पोखरामा नेपालका प्रज्ञा प्रतिष्ठानबिचको अन्तरक्रिया हुँदै

पाेखरा | साउन १४, २०८०

पोखरामा नेपालका प्रज्ञा प्रतिष्ठानबिचको अन्तरक्रिया हुँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

 

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा शनिबार भएको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई संघीयतामा लगेपनि केन्द्रीकृत मानसिकता अझै तोड्न नसकिएको उनको भनाई थियो । ‘हामीले परिवर्तन त ग¥यौ तर केन्द्रीकृत मानसिकता अझै तोड्न सकेका छैनौ सोही कारण प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्छ’ उनले भने । केन्द्र, प्रदेश र स्थानीय तहका प्रज्ञा प्रतिष्ठानले गर्ने कार्य दोहोरिन नहुनेमा उनको जोड थियो ।

 

गण्डकी प्रदेश सरकार आफ्नै आम्दानीको भरमा सरकार चलाउन सक्ने अवस्थामा नरहेको र संघबाट आउने अनुदान समेत घटेर आउँदा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेट घटाउनु परेको सुनाए । यतिहुँदाहुँदै पनि बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउन भने नदिने उनले वाचा गरें । ‘तपाईहरुको योजनामा अवरोध आउने खालको अवस्था सिर्जना आउने दिने छैन, गण्डकी प्रदेशको भाषा, संस्कृति, कला र संगीतको संरक्षणको लागि सरकारले सकेको सहयोग गर्छ’ प्रतिष्ठानको प्रमुख संरक्षक रहेका उनले भने  ।

 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले गण्डकी प्रतिष्ठानको फोरमलाई उपयोग गरेर देशभर सन्देश छर्न पाएको भन्दै खुशी व्यक्त गरें ।  नयाँ नेपालको मुल्य मान्यता अनुसार प्रज्ञा प्रतिष्ठानलाई अगाडि बढाउनुपर्ने उनको भनाई थियो । जसका लागि आफुहरुले  ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नाराका साथ काम गर्न थालेको खुलाए । देशको सबै भन्दा ठुलो शक्ति प्राज्ञिक सत्ता भएको दावी गर्दै राज्य सत्ताले प्राज्ञिक सत्तालाई हेर्ने दृष्टिकोण राम्रो नभएको गुनासो गरें । प्रज्ञा प्रतिष्ठानका कुलपतिको मर्यादाक्रममा भइरहने परिवर्तन प्रति समेत उनको असन्तुष्टि थियो ।

 

केन्द्रका प्रज्ञा प्रतिष्ठानले नयाँ नीति निर्माणको काम गर्ने र  प्रदेश र स्थानीय तहका प्रतिष्ठानले सशक्तिकरणको काम गर्नुपर्नेमा कुलपति राईको जोड थियो । आफूहरुबिच आन्तरिक अन्तरक्रियाको अभाव रहेको बेला पोखरामा भएको कार्यक्रमले सकारात्मक वातावरण सिर्जना भएको बताए । सरकारले प्रतिष्ठानको मुल्य मान्यताको बारेमा नबुझ्दा बजेटको सिलिङ घटाएको गुनासो गरें ।

 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अवसरको सदुपयोग गर्दै चुनौतीको सामना गर्दै प्रज्ञा प्रतिष्ठानहरु अगाडि बढ्नुपर्ने बताए । सबैलाई समेट्नको लागि जनस्तरमा पुग्नुपर्नेमा उनको जोड थियो । साच्चै साँस्कृतिक अभियान सामाजिक रुपान्तरण गर्न चाहने हो भने ग्रासरुटमा पुगेर उनीहरुले अपनत्व गर्ने खालका कार्यक्रम गर्नुपर्ने बताए । ‘केन्द्रदेखि नगरसम्मका प्रज्ञा प्रतिष्ठानबिच सहकार्य गर्दै सँगसँगै अगाडि जानुपर्ने निचोडमा पुगेका छौं’ उनले भने ।  

 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले पुराना कुरालाई विर्सेर सबै प्रज्ञा प्रतिष्ठान मिलेर के गर्न सक्छौ र के गर्नुपर्छ भन्ने कुराको चिन्तन प्राज्ञिक भेलाले गर्नुपर्ने बताए । साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा राज्यको लगानी बढाउनु पर्नेमा उनको जोड थियो । प्रज्ञा प्रतिष्ठानले आफूलाई आवश्यक पर्ने पूर्वाधारयुक्त संरचना नपाएको कारण केन्द्र देखि प्रदेश सरकारलाई ती कुरामा ध्यानाकर्षण गराउनुपर्ने बताए ।

 

‘प्रज्ञा प्रतिष्ठानको गठन गरेपछि ती प्रज्ञा प्रतिष्ठानलाई आवश्यक पर्ने भौतिक संरचनाहरुको निर्माण तत्काल गर्नुपर्छ, वा थालनी हुनुपर्छ, अरुको घरमा भाडामा राखेर प्रज्ञा प्रतिष्ठानको मर्यादा रहदैन’ उनले भने ।

 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले नेपालका सबै प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवलाई एउटै कार्यक्रममा उपस्थित गराई प्रतिष्ठानले गर्ने काम कर्तव्यहरुबारे छलफल गर्ने वातावरण मिलाएकोमा गण्डकी प्रज्ञा प्रतिष्ठान प्रति आभार व्यक्त गरें । संस्कृति परम्परा र संस्कारलाई चिन्न सकिएन भने देश अग्रगतिमा जान नसक्ने उनको भनाई थियो ।

 

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखरामा आयोजित अन्तरक्रियाले नेपालमा गठन भएका प्रज्ञा प्रतिष्ठानबिचको सहकार्यको सम्भावना बढेको बताए । ‘सहकार्यको बाटो प्रशस्त गर्न सक्यौ भने सिमित साधन श्रोतबाट असिमित कामहरु सम्पन्न गर्न सक्ने सम्भावना हुन्छ’ उनले भने ।

 

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपकुलपति गोरे गुरुङले स्वागत र सदस्य सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

पोखरा:   पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र ...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजना तयार भएको छ। विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हु...

थप पढ्नुहोस्

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज कान्तिपुर सिट...

थप पढ्नुहोस्