सरकारले संसद्लाई ‘बिजनेस’ दिन सकेन: सभापति लामिछाने

भरतपुर | साउन १३, २०८०

सरकारले संसद्लाई ‘बिजनेस’ दिन सकेन:  सभापति लामिछाने

भरतपुर:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उहाँले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गर्नुभयो । 

    
सभापति लामिछानेले भन्नुभयो, “भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा सङ्केत पनि देखिएका छन् । तर ति पर्याप्त छैनन् ।” सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उहाँले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताउनुभयो । 

    
सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभयो । “गलत कुरालाई पार्टीभित्र प्रवेश गर्न दिँदैनौँ”, उहाँले भन्नुभयो । पार्टीमा धेरै थरीका व्यक्तिको प्रवेश भएको जिकिर गर्दै सभापति लामिछानेले गलत गर्ने जो कोहीलाई पनि कारबाही गरिने बताउनुभयो ।  

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्