पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

काठमाण्डौँ:    त्रिभुवन विश्वविद्यालयले एकपछि अर्को परीक्षामा लापरबाही गरेको नेविसंघले बताएको छ।   निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाउने, गत वर्षकै प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्याउने र फरक विषयका प्रश्नपत्र वितरण गरी विद्यार्थीको भविष्यमा गम्भीर आघात पुर्याउने काम त्रिविबाट भइरहेकै नेविसंघको आरोप छ।   त्रिविले असार २२ मा व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३स् अर्गनाइजेशन बिहेव्यरको प्रश्नपत्र मोर्डन नेपाल कलेजको प्रि(बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको छ।   यस्तै असार २५ गते बिबिए छैटौं सेमेस्टरको नेप्लिज सोसाइटी एण्ड पोलिटिक्स एसओसी २०२ विषयको परीक्षामा पाँचौं सेमेस्टरको सोसोलोजीको प्रश्न सोधिएकोमा विद्यार्थीले विरोध गरेका थिए।   त्रिविको यस्तो गैरजिम्मेवार, शंकास्पद तथा लापरवाहीपूर्ण कदमप्रति नेविसंघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष दुजाङ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।   यसअघि त्रिविले गत जेठमा एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयका प्रश्नपत्रहरू गत वर्षकै हुबहु दोहोर्याएको थियो।   ‘उक्त घटनाको छानबिन गर्न गठित  छानबिन समितिद्वारा तयार पारिएको प्रतिवेदन आजसम्म सार्वजनिक नगर्नु, दोषीलाई उम्काउने चलखेल गर्नु, पटकपटक परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रहार गरिरहनु, बिचौलिया र निजी कलेजसँग साँठगाठ गरिरहनु, आदि घटनाले विश्वविद्यालयका पदाधिकारी तथा जिम्मेवार निकायहरू पतित  भएको पुष्टि भैसकेको छ,’ नेविसंघले निकालेको विज्ञप्तिमा उल्लेख छ।   परीक्षाजस्तो संवेदनशील विषयमा लापरबाही भएकोले त्रिवि पदाधिकारीले राजीनामा दिनुपर्ने नेविसंघको माग छ।   ‘प्रश्नपत्र निर्माण तथा नियमन गर्ने निकायका जिम्मेवार व्यक्तिहरू तथा सम्पूर्ण विचौलियाहरूलाई कार्बाहीको दायरामा नल्याएको खण्डमा त्रिविविरुद्धमा नेविसंघ आन्दोलनको आँधिबेहरी सिर्जना गरि जस्तोसुकै कदम पनि उठाउन बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

रुपन्देही:    जिल्लामा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्कअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ ।   आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा जिल्लामा १५९ दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको जिल्ला कार्यालयको तथ्याङ्कमा देखिन्छ । यही अवधिमा दुर्घटनाबाट १५९ गम्भीर र ५६ सामान्य घाइते भएका छन् ।   गत आव २०७७/७८ मा २४३ दुर्घटना हुँदा ८२ जनाको मृत्यु भएको थियो । यो चालु आवभन्दा कम हो । आव  २०७६/७७ मा १९४ दुर्घटना हुँदा ८० जनाको मृत्यु भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।   उहाँका अनुसार मादक पर्दाथ सेवन गरेर सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढदो सवारी चापका कारण दुर्घना हुने र दुर्घटनाबाट मानिसको मृत्युदर बढेको हो ।    दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्तीका कारण हुने गरेको प्रहरीले जनाएको छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ ।   जिल्ला सबैभन्दा बढी दुर्घटना मोटरसाइकल, साना चारपाङ्ग्रे सवारीसाधन, यात्रुवाहक बस र टिपर रहेका छन् । यसबाहेक अटो, रिक्सा, साइकलयात्री पनि दुर्घटनामा परेर ज्यान गुमाउनुपरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

  काठमाण्डौँ:    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले  राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ ।मुस्लिम समुदायको इद–उल–अजाह (बकर–इद) पर्वका अवसरमा उहाँले एक विज्ञप्ति जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हुनुका साथै धार्मिक सहिष्णुताको चेतनाका दृष्टिले नेपाली समाज उदाहरणीय रहेको छ भन्नुभयो ।  भातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा मनाइने इद–उल–अजाहले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने  पूर्वप्रधानमन्त्री नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  उहाँले विज्ञप्तिमा इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।   मुस्लिम समुदायका समस्या समाधान गर्दै समाजवादको आधार तयार गर्ने तथा आपसी सद्र सहिष्णुता अभिवृद्धि गरी प्रगतिशील समाज निर्माण गर्न यस पर्वले सबैलाई प्रेरणा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएको बताउनुभएको छ ।    मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको बकर इदको अवसरमा आइतबार शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको बताउनुभएको हो ।    उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले नेपाली समाज विविध जातजाति, भाषभाषी र संस्कृतिहरुको सुन्दर फूलबारी रहेको बताउनुभयो ।    ‘‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधता बीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो ।,’’ उहाँले भन्नुभयो, ‘‘यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायहरू बीच आपसी एकता‚ सद्‍भाव‚ सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीहरूको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्‍वास लिएको छु ।’’   त्यस्तै, राष्ट्रपति भण्डारीले बकर इदले सबै नेपालीलाई आ–आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण‚ संवर्द्धन र विकास गर्दै प्रगतिशील‚ सभ्य एवम् सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा मिल्ने विश्वास लिनुभएको छ । 

  काठमाडौं:    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिवंगत र्‍याप गायक यमवुद्धको शालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् ।   काठमाडौं महानगरपालिकाको बजेटबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए ।   महानगरबासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेका हुन् ।

काठमाण्डौँ:     जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो । पाटनमा सवारीसाधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाइए पनि समयमै निर्माणको काम सम्पन्न नहुँदा स्थानीयबासिन्दासमेत निराश भएका छन् ।       आठवटा बस र चारवटा जीप एकैपटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भएको उनीहरुले बताए । बसपार्क निर्माणको काम ढिलाइ हुँदा सवारीसाधन बजारमै पार्किङ गर्ने गरिएको स्थानीय दीनेश विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बसपार्क निर्माण गर्न ढिलाइ भएको छ, अव्यवस्थितरुपमा बजारमै पार्किङ गरिँदा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।”            बसपार्क निर्माणअन्तर्गत अपाङ्गमैत्री शौचालय, बस र जीपका लागि छुट्टाछुट्टै पार्किङ, आरसिसी बाटो, काउन्टर भवन निर्माण गरिने उल्लेख भए पनि अहिलेसम्म काउन्टर भवन बन्न सकेको छैन् ।    सुरुमा बजेटको अभाव, सङ्घीयतापछि सम्बन्धित कार्यालय केही समय सङ्घ र केही समय प्रदेश मातहत रहँदाको अन्यौल, कोभिडलगायत कारणले बसपार्क निर्माणमा ढिलाइ भएको भनिए पनि एउटै बसपार्क आठ वर्षदेखि निर्माण पूरा नहुँदा स्थानीयवासी निराश भएका हुन् ।        पाटन नयाँ सहर आयोजनाअन्तर्गत बसपार्क निर्माण भइरहेको भए पनि निर्माण सुरु भएको आठ वर्ष बितिसक्दासमेत निर्माणको काम सम्पन्न हुन सकेको छैन । पाटन नयाँ सहरमा व्यवस्थित बसपार्कको अवधारणाअन्तर्गत बसपार्क निर्माणको काम सुरु भए पनि विभिन्न कारणले अझै पनि निर्माण हुन नसकेको पाटन नयाँ सहर आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनीयर रोहितराज भण्डारीले बताउनुभयो ।       एक सय ३० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बसपार्कको  ९० प्रतिशत काम पूरा भइसकेको भए पनि केही काम अझै बाँकी छ । उहाँले भन्नुभयो, “बसपार्कअन्तर्गत काउन्टर भवन र आरसिसी बाटो निर्माण गर्न बाँकी रहेको छ । त्यसका लागि ठेक्का जिम्मा पाएको प्रमोद कन्सट्रक्सनले यो वर्ष काम अघि बढाउन सकेको छैन ।” समयमै बसपार्क निर्माण नहुँदा बनेका संरचनासमेत जीर्ण हुन थालेका छन् । 

पछिल्लो समय पोखरेली लायन्स क्लबमा चिनिएका नाम ध्रुव थापा र बालकृष्ण बुर्लाकोटीबीच आपसी द्वन्द्व सुरु भएको छ । अहिले सतहमा देखिएपनि द्वन्द्वको बिउँभने २ वर्षअघिदेखि सुरु भएको हो ।    लायन्सहरुबीच भुसभित्र सल्किएको छलकपट, धोका र अन्तरघातको श्र्रंखला नरोकिएपछि लायन्स थापा सार्वजनिक सञ्जालमार्फत भण्डाफोरमा उत्रिएका छन् ।    फेसबुकमा शुक्रबार लामो स्टाटस लेख्दै थापाले आवश्यकता अनुसार थप पर्दाफास गर्दै जाने बताएका छन् । जसअनुसार ०७७ सालको पुस १४ गते भएको सहमतिपत्र कार्यान्वयन नभएपछि थापा लायन्सभित्र मौलाएको हर्कतविरुद्ध सार्वजनिकस्तरमै उत्रिएका हुन् ।    पुस १४ को सहमतिअनुरुप यसपटक थापाले आफु एरिया लिडर हुनुपर्नेमा राजन लम्साललाई बनाइएपछि धोका भएको उल्लेख गरेका छन् । थापा, बुर्लाकोटी र विशेश्वर आचार्यबीच भएको सम्झौता विपरित हाल लम्साललाई लिडर बनाइएपछि थापा रुष्ट भएका छन् । त्यसो त यस्तो धोखा पहिलोपटक नभएको उनले सुनगाभा न्यूजलाई बताएका छन् ।      यही विषयप्रति थापाले बुर्लाकोटीलाई सोधेका छन्, ‘यदि राजन लम्साललाई नै एरिया लिडर बनाउनु थियो भने म सँग किन यो कागज गर्ने नाटक गरियो ? तपाइँ लिडरहरुमै नैतिकता नभएपछि सर्बसधारण लायन्सहरुमाझ कसरी मुख देखाउनु हुन्छ ?'   हामीले यही प्रश्न बुर्लाकोटीसमक्ष राख्यौ । उनी भन्छन्, ‘उहाँ (थापा)लाई एरिया लिडर बनाउन पहल गर्ने भन्ने सहमति हो, बनाउँछौ भन्ने हैन ।’ बुर्लाकोटीले सहमितपत्रमा ‘पहल गर्ने’ भनेर स्पष्ट लेखेको बताउँदै उक्त समयमा आफुसँग एरिया लिडर बनाउन अथोरिटी नभएको बताए ।    अन्तर्राष्ट्रिय प्रेसिडेन्टले कामको मूल्यांकनको आधारमा लायन्सको चयन गर्ने भएकाले आफुमाथि अनाहकमा थापाले टिप्पणी गरेको बुर्लाकोटीको भनाई छ ।      आइडी इन्डोर्सीमा आफुले धेरै पहिलदेखि चाहना राख्दै आएको र बुर्लाकोटीले मल्टिलको चुनावमा जान मिलेर अघि बढ्नुपर्ने भन्दै सहमति गरिएको थापाले बताएका छन् । तर बुर्लाकोटीले चुनाव जितेपछि एरिया लिडरको अन्तर्राष्ट्रियमा सिफारिश नगरेको बताइरहँदा बुर्लाकोटलीले भने आन्तरिक विषयलाई सार्वजनिक गरेकोमा चित्त दुखाएका छन् ।      ‘थापाजी आत्तिनुपर्ने थिएन, त्यसैपनि १ वर्षपछि उहाँको पालो आइहाल्थ्यो’ बुर्लाकोटीले भने ‘लायन्सको आन्तरिक विषयलाई सार्वजनिक गर्न आवश्यक थिएन, हामी एउटै परिवार हौं, यही कुरा मिलिहाल्थ्यो ।’      हाल आएर बुर्लाकोटीले लम्साललाई एरिया लिडरमा सिफारिश गरेपछि रुष्ट थापाले लायन्सलाई सेवा गर्ने संस्थाबाट धन्धा गर्ने थलो बनाइएको आरोप लगाएका छन् । ‘मलाई जसरी पनि माथि जान नदिने नियतले काम भइहेको थियो’ थापाले भने ‘मैले नाडामा चुनाव जितेपछि गुटबन्दी र धोखाधडी एकैपटक सुरु भयो ।’   थापाले आलोचनायुक्त स्टाटस लेखेकोप्रति बुर्लाकोटीले संस्थाकै छविमाथि प्रहार भएको ठहर गरेका छन् । ‘घरमा बसेर घरकै उपहास गर्ने नियतले यस्तो लेखियोे’ बुर्लाकोटीले भनेका छन् ।    यता, थापाले भने आफ्नो स्टाटसयुक्त जानकारी संस्था विरुद्ध नभई पात्र र प्रवृत्तिविरुद्ध भएको बताएका छन् ।    उनले तत्कालीन बि १ का सम्पुर्ण पूर्वगभर्नरहरु समेत बसेर गरिएको माइन्युटको समेत धज्जी उडाइएको टिप्पणी गरेका छन् । उक्त माइन्युट माघ २ गते लेखिएको छ ।    लायन्सलाई अहिले कमाउधन्दाका रुपमा अघि बढाउन खोजिएको र आफु माथि आए धन्दा बन्द हुने भनेर केही व्यक्ति निरन्तर लागिरहेको थापाले बताएका छन् । थापाले भनेका छन्, ‘म आए मनपरी गर्न पाइँदैन भनेर एकथरीहरु निरन्तर मेरा विरुद्ध षडयन्त्र गरिरहेका छन् ।   

काठमाण्डौँ:     ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्चारमाध्यममा आफ्नो प्रालीले ‘सेनेटरी प्याड’ आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ ।       केही सञ्चारमाध्यमले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गरेको भनेर समाचार प्रकाशित गरेपछि आज कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले बालबालिकाका लागि डाइपर मात्रै आयात गर्ने गरेको स्पष्ट पारेको हो । “सञ्चारमाध्याममा ब्लुप्रिन्ट ट्रेडिङ प्रालीका विषयमा बिनाआधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बालबालिकाका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो”, कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रालीले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयात नगरेको जनाएको छ ।     “बिनाआधार हाम्रो कम्पनीको मान हानि हुनेगरी प्रकाशित÷प्रसारित समाचार गलत भएको यसै विज्ञप्तिमार्फत आम नागरिकलाई जानकारी गराउँदछौँ”, विज्ञप्तिमा भनिएको छ । 

भोजपुर:    जिल्लामा सर्पदंशका बिरामीले उपचार पाउन मुस्किल पर्ने गरेको छ ।     विशेष गरेर ग्रामीण भेगका मानिस उपचारबाट बञ्चित हुने गरेका छन्  । सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्गभङ्गसमेत हुने गरेको छ । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ ।       यहाँ स्वास्थ्यचौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने अवस्था छ । ग्रामीण भेगका अधिकांश सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा पूर्णरुपमा बन्द छ । स्टेचर तथा डोकामा बोकेर बिरामीलाई अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यता हुँदा समयमा उपचार नपाएर ज्यान जाने पनि गरेको पाइन्छ । प्रायः ग्रामीण भेगका जनता सडक बिग्रेका कारण र समयमै सदरमुकामका अस्पताल पुग्न नसकदा उपचार गर्न उनीहरुलाई समस्या हुनाका साथै अन्य ठाउँका सुविधा सम्पन्न अस्पताल जान कठिन हुँदै आएको छ । यस्तो अवस्थामा सर्पको टोकाइको उपचार तथा अन्य सामान्य सेवाबाट उनीहरु बञ्चित हुँदै आएका छन् भने समयमै उपचार नपाएका कारण कतिपयले अकालमा ज्यान गुमाएका घटना पनि छन् ।      सर्पको टोकाइको सामान्य उपचार मात्र जिल्ला अस्पतालमा गर्न सकिने भोजपुरजिल्ला अस्पतालका प्रमुख वीरेन्द्र दास बताउनुहुन्छ । धेरै विषालु पर्सले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै रिफर गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ  । प्रमुख दास भन्नुहुन्छ, “जिल्ला अस्पतालमा सामान्य खालको टोकाइको प्राथमिक उपचार हुन्छ । जटिल अवस्थाको यहाँ उपचार सम्भव छैन । त्यस्ता बिरामी आएमा प्राथमिक उपचारपश्चात् बाहिर रिफर गछौँ ।”     सर्पको टोकाइको स्वास्थ्य उपचारलाई सहज बनाउनुपर्ने स्थानीयवासीको माग छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका निवासी एकराज विष्ट भन्नुहुन्छ, “यो समयमा ग्रामीण भेगमा धेरै समस्या छन् । खेतबारीमा काम गर्नै पर्यो । काम गर्ने क्रममा ख्याल नगर्दा पनि सर्पले टोक्ने सम्भावना बढी हुन्छ तर यसको उपचार पाउन मुस्किल छ । हाम्रो यो ठाउँबाट सामान्य स्वास्थ्य सेवा लिनका लागि त तीनदेखि चार घण्टा हिँडेर स्वास्थ्यचौकी जानुपर्ने अवस्था छ । ”           नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्याङ्क छ । तीमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । विज्ञका अनुसार सर्पको विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ । पहिलो वर्गअन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु) लाई क्षतिग्रस्त पार्छ । यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तस्राव हुन्छ । विषमा रहेको न्युरोटाक्सिनले स्नायुलाई क्षतिग्रस्त बनाउँछ र कार्डियोटक्सिनले सिधा मुटुमा असर पार्नाका साथै शरीरको आन्तरिक रक्तश्राव भएर बिरामीको मृत्यु हुन्छ ।      केही हदसम्म सावधानी अपनाउनसके सर्पको टोकाइबाट जोगिन सकिने विज्ञहरुले बताका छन्   । सर्पको टोकाइको सिकार बढी किसाननै  हुने गरेका छन् । त्यसपछि बालबालिका र वृद्धवृद्धा पनि सर्पको टोकाइमा पर्दै आएका छन् ।     सर्पदंशको उपचारका लागि राज्यले पनि लगानी गर्नुपर्नेमा   स्थानीयवासीले जोड दिएका छन् । केन्द्र, प्रदेश तथा स्थानीय सरकारले टोल बस्तीमा सर्पसम्बन्धी सचेतनााका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनीहरुको भनाइ छ ।       स्थानीयस्तरमा सचेतना जगाउन सकियो भने र  सर्प पक्रनका लागि तालिम प्राप्त मानिस उत्पादन भएमा धेरै सहजता हुने देखिन्छ । सर्प सङ्कलन गरिसकेपछि त्यसबाट विभिन्न तत्व सङ्कलन गरेर सर्पदंशको उपचारमा प्रयोग गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङअनुसार करिब ६०० प्रजातिका सर्प विषालु हुने र त्यस्ता सर्पको ५० देखि ७० प्रतिशतसम्मको टोकाइ विषालु हुने गरेको छ । विषालु सर्पले डसेपछि उपयुक्त एन्टिभेनमसँगै तुरुन्त चिकित्सा सेवा लिनु आवश्यक हुन्छ । असारदेखि साउन, भदौ, असोजसम्म सर्पको टोकाइ सबैभन्दा बढी हुन्छ । मुलुकमा सबैभन्दा बढी गोमन र करेतको टोकाइ हुने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । करेतले धेरैजसो राति सुतेका बेला थाहै नहुने गरी डस्ने गर्छ ।      गोमनले सामान्यतः दिउँसो कामको समय वा साँझ बिहान डस्ने गर्छ । गाउँघरमा हतारमा सर्पले टोकेको ठाउँमा चिरेर रगत बगाउने, डोरीले बाँध्ने चलन अझै पनि छ । तर यो उपयुक्त विधि होइन । यस्तो अवस्थामा टोकिएको घाउलाई सुरक्षित गर्दै जतिसक्दो अस्पताल जानु उपयुक्त हुने चिकित्सककोे सल्लाह छ  ।     सर्पले टोकेपछि कतिपय गाउँघरका मानिस अझै पनि धाँमीझाँक्रीको खोजीमा समय बिताउने गर्दा उपचारमा विलम्ब हुँदा मानिसको अकालमा मृत्युसमेत हुने गरेको उनीहरुको भनाइ छ ।