गन्नी एफसीलाई जिताकोट रनिङ्ग शिल्डको उपाधि
लमजुङ | साउन ९, २०८०
Photo: Suraj Gurung
पोखरा: लमजुङको जिताकोटमा सम्पन्न विष्णु बहादुर गुरुङ एण्ड मन्जाबहादुर गुरुङ रनिङ शिल्डको उपाधि पोखराको गन्नी एफसीले जितको छ ।
जिताकोट गोल्डेन फ्युचर युवा क्लबद्वारा साउने संक्रान्तिको अवसरमा आयोजित फाइनल खेलमा सुन्दरबजार एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै गन्नी एफसीले उपाधि जितेको हो ।
उपाधिसँगै गन्नीले (१ सय तोला बराबरको चाँदीको) रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख १५ हजार प्राप्त गर्याे ।

यस्तै उपाविजेता बनेको सुन्दरबजारले मेडल र प्रमाणपत्रसहित नगद रु ७० हजार प्राप्त गर्याे ।
सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गन्नीका अनुज भण्डारी घोषित भए ।
यस्तै सर्वाधिक गोलकर्ताका रुपमा १० गोल गरेका रोशन क्षेत्री पुरस्कृत भए भने उत्कृष्ट गोलरक्षकका रुपमा आकाश रानाभाट घोषित भए ।
कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा फेयर प्लेको ट्रफी १० हजारसहित केवाइसी खमारीबोटले जितेको थियो ।
विजेता तथा उपविजेता टोलीलाई मध्यनेपाल नगरपालिकाकी उपप्रमुख सीता गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

