१९ औं एसियाली खेलकुद: प्रशिक्षणमा ब्यस्त महिला फुटबल टोली (सूचीसहित)
काठमाडाैं | साउन १२, २०८०
काठमाडौं: चीनको हान्झोउमा सेप्टेम्बर अन्त्यबाट सुरु हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली महिला फुटबल टोली प्रशिक्षणमा छ ।
यतिबेला २२ सदस्यीय महिला टोलीले प्रशिक्षण गरिरहेको छ । टोलीलाई बालगोपाल महर्जनले टोलीलाई तयारी गराइरहेका छन् ।
उनीसँगै राखेप मुख्य प्रशिक्षक अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षक श्री प्रकाश वैद्यले पनि सहजीकरण गरिरहेका छन् ।
यी हुन् प्रशिक्षणमा रहेका खेलाडीहरु:-
फरवार्ड (६ जना)- सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिशा कार्की, रेखा पौडेल
मिडफिल्डर (६ जना )- रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी,अनिता बस्नेत, प्रीति राई, दिपा शाही
डिफेन्डर (७ जना)- अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे
गोलरक्षक (३ जना)- अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
एसियाली खेलकुदको महिला फुटबल प्रतिस्पर्धामा १७ टोलीको सहभागिता रहनेछ । ५ समूहका शीर्ष टोलीसँगै उत्कृष्ट ३ उपविजेता अर्को चरणमा प्रवेश गर्नेछन् । समूह विभाजन यसप्रकार छ:-
समूह ए – चीन, उज्बेकिस्तान, मंगोलिया
समूह बी – चाइनिज ताइपेइ, थाइल्याण्ड, भारत
समूह सी – उत्तर कोरिया, सिंगापुर, कम्बोडिया
समूह डी – जापान, भिएतनाम, नेपाल, बंगलादेश
समूह ई – दक्षिण कोरिया, हङकङ, फिलिपिन्स, म्यानमार
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

