिव श्रीधर शर्माले पोखरा आउने खेलाडी र पाहुनाहरुको स्वागत संगै उनीहरुको बसाई शुखद बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले भने–“पहिलो पटक यो कार्यक्रम आयोजना हुँदैछ । हामीले खेलाडीहरु र पाहुनाहरुको बसाई शुखद बनाउन सबैको सहकार्यका लागि परिषद आग्रह गर्दछ ।” परिषदका सल्लहाकार समितिका सदस्यहरु, विभिन्न खेल संघका पदाधिकारीहरुलगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहितको भेलामा प्रतियोगितालाई भब्य बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । भेलामा परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले प्रतियोगितालाई सफल बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका आवश्यक रहेको औंल्याउँदै पोखरा कुनै पनि प्रतियोगिता आयोजना गर्न पूर्णरुपमा तयारी छ भन्ने सन्देश दिने गरी कार्य गर्न आग्रह गरे । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबल, एथलेटिक्स, रग्बी, ब्याडमिन्टन, टेबुल टेनिस र बुद्धिचाल प्रतियोगिता हुनेछ । प्रतियोगिताको उद्घाटन जेठ ३० गते पोखरा रंगशालामा हुनेछ ।
पोखरा: र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र प्रस्तुत गरेकी थिइन् । उनले सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलाको भावना समेटेको धारणा राखिन् । “पुँजीवादी समाजमा महिलाले भोगेका पीडा र मनोभाव कवितामा उतारिएको छ” तानीले भनिन्, “सदियौँदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई विद्रोही चेतयुक्त ‘बागी स्त्रीको आत्मकथा’ ले ‘म’ लेखेको छ, ‘हामी’ लेखेको छ ।” सुमिनाले उठाएको आवाज समकालीन साहित्य जगत्मा नयाँ पुस्ताको बलियो हस्तक्षेप भएको तानीको भनाइ थियो । भनिन्, “एक महिला कवि जसले आफ्नो स्वतन्त्रताको फिराद मात्र गरेकी छैनन्, समाजका हरेक उत्पीडित वर्गका विषयमा खरो उत्रिएकी छन् ।” सुमिनाको कलमले केवल कविता होइन, नारी मुक्तिको यात्रा लेखेको विचार तानीले राखिन् । कवि सुमिनाले एउटै सङग्रहमा जीवन र जगत्का सबै पक्षलाई अटाउन नसकिने भएकाले आफूले केही वैचारिक कविता मात्र लेख्न सकेको बताइन् । आफ्नो कृति बजारमा आएपछि आएका विभिन्न प्रश्नहरूको जबाफ कवितले नै दिने बताउँदै सुमिनाले वैचारिक धरातल र बुझाइको तहअनुसार कवितालाई बुझ्ने भएकाले पाठकको विचारलाई सम्मान गर्नुपर्ने विचार सुनाइन् । प्रगतिशील कविता लेख्ने भन्दैमा प्रेमलाई अस्वीकार गर्न नहुने उनको भनाइ थियो । कृतिभित्रका प्रेमकविताका सन्दर्भमा पाठकले उठाएका प्रश्नको जबाफ दिँदै उनले प्रेमको होइन, प्रेमका नाममा हुने दासत्वको विरोध गर्नुपर्नेमा जोड दिइन् । कवि रमेश श्रेष्ठले विषय जे भए पनि कविता मान्छेकै लागि लेखिनुपर्ने विचार राखे । मान्छेपिच्छेका सोचाइ आआफ्ना हुन सक्ने भएकाले फरक विचारको पनि सम्मान गर्नुपर्ने श्रेष्ठको भनाइ थियो । विश्व कविताका क्षेत्रमा नेपाली कविता कमजोर नभएको तर अनुवादको अभावमा पछि परेको अनुभव श्रेष्ठले सुनाए । कार्यक्रममा सरिता तिवारी, नेपालप्रकाश अधिकारी, विष्णु बाँस्तोला, त्रिवेणी, विमल दाहाल, हसिना बस्नेतलगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलीले गरेका थिए । ‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यतासहित पठन संस्कृतिको विकासमा २०६७ देखि क्रियाशील सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।
पोखरा: गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि स्याङ्जाले रक्षा गरेको छ । तेस्रो संस्करणको च्याम्पियन स्याङ्जाले तनहुँको भिमादमा शनिबार सम्पन्न भएको चौथो संस्करणमा १० स्वर्ण, ३ रजत र १० कास्यसहित शिर्षस्थानमा रहदैं उपाधि रक्षा गरेको हो । यस्तै प्रतियोगितामा कास्कीले ९ स्वर्ण, ५ रजत र ४ कास्यसहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ कास्यपदकसहित तेस्रो स्थान हाँसिल गर्याे । प्रतियोगितामा पुरुषतर्फ दिपाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगितामा सर्वोकृष्ट हुने थापामगर र बुढामगर दुवैले प्याट्रन र स्पाइरिङ गरि २/२ स्वर्ण पदक प्राप्त गरे । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी तेक्वान्दो संघको सहआयोजनामा २ दिन चलेको प्रतियोगिताको समापन भिमाद नगरपालिकाका नगरप्रमुख ददिराम सुवेदीले गरे । सो अवसरमा बोल्दै उनले भिमादमा भएको प्रदेशस्तरीय प्रतियोगिताले यस स्थानको प्रर्वद्धनमा टेवा पुगेको धारणा राखे । उनले आगामी आर्थिक वर्षमा खेलकुदको विकासका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै नेपाल आइटिएफ तेक्वान्दोका केन्द्रीय महासचिव घम बहादुरथापाले मार्सल आर्ट खेलको विकासका लागि राज्य स्तरबाटै नीति बनाएर लाग्नुपर्ने बताए । सो प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य गरी कुल १ सय ४४ पदकका लागि पुरुषतर्फ स्पाइरिङतर्फ २० देखि ८५ केजी तौल समूह र महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा भएको थियो । यस्तै प्रतियोगितामा महिला तथा पुरुष प्याट्रनतर्फ हरियो, निलो र रातो कलर बेल्ट तथा प्रथम, द्धितीय र तृतीय डान समूहमा प्रतिस्पर्धा भएको थियो । नेपाल आइटिएफ तेक्वान्दो संघ गण्डकीका उपाध्यक्ष तथा तनहुँ जिल्ला अध्यक्ष आकासचन्द्र घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव प्रतिक घर्तीमगरले गरेका थिए ।
पोखरा: पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल समिकरण पुरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन सेमिफाइनल समिकरण पुरा भएको हो । पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङजालाई पेनाल्टीमा ४–३ ले स्तब्ध पार्याे। निर्धारित समयमा दुबै टिमले २–२ गोलले बराबरीमा सकाए पछि खेल पेनाल्टीमा धकेलिएको थियो । स्याङजाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिएपछि म्याग्दीको जित सहज बनेको थियो । यता म्याग्दीका रिजन पुनको समेत प्रहार बाहिरिएको थियो । निर्धारित समयमा बलियो मानिएको स्याङजालाई म्याग्दीले आक्रमक खेल खेल्दै ३२ मिनेटमा सुमन पुनले अग्रता दिलाए भने ठिक तीन मिनेट पछि मनिष श्रेष्ठले टिमका लागि अर्को गोल थपे । तर हाफ टाइमपछि स्याङजा खेलमा फर्कियो । स्याङजाका लागि सोम गुरुङ र अनिश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यता कास्कीले आफ्नो होम ग्राउण्डको फाइदा उठाउँदै नवलपुर विरुद्धको खेल ४–० ले जितेको छ । खेलको ३३ औं मिनेटमा विक्रम गौतमले नवलपुर विरुद्ध गोल गर्दै कास्कीलाई अग्रता दिए भने अभिषेक थापाले खेलको दोस्रो हाफमा व्यक्तिगत दुई गोल गरे । उनले ४५ औं र ४८ औं मिनेटमा गोल गरे भने ५४ औं मिनेटमा कास्कीका लागि चौथो गोल किशन गुरुङले गरे । आयूष खड्काको ह्याट्रिकमा पर्वत विरुद्ध बागलुङले ४–० सहज जित निकालेको छ । आयूषले खेलको ४२, ४९ र ७८ औं मिनेटमा गोल गरे । त्यस्तै निश्चल महतले ७१ औं मिनेटमा चौथो गोल थपे पछि बागलुङले सहज निकालेको हो । शनिबार नै सम्पन्न भएको अन्तिम क्वाटरफाइनलमा तनहुँले लमजुङ विरुद्धको खेल ५–० को गोल अन्तरले जितेको छ । गोरखा विरुद्ध पहिलो खेल जितेको तनहुँले क्वाटरफाइनलमा लमजुङलाई पराजित गरेको हो । तनहुँका सन्त बहादुर गुरुङले ह्याट्रिक पुरा मात्रै गरेनन् उनले ४ गोल गरे । सन्तले १८, ५६, ६५ र ७८ मिनेटमा गोल गरे भने सौगात गुरुङले खेलको ३३ औं मिनेटमा एक गोल गरेका थिए । आइतबार सेमीफाइनलका खेलहरु सञ्चालन हुने संघका महासचिव बिनोद गुरुङले जानकारी दिएका छन् । सेमीफाइनल अन्तर्गत म्याग्दीले कास्कीको सामना गर्नेछ भने बागलुङ र तनहुँ अर्को सेमीफाइनलमा भिड्नेछन् । प्रतियोगितामा उपाधि बिजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।