प्रकाशकीयः सुनगाभाको स्वागत छ

पाेखरा | चैत २४, २०७८

प्रकाशकीयः  सुनगाभाको स्वागत छ

 

एक्काइसौं शताब्दीमा ‘सूचना नै ज्ञान र ज्ञान नै शक्ति’ भन्ने विश्वव्यापी मान्यता अनुरुप सूचनाको महत्वलाई थप उजागर गर्ने अभिभारा लिएर हामीले मिडिया उद्यमतर्फ पाइला चाल्ने सुर कसेका छौं । र, यस्तै परिस्थितिमा पनि भिजन गण्डकी नेटवर्क प्रलिद्वारा आजदेखि sungabhanews.com (सुनगाभान्यूज डटकम)को  सुरुवात भएको छ ।

 

वि. सं. १९५५ मा साहित्यिक पत्रिका ‘सूधासागर’बाट सुरु भएको नेपाली पत्रकारिताको विकासक्रमले प्रेसको आधारस्तम्भमात्र तयार पारेन निरंकुशतन्त्रविरुद्ध बिगुल फुक्ने काम पनि ग¥यो । त्यसपछिका विभिन्न कालखण्डमा नागरिकको मौलिक अधिकार र वाक् तथा प्रेस स्वतन्त्रताको स्थापनाखातिर भएका हरेक आन्दोलनमा प्रेसले जनता जगाउने काम गर्दै आएको तथ्य जगजाहेर छ । जहाँनिया, निर्दलीय, प्रजातन्त्रको पूनस्थापनापश्चात् हाल विश्वमै अब्बल मानिएको गणतान्त्रिक व्यवस्थामा नेपाली प्रेसले उत्तरदायी भूमिका निभाइरहेको छ ।

 

यसबीच सूनगाभाले खारिएको सुनजस्तै ‘तथ्यपरक’ खबरलाई पाठकसमक्ष पस्कने प्रण गरेको छ ।

 

छापा, रेडियो र टेलिभिजन हुँदै पछिल्लो समय सूचना प्रविधिमा अभ्यस्त हुन थालेको नेपाली प्रेसले पनि आफुलाई इन्टरनेटको वृहद् घेरामा होमिसकेको छ । नागरिकले सूचना आदानप्रदान गर्ने माध्यममा इन्टरनेटले ल्याएको परिवर्तनले अब पत्रकारितालाई पनि समयसापेक्ष शैलीमा चल्न बाध्य बनाएको छ ।

 

सोही अनुरुप सूचना उद्योगलाई बढी महत्व दिई अनलाइन मिडियाको सञ्चालनमा सुनगाभा न्यूज डटकम जुटेको छ । अनलाइन माध्यममा तथ्य र वस्तुनिष्ठतामात्र हैन भ्रामक सूचना र सनसनीपूर्ण खबर एवं अफवाह पनि उत्तिकै भेटिन्छन् । मिडिया साक्षरताको कमीले सूचना र समाचारको नाममा समाज भ्रमितसमेत भइरहेको छ ।

साथै, पटकपटकको आन्दोलन र बलिदानीबाट आर्जित लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको बोल्न पाउने अधिकारलाई समाचार बनाएर जिम्मेवार निकायसमक्ष पु¥याई त्यसको जवाफ पुनः नागरिक र समाजमा पु¥याउने दायित्व सुनगाभाको हुनेछ । देशभित्र रहेर पनि किनारामा रहेका आवाजविहीनको आवाज हाम्रो मुख्य समाचार हुनेछ भने सरकार र सम्बन्धित निकायप्रतिको खबरदारी हाम्रो मूलभूत सिद्धान्त हुनेछ ।

 

आगामी दिनमा मिडिया सञ्चालनका दौरान देखापर्ने जस्तोसुकै कठिन परिस्थितिमा पनि सुनगाभालाई फुलाइरहने दायित्वसँगै यथाशीघ्र अनलाइन टेलिभिजन र यूट्युब च्यानलमार्फत पलपलको सूचना सम्प्रेषणगर्ने योजनासाथ सुनगाभा अघि बढिरहेको छ । 

 

अन्त्यमा, ‘लेख्छ देशको खबर’ नाराकासाथ सञ्चालनमा आएको सुनगाभामा सबैलाई स्वागत छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्