पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

  चितवन । डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ निवासी ४० वर्षीया महिलाको डेङ्गुका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।     स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा डेङ्गु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो ।  यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुका कारण मृत्यु भएको थियो ।   जिल्लामा हालसम्म सात सय ४३ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका रहेका छन् । बाहिरी जिल्लाका एक सय ७५ जना र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।  

काठमाडौं :  नवरात्रको चौथोे दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथोे कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।   प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथोे देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।    श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ–‘कुत्सित : ऊष्मा कुष्मा–त्रिविधतापयुत : संसार :, स अण्डे मांसपेश्यामुदररुपायां यस्या : सा कुष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रुपमा चिनिनुहुन्छ ।   नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।   बडादसैँको चौथोे दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।   दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको पूजा आराधना गर्ने गर्ने शास्त्रीय नियम छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।    नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।     यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

  मुस्ताङ । घरपझोङ गाउँपालिकाले पाँच किलोग्रामसम्म अट्ने स्याउको कार्टुन वितरण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रमअनुसार प्लास्टिक झोलाको विकल्पमा पाँच किलो अट्ने स्याउको कार्टुन वितरण गर्न लागिएको हो ।   किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा कार्टुन वितरण गरिने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । विगतका वर्षमा २० किलोसम्म अट्ने स्याउका कार्टुन अनुदानमार्फत वितरण गरिएकामा त्यसबाट अपेक्षित उपलब्धि नभएपछि अहिले पाँच किलो क्षमताको काटुर्न वितरण गर्न लागिएको हो । उक्त कार्टुन अब भने सही सदुपयोग हुने विश्वास लिइएको जनाउँदै अध्यक्ष लालचनले भन्नुभयो, “विगतका वर्षमा २० किलोसम्म अट्ने  स्याउको कार्टुन सीमित व्यक्तिले मात्रै माग गर्ने गर्दथे ।”   प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २० किलोको कार्टुन वितरण गर्दा धेरैले दोहोरोपनको फाइदासमेत उठाएको उहाँले बताउनुभयो । पालिकाले यस कार्यक्रमका लागि रु दुई लाख ५० हजार विनियोजन गरेको र किसानको मागअनुसार उक्त कार्यक्रमअन्तर्गत छ हजार तीन सय ५० कार्टुन ल्याइएको गाउँपालिकाका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभयो ।   पालिकाभित्रका पाँचवटै वडामा मागबमोजिमको अनुपातमा कार्टुन वितरण हुने उहाँले बताउनुभयो । पाँच किलोको कार्टुन दसँैं तिहार जस्ता महान चाडमा आफन्त, इष्टमित्र, साथीभाइलाई स्याउलगायतका समान कोसेलीका रुपमा पठाउन मिल्ने जनाइएको छ । पाँच किलोको कार्टुन प्लास्टिकको विकल्पका रुपमा उपयोग हुने बताउँदै उहाँले यी कार्टुनलाई किसानले ७५५ अनुदानमा प्रति कार्टुन रु १३ रुपैयाँ तिर्नुपर्ने जानकारी दिनुभयो । 

  काठमाडौं । वरिष्ठ कलाकार तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति हरिहर शर्माले नेपाली कलाको क्षेत्रमा गीत सङ्गीतको महत्वपूर्ण स्थान रहेको बताउनुभयो । नेपाल म्युजिक भिडियो निर्देशक समाजद्वारा यहाँ आयोजित कार्यक्रममा उहाँले गीतसङ्गीतबिना फिल्म अधुरो रहेको बताउनुभएको हो ।   “गीतसङ्गीत भिडियोमा होस् या फिल्ममा उत्तिकै महत्वपूर्ण छ । हामी कहाँ दर्शकसम्म पुग्ने सशक्त माध्यम गीतसङ्गीत नै हो । यसैको महत्व छुट्टै छ”, उहाँले भन्नुभयो । साथै उहाँले कलाका विभिन्न विधालाई एकीकृत गर्नुपर्ने आवश्यकता महसुस गरेको बताउनुभयो ।    कार्यक्रममा समाजका अध्यक्ष विधान कार्कीले नेपाली म्युजिक भिडियो निर्देशकको परिचय र पहिचान स्थापित गर्दै उनीहरुको हकहितमा काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाली म्युजिक भिडियोका क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने तीन जना निर्देशकलाई सम्मान प्रदान गर्दै संरक्षक तथा सल्लाहकार र साधारण सदस्यलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।   म्युजिक भिडियो निर्देशकत्रय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र सङ्गीता श्रेष्ठलाई म्युजिक भिडियोको क्षेत्रमा पु¥याएको योगदानस्वरुप विशिष्ट सम्मान गरिएको हो । सो अवसरमा समाजका संरक्षक बाबुराजा केसी ‘उज्ज्वल’ तथा सल्लाहकार वरिष्ठ गायक, सङ्गीतकार, गीतकार, लेखक तथा निर्देशक नारायण रायमाझी, नेपाली गीतसङ्गीत तथा चलचित्रका डिजिटल प्रवद्र्ध्क ओम प्रकाश अग्रवाल, निर्देशक एवं कोरियोग्राफर शिव विक र प्रेस सल्लाहकार जीवन पराजुलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।   फिल्म र गीतसङ्गीतको प्रवद्र्धन गर्न इभेन्ट हुने सूर्य कर्पोरेशनले विदेशी भूमिमा नेपाली फिल्म र गीतसङ्गीतलाई समेटेर अवार्ड गर्ने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा कर्पोरेशनका अध्यक्ष वासुदेव लामिछानेले अष्ट्रेलिया र अन्य देशमा कार्यक्रम हुने जानकारी दिनुभयो । अध्यक्ष लामिछानेले नेपाली फिल्म र गीतसङ्गीतको प्रवद्र्धन गर्न इभेन्ट आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले कार्यक्रम यही वर्षदेखि २०२३ को अन्त्यसम्ममा सम्पन्न हुने बताउनुभयो । “हामीले कलाकारसँग सम्झौता गर्दा नै दुई वर्षको समय भनेका छौँ । हामी अन्य नेपाली फिल्म र गीतसङ्गीतको कार्यक्रम हुने विदेशी स्थानमा कार्यक्रम गर्दैछौँ”, उहाँले भन्नुभयो ।    कार्यक्रममा गायक प्रशान्त तामाङ, कमल खत्री गायिका मिलन नेवार, समीक्षा अधिकारी, मेलिना मैनाली, हास्यकलाकार सन्दिप क्षेत्री, अभिनेत्री नम्रता सापकोटा, अभिनेता तथा मोडल प्रशान्त ताम्राकार र गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराई सहभागी हुनुहुनेछ ।    हास्यकलाकार सन्दीप क्षेत्रीले यो टीमसँग सुरुवाती समय देखि नै जोडिएकोले कार्यक्रम राम्रो हुने बताउनुभयो । “मलाई व्यावसायिक पाटो त थाहा छैन । यद्यपि नेपाली गीतसङ्गीतको लागि उहाँहरुले गरिरहनुभएको मेहनत प्रशंसनीय छ । यसपटक पुराना अनुभवले अझैँ परिपक्व हुनेमा विश्वत छु”, कलाकार क्षेत्रीले भन्नुभयो । साकुरा नाइट, सूर्य फिल्म अवार्ड लगायतको कार्यक्रम जापानमा यस अगाडि नै अध्यक्ष लामिछानेले गरिसक्नु भएको जनाइएको छ ।

  सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई  संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक स्वास्थ्य सामग्री, ‘डिग्निटी किट’ र किशोरी किट वितरण गरेको छ । गत हप्ता अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट सो प्रदेशका विशेष गरी महिला तथा किशोरी वढी प्रभावित भएका जनाइएको छ ।          दार्चुला जिल्ला अस्पताललाई पाँच  र महाकाली नगरपालिका–२ स्थित स्वास्थ्यचौकीलाई दुई स्थान प्रजनन स्वास्थ्य सामग्री (आरएच किट्स) प्रदान गरेको युएनएफपिएद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।  प्रजनन स्वास्थ्य सामग्रीमा यौनजन्य सङ्क्रमणको उपचार गर्न, सुत्केरी गराउन र प्रसूतिसम्बन्धी जटिलताको व्यवस्थापन गर्न र बलात्कार भएको अवस्थामा उपचारका लागि आवश्यक औषधि तथा सामग्री समावेश गरिएको जनाइएको छ ।       राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी एजेन्सीका रुपमा कार्यरत युएनएफपिएले सुदूरपश्चिम प्रदेशका दार्चुला, अछाम र कैलाली जिल्लामा विपत्का प्रभावित महिला तथा किशोरीहका लागि चार सय ६२ डिग्निटी किट्स र दुई सय ७० किशोरी किट्स  वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।     गर्भवती र सुत्केरीसहित महिला तथा किशोरीहरुको महिनावारीलगायत आधारभूत स्वच्छता तथा सुरक्षाको सुनिश्चतताका लागि डिग्निटी किट्स र किशोरी किट्स वितरण गरिएको हो । उक्त किट्सहरुमा विपत्का बेला महिला तथा किशोरीका लागि चाहिने अत्यावश्यक सामग्रीहरु राखिएका छन् ।       उक्त सामग्रीहरु वितरणसँगै युएनएफपिएले यौन तथा अन्य हिंसाको जोखिम सम्बोधन गर्न हिंसा रोकथामसम्बन्धी सन्देश तथा त्यससम्बन्धि सेवा प्रवाह गर्ने निकायहरुको नाम, टेलिफोन नम्बर तथा जानकारीसमेत प्रदान गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।  स्वास्थ्य सामग्रीमा परिवार नियोजनका साधनसमेत समेटिएका छन् ।       जिल्ला अस्पताल दार्चुलाका मेडिकल सुपरिटेन्डेन्ट डा आदर्श लिम्बूले सामग्री ग्रहण गर्दै विपत्का बेला महिला तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवालाई निरन्तरताका दिन युएनएफपिएको सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।      सो अवसरमा युएनएफपिएका नेपाल प्रतिनिधि योङ होङले भन्नुभयो, “मानवीय विपत्का बेला विद्यमान लैङ्गिक विभेद तथा यौन तथा प्रजनन स्वास्थ्यमा गरिने बेवास्ताका कारण महिला तथा किशोरी सबैभन्दा बढी प्रभावित हुन्छन् । अझ प्रभावितका लागि व्यवस्था गरिएका अस्थायी टहरा तथा आश्रयस्थलमा लैङ्गिक हिंसाको जोखिम बढी हुन्छ । सुदूरपश्चिममा मात्र होइन मुलुकका अन्य भागमा समेत मानवीय विपत्का बेला महिला तथा किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यकतालाई प्रभावकारीरुपमा सम्बोधन गर्नका लागि सरकार तथा प्रमुख सरोकारवालाहरुलाई तयारी अवस्थामा रहून् भनेर सुनिश्चित गर्न युएनएफपिए प्रतिबद्ध छ ।”      विज्ञप्तिमा मानवीय विपत्का बेला महिला तथा किशोरीहरुले यौन तथा प्रजनन स्वास्थ्य तथा लैङ्गिक हिंसा सम्बोधन गर्ने सेवा निरन्तर रुपमा पाइरहून् भनेर सुनिश्चितता गर्न यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी मध्य तथा दीर्घकालीन आवश्यकताहरु पहिचानगर्नका लागि सरकारलाई सहयोग पु¥याउन युएनएफपिए साझेदार संस्थाहरुसँग कार्य गरिरहेको जनाइएको छ । युएनएफपिएले मानवीय विपत्लाई प्रभावकारी रुपमा सम्बोधन गर्न अष्टे«लिया र बेलायत सरकार तथा युरोपियन युनियनको सहयोगमा विभिन्न किसिमका ७० सेट यौन तथा प्रजनन स्वास्थ्य सामग्री ९आर एच किट्स्० एवं १० हजारभन्दा बढी डिग्निटी र किशोरी किट्सहरु तयारी अवस्थामा राखेको छ । 

  कैलाली । कैलालीमा ‘यात्रुसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै सो कार्यक्रम सञ्चालन गरिएको हो ।    सुदूरपश्चिम प्रदेशकै व्यापारी केन्द्रका रुपमा रहेको धनगढीस्थित बसपार्कबाट बस छुटिसकेपछि जिल्लाका ठाउँठाउँमा स्थापना गरिएका यात्रु सहायता कक्ष तथा जाँचस्थलमा यात्रुसँग एक मिनेट कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वकिलबहादुर सिहंले जानकारी दिनुभयो ।   बसपार्कबाट छुटेका लामो तथा छोटो दूरीका सार्वजनिक सवारी विभिन्न यात्रु सहायता कक्षमा पुगेलगत्तै जाँचमा सुरक्षाकर्मीले चालकका बारेमा गाडीमा सवार यात्रुसँग गरिने एक मिनेटको कुराकानीलाई यात्रुुसँग एक मिनेट भनिएको छ ।    “यात्रुको सहजताका लागि एक मिनेटमा विभिन्न कुरा सोधिन्छ”, प्रमुख सिंहले भन्नुभयो, “टिकटमा भए अनुसारको सिट पाउनु भएको छ की छैन रु आरक्षण भएको सिट सदुपयोग गर्न पाउनुभएको छ की छैन रु तोकिए बमोजिमको भाडा तिर्नु भएको छ वा बढी रु चालक सहचालकले तपाईसँग कुनै नराम्रो व्यवहार गरेको छ की छैन रु  चालकको सेवा प्रभाव कस्तो छ रु यी यावत कुरा एक मिनेटमा सोधेर यात्रुलाई तपाईको यात्रा शुभ रहोस भन्ने तवरले यो कार्यक्रम सञ्चालन गरिएको हो ।”   यी चारपाँच वटा प्रश्न एक मिनेटमा सोध्ने तथा सबै ठीक छ भने गन्तव्य स्थानमा जान अनुमति दिने र यदि नियम विपरीत भएको पाइएमा तुरुन्तै ‘रेन्सपोन्स’ गरी कारबाही गर्ने गरेको उहाँले बताउनुभयो । त्यसैगरी बसपार्कबाट बस छुट्ने समय अगावै सार्वजनिक सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँच गर्न पनि सुरु गरिएको छ ।   अक्सर गरेर अघिल्ला वर्षमा सवारी दुर्घटनाको विश्लेषण गर्दा थोत्रा गाडी तथा यान्त्रिकरण गड्बडीका कारण दुर्घटना हुने गरेकाले चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्थाको जाँचमा ध्यान दिइएको हो ।    चाडपर्वमा सवारी साधनको चाप बढ्दै जाने भएको हुँदा सवारी साधनको यान्त्रिक अवस्था जाँच नगरी सवारीसाधन सञ्चालन गर्दा सवारी दुर्घटना हुनसक्ने भन्दै उक्त कार्यलाई निरुत्साहित गर्न र सवारी दुर्घटना न्यूनीकरण लागि यातायात व्यवस्था कार्यालय धनगढीका प्राविधिकसहितको संयुक्त टोलीले सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँच गर्न सुरु गरिएको प्रमुख सिंहको भनाइ छ ।   सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँचका साथै सवारीसाधनमा अगाडिको सिसा तथा ९ऐना० मा विभिन्न किसिमका झालर, रुमाल तथा अन्य सजावटका सामान राखिएका छन् भने तुरुन्त हटाउने गरिएको छ ।

  डडेल्धुरा:  डेङ्गी रोगका बिरामी बढ्न थालेसँगै पछि लामखुट्टेको  ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेङ्गीका बिरामी बढ्दै गएपछि जिल्लामा सो  अभियान थालिएको हो ।   स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा मङ्गलबारदेखि अभियान थालिएको हो । लामखुट्टेले ‘अण्डा’ पार्न सक्ने सम्भावित स्थानहरू पानी जम्ने ठाउँको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको कार्यालयका प्रमुख केशरबहादुर साउँदले जानकारी दिनुभयो ।   अभियानका क्रममा पानी जम्ने वस्तु हटाइएको छ । जिल्लामा अहिले डेङ्गी सङ्क्रमित  ३० बिरामी उपचार गरिरहेका छन् । तीमध्ये १६ अमरगढी नगरपालिकाका छन् ।   डेङ्गी नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सर्वसधारणलाई समेत सुझाव दिइएको छ ।   विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा लामखुट्टे फूल पार्ने गरेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख साउदले बताउनुभयो । सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको अमरगढी नगरपालिका आसपासका क्षेत्रमा सरसफाइका साथै पानी जम्ने ठाउँमा लार्भा नष्ट गर्ने अभियान थालनी गरिएको जनाइएको छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गीको सङ्क्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयका ‘भेक्टर कन्ट्रोल’ निरीक्षक हरिप्रसाद भट्टले बताउनुभयो ।   उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गीका लक्षण हुन् । जटिल प्रकृतिको डेङ्गीको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखापर्ने गरेको उहाँको भनाइ छ ।

  काठमाडौं । दसैँका लागि दैनिक ठूलो सङ्ख्यामा नागरिक सडक यातायातमार्फत आवतजावत गरिरहँदा देशभरका धेरै सडक मर्मत हुन सकेको छैन ।       वर्षामा बाढी र पहिराले अवरुद्ध सडक पूर्णरुपमा खुलिसकेका छैनन् । वर्षाले खाल्डाखुल्डी भएका ठाउँमा टाल्ने काम अझै बाँकी छ । बर्सेनि सडकमा बढी खाल्डाखुल्डी भदौ र असोजमा देखिन्छ । असोजको दोस्रो सातासम्मको वर्षा तथा चाँडो दसैँ परेकाले सडकको अवस्था अपेक्षा अनुसार मर्मत भइनसकेको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताउनुभयो ।      दसैँ अगावै सबैतिरको सडकमा खाल्डा टालिसक्ने योजना भए पनि त्यसअनुसार काम हुन नसकिरहेको उहाँले बताउनुभयो । विभागले अनुकूल स्थानमा सडक मर्मत गरिरहेको छ । उहाँले भन्नुभयो, “पानी नपरेको र काम गर्न सकिने ठाउँमा खाल्डारहित बनाइएको छ ।”       दसैँका लागि लक्षित गरेर भदौ अन्तिम साताबाट मर्मत सुरु गरिएको विभागले जनाएको छ । मिलेको र सुकेको ठाउँमा खाल्डा टाल्ने काम भइरहेको छ । हाल महेन्द्र राजमार्ग, मुग्लिन–पोखरालगायतका सडकमा निर्माण भइरहेको छ ।      जहाँ नियमित पानी परिरहेको छ त्यहाँ काम गर्न नसकेकाले त्यहाँ खाल्डा देखिएको छ । सडकमा बढी समस्या नारायणगढ–बुटवल खण्डमा देखिएको छ । निरन्तर वर्षा र सवारीसाधन बढी भएकाले काम गर्न सजिलो छैन । पहिरो गएका ठाउँमा समेत काम गर्न सकिएको छैन । पानी रोकिएपछि सतह मिलाउने, कालोपत्रको काम गर्न सकिनेछ । उहाँले भन्नुभयो, “वर्षाका कारण काम गर्न नसकेर सडक अप्ठेरो भएको छ ।”       अहिले साँफेबगर–मार्तडी, बेनी–जोमसोम, बेसीसहर–चामे, मुग्लिन–नारायणगढमा समस्या देखिएको छ । पहाडका सडकमा वर्षामा बिग्रिएकामा अझै काम गर्न नपाइएको जनाइएको छ । दसैँको समयमा डिभिजन सडक कार्यालयले नियमित  मर्मतको काम गर्ने भएका छन् । एक दुई दिनबाहेक काम हुनेछ । कामदारमध्ये धेरै स्थानीयवासी भएकाले सम्बन्धित डिभिजनले उनीहरुलाई काम लगाउनेछन् ।       सङ्घीय सरकारको जिम्मेवारीमा अहिले ८० राजमार्गको झन्डै एक हजार पाँच सय किमी सडक रहेको छ । जम्मा सडकमध्ये १० हजारमा किमीमा नै नियमित मर्मत आवश्यक हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले बताउनुभयो । सम्बन्धित विभागले नियमित रुपमा आफैँले वा ठेक्कामार्फत मर्मत गराउँछ ।       सडक नियमित मर्मतका लागि पहेँलो ज्याकेट लगाएर काम गर्ने दुई हजार छ सय कर्मचारी विभागसँग करारमा छन् । नियमित मर्मत गर्न पहाडमा तीन र तराईमा पाँच किमी हेर्ने गरी कर्मचारीको व्यवस्था गरिएको छ । उनीहरुले ससानो पहिरो टाल्ने, खाल्डो पुर्नेलगायतका काम गर्छन् । डिभिजनले आफ्नो उपकरण र जनशक्ति प्रयोग गरेर खाल्डा पर्नासाथ टाल्छन् । सामान्यतया सडक एकपटक निर्माण गरेपछि प्रत्येक पाँचपाँच वर्षमा माथिबाट कालोपत्र थप्ने काम (ओभर ले) गर्नुपर्छ ।      वर्षाले कतिपय सडक पूर्ण र कतिपय आंशिकरुपमा अवरुद्ध छन् । त्यसमा कतिपय एकातर्फबाट र कतिपय पूर्ण सञ्चालनमा आइसकेको छ । गएको वर्षामा मात्रै होइन कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो । यस वर्ष देशभरका सडकका चाप बढिरहेका सडक खण्ड पटक पटक अवरुद्ध भएका छन् । अवरुद्ध सडक तत्काल खुलाउनका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।

  काठमाडौं । नेपालीहरुको महान् पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लािग भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो ।       एक सातायता कञ्चनपुरको गड्डाचौकी नाकाबाट दश हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार एक दिनमा मात्रै एक हजारभन्दा बढी नागरिक भारतबाट नेपाल फर्किंदै छन् । सोमबार मात्रै एक हजार २० जना स्वदेश फर्किएका छन् भने मङ्गलबार एक हजार एक सय ६५ जना स्वदेश फर्किएका छन् ।    जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामसिंह चौधरीले नाकामा भारतबाट आउने नेपालीको भीड लागेको बताउनुभयो । “रोजगारीका लागि भारतमा रहेका नेपाली घर फर्किने क्रम बढेको छ, नाकामा भीडभाड छ”, उहाँले भन्नुभयो, “भीडभाड बढेपछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छौँ ।” उहाँले अहिले भारत जानेभन्दा नेपाल आउनेको सङ्ख्या बढी रहेको बताउनुभयो ।      भारतबाट घर फर्किनेको चाप बढेपछि प्रहरीले आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा तालीम प्राप्त कुकुर परिचालन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीस्थित कुकुर शाखाबाट ‘लिली’ नामको कुकुरसहितको सुरक्षा टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।    “चाडपर्व सुरक्षा योजनाअन्तर्गत नाकामा तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो, “भारतबाट आउने यात्रुको सुरक्षित यात्राका लागि र आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा कुकुर परिचालन गरिएको हो ।”      उहाँले चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बताउनुभयो । उहाँका अनुसार लिलीले नियमित रुपमा नाकामा जाँच गर्ने बताउनुभयो ।     भारतको हिमाञ्चलबाट घर फर्केका लम्कीचुहाका रामबहादुर भण्डारीले दसैँ  मनाउनका लागि घर फर्केको बताउनुभयो । “भारतको हिमाञ्चलमा रोजगारीका लागि गएको १० वर्षभन्दा बढी भइसक्यो, हरेक वर्ष दसैँ  मनाउन घर आउँछौँ”, उहाँले भन्नुभयो, “दसैँ तिहार मनाएर फेरि रोजगारिका लागि भारत फर्किन्छौँ, नेपालमा रोजगारी छैन ।”  भारतको दिल्ली, मुम्बई, महाराष्ट्र, पञ्जाब, बैङ्गलोर, सिमला, हिमाञ्चल, हरिद्वार लगायतका सहरमा नेपाली रोजगारीका लागि जाने गरेका छन् ।       भारतबाट आउनेमा विभिन्न रोग सङ्क्रमणको जोखिम रहेकाले नाकामै जाँचको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्किनेहरु नाकामा कोरोना परीक्षण र खोप लगाउने डंङ्गु, मलेरिया जाँच भइरहेको छ ।